Saturday, April 5, 2008

भी।सि। विश्वयुद्धमा तर मल्लयुद्धमा मृत्यु

-जीवन देवान गाउँले

जन्म-मृत्यु जीवनको प्रकृया हो । जन्मेपछि मर्छ जो कोही पनि । फरक भनेको मरन हो । मरेपछिको अवस्था एकै हुनसक्छ तर मृत्यु फरक-फरक हुन्छ । कति सम्मानित मृत्यु मर्छन् कति अपमानित मृत्यु मर्छन त कति मर्दारहेछन् लज्जास्पद । गएको आईतवार मात्र जीवन त्यागेका तुलाराम तामाङको मृत्युलाई उदाहरण लिऔ । धेरै सुतेका सुतेकै मर्नेहरुको लर्कोमा परेर उनले पनि सामान्य मृत्यु बेहोरे । तर जहाँ बसेर उनले जुन अवस्थामा जीवन त्यागे त्यही नै सरमलाग्दो भयो । उनको परिवार तथा स्वदेशवासीहरुले के भएर मरे भनेर सोधे ठ्याक्कै यही नै भएर मरेका हुन भन्ने लाजमर्दो जवाफ दिन सकस नै हुन्छ ।
मलेसिया - यो यही देश हो जहा गोर्खा सेनाको नाममा नेपालीहरुले लडाकु खेल खेले । युद्ध कौशल साहास ईमान्दारीताको अकवरी नमुना भए जसले गर्दा गोर्खा भन्ने वितिकै बहादुरीताको कसी लगाउनै नपर्ने भयो । वीरगति प्राप्त गरे तर झुकेनन् दुश्मनको अघि अनि हटेन युद्ध मैदानबाट एक कदम पछाडि । त्यसैले गोर्खाली सेनाका स्थानीय प्रत्यक्षदर्शीहरु त्यतिबेला मनमनै कामना गर्थे रे -ूयदी आफ्नो सन्तानमा पनि गोर्खाली रगत र तागत भर्न पाए उतिकै बहादुर हुने थिए होला ! ू ।
मलेसियामा नेपालीहरु गोर्खा सैनिकको रुपमा प्रवेश गरेको कुरो ईतिहास बोल्छ । उनै गोर्खा सेनाले मलेसियामा नेपालीहरुको लागि थोरै विर्ता जोड्न सक्षम भए । जसले गर्दा पछिल्लो समयमा आएर गोर्खा सैनिकका तक्मा पाएकाहरुले गोर्खा गार्डस्को हैसियतमा पुन बहादुरीताको अभ्यास गर्ने अवसर पाए । त्यतिन्जेलसम्म त गोर्खा सेनाको सान मान प्रतिष्ठा ईज्जत कायमै थियो र गोर्खा गार्डस्को रुपमा कार्यरतहरुले स्थानियवासीहरुबाट बहादुरीताको सम्मानमा सलाम पाउथे । तर वैदेशीक रोजगारको लागि मलेसिया खोलीएपछि भने भित्रिनेहरुको ओईरो लाग्यो र गोर्खाली सान मान सम्मान प्रतिष्ठा खिईदै गयो अनि बहादुर खिनौरे देखिन थाल्यो । अझ नेपालका मेनपावर कम्पनीहरुले खसीको टाउको देखाएर कुकुरको मासु बेच्न थालेपछि अर्थात गोर्खा सेनाको तक्मा देखाएर लारे-लुरे भारे-भुरे छनौटा-पनौटा योग्य-अयोग्य सबैलाई गोर्खा गार्डस्को नाममा सप्लाई गर्न थालेपछि गोर्खाली बहादुरीताको झन विजोग भयो ।
मलेसिया - यो माटो यही हो जहा बहादुर गोर्खा सेनाको नाममा नेपाली रगत बग्यो । मार्नु जन्यो मर्नु जान्यो तर झुक्न कहिल्यै जानेन । जसले गर्दा वीरगति प्राप्त गोर्खा शरिरले यो भूमिमा सम्मानीत समाधी पायो । दसी खोज्न नेगरी सेम्बीलन राज्यको सेगामात र पेराक राज्यको ईपोमा गए हुन्छ जहा वीरगति प्राप्त गरेका गोर्खाली सेनाहरुको समाधी सुरक्षीत छ र अझतक ति वीर गोर्खाली सेनाको सम्झनामा बि्रटिस सेनाले बर्षेनी सलामी चढाउछ । तर यो यही माटो हो जहा विना मूल्यको महत्वहीन नेपाली रगत दिनानु पोखिरहन्छ आजाभोली । सन् २००५ तिर हुनुपर्छ माईडिनको आँगनमा नेपाल हाउसलाई साक्षी राखेर ईण्डोनेसिया गुण्डाहरुले दुईजना नेपालीलाई ठहरै पारे र अहिले मिनी नेपाल मानिने एरियामा उदाण्ड मच्चाउदै परिक्रमा गरे । तर पैताला अटाउन गह्रो हुनेगरिको नेपाली टाउकाहरुका भीडले टुलुटुलु हेरिरहयो । केही क्षण पश्चात पुलिस प्रशासन आयो र ढलेको लासलाई ठेगान लगायो । त्यसपछि यो घट्नाको प्रत्यक्षदर्शीको रुपमा रहेका स्थानियवासी झस्के र त्यतिबेलै शंका गरे - ूकि त गोर्खा भनेका नेपाली होईनन् या त गोर्खा सेनाको गाथा एउटा दन्त्य कथा हो ू । यो नेपाली बाहुल्यता भएको क्षेत्रमा विदेशीको हातबाट निरिह प्राणीलाई जस्तो गरि नेपाली टाउको गिडिदाको परिणती हो । तर यो घट्नामा नेपालीहरुले मुटु छामे नाडी विचार गरे र यति बुझे -अब नेपालीको नशामा गोर्खाली रगत र तागत बग्न छाडिसक्यो । व्यवहारत त्यस्तै देखियो त्यतिबेला ।
अनि यो यही भूमि हो जहाँबाट क्या। रामबहादुर लिम्बूले दोस्रो विश्वयुद्ध लडे र भि।सि। जिते । भि।सि। त्यो तक्मा हो जसलाई वेलायतका महारानीले सलाम ठोक्छ । यो भुमिमा गोर्खाली विजयको ज्युदो साक्षी हुन - भि।सि। क्या। रामबहादुर लिम्बू । तर उनकै आँखा अगाडि उनले नै भि।सि। जितेको भूमिमा हामी नेपालीहरु पटक-पटक हारिरहेका छौ यतिबेला । अस्तिमात्र एउटा मल्लयुद्धमा एकजना नेपाली हारेको पत्तो पाईयो । युद्ध हारेपछि पत्तो पाईएको युद्धभूमि थियो -जलान सिलाङस्थित होटल ट्राभल्स । शनिवार नै युद्ध मैदानमा प्रवेश गरेका कम्बोडियाली महिला र नेपाली पुरुष लडाकुबिचको मल्लयुद्ध आईतवार विहान ४ वजे रोकियो जब लडाकु तुलाराम तामाङ कहिल्यै नउठ्नेगरि ढल्यो । यो मल्लयुद्ध जति लाजमर्दो युद्ध हो यो हार झन कैयौ बेसि लज्जास्पद हार हो । यो हार पछि स्थानियवासीहरुले हर नेपालीलाई बहादुरीताको कसीमा नघोट्लान भन्न सकिन्न । किनभने झट्ट सुन्दा मल्लयुद्धमा हार्नु भनेको नामर्द हो न कि बहादुर नै ।
मल्लयुद्ध सुन्दै लाजमर्दो युद्ध हो । त्यसैले के कसरी कस्ता हतियार प्रयोग गरिन्छ जस्ता कुराहरु नखोतलौ । तथापी युद्ध युद्ध नै हो । तुलारामले पनि फरक किसिमको युद्ध लडे र मृत्युवरण गरे । त्यसो त मलेसियाको माटोमा मृत्युवरण गर्ने तुलाराम मात्र एक्लॊ नेपाली हैन । धेरै नेपाली सुतेका सुतेकै भएका छन कोही को ज्यान दुर्घटनामा गुमेको छ । तर मल्लयुद्धमा नै नेपालीको चोला उठेको यो पहिलो घट्ना हुनु पर्छ । यद्धपी युद्धमा मर्नेहरु कोही शहिद हुन्छन कोही शहादत प्राप्त गर्छन त कोही प्राप्त गर्छन वीरगति । अव हेर्नु छ मल्लयुद्धमा जीवन गुमाएका तुलाराम मगर के हुने हुन कतै पलंङ्गमा सुतेको अवस्थामा मरेर शहिद हुनेको पंक्तिमा उनी पनि पर्ने हुन् कि !



for comment,- g1gaunle@yahoo.com

हर्वो र गजलका शेरहरु

-जीवन देवान गाउँले

अहिले मलेसियामा नेपाली साहित्य लेखनको विश्लेषण गजल विधाको बढी गरिन्छ । मलेसियामा गजल आन्दोलन गरिरहेका विश्लेषकहरु गजल लेखनमा बाढी आएका स्वीकार्छन र भन्छन - यस्तो बाढी नेपालमा २०५२ - ०५३ तिर आएको थियो । बाढीमा हेलिएकाहरु कोही डुब्छन कोही नथाकुन्जेल पौडिरहन्छन त कोही पार लाग्छन । डुब्नेहरुको डेबाई सिसा डुबाई हो नथाकुन्जेल तैरिनेहरुको थोर वहुत मुल्याङ्गन हुन्छ भने पार पाउनेहरुको लेखिन्छ ईतिहास । त्यसैले त भनिन्छ - ईतिहास जित्नेहरुको लागि ।
बाढी भन्नु र भेल भन्नु उस्ता उस्तै हो । दुवैको अवस्थाको गुण भनेको धमिलो हो । पार पाउनै होमिएका होलान सबै तर मैले भेलमा माछा मार्न सकिएला की भनेर मात्र डुबुल्की हालेको हो गजलमा । त्यसो त गजल लेखनमा ढिट्टोगरि लागेका साथीहरु भन्छन - गजल त्यो हो जहाँ नबुझ्दा त्यति चासो हुन्न बुझिसके पछि भने अरु विधातिर ध्यानै जादैन । तर मलाई भने नबुझिन्जेल त खुव चासो लागेको थियो जव संरचनाका मुलभुतकुराहरु बुझे तव आङ सिरिङ्ग भयो । गजलमा बाढी आएको बेला टाउकोमा कफन बाँधेर आफूलाई हेल्न आँट आएन । तर डुबुल्की हाल्दा मात्र पनि एकसरो मजाले भिजियो । त्यतिबेला मलेसियामा अर्को भेल उर्लिदै थियो नेट वर्किङ विजिनेशको । त्यहि समयमा आफुलाई गजलको भेलमा घुडाघुडा सम्म डुबाएर हर्वो नेट वकिङको बाढीमा होमिएका साथीहरु प्रति लक्षीत गजल फुराउन मन लाग्यो र लेखे -
हिजोआज नेपालीको बोलीमा हर्वो
एकै स्वार मिलाउने लोलीमा हर्वो
मत्लाको रुपमा गजलको एक सेर तयार बनाए । यसमा काफिया रदिफ को सहि प्रयोग भयो या भएन त्यो खुट्याउने खुबी म सँग छैन । तर हर्वो प्रेमीहरुलाई सुनाए खुशी हुनेथिए होलान भन्ने चाहि नलागेको होईन । किनभने हर्वो नेटवर्किङ्ग मलेसिया भित्राउने साथीहरु त्यतिबेला हरेक नेपालीको बोलीमा हर्वो र जिब्रोमा गि्रन टि को स्वाद झुण्डाउने अभियानमा लागेका थिए । त्यो समयमा मेरो गजलको यो मत्ला सार्वजानिक गरेको भए गि्रन टि को स्वाद सुरुप्प पार्नेहरु हुरुक्क हुन्थे होलान र हर्वो नेटवर्किङ्गको लागि मिठो स्लोगन नै बन्थ्योहोला । तर के गर्ने गजलको कच्चा मिस्त्री परियो सार्वजानिक गर्ने हुत्ति भएन । अहिले त हर्वोलाई पच्छाउदै अर्को नेपाली नेटवर्किङ्ग कम्पनी ू युनिटी लाईफ पनि मलेसिया भित्री सकेको छ ।
मलेसियामा पसेका यी दुई नेटवर्किङ्ग कम्पनीको मुलभुतकुराहरुमा खासै फरक छैन । दुवैको लक्ष्य उदेश्य उस्ता उस्तै छ । बिजीनेश पद्दती एउटै हो । फरक यति हो एउटाले पैसा लिन्छ र मुल्य बरावरको सामान दिन्छ भने अर्कोले पैसा लिन्छ र विश्वास्त बनाउछ । तर दुवैले देखाउने साझा कुरो हो सपना जो देखिरहु जस्तै हुन्छ । ति दुवै नेटवार्किङ्गको पण्डितहरु सँगको भेटपछि मैले निकालेको निचोड हो - नेटवार्किङ्ग विजीनेशमा एविलीटी भएकाहरु भन्दा खुविलिटि भएकाहरु बढी टिक्दो रहेछ । खुविलिटि नभएकाहरु नेटवार्किङ्ग विजीनेशमा सिसा जस्तै हो ।
सरसर्ती बुझ्दा नेटवार्किङ्ग विजीनेश भनेको सुन्दर सपनाको ठुलो खाडल हो । जहाँ सुन्दा र देख्दा मात्रै पनि हामफालु - हामफालु जस्तो हुन्छ । तर हामफाले पछि चेत आउछ वास्तवमा नेटवार्किङ्ग के हो भन्ने कुराको । तव जसले आफु खसेको खाडलमा अरुलाई तानेर खसाल्न सक्छ उ मात्र अरुको ढाँड टेकेर खाडल बाहिर आउन सफल हुन्छ । नत्र जो ति सव गर्न सक्दैन उ त्यो खाडल भित्रै निसासिएर मर्छ । तथापी नेटवार्किङ्ग विजीनेशको सम्वन्धमा हरेकको आ-आफ्नै दृष्टीकोण छ र जसले जस्तो देख्छ बुझ्ने पनि त्यस्तै हो ।
हिजोअस्ति जस्तो लाग्छ हर्वो नेटवाकिङ्गका साथीहरुले ूअव गि्रन टि पिउनु पर्छू भनेको । पुर्वी नेपालको पाँचथर जिल्लामा उत्पादन हुने कंाचनजंघा टि स्टेटले तयार गरेको यो ओर्गेनिक चिया पिलाउन साथीहरुले धेरै जोड गरे । स्वास्थ्यको लागि लाभदायक त हुदै हो अझ आफ्नै देशको उत्पादन हुनुले पनि आफैले खोजी खोजी पिउनु पर्ने हो । तर आउदा सिस्टमवद्ध आएको र सिस्टमले महत्वकांक्षी सपना देखाएको हुनाले पनि लोभले लाभ लाभले विलाप होईएला भन्ने त्रास भयो । उसै पनि आफू खुविलिटिको खडेरी परियो । त्यसैले उत्तिनै बेला हर्वो नेटवार्किङ्गको बाढीमा होमिहाल्न सकिएन ।
अहिले हर्वो नेटवार्किङ्गको भेलमा होमीनेहरुको संख्या ७००० पुगेछ । यो तथ्याङ्गक अस्ति जोहरको कार्यक्रमबाट सार्वजानिक भएको हो । तीनलाख नेपालीहरुको भिडमा सातहजार संख्यात्मक हिसावले त्यति धेरै होईन तर समय अवधिको हिसावमा भने त्यो अभियान सफलिभुत नै मान्नु पर्छ । हर्वो नेटवार्किङ्गको साथीहरुले छोटो समयमा सातहजार नेपालीको जिव्रोमा गि्रन टि को स्वाद झुण्डाउन सक्दा म मात्र आफ्नो गजलको स्वाद चखाउन कसो नसकुला ! भनेर जोस पलाएको छ यतिबेला र उतिबेला लेख्दा-लेख्दै थाति बसेको गजलको अर्को सेर फुराएको छु यहाँ यसरी ः-
जो जता जान्छौ साथ लैजाउ गि्रन िट
देख्न पाँउ हरेकको झोलीमा हर्वो
परिशिष्टक ः- साहित्यले चाहेमा हर्वो नेटवार्किङ्गलाई बोक्न सक्दो रहेछ तर के हर्वो नेटवर्किङ्ग विजिनेशले पनि उसै गरि साहित्यलाई बोक्न सक्ला



for comment,- g1gaunle@yahoo.com

Saturday, March 29, 2008

रिपोर्टरको डायरी

-जीवन देवान गाउँले

१० मार्च २००८, सनिवार
कहिलेकाँही निरुउदेश्य यात्रा गर्दा पनि उदेश्यको निर-निर पुगिदो रहेछ लक्ष्यको प्रत्याभुति हुदोरहेछ र थोरै सफलतामा पनि आनन्दको अनुभुति मिल्दो रहेछ ।
आज मलेसिया भरि मतदान हुदैछ । यसपल्टको चुनावमा प्रतिपक्ष दलले विगतका तुलनामा भन्दा बढि सिट ल्याउने चर्चा छ । तर सरकार चाही पुरानै दल अर्थात उम्नो गःल्इ पार्टीको हुन्छ भन्छन । राजनीति मेरो लागि उति चासोको विषय हैन त्यही भएर पनि मैले मलेसियामा राजनीतिक गतिविधि कुन प्रकृयामा हुन्छ सरकार र प्रतिपक्षमा रहेका पार्टीहरुको अवस्था के-कस्तो छ भन्ने मेलोमेसो पाउन सकिरहेको छैन । वस् देखिरहेछु - चुनावी रौनक नेपालमा जस्तो भने छैन ।
आजकाल सनिवार प्राय फुस्रदमा नै बिताउने गरेको छु । कोठामा बसीरहँु -अल्छी लाग्छ बाहिर कत्तै जाउँ-खास काम हुन्न । तर शनिवार आईतवार कोताराया जानु मेरो लागि तारिख धाएजस्तो हुन थलेको छ । काम होस या नहोस म कोतारायापट्टि नै खिचिन्छु । यही प्रकृयामा आज पनि बिनाकाम कोताराया आईपुगेको छु ।
कपालको जंगलमा मुल फुटेर निधारको पखेराबाट हाम्फाल्दै गाला र गर्धनको कुलेसो भई बगेको पसिनाले छपक्क भिजेको टिसर्टमा सुन्दर आले भेटिए । पत्रिका भागबण्डा लगाउदा लगाउदा लखतरन भएका रहेछन । पत्रिकाको भागी पुर् याउन नसकेकोमा हैरान थिए । मलाई भेट्ने बित्तिकै आफ्नो हैरानी एकातिर थाती राखेर सोधे ः- सर ! तपाई आज कहाँ जाने हो
आले जी लाई राम्ररी थाहा छ कि म फुस्रद मै छु तैपनि सोधी टोपल्छन । मेरो बेफुस्रदीलाई देखेर उनले केलाङ्ग जाने प्रस्ताव राखे । किन के को लागि जस्ता सवालहरुसँगै ६ वजे कोताराया आईपुग्ने सर्तमा जान माजुर भए । त्यतिन्जेल सुर्केली बेखवरजस्तै थिए । सुन्दरको केलाङ्ग जाने उदेश्यको लागि सुर्केली मात्र एक सुरो व्याक्ति हुन अनुभवका पोख्त । मैले सोधे ः- सुन्दर जी ! देवेन जी खै
सुन्दरको कल सुर्केलीलाई प्रतिकि्रया सुन्य मोवाईलको घण्टी बजीरहयो । फोन उठेन फिस्स हाँस्छन र भन्छन - देवेन जी म सँग रिसाउनु भो क्यारे ! फोन नउठ्नुको जड कारण थाहा छैन तर पनि रिसाएका लख काट्छन सुन्दर । म के जान्नु उनीहरु बिचको खटपटी ! आफ्नो मोवाईलमा कल गर्न पुग्दो पैसा छैन । सुन्दर जी लाई अनुरोध गर्छु फेरि कल गर्न । पुन प्रयासमा पछि फोन उठ्यो र सम्पर्क भयो । मैले भने ः- तपाई पनि केलाङ्ग जाने हो
हतारको सोधाईमा मैले शब्द संयोजन गर्न ढंग पुर् याईनछु । जव मेरो प्रश्नमा ूपनिू थपियो तव सुर्केली जीलाई लाग्यो - हामी औपचारिकता दर्शाउदै छौ । म उनको मनको कुरो यस्तै अन्दाजा गर्छु । खोँचे थाप्नमा उनी पनि कमका छैनन ओठे जवाफ फर्काए - लाने भए जाने । मैले ूपनिू नथप्नु पथ्र्याे । पनिको आडमा कतिविधी आशंकाहरु लुकेका हुदोरहेछन भन्ने म महसुस गर्छु । तर गर्ने के हतारमा बोली खुस्की गयो । मैले आफ्नो आसय त्यस्तो नभएको अर्थ लाग्ने भाषामा भने ः- हैन जाने हो भने पखिन्छौ बरु अलि चाँडो गर्नु होला ।
सुर्केली केलाङ्ग जान तयार देखिए तर हामीले नआईपुगुन्जेल कुर्न पर्ने भयो । कुराई लामै भयो । पट्यार लाग्दो कुराईको ब्यथा कुर्नेलाई मात्र हुन्छ । विचरा सुर्केली पनि के गरुन ! चुनावको दिन त्यसमा पनि जलान आम्पाङ्गको सडक । चढेको बस जाममा फस्यो । ढिलै गरेर भए पनि आई पुगे । धपेडीले उनको सास तलमाथि गर्ने क्रम रोकिन नपाउदै हानियौ केलाङ्ग बसपार्क ।
प्रतिजन आरएम २ः५० सेनको दरले बसमा उक्लिन नपाउदै सुन्दर जी ले भाडा चुक्ता गरे । त्यसपछि हामी बसको पिछाडिको बाल्कोनी सिटमा बस्यौ जहा तीन जना एकलहरमा बस्न सकिन्थ्यो । चढेको केही छिनपछि बस गुड्न थाल्यो र क्षणभरमै हाईवेको गतिमा हुईकियो । हामी चुपचाप पनि छैनौ नयाँ बातचित पनि भएको छैन उही समय कटाउने गफ । मलेसियाको मतदानलाई आँखै अगाडि देख्न पाउदा सुर्केली निकै मख्ख रहेछन । नहुन पनि किन !! राजनीति पृष्ठभुमि भएका न परे । उनले भने ः- ूअन्तराष्ट्रिय जगतको मतदान प्रकृयालाई पनि देखियो जीवनमा अनुभवको महत्पुर्ण उपलब्धी हो ।ू
ूखै सुन्दर जी ! चुनाव सम्बन्धि एकदुईवटा फोटो खिच्नुहोस न यार ।ू- बस चढ्नु पुर्व नै उनले कर गरेका थिए तर दवाव दिन नसकेको कारण आले जी ले टेरपुच्छर लागाउनु भएन । आफ्नो पासमा क्यामेरा नहुनको तिक्तता मलाई पोखे - भोट हाल्दै गरेको फोटो खिच्नैपर्ने थियो ।
ू ऊ ! त्यही त हो नि आईएमई ू- चोर औला सोझ्याएर सुन्दरले भने । बस भित्रैबाट आईएमई केलाङ्ग शाखाको मोहोडा देखिदो रहेछ । तीन टाउकै उत्तैतिर फर्केर हेर्दैथ्यौ चढेको बस कोल्टे मोडियो र हेर्दा हेर्दै आईएमई ओझेल भयो । ड्रईभरले घच्याक्क ब्रेक मार् यो गति कम गर्दै गुडिरहेको बस रोकियो । अन्य यात्रुहरु सँगै बसबाट फटाफट उत्रिएर हामी सिधै पर्वत रेष्टुरेन्टतिर मोडियौ ।
प्रभु रेमिट केलाङ्ग शाखाको तलामाथी अवस्थीत पर्वत रेष्टुरेन्टमा पस्दा खासै चहल पहल थिएन । हामी एउटा टेवुल रोजेर चिसो तान्न बस्यौ । यस रेष्टुरेन्टमा मेरो प्रवेश दोस्रो पटक हो । पहिला उद्घाटनको दिन पसेको थिए । पहिला र अहिलेमा केही परिवर्तन भएको रहेछ । जस्तै ः- उद्घाटनको लागि बनाएको माचमा मध्यभागमा भएको क्यासियर सारिएछ । पहिला पुरै हल रेष्टुरेन्ट प्रायोजनको लागि थियो अहिले हलको आधा भागमा कपडा पसल थपिएछ ।
पत्रिकामा फिचर लेखनको सोच सुर्केलीको हो भने केलाङ्ग आलेको राजाई अनि हामी केलाङ्ग बजार पुगेको खास त्यही उद्देश्यले । हामीलाई केलाङ्गमा नेपाली बजारबारे केही टिपोट गर्नु थियो । अर्को टेवलमा लंघाली आवाज पढ्दै गरेका दुर्गाबहादुर शाही देखिए उनी नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सपोर्ट ग्रुप मलेसियाका केन्द्रिय सदस्य पनि हुन । उनीसँग हाम्रो पहिलादेखि कै चिनजान हो । सुर्केलीले हाल उठाएर बोलाएपछि उनी हामी बसेको टेवुलमा जोईण्ट हुन आए । हालखवरको आदन प्रदानपछि केलाङ्ग बजारबारे चासो रख्यौ ।
ूबजारमा नेपालीहरुको चहल पहल बढ्दो छ पहिला जस्तो लुटपाट हुन छाडेको छ ब्यावसायीहरु थपिदै छन ।ू - दुर्गा जी ले बताए । तर रेष्टुरेन्ट ब्यावसायीहरुले पेय पदार्थ कम गुणस्तरको बेच्छन् की भन्ने शंका गदै हामीलाई भने - ूठभ्ीभ्ख्भ्ल् मा पाईने चिसो र नेपाली रेष्टुरेन्टहरुले बेच्ने गरेको चिसोको स्वादमा फरक पाईन्छ ।ू
रेष्टुरेन्ट पसेदेखि नै सुन्दर अलि ब्यास्त हुदै थिए । दुर्गा जीसँगको हाम्रो गफमा कहिले मिसिने त कहिले निस्कने गर्दैथिए सुन्दर । यहि क्रममा रहेका सुन्दरले हामीलाई खुसुक्क सोधे ः- सर ! रेष्टुरेन्ट संाचालकसँग पनि सोध्नु पर्छ की बोलाऔ म सुर्केलीको मुख ताक्छु उनी भन्छन -अँह पदैैन ।
ूहाम्रो उद्देश्य कोही कसैले भेउ नपाओस ।ू- यो सुर्केलीको मनसाय हो । दुर्गा शाहीलगायत त्यहा भेटिएका साथीहरु सँग विदा मागेर हामी पर्वत रेष्टुरेन्टबाट बहिरियौ ।
सुन्दर अगि लागे हामी पच्छाउछौ । उनी स्वात्त पसे मैले सोधे - यो कुन रेष्टुरेन्ट हो ।
ूसम्झना ।ू भन्दै कुसर्ी तानेर सुन्दर बसीहाले । म पनि रेष्टुरेन्टको वातवरण नियाल्दै बस्छु । िसंगारपटार लोभ लाग्दैछ सफा सुघर पनि बसुबसु लाग्दो ।
ूओ सुन्दर ! यहाँ हल बनाउ भनेको कसो होला ू सोध्ने रेष्टुरेन्ट मालिक डेभिड श्रेष्ठ रहेछन् । रेष्टुरेन्टसँगै जोडिएको हल हेर्न हामी पनि डेभिड जी सँगै जवरजस्ती पर्खाल फोडेर पस्न मिल्नेगरिको भ्वाङ्गबाट पस्यौ । मर्मतमा रहेछ करिव १०० जनाजति अट्ला हामी अनुमान लागाउछौ । डेविड जी को सोच रहेछ - हल स्थापना गर् र्ने र नेपालीहरुलाई कार्यक्रम गर्न दिने । हामीले उहाँको सोचाईको सरह्रना गर् यौ ।
हामी पुन सोही टेवुलमा आएर बस्यौ । रेष्टुरेन्ट मालिक आफैले चिसो मगाउनु भयो । चिसो पिउने क्रमसँगै हामीविच धेरै कुराहरु भए । जस्तो ः- पहिला केलाङ्ग बजार लुटपाट र गुण्डागर्दीको अखडा नै थियो । दिन दहाडै नेपालीहरु लुटिन्थे - कुटिन्थे । व्यावसायीहरु कोहीपनि व्यावसाय खोल्न आँट गर्दैन थे । यही विषयमा अडिएर डेविड श्रेष्टले भने - ूहामीले रेष्टुरेन्ट खोलिन्जेलसम्म लुटपाट हुन्थ्यो त्यस्ता लुटेराहरु कपाल लामा लामा पाल्ने ईण्डोनेसियाहरु हुन । त्यसपछि साथीहरु बटुलेर ती झ्याप्ले लेटेराहरुलाई खेदी खेदी पक्डियौ कोठामा थुनेर मर्मत गर् यौ र कपाल काटिदियौ । हिजोआज त्यस्ता लुटेराहरु छैनन गुण्डागर्दि पहिलाजस्तो हुदैन त्यही भएर यतिबेला व्यावसायीहरु केलाङ्ग बजारमा लगानी गर्न उत्साहित छन ।ू
केलाङ्गमा भएको सातवटा रेष्टुरेन्टमध्ये चारवटा रेष्टुरेन्टका मालिक हुन माया राई - यो कुरा सुन्दरले हामीलाई बाराम्वार भनिरहेका थिए । अहिले हामीसँग बसेर डेविड श्रेष्ठ र माया राई श्रीमान श्रीमती रहेछन । तर माया राई भेटिईनन । हामी रेष्टुरेन्टबाट बाहिरिने बेला डेविड भन्दै थिए - ूअर्को ठाउँमा पनि फ्लाट हेरेको छु स्नुकर हाउस खोल्ने सोच छ ।ू
निस्कदा निस्कदै हामीले भन्यौ - त्यसो भए अर्को पटक स्नुकर खेल्न आउनु पर्ला ।
त्यसपछि पस्यौ - नेपाल भिलेज रेष्टुरेन्ट । ग्राहकको उपस्थिती राम्रै देखिन्थ्यो । म धेरै अल्मलिने सोचमा थिईन तर देवेन जी ले केही पिउने अड्डी कसेर बसे । बस्ने नै भएपछि म केही ठोस चिज खान्छु भनेः- चाउमिन मगाउनुहोस मेरो लागि । बिहान देखिको चिसो पिउदा पिउदा पेट फुलिएर आकासिएको भए पनि ठोसको नाममा एकगेडो अन्न परेको थिएन । ठोस खाएर नै ढाडिने विचार थियो मेरो तर चाउमिन नबन्ने भयो वाईवाईमा मलाई अलिकति पनि रुचि छैन त्यसैले भने - चाउमिन बन्दैन भने वाईवाई पनि बनाउनु पर्दैन ।
ूअव छतमा गएर फोटो खिचौ है !ू - बल्ल सुन्दरले फोटो खिच्ने कुरो निकाले । न्यु स्टार रेष्टुरेन्टको तलामाथी छत रहेछ । त्यही छतबाट केलाङ्ग बजार घुमिघुमि हेर् यौ । केलाङ्ग बजारको दृश्य आफ्नो क्यामरामा कैद गर्न ब्यस्त थिए सुन्दर । उनको ब्यस्ततालाई खलल पुर् याउदै देवेन जी बोले - ल सुन्दर जी जीवन जी र मेरो एक पोज फोटो लिनोस त ! केलाङ्ग वजारको पृष्ठभुमीमा हामीलाई कैद गर्दै सुन्दर जी ले क्यामरा क्लीक गरे । एल।सि।डी। स्क्रीनमा कैद आफैलाई हेर् यौ र एकसाथ बोल्यौ - आहा ! राम्रो आएछ ।
जानेबेलाको सर्त हो ६ वजे केएल पुग्ने । घडीमा ५ः३० भै सकेको थियो त्यही भएर हुनुपर्छ सुन्दर जी लाई केही भन्नु परेन । हतार हतार लागे बस स्ट्याण्डतिर । केएल॥केएल…कराएको सुनिदै थियो । हामी बसमा उक्लियौ र पछिल्तिराको सिटमा बस्यौ तर यसपटक पहिलेजस्तो एक लहरमा बसेनौ । एकापट्टीको डबल सिटमा देवेन जी र म बस्यौ । सुन्दर जी च्याखे थाप्न अर्कापट्टिको सिटमा एक्लै बसे । एकैछिन पछि एउटी बुढीमाउ आएर त्यो खाली ठाउँ भरे । देवेन जी र म खित्ता छाडेरै हाँस्यौ आँखा चिम्सो पार्दै सुन्दर जी मुसुमुसु गरे र खिसि्रक्क परे ।
चढेको करिव ४५ मिनेट पछि बसले केएल ल्याईपुर् यायो । मलाई जति हतारो देवेन र सुन्दरलाई थिएन । द खुकुरी जै भने दुवैजनाले । हामी द खुकुरी पस्यौ र एउटा टेवलमा बस्यौ । के अर्डर गर्ने भन्ने कुरो चल्दै थियो । रेष्टुरेन्ट मालिक विश्व जी पनि हामीसँग जोईन्ड हुन आउनु भयो र उहा आफैले कफि अर्डर गर्नु भयो । सुन्दर जी ले बङगुरको कान फर्माईस गरे । हाम्रो अर्डर केही वेरमा नै टेवलमा आयो । सुन्दर जी भन्दै थिए - सर ! मेरु केलाङ्ग हुदै केएल आईपुग्ने ननस्टप सेवा छ नी थाहा छ
मैले आफ्नै थेगो बोले - हो र !
म के त थाहा छैन - सुन्दरले दोहोर् याए ।
त्यतिबेला मलाई कफीसँग बंगुरको भुटेको कान खानुको बेस्वाद भएजस्तै सुन्दरको ननस्टप सेवाको कुरा पनि बेतालको लागि रहेको थियो । घडी हेरे ७ वजी सकेको रहेछ । मलाई ढिलो भै सकेको थियो । साथीलाई एसएमएस गरे लेखे - क्ष् बः इल् त्ज्भ् ध्ब्थ् द्यग्त् क्ष्त्क् च्भ्ब्ीीथ् ज्ब्ख्थ् व्बः। क्इ एीक् ध्ब्क्ष्त् क्ष् बः ख्भ्च्थ् क्इच्च्थ् ँइच् ीभ्त्।त्त्त। त्यसपछि कान खाई सकेर मात्रै जाने विचारमा ढुक्कले बसे ।


for comment,- g1gaunle@yahoo.com

Friday, March 21, 2008

ूयौन ईच्छा र ह्यापी सण्डेू

-जीवन देवान गाउँले


सेक्सको मामलामा खाडि मुलुकभन्दा मलेसिया बढि नै स्वातन्त्र होला । त्यही भएर नै हुनसक्छ उस जमानादेखि खाडि मुलुक प्रवेश गरेका नेपालीहरुको यौनबारे त्यति चर्चा गरिदैन जति हिजोअस्तीबाट मलेसिया पस्न थालेकाहरुको बारेमा गरिन्छ । यसलाई एउटा बिडम्वना नै मान्नु पर्छ ।
ूढोकामा केटीको जुत्ता चप्पल राख्नु पर्छ रे !ू यो मलेसियामा कार्यरत नेपालीहरुको जन-जीवनबारे नेपालवासीहरुले गर्ने टिप्पणी हो । उनीहरुको कथन छ- यसरी ढोकामा केटीको जुत्ता चप्पल नराख्ने हो भने केटीहरु आफै ढोका खोलेर पस्छन अनि आइलाग्न थाल्छन । आईलागेपछि जाईलाग्ने नेपाली स्वभावबारे जो-कोही पनि जनिफकार छन । अझ आईलाग्ने केटी भएपछि आईतवार नै किन कुर्थे र ! कुर्दै कुर्दैनन् । त्यसैले मलेसिया जानेहरु नबिटुलिएका सायदै होलान ! भन्ने ठान्छन नेपालबासीहरु । देशवासीहरुको गिदीमा यस्तो सोच कसरी पस्न गयो यो मलेसियामा कार्यरत नेपालीहरुले सोच्नुपर्ने गहन विषय हो ।
खास गरेर रोजगारीका लागि विदेशिने भनेको सरदर १८ देखि ४५ वर्ष उमेर बिचका नै हुन । यो उमेर भनेको यौन ईच्छाशक्ति प्रवल रहदो अवस्था हो । यो उमेरमा यौन ईच्छाले जो कोहीलाई पनि गाँजीरहेको हुन्छ र त्यो शक्तिले कुनै न कुनै बेला मनोबैज्ञानिक असर पुर् याई रहेको हुन्छ । एकातिर यो अवस्था भनेको सेक्स अनुभव नभएकाहरुका लागि यौनकुण्ठाले कुत्कुत्याउदो उमेर हो भने अर्कोतिर सेक्स अनुभव भएकाहरुका लागि लतजस्तो तलतल लागिरहने उमेर हो । सेक्सको चहानाले कुतकुत्याएकाहरु र तलतलको तिर्खा मेट्न चहानेहरुको लागि मलेसियाको वातावरण अनुकुल छ । यो हामीले देख्दै आएका छौ । भरि भए पछि पोखिनु स्वभाविक हो । बैसको उन्मादमा अनि अभावमा जो कोही पनि पोखिन आतुर नै हुन्छ । त्यो आतुरतालाई कायल बनाउन सक्ने उपयुक्त वातावरणमा नबग्नेहरु सायदै होलन । फरक बग्नुको हो । जो छताछुल्ल हुदै बग्छ त्यो टाढाबाट नै देखिन्छ र त्यसको चर्चा बढि हुन्छ । वस मलेसियाको हकमा जे-जस्तो हल्ला छ त्यो आवश्यकता पूर्तिको लागि उपभोग गर्ने ढंग नपुग्दाको परिणति मात्र हो ।
मानव जीवनमा कोही सेक्सलाई अनिवार्य मान्छन भने कोही अनिवार्य मान्दैनन तर महत्वपूर्ण चाही ठान्छन । जे होस यौन तृष्णा तृप्त गर्नलाई मलेसिया उराठ लाग्दो मरुभुमि होईन । चाहेमा यौन ईच्छा पुरा गर्ने कोठीहरु प्रसस्त छन पॆशेवर धन्दावाल्नीहरु पनि उतिकै पाईन्छन । तर पाईन्छ भन्दैमा लापरवाही गर्नु ठिक होईन । हाम्रो त्यही लापरवाही गर्ने बानीले गर्दा नै मुलुकमा नराम्रो सन्देश पुगेको हो ।
अस्तीमात्र पेकान नेनास भन्ने ठाउँको एउटा घरमा मलेसियान पुलिसले छापा मार्दा ३ ईण्डोनेसिया केटी र ७ जना विदेशी कामदार पर्काउ परेछन । छापा मारिएको सो घर वेश्यावृद्धि गर्ने घर रहेछ भने ति तीन केटीहरु बेश्या रहेछन । बेश्यागमन गर्न जादा पर्काउ परेका ७ जनामध्ये ६ जना कम्पनीमा काम गर्ने नेपाली रहेछन त्यो पनि २० देखि ३० वर्ष उमेर विचका । गएको आईतवार साँझ ८ ः ३० वजे घटित सो घटनामा ति साथीहरु सायद ह्यापी सण्डे मनाउन कोठाबाट निक्लेका थिए होलान । तर उनीहरुको दिन बलियो थिएनछ यौन ईच्छा मेट्न जादा फसिए । दिन लागेपछि कसैको केही जोड चल्दैन । हुनसक्छ उनीहरु बुद्धि पुर् याउदा पुर् याउदै पनि फन्दामा परे । जसरी परेका भए पनि मलेसियान दैनिक अखबर दी स्टारले गत मंगलबारको अंकबाट सो कुरो बाहिर ल्याईसकेको छ । सेक्स भन्ने बित्तिकै लाज मानिहाल्नु त नहुने हो तर पनि बेश्यागमन गर्न जादा नेपालीहरु पर्काउ परेछन भन्दा लाजमर्दो नै हुदोरहेछ । सोचौ हामीले यो कुरामा सरम मान्ने की नमान्ने


for comment,- g1gaunle@yahoo.com

Saturday, March 15, 2008

अहिले त केला बसौ बसौ पो लाग्ने भएछ



कुनै समय केलाङ्ग बजारको नाम सुन्ने बित्तिकै हंशले ठाउँ छाडेको महसुस हुन्थ्यो । के।एल। बासिन्दा नेपालीहरु केलाङ्ग बजार तिर जान उति रुचाउदैनथे । कामै परे जान्थे नत्र घुम्न कै लागि भनेर चाहीँ हतपती त_िम्सदैनथे ।
के।एल। बाट करीव ४५ मिनेटको बस यात्रा गरे पुगिने केलाङ्ग बजार जानलाई के।एल। बासीहरु किन आनाकानी गर्थे कि बस भाडा महंगो भएर हो भन्ने सवालमा एक भुक्तभोगी भन्नु हुन्छ -ूबस भाडा मंहगो भएर त किन हुनु नी ! जिन्दगानी महंगो भएर हो । जानीबुझीकन पनि जीवनलाई दाउमा लगाउनु छ र !ू भाडा कै कुरा गर्दा अहिले अरएम ३ लाग्छ के।एल। देखि केलाङ्गसम्मको ।
सेलाङगोर राज्य अन्तरगत पर्ने केलाङ्ग एरीयालाई गतिलै औधोगीक क्षेत्र मानिन्छ भने केलाङ्ग बजार टा्रन्जीट पोईन्ट नै भन्दा हुन्छ । कापार बान्तिङ्ग मेरु पोर्ट केलाङ्ग साआलम श्रीमुडा वंशापुरी ९९ केलाङ्ग केलाङ्ग उक्तामा कंम्पोङ्गजावा क्षेत्रवासीहरुको ग्यादरिङ पोईन्ट पनि हो केलाङ्ग बजार । त्यही भएर केलाङ्गमा नेपाली बजार बसाउन सन २००२ तिर नेपाल भिलेज नामको रेष्टुरेण्ट खोले डिल्लीराम श्रेष्ठले । त्यस पछि आँखा लाग्न शुरु भयो नेपाली ब्यवसायीहरुको केलाङ्ग बजारमा । अहिले केलाङ्ग बजारमा मात्रै जम्मा ७ वटा रेष्टुरेण्ट खुलि सकेको छ । भने मिनी मार्केटको रुपमा लाली गुराँस द गोरखा शुभकामना पसल आदी खुली सकेको छ ।
अहिले केलाङ्ग बजारको स्थीति कस्तो छ भनेर पर्वत रेष्टुरेण्टमा भेटिएका ट्रेड युनियन महासंघ जिफन्ट सपोर्ट ग्रुप मलेसियाका केन्द्रिय सदस्य दुर्गा शाहीलाई सोध्दा भन्नुहुन्छ - ूबजारमा नेपालीहरुको चहल पहल बढ्दो छ पहिलाको तुलनामा लुटपाटका घट्ना कम छ ब्याबसायीहरु थपिदै छन ।ू
पहिला-पहिला पैसा पठाउन के।एल। नै आउनुपर्ने बाध्यता थियो सबैलाई । त्यतिबेला केलाङ्ग हुदै आउनेहरुकाले ज्यानलाई भाग्य भरोसामा राखेर हिड्नु पथ्र्यो । विशेष गरेर कापार बान्तिङ्ग मेरु पोर्ट केलाङ्ग वासीहरुले । उनिहरुले के।एल। आउनलाई केलाङ्गमा बस नफेरे धरै थिएन । जसोतसो केलाङ्गको खड्को काट्यो के।एल।sाे ब्यथा ज्युदै । बल्लतल्ल पैसा आई।एम।ई।मा हाल्यो अनि अर्को त्रास - सग्लो ज्यान लिएर कोठा पुग्छु या पुग्दिन भन्ने । त्यतिबेला केलाङ्ग बजार लुटपाट र कुटपिटको अखडा भनेर चिनिन्थ्यो । तर अहिले लुटपाट पहिला जस्तो छैन रे ।
किन छैन कसरी नासिए की त्यस्ता लुटेराहरु आफै अन्तै सरे जस्ता जिज्ञासामा रेष्टुरेण्ट ब्यावसायी डेविड श्रेष्ठ भन्नु हुन्छ - ू झ्याप्ले लुटेराहरुलाई खेदीखेदी पक्ड्यौ चुट्दै कपाल काटी दियौ । हामीले पानीखेदो गर्न थालेपछि मात्र त्यस्ता लुटेराहरु देखा पर्न छाडेका हुन ।ू लुटेरा खेदौ अभियानमा स्थानिय जनताको पनि सकरात्मक समर्थन रहेको छ भन्नु हुन्छ श्रेष्ठ ।
वातवरण सामान्य हुन थाले पछि हिजोआज केलाङ्ग बजारमा निकै भिडभाड हुने गरेको छ । लगानी गर्न उत्साहित छन ब्यावसायीहरु । नेटवर्किङ विजिनेशको रुपमा भित्रिएको हर्वोले पनि केलाङ्ग एरियामा राम्रो स्थान बनाई सकेको छ । सपिङ गर्नको लागि माईडि्रन ईन्डीयान सपिङ पैसा पठाउन के।एल। नै आउनु पर्छ भन्ने छैन । आई।एम।ई। प्रभु मर्चेण्ट्रेड रेमिटहरुले आफ्नो शाखा साचालन गरिसकेको छ । पहिला रेमिट नहुदा र अहिले रेमिट हुदाको अवस्थाबारे शाही भन्नु हुन्छ - ूपहिला पैसा बोकेर के।एल। पुग्नुपर्दा अनेक अप्ठ्याराहरुको सामना गर्नुपथ्र्यो तर अव त्यो झण्झट रहेन ।ू केलाङ्गमा रेमिटहरु खोलिएपछि नेपाली बजार जल्दोबल्दो हुदै गएको स्वीकार्नु हुन्छ शाही ।
केलाङ्गमा मात्र होईन मलेसियाको जहा पनि नेपालीहरुले कार्यक्रम गर्दा खड्किने भनेको हल नै हो । सानोतिनो कार्यक्रम प्राय हप्तैपिच्छे हुने गरेको पाईन्छ तर उपयुक्त किसिमको हल अभावले गर्दा आयोजकहरु हैरान भएको पाईन्छ । त्यही समस्यालाई ध्यानमा राखेर एभरेष्ट रेष्टुरेण्टसँगै जोडिएको घरलाई कार्यक्रम हल बनाउने तरखरमा लागेका छन् ब्यावसायी डेविड श्रेष्ठ । करीव १०० जना क्षमता भएको हललाई देखाउदै श्रेष्ठ भन्नुहुन्छ - ूअहिले मर्मतमा छ चाडै नै तयारी गरेर आयोजकहरुलाई कार्यक्रम गर्न दिने विचारमा छु ।ू कार्यक्रम हल मात्रै भनेर टिकाउन सकिएला त भन्दा -ूसकिन्छ हर्वोका साथीहरुले साप्ताहिक कार्यक्रम गर्ने भनेका छन त्यस्तै तरेली समुह पनि हल भए साप्ताहिक कार्यक्रम गर्न ईच्छुक भएको पाएको छुूभन्नुहुन्छ श्रेष्ठ ।

आत्माराम, अल्लराम र ठण्डाराम

-जीवन देवान गाउँले
अनेसास मलेसिया शाखाको पुरानो कार्यसमितिले ०३ फेब्रुवरीको दिन आफ्नो वार्षिक कार्यक्रम अन्तरगतको अन्तिम कार्यक्रम सम्पन्न गर् यो । कार्यक्रम समापनसँगै तितरवितर भए साहित्यकारहरु दास्रो सम्मेलनमा भेट हुने गरि । सम्मेलन भने पछि भनि रहनु परोईन की नयाँ कार्य समितिमा चयन हुन चाहनेहरुको लागि घम्साघम्सी गर्ने मेला हो । यद्धपी अनेसास मलेसिया शाखाको हकमा त्यो अवस्था आईनसकेको ठहर छ यो पंक्तिकारको ।
सम्मेलनको दिन किटान गरिएको थियो १० फेब्रुवरी र सोहि दिन नै सम्पन्न गर्ने गरि कार्यक्रम तालिका अन्तरगत तय भएको थियो - खुला सत्र बन्द सत्र र घोषणा सभा । जुनदिनको बेठकले सम्मेलनको तिथि तोक्यो त्यही दिन सम्मेलन तयारी समिति भनेर जम्बो टोली गठन भयो । भलै टोली समुहमा परेका सबै सदस्यहरुले सम्मेलन तयारीको क्रममा के-कति सकि्रयता देखाए ! त्यो आफ्नै ठाउँमा छ ।
अक्सर गरेर सम्मेलनको मुखमा उत्तर-चढाव उथल-पुथल एकीकृत-धुब्रीकृत हुने गर्छ । खास गरेर राजनीतिक दलहरुमा । बोलीमा विसुद्ध राजनीतिक संघ-संस्था भनिन्छ ब्यवहारमा राजनीति फिटिन्छ -यो हामीले देख्दै र भोक्दै आएका छौ । संघ-संस्था विसुद्धता भनिनु एउटा कुरा तर संस्थाभित्र चालखेल गर्ने भनेको व्यक्ति हुने हुनाले राजनीतिको हावा पस्नु स्वभाविक हो । किनभने व्यक्ति कोही पनि राजनीतिबाट अछुत हुदैन । थोर बहुत बेगल कुरा हो । अनेसास मलेसिया शाखाको सम्मेलन सँघारमा पनि त्यस्तै भयो । सम्मेलनको दुईतीन दिन अगाडि ूनिकटमा हुन गईरहेको सम्मेलनमा तपाईको कस्तो भुमिका रहन्छ ू भन्ने सवाल बोकेर एस।एम।एस। मार्फत आत्माराम प्रकट भयो । प्रकटि आत्मारामले सकि्रयसाथ लागेका साहित्यिक मनहरु कसैलाई पनि छाडेन । आत्मारामको एस।एम।एस।ले धेरै सहित्यकारको मनको ढ्याङग्रो बजायो गजबले ।
साधुलाई कामुक आईमाईलाई आईलागेजस्तो गरेर झुल्किएको आत्माराम सम्मेलनको दिन उदाउला भन्ने थियो धेरैलाई । तर खुला सत्र बन्द सत्र र घोषणा सभा सकिसक्दा पनि आत्माराम भन्ने जीवतको गन्ध भेटिएन । सम्मेलनमा सुनामी नै ल्याउछ कि ! झै गर्ने आत्माराम देखा नपरेपछि सबैजना अल्लराम भए । नयाँ कार्यसमिति गठन भयो सम्मेलन सकियो । सबै साहित्यकार लाखापाखा लागे ।
आत्माराम को हो सवाल थाति नै रहयो । तर सबैले एउटै ठहर गरे - यो छदम नामधारी हो । अल्लराम परेकाहरुलाई आत्माराम छदम नामधारी हुन भन्ने त लागेकै हो तर जव आत्माराम ले सम्मेलनपछि पनि खेदो छाडेन तव भने यो प्रेतात्मा हो भन्ने निक्र्यौल निकाले साहित्यकारहरुले । आत्माराम मसान हो भन्ने भएपछि त्यसै किन छाड्थे साहित्यकारहरुले नछाड्ने नै भए र बैठक बसे । बैठक एउटा निचोडमा पुग्नु थिया पुगे र प्रेतात्मा मन्साउने निर्णय गरे । निर्णय कार्यन्वयनको लागि साहित्यकारहरु धामीझाक्री हुने भए र मन्तरको विधी अपनाउने भए - मसानलाई कालो मोसो घस्ने जुत्ताको माला लगाई दिने अनि कोतारायाको बजार घुमाउने र नौ डाँडा कटाउने । ताकी फेरि-फेरि त्यस्ता प्रेतात्मा नजन्मिउन र दुःख नदिउन् ।
ुम्भबचभकत बिि क्षक्ष्ा नयष्लन द्द भिबखभ ग बिि द्ध ब ुयलतज जयउभ ागििथ ायचनष्खभ ुभ तजबत भखभच उबकत। ब्लम बकिय अ ग बिि कययल१ न्ययम दथभ१ टगअजअजबब बबक्तबचबु…॥ु - प्रेतात्मा भनिएको आत्मारामले अन्तिम पटक सोही सम्पर्क नम्वरबाट फ्यालेको सन्देस हो यो । तिमेरले मन्साउन खोजेको मसान म हुँ ! भनेर आत्मारामले ूआफैलाई चिमोटेरू धधध।ुबबिथबलभउबि।अयु बाट पोल खोले । अर्थात आत्मारामलाई मसान या पे्रतात्मा जे भन त्यो म हुँ -साजय राई ूछुच्चाू भनेर छापाहरुबाट सार्वजानिक भए । हुनसक्छ यो खवरले अर्को पटक साहित्यकारहरु अल्लराम भए । रहस्य खुलेपछि मसान मन्साउन ठिक्क परेका धामी झाँक्रीहरुको जेखना फेल खाएजस्तो भयो र सातोपुत्लो उडेजस्ता देखिए । मानौः अन्यौलताको पर्दाफासले उनीहरुको मुटु चिसो भयो र ठण्डाराम जस्ता भए ।
यतिबेला प्रेतात्मा पत्ता लागिसकेको छ । िसंर्फ हेर्न बाँकी छ मसान मन्साउन पलेटी कसेर तम्तयार भएको धामीझाँक्रीहरुको तागत । उनीहरुमा साँच्चिकै देवता चढेको हो या मात्र सन्कि ! विचार गर्नु छ । यदि साच्चिकै देवता चढेको हो भने कुनै कसुर बाँकी नराखी विधी संगत मन्साएको देख्न पाईएला । तर विषयलाई चिस्याएर ठण्डाराम हुने हो भने सन्की चढेको स्वीकार्नु पर्छ र निर्णयलाई बदर गरेको घोषणा गरिनुपर्छ । नत्र कुनै दिन भोकनिद्रा हजम गरिदिएको आरोप खेपेका आत्मारामलाई साजय राई ूछुच्चाू हुनुले फुकुवा पाउछ भने ति धामीझाक्रीहरुको नाकको टुप्पोमा तरक्कै देखिनेगरि प्रश्न वाचक औला तेसर्िरहने छ ।
त्यसो भए ति साहित्यकारहरु जो ज-जसले आत्मारामलाई कारबाही गर्न समर्थनको तालिपिटे अहिले उनैलाई आफ्नो निर्णय कतै भालुको कन्पट त भा छैन


for comment.- g1gaunle@yahoo.com

Friday, March 7, 2008

आआँै ! अब नाङलो ठटाऔ ।

कुनै पनि कुरा तोकिएको समयमा भएन वा गरिएन भने स्पष्टिकरण दिनुपर्दा हामीसँग एउटै वाक्य काफी छ । त्यो हो ूनेपाली समयू । ढिलासुस्तीको पार्यवाची ूनेपाली समयू भन्दा अव अतियुक्ति नहुने भएको छ । जस्तो कुनै कार्यक्रमको समय तोकिन्छ - १० वजे शुरु गरिन्छ - १२ वजे र किन ढिलो भनेर सोधिए - यस्तै हो नेपाली समय भनिन्छ । अर्थात नेपाली समय भनिदिएपछि स्पष्टिकरण दिनु पर्ने समस्या नरहने भयो । यो नेपालीहरुको संस्कार हो । तर अहिले आएर यही संस्कार पहिचान बन्दै गएको रहस्य खुलेको छ । यो रहस्य मनोज गजुरेलले संगेतीक धमकाको लागि कार्यक्रम संाचालन गर्दा खोलेका हुन् । त्यतिबेला उनले कार्यक्रम ढिलो सुरु भएकोमा माफी माग्दै भनेका थिए - ू…। फेरि तोकेको समयमा कार्यक्रम शुरु गरियो भने नेपाली भनेर कसरी चिन्ने ू । मानौ ः समयलाई ढिला गरि पच्छाउने भनेको नेपाली मात्र हुन ।
नेपाली समयू जस्तै आधुनिक प्रविधीको प्रयोगले लोकपि्रय बनाएको वाक्य हो - ूअन द वेू विशेष गरेर मोवाईल सेट साथमा हुनेहरुले प्रयोग गर्ने भाषा हो यो । यदि तपाई कसैलाई पर्खिरहनु भएको छ पर्खाईमा थाकि सक्नु भो भेट्नको लागि तोकेको निर्धारित समय पनि कटि सक्यो त्यसपछि तपाई मोवाईलमा सम्पर्क गर्नुहुन्छ । त्यतिवेला तपाईले तु पाउने जवाफ भनेको ूअन द वेू हो । चाहे तपाईले पर्खनु भएको व्याक्ति ओच्छ्यानमा होस या कसैसँग गफ चुट्दै बसेको किन नहोस । ूअन द वेू को प्रभाव नेपालीहरुमा यति साह्रो परेको छ कि कुनै दिन यो पनि हाम्रो पहिचान नवन्ला भन्न सकिदैन ।
ूराजकाजको काम बसी बसी पचाउ मामू- यो उक्ति राजाको प्रत्यक्ष शासन भएको बेला खुव चलेको थियो रे । उ समायमा राजाको नुन खाएर प्रजाको काम गर्नेहरु जी- हजुरीमा चल्थे । प्रजा रिसाए के हुन्छ - आफ्नै मुख कालो हुन्छ तर राजा रिसाए के हुन्छ - हातमा भएको जागीर पखालिन्छ । यही मनोवृतिले राजाको शासन चल्यो पनि र ढल्यो पनि । त्यसपछि जनताको शासकको शासनकालमा अर्को उक्ति चल्यो - ूसरकारको काम कहिले जाला घामू । अर्थात त्यो शासन व्यवस्सथाका कर्मचारीहरु पनि जनताको काम गर्ने नाममा दिन कटाउन घाम कुरेरै बस्ने प्रवृति थलानी गरे । यो पछिल्लो कालमा देखिएको कर्मचारीतन्त्रको यथास्थितीवादी सोचको उपज हो ।
सरकार जनताका कुनै कुरा सुन्न चाहदैन भने एउटै मात्र उपाय छ त्यो हो - तोडफोड । यो विगतले पुष्टि गरेको छ । तोडफोड गरेपछि मात्र सरकारले सुनेको कयौ उदाहरण छ । कांग्रेस सत्तामा रहदा विपक्षी दलहरुले टायर बालेको सडकको रलिङ तोडेको पर्खालको ईटा फालेको घट्नाहरु सवैको आँखामा छिपेको छ । केहीदिन अघिको घट्नालाई नै हेरौ तराईवासीले मधेस बालेपछि मात्र ७ दलका संयुक्त सरकारले सुन्यो । यी घट्नाहरुले के वताउछ भने डाङडाङ-डुङडुङ नगरे सरकारका सम्यन्त्रहरु कानमा तेल हालेर बसी रहन्छन ।
मलेसियामा समस्यमा परेका नेपाली श्रमिकहरु अधिक मात्रमा छन । तिनका लागि मात्र भनेर विसुद्ध खोलिएका सघ संस्थाहरु पनि छन । अस्ती मात्र समस्यामा परेका केही नेपालीहरुको समुह श्रमिक संगठन खोज्दै-खोज्दै कोतारया आईपुगेछन । त्यसपछि उनिहरु दुतावास पुगेछन समस्याको सिकायत गरेछन । तर दुतवासबाट सकरात्मक प्रतिक्रीया नभएपछि उनिहरुले धर्ना बस्ने धम्की दिएछन । तव मात्र कम्पनी मालिक बोलाउने काम भएछ र मजदुरविच वार्ता गराउन दुतवास सफल भएछ । यो घट्नाले पनि के पुष्टि गर्छ भने अझै पनि तोडफोड डाङडाङ-डुङडुङ गर्नु अपरिहार्य नै छ । फेरी यो अभियानमा मजदुरहरुलाई साथ दिएका थिए भर्खर मात्र खोलिएको क्रान्तीकारी संगठनले । क्रान्तीकारी भन्ने वितिकै वितेको दशवर्ष स्मरण हुन्छ सवैलाई । क्रान्तिकारी भनेपछि कसले गर्ने अटेरी कसैलाई एकवारको जिन्दगानी धरापमा पर्नु छ र दुतावासलाई क्रान्तिको तातो लाग्यो र समस्या सल्ट्याउन लागिपरिहाल्यो । अपसोच त्यो सफलताको जस भने एउटा पत्रिकाले ब्याक्ति विशेषलाई दियो र तिनको क्रान्तिकारी संगठनलाई ओझेलमा पार्न खोज्यो । हुनसक्छ श्रमिक संगठन छाँयामा पर्ने भएकोले पनि त्यस्तो रणनीति अवलम्वन गरेको हुनु पर्छ । जे भए नि ूकाम गर्ने हनुमान जस पाउने ढेडुू भने जस्तो गर्नु हुन्न थियो ।
भनिन्छ हात्ति तसा्रउनु छ भने नाङलो ठटाउनु पर्छ रे । नाङलोले गर्ने त केही होईन तर पनि आवाज सुनेरै हात्ति डराउछ । त्यसैले अव हामी पनि दुतवास सँगको जी - हजुरी छोडौ र अलि ठुलो स्वरमा कराऔ । तव मात्र हाम्रो कुरो सुनुवाई हुने रहेछ । सो कुरोको पोल खुली सकेपछि किन विलम्व आऔ ! अव हामी पनि नाङलो ठटाऔ ।
धन्यवाद ।

Sunday, March 2, 2008

राजदूत र प्रजातन्त्र दिवस

स्थापनाकालको तकि्रवन पाँचवर्ष पछि मलेसियाको लागि नेपाल राजदुतावासले राजदूत पाएको छ भने नियुक्त हुनुभएका महामहिम डा। ऋषिराज अधिकारी नेपाल दुतावास मलेसियाको इतिहासमा प्रथम राजदूत बन्नुभएको छ । यस तथ्यसँग जो कोही पनि सहमत हुनुहुन्छ भने यो पंक्तिकार ढुक्क छ । नामले शाही नेपाली राजदूतावास भनेर स्थापना भएको कुरा त सबैमा जगजाहेर छ । २००३ जुनको दोश्रो साताबाट कामकारवाही शुरु गरेकेा शाही नेपाली राजदुतावासले प्रारम्भिककालको दुतावास प्रमुखको रुपमा कावा राजदूतबाट काम चलायो । हिजोअस्तीसम्म दूतावासलाई काम चलाउ राजदूतले नै थेग्यो पनि । कावा राजदूतबाट काम चलाउनुपर्दा दूतावास स्वयंलाई नै के कति सकस पर् यो त्यो सम्बन्धित निकायले चासो गर्नुपर्ने विषय भयो । तर कावाबाट आफ्नो नागरिकको लागि के कति गर्ने काम भए त्यसको हिसाबकिताब गर्नु जरुरी हुन्छ । हुनसक्छ कामचलाउबाट केही कोहीको काम चल्यो होला तर ठूलो समूह कावा राजदूतबाट काम चलाउनुपर्दाको अप्ठ्यारोमा चेपिएर रुष्ट छन् । यद्दपि सरकारी कर्मचारीतन्त्रको यस्तो शैली भने सनातन नै हो ।
शारीरिक अंगहरुको संरचनात्मक हिसाबले टाउको नभएको मानव आकृतिलाई मुर्कुटा भनिन्छ । कुममा आँखाजस्तो बत्ति बल्ने मुर्कुटा देख्नमा सुन्दर हुन्छ रे । देख्नमा जति सुन्दर देखिएपनि आखिर मुर्कुटा मुर्कुटा नै हो । शास्त्रले त्यसलाई मसान भन्छ र मसानको काम मान्छेलाई तसा्रउनु मान्छेभित्र डर जगाउनु र मान्छेको सातो लिनु हो । सोही परि संरचनात्मक हिसाबले राजदूत दूतावासको टाउको हो भने मान्नै पर्ने हुन्छ -केही काल पहिलेसम्म हामी मुर्कुटे दूतावासको शरणमा थियौ । त्यो अवस्थामा रहेको दूतावासले संरक्षण दिने नाममा धेरैलाई तसा्रएको हुनुपर्छ । डर जगाएको हुनसक्छ र सातो लिएको पनि हुनसक्छ । यदि मुर्कुटे दूतावासबाट त्यस्तो कार्य भएको छ भने त्यो स्वभाविक हो । किनकी दिमागको सम्बन्ध गिदीसँग हुन्छ । भने गिदी अडिने खोपडी टाउकोमा हुन्छ । टाउको सम्पूर्ण अंगहरुको नियन्त्रण केन्द्र हो । टाउको नभएपछि चेतना हुने कुरै भएन । चेतना नभएपछि स्वभावैले अन्य अंगहरु अनियन्त्रित रुपले चल्छन् । यसरी चल्ने क्रममा ति अंगहरुबाट ढंग नपुगेको वा ढंग नपुर् याइएको हुनुपर्छ । जे होस् ढिलै गरेर भएपनि यतिबेला दूतावास पूर्ण आकारको भएको छ भने भर्खरै पूर्णतया पाएको दूतावास धेरैको आशाको केन्द्र बनेको छ । यो राजदूतप्रतिकेा आस्था अथवा आशा नै हो ।
पछिल्लो समयमा मुलुकको राजनीतिक वृतमा निकै उतारचढावहरु भए । राज्यव्यवस्थामा धेरै उथलपुथल भए । मुलुकले के बेहोरेन ! प्रजातन्त्र दलतन्त्र राजतन्त्र मकरतन्त्र जंगलतन्त्र लोकतन्त्र गणतन्त्र… । छोटो समयमा तन्त्रै तन्त्रको भार मुलुकले थेग्नु थेग्यो । दूतावास राज्यको खास अंग भएकोले राज्यको साचालनमा भुइँचालो आउँदा दूतावासमा कम्पन हुनु अनौठो होइन । त्यही स्वभाविक लाग्दो परिवर्तन छोटो समयमा भयो दूतावासमा । जस्तो मुलुकमा राजनीति उतारचढाव हुँदा यता कर्मचारी फेरवदल भने राज्य व्यवस्थामा उथलपुथल हुँदा यता परिवर्तनीय दूतावासको पहिचान अर्थात स्थापना हुँदा श्री ५ सरकारको कुटनीतिक नियोगको रुपमा थियो भने अहिले नेपाल सरकारको कुटनितिक नियोगको रुपमा दूतावासको पहिचान नेपाली दूतावासको नयाँ नाम हुँदैछ । र हल्ला छ -कामले लोकतान्त्रिक प्रणाली लागू गरिदैछ । अब हेर्नुछ दूतावासको काम गर्ने यो रणनीति कतिको फलदायी हुन्छ ।
हल्लै त हो नेपाल सरकारले मलेसियाको लागि राजदूत नियुक्तिको घोषणा के गरेको थियो मलेसियाको बजारमा हंगामा मच्चाउने काम शुरु भइहाल्यो । हल्ला र हंगामा दुवै साचारका कटुवालहरुले नै गरे भने - मनपरीतन्त्रे दूतावास कर्मचारीको अब दिन गए । श्रम गरिखाने मजदूरहरुको अब दिन आए । अर्थात हल्लाको तात्पर्य थियो कि दूतनावासको कर्मचारीले अहिलेसम्म जति गरे आफ्नो हुँदो गरे । तर आफ्नो नागरिकको लागि न्यायोचित पहल कहि कतै कहिलै गरेन । बरु उल्टो सास्ती दिने काम गर् यो । हल्ला चुट्नेहरुको निचोड थियो नियुक्ति पाएका राजदूतले पदीय कामकारवाही थाल्ने बित्तिकै श्रमिक मजदूरहरुको समस्या चट् । त्यसको कसी के त भन्दा मुखामुख गर्थे -तिनै माओवादीले सिफारिस गरेका मान्छे हुन् नि त मानौ आफ्नो नागरिकलाई सास्ती दिने शासकहरुलाई राजदूतले भाटेकारवाही गरेर काबुमा राख्नेछन् । तर कोही कसै पनि स्पष्ट हुन सकेन कि यस मानेमा राजदूत स्वयं आफैमा साध्य हो या होइन
फागुन ७ गते तदानुसार १९ फेबु्रअरीको दिन दूतावासले प्रजातन्त्र दिवस मनाउन सार्वजानिक रुपमा औपचारिक कार्यक्रम गर् यो । दूतावास बसे यता दूतावासले प्रजातन्त्र दिवस मनाएको शायदै यो पहिलो पटक हुनुपर्छ । उक्त धेरैको अनुमान पनि यस्तै नै थियो । कतिले आफ्नो अभिव्यक्ति दिने क्रममै पनि भने -अघिल्ला वर्षहरुमा दूतावासले यसरी प्रजातन्त्र दिवस मनाएको थाहा थिएन । वहाँहरुको भनाईलाई अर्थसंगत नहेरिए पनि आशय कतै दूतावासका जिम्मेवार कर्मचारीहरु प्रजातन्त्र विरोधी भएका कारण विगतका वर्षहरुमा नमनाइएका हुन् कि ! जस्तो बुझिन्थ्यो । संजोग नै मान्नुपर्छ नयाँ राजदूत आगमन हुनु माओवादीका सिफारिसका मान्छे पर्नु र प्रजातन्त्र दिवस मनाइनु । तर यसको मतलव प्रजातन्त्र दिवस कम्यूनिष्ट विचार र आस्थावानहरुको लागि मात्र महत्वपूर्ण दिन हो भन्ने ठान्नु अज्ञानता सिवाय अरु के नै हो र
त्यसो त काम गर्दै जाँदा कहिले काही भाती पुर् याउन नसक्नाले चुकिन्छ पनि । शायद विगत वर्षहरुमा कार्यक्रम तर्जुमा गर्ने मेसो नपाउनाले पनि दूतावास चुक्यो होला ! जसरी यसपटक शहिदहरुको सम्झनामा गरिदै आएको मौनधारण गर्नबाट कार्यक्रममा उपस्थित सबैजना चुके । चुक्ने क्रममा नाम चलेको पत्रिकासमेत परे र लेखे शहिदको सम्मानमा एक मिनेट मौन धारण गरे ।
वास्तवमा जहाँनिया राणाशासकको कालो शासन पत्ता साफ भएको दिन ति ज्ञात अज्ञात शहिदहरुका सहादतबाट उदाएको सुनौलो दिन अर्थात फागुन ७ गते प्रजातन्त्र दिवस भनेर मनाउने परम्परा बसिसकेको छ र यसरी मनाउने क्रममा शहिदहरुको सम्झनामा सम्मानसहित कार्यक्रम थालनीपूर्व एक मिनेट मौनधारण गर्ने संस्कार छ । यो वर्षबाट दूतावासले त्यो परम्परालाई जोड्ने थालनी गरेको छ भने मौनधारण गर्ने संस्कार मासेजस्तो गरेको छ । यद्दपि यो संस्कार मास्ने अभिप्राय नभएर खाली विधि पुर् याउनु मात्र नसकिएको हो । तर विचार गर्नुपर्ने के चाही हो भने यदि आउने वर्षहरुमा वर्तमान राजदूत नभएको खण्डमा प्रजातन्त्र दिवस मनाइएन भने र मनाउँदा यसैगरी शहिदहरुलाई सम्झिने काम भएन भने शंकै गर्नुपर्ने हुन्छ -१। विगतका वर्षहरुमा दूतावासले प्रजातन्त्र दिवस मनाएन किन २। प्रजातन्त्र दिवस मनाइयो तर शहिदको सम्झनामा मौन धारण गर्ने काम भएन किन

Thursday, January 10, 2008

कुवेतमा नेपाली महिलालाई 'मृत्युदण्ड'

काठमाडौं, पुस १८ - कुवेतमा एक नेपाली महिलालाई मृत्युदण्ड सुनाएको जनाउ“दै सरकारले जीवन रक्षाको पहल नगरेको आरोप आप्रवासी कामदारसम्बन्धी अधिकारकर्मीले लगाएका छन् । आप्रवासी कामदारका समस्या विषयमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा घरेलु कामदारको रूपमा गएकी डोल्मा शर्ेपालाई बचाउन आग्रह गरिएको छ ।
सुरक्षित आप्रवास सञ्जाल, पौरखी नेपाल र युनिफेमका प्रतिनिधिले डोल्मालाई हत्या अभियोगमा मृत्युदण्ड सुनाइएको बताएका हुन् । 'उनलाई मृत्युदण्डको फैसला गरेको जानकारी पाएपछि साउदी दूतावास, श्रम विभाग, मन्त्रालयमा पत्राचार गर्‍यौं,' पौरखी नेपालकी संयोजक विजया र्राई श्रेष्ठले भनिन्- 'प्रतिक्रिया आएको छैन ।'
पा“च महिनाअघि डोल्मालाई मृत्युदण्डको फैसला भएको कुवेती पत्रिकामा छापिएपछि त्यहा“का राजु नाग्पालले माइती नेपाललाई जानकारी दिएका थिए । माइती नेपालकी कानुन अधिकृत उमा तमाङले उनको सोधखोज गरिएको बताइन् । सिन्धुपाल्चोक घर र गोरखा माइती भएकी डोल्माबारे विस्तृत जानकारी अझै आएको छैन ।
'छोराको मुख हेरेर मर्न चाहन्छु भनेर उनी -डोल्मा) रोइरहेकी छन्,' नाग्पालले इमेलमा भनेका छन्- 'उनलाई दूतावासले पनि सहयोग गरेको छैन ।' कुवेतलाई साउदी अरबस्थित दूतावासले हेर्ने गरेको छ । परराष्ट्र प्रवक्ता हीराबहादुर थापाले यसबारे जानकारी नआएको बताउ“दै अब सोधखोज गर्ने जनाए ।

Saturday, January 5, 2008

sahityako lagi yatra karyakram


साहित्य संवाददाता,
अंतराष्ट्रीय नेपाली साहित्य समाज मलेसिया शाखाको बाषिर्क कार्यक्रम अर्न्तगतको साहित्य यात्रा कार्यक्रम ३० डिसेम्बरको दिन मलेसियाको पर्यटकीय क्षेत्र सन वे लगुनमा सम्पन्न भयो । कार्यक्रमका संयोजक एवं अनेसास मलेसिया शाखाका उपाध्यक्ष टंक चन्दको नेतृत्वमा सन वे लगुन पुगेका करिब एक दर्जन साहित्यकारहरूले सो क्षेत्रको साहित्यक भ्रमण गरी अनुभूति र सिर्जना बाचन गर्ने कार्यक्रम गरे । सोही कार्यक्रममा अनेसास मलेसिया शाखाको प्रकाशित एवं डिल्लीराम भण्डारी \\\\\\\\\\\\\\\'मिलन\\\\\\\\\\\\\\\' को प्रथम साहित्यिक कृति \\\\\\\\\\\\\\\"सरिता\\\\\\\\\\\\\\\" उपन्यासको बिमोचन समेत गरियो । अनेसास मलेसिया शाखाका सल्लाहकार दिलिप र्राई सगर र अध्यक्ष जीवन देवान गाउँले\\\\\\\'ले संयुक्त विमोचन गरिएको सो कृतिको समिक्षा टंक चन्दले गर्नु भएको थियो । अनेसास मलेसिया शाखाको कार्यालय क्वालालम्पुरस्थित नेपाल हाउसमा उद्घाटन भई सन वे लगुनमा समापन हुन पुगेको साहित्य यात्राको समापनको क्रममा मन्तब्य राख्नु हुँदै कार्यक्रमका संयोजक टंक चन्दले भ्रमणको क्रममा गरिएका अनुभूतिहरूलाई साहित्यमा उतारी प्रकाशन गर्ने जनाकारी गराउनु भयो । सोही अवसरमा अध्यक्ष जीवन देवान 'गाउँल' ले मन्तब्य राख्नु हुन्दै आगामी दिनमा पनि अनेसास मलेसिया शाखाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । उद्घाटन र समापनको सञ्चालन अनेसास मलेसिया शाखाका सदस्य दिब्य चुरा भाइले गर्नु भएको सो यात्रामा जीवन देवान \'गाउँले', टंक चन्द, दिब्य चुरा भाइ, दिलदुखी जन्तरे, राजु क्षेत्री, ताराप्रशाद खत्री, लालवहादुर छन्त्याल, एकेन्द्र र्राई, दिलिप र्राई 'सगर', डिल्लीराम भण्डारी \\\\\\\\\\\\\\\'मिलन\\\\\\\\\\\\\\\' लगायत रहनु भएको थियो ।