गजल

सुनलार्इ सुनै भन्छन...
                                                         सोमनथ सुवेदी

चाँदी कहिल्यै बनिदैन जति फलाम गाले पनि ।
सुनलाई त सुनै भन्छन् जति रसाईन हाले पनि ।


भृकुटी र सीतासँग आधुनिकता जोडन थाल्दा
जूनको ज्योती मेटीदैन रातमा राँकै बाले पनि ।


पुरुष नामको अहमताले गाँड फुलाई कुर्लिने त्यो
नतमस्तक हुँदो रहेछ पोथी सामु भाले पनि ।


इज्वत खस्दा एकै पटक कवाडीमा गन्य हुन्छ
पत्रु आखीर पत्रु नै हो चुहीरहन्छ टाले पनि ।


                                                          पाँचथर
                                                    हाल मलेशिया


०१६६०४०३०७




जाली काठमान्डैा...
                                           मनोज विराली



अरु रुदा आफु हाँस्ने जाली काठमाण्डौ ।
अझै कति वजाउँछस ताली काठमाण्डौ ।


भ्रष्ट अनि लुटेराको अड्डा जमाएर
नगर अब हामीलाई गाली काठमाण्डौ ।


झिलीमिली गल्लिहरु उस्तै परिवेश
तर पनि मन किन खाली काठमाण्डौ


फूलसरी ढकमक तँलाई फुलाउने
चिन्नु पन पछि अब तैँले माली काठमाण्डौ ।


आजसम्म जति सेवा गर्नु थियो गर् यौं
अति भयो अब आफै सम्हाली काठमाण्डौ ।


                                                 विराटनगर
                                              हाल मलेसिया


तिम्रेा अपमानले..
                                                केशव भट्टराई



तिम्रो अपमानले छाति दुखेपछि थाहा पाए ।
विश्वासको संघारबाट चुटेपछि थाहा पाए ।


देखावटी माया मात्र धन्दा रै छ अर्कैतिर
दुनियाले तिमीलाई थुकेपछि थाहा पाए ।


जुनिभरी जिउने भनि लगाएको पिरती
भेल रै छ खहरेको सुकेपछि थाहा पाए ।


समर्पण नै गरे भन्थौ तिमीलाई यो जीवन
तर सबै बाचा बन्धन फुकेपछि थाहा पाए ।


                                                         मलेसिया




कर्कलाकेा पानीसँग
                                                          रुद्र मिश्र

कर्कलाको पानीसँग तितामीठा खेल खेल्यौ ।
र यो जिन्दगानीसँग तितामीठा खेल खेल्यौ ।

परेलीमा खहरे झै आँशु कहाँ बग्छ त्यसै
यि आँखाका नानीसँग तितामीठा खेल खेल्यौ ।

तिमीसँगै खेल्न पाउनु मेरो नशा बनेको छ
यही मेरो बानीसँग तितामीठा खेल खेल्यौ ।

पुर्णीमाको चन्द्रमा झै खुलेर ति बात गर् यौ
तिनै कुराकानीसँग तितामीठा खेल खेल्यौ ।

                                                   पाचथर

                                             हाल मलेसिया ।




     आफैले रोपेको बोट
                              -प्रदिप राई अभि


आफैले रोपेको बोट काट्न पर् यो कि !
पराईसँग त्यो मुटु साट्न पर् यो कि !

फैलिदै गाको माया लुकाउनु खोज्दा
कहिले काही आफैलाई ढाँट्न पर् यो कि !

हामीलाई भन्दा धेरै चासो अरुलाई
पलाएका रहरहरु चाट्न पर् यो कि !

यस्तै रहेछ संसार भनी मन बुझाउदै
नचाहेको काम पनि आँट्न पर् यो कि !

खोटाङ्ग बतासे - १
हाल - मलेसिया


        कसै सामु
                                       -राज अविरल यात्री


कसै सामु नझुकेको शिर अब झुक्ला साँईला ।
लाछी अल्छी भन्दै सबले तिमीलाई थुक्ला साँईला ।

हिड्ने बाटो अप्ठेरो छ पाईला पाईला होस गर्नु
यस्तो उस्तो गर्नु भनि तिम्रो कान फुक्ला साँईला ।

सम्याएरै जानु पर्छ नमिलेका पाटाहरुलाई
भीरतिर जाँदैछ देश भड्खालोमै पुग्ला साँईला ।

को मलजल गर्दैछ अराजकको बिरुवालाई
तीनकोटीको मन भित्र घाउ सधै दुख्ला साँईला ।

फेर्दै काट्यौ जरा त्यही उम्रदैछ टुसाहरु हेर
आपसमा जुधाएर दुलो पसि भुक्ला साँईला ।

अलिकति माथि उठौ आफ्नो स्वार्थ भन्दा
देशलाई गुण लाउने मौकाहरु चुक्ला साँईला ।

ईलाम
हाल - मलेसिया


             उस्तै छ

                     -सन्तोष लिङ्देन'कैलाश'

हामी हामी नेपालीको फाटो उस्तै छ ।
उता हेर रगतको टाटो उस्तै छ ।

ठुला-ठुला बातहरु मात्र हुदै छ ,
यहाँ हेर बिकासको पाटो उस्तै छ ।

हुम्ला, जुम्ला,गरीबको आशु झारेर ,
दु:ख पीडा आलोपालो आटो उस्तै छ ।

ठुलो,सानो,जस्तो-जस्तो भये जातले,
तिम्ले टेक्ने मैले टेक्ने माटो उस्तै छ ।।।

                                       मेहेले-३,मङ्देन,
                                           ताप्लेजुङ् ।

        
              विदेश
                         जीवन देवान गाउँले
सुनैसुन फल्छ, नजान्नु विदेशमा /
सुखैसुख हुन्छ, नठान्नु विदेशमा /

कमाउने ध्याउन्नमा आयु खियाउदै
सबथोक पैसा, नमान्नु विदेशमा /

स्वभिमान नहुनेको उचनिच हुन्न
सुखदुख के हो ? नछान्नु विदेशमा /

विदेशको यथार्थता जान्ने बुझ्नेले
आफन्तहरुलाई, नतान्नु विदेशमा /

            मलेसिया


       झुक्नु हुन्न भन्छु


                       जीवन देवान गाउँले

निहुराएर शिर, झुक्नु हुन्न भन्छु
आकासतिर पनि, थुक्नु हुन्न भन्छु ।

डटेर लड्नु पर्छ, परिआउदा खेरी
न कि काप्दै डरले लुक्नु हुन्न भन्छु।

इमानको कमाई, घरैमा पाक्छ भने
छिमेकीको चुला, ढुक्नु हुन्न भन्छु।

स्वभिमानी युगको, इतिहास रच्ने
समयलाई चिन्न, चुक्नु हुन्न भन्छु।

गर्जिनु पो पर्छ, बाघको सन्तानले
पाल्तु कुकुर जस्तो, भुक्नु हुन्न भन्छु ।

                       बोधे - ९, धनकुटा


सन्तोष माबुहाङ्ग
                  कुरा नगर

बस्नुको त टुङ्गो छैन वासको कुरा नगर
जे मिल्छ त्यही खाउला गाँसको कुरा नगर

हामी आफै फस्या छौ अभावको दलदलमा
अरु नै डुबिरहेको भासको कुरा नगर

मजबुरी गरी खानेको त यस्तो हालत छ
अरुको घरमा बस्ने दासको कुरा नगर

स्वार्थ नै स्वार्थ भरिएको यो संसार भित्र
सहयोग मिल्छ भन्ने आसको कुरा नगर

ज्युदै छदा त यहाँ कसैले हेर्दैनन भने देखि
मरे पछि जे जे होस लासको कुरा नगर

                                      बसन्तपुर, तेह्रथुम
                                      अहिले- मलेसिया