कथा

कथा :    
          शाश्वत् रुप
                                      –मनि राई गोठाले 

हप्ताको एकफेर लाग्ने यो हाटमा बिहानैबाट आलो माटोको चाँङ लाएर बसेको थियो मोक्तार तामेर । उसको स्वास्नी मनसुरीले उंmटको लागि घाँसको बिटा बन्दोबस्त गर्नु पर्छ भन्दै थिई । सानो तर निक्कै बाक्लो बस्तीको पछाडी पट्टिको ऐलानी जग्गामा यो साप्ताहिक हाट लाग्ने गथ्र्यो । यसको अलवा अर्को स्थाई बजार पुग्नलाई झण्डै एकदिन नै उंmटको सवारी गर्दै मिर्जाबालिया पुग्नु पथ्र्यो । हाटको रैथाने भनेर मान्छेहरु मोक्तार तामेरलाई खिज्याउथे । उनको श्रीसम्पतीको नाममा तीनवटा उंmट, एउटी स्वास्नी र एउटा ठुलो गतिलो पाल बाहेक केहि थिएन ।
स्वास्नीले अलि अल्छि पाराले भनि,– ‘मटिया र गमलाहरुमा फुलबुट्टा भर्ने काम सिध्याएँ, अब जहापनाहले चक्का घुमाउन र बनाउनथाले हुन्छ ।’
मुक्तार तामेर एक कुशल कुम्हाले थियो र माटोको विभिन्न भाँडा–वर्तन बनाउने उनको पुख्र्यौली पेशा थियो । उ पनि यै पेशामा थियो । बिहानी छाँटीसक्दा त मान्छेहरुको खचाखच भयो हाटमा । मोक्तार तामेर एकसुरले चक्का घुमाउदै माटोको भाँडा–वर्तन बनाउदै थियो । मनसुरी अल्छिले गर्दा त्यतिकै भुईमा थ्याच्च बसेकी थिई । मान्छेहरुको भिडले मोक्तार तामेर र मनसुरीलाई घेर्दै थियो । कसैले केहि पनि भनेको थिएन, न कुम्हाले दम्पतीले ति मान्छेहरुलाई केहि भनेका थिए । तर, सबैले बेलाबेलामा एक अर्कालाई पल्याकपुलुक हेर्ने गरिरहेको थियो । मोक्तार तामेर रिसले रन्थनिएको थियो तर मनसुरी लोग्नेको रिसबाट भयमुक्त थिई । हाटभर्न आउनेहरुले मोक्तार तामेरको अनुहारलाई हेरेर यै कुराको लख काटथे कि ! यसलाई चक्का घुमाउन गाह्रो परेको छ, अनि यसकी स्वास्नीले सघाएकी छैन । यसैकारण रिसले चुरचुर भएर यसको मुख–मण्डल बिग्रिएको हो । मनसुरीले घरिघरि लोग्नेलाई हेथ्र्यो भने धेरैजसो उनको ध्यान पाल छेवैमा रहेको तीनवटा उंmटतिरै तानिएको थियो । जो अनिच्छ्ले बालुवा माथि बसेको थियो र आकाशतिर हेर्दै थियो ।
एउटा युवाले सोध्यो,– ‘यो कुन नदीको कमेरो माटो हो ? यर्दन नदीको हो ?’
‘हो हो ।’ –मुक्तार तामेरले जवाफ दियो ।
त्यसपछि फेरि सम्वाद ठप्प भयो । मान्छेहरुको भिडले कुम्हाले दम्पतीलाई छोडेकै थिएन । मोक्तार तामेरले चक्का घुमाउन छोडेको थिएन । मनसुरीले पनि बेलाबेलामा सबैतिर नजर पु¥याउन छोडेकी थिईन । मोक्तार तामेर अझ रिसले रातो भए । उसले अझ जोडजोडले चक्का घुमायो र पिलघाटबाट लौरी थुत्त तान्यो अनि एकडल्लो काचो माटो जोडले चक्कामाथि पछा¥यो र स्वास्नीतिर हेरेर भन्यो,– ‘दुहाई–दुहाई, मेरो हुक्कापानी ठिक गरेर ले, जा ।’
मनसुरी उठेर पालभित्र छिरी । केहिबेरपछि फर्कदा उनको हातमा नसल्काएको हुक्कापानी थियो ।
लोग्नेको सामु हुक्कापानी राखिदिदै बडो लाडिएको स्वरले भनी, –‘मैले त मग्गिदो र सामरियातिर नै लागौ भनेको हो नि । जहापनाहबाट ईच्छै भएन ।’
मोक्तार तामेरले रातोरातो आँखा फुलाएर हेरेपछि मनसुरी चुप भई । मोक्तार तामेरले यतिका बर्षहरुसम्म सिदोन, टुरोस, दमस्कस, बासान पुरै घुमिसकेको थियो र प्यालेसटाईनको शिरदेखि पुच्छरसम्मै उनले बनाएको माटोको सामानहरु पैmलिएको थियो । उनलाई पनि आफ्नो स्वर्गिय पिताले आर्जेको ख्याति जस्तै ख्याति कमाउने ईच्छा नभएको होईन । तर उसको उत्पादनले बजार समाते पनि ख्याति भने उसको हात परेको थिएन । उसलाई विश्वास थियो, उसले बनाएको सामानहरु पक्का पनि राम्रो र बलियो छ । यो उसको साँचो विश्वास थियो । उसको विश्वास र अद्भुत कलाको बिच ख्याति शुन्यको अस्तित्वमा थियो । तर, उसले हरेस खाएको थिएन ।
मनसुरीले उंmटहरुलाई एक एक मुठा नसप्रिएको काँश हालि दिई र लोग्नेसामु आएर अल्छिपाराले थ्याच्च बसी ।
‘आज त भट्टिसट्टि भत्काईन्छ र भोलि बिहानै बाटो लागिन्छ ।’ –मोक्तार तामेरले भन्यो ।
मनसुरीको अनुहार उज्यालो भयो, लोग्नेको वmुरा सुनेर । मनसुरीले कल्पना गरी –दुईवटा उंmटले भाँडावंmुडाको गाडा तान्छ, एउटा गाडाले अर्को गाडा तान्छ, म एउटा गाडा चलाउछु, जहापनाह एउटा उंmटमा ।
मनसुरीले हसिलो अनुहार पारेर लोग्ने तर्पm हेर्दै भनी,– ‘जहापनाह ! बाटोमा काँचो खजुरको एउटा मटिया किन्नुपर्छ है ।’
मोक्तार तामेर बोल्यो,– ‘दुहाई दे दुहाई ।’
मनसुरी खुशी भई र हसिलो नजरले भिडतिर हेर्दै बोली,– ‘भोलिबाट योप्पाको बजारलाई बिदा ।’
दक्षिण प्यालेसटाईनको गाजा क्षेत्रदेखि पूर्व–दक्षिणपटि बग्ने ईदुमिआ नदी मृतसागरमा गएर मिसिन्छ । त्यसैको पश्चिमपटिको हेब्रोन शहरमा जन्मिएको थियो ति कुम्हाले दम्पती । भोलिबाट उनीहरु बिस्तारै बिस्तारै आफ्नो जन्मथलोतिर अगाडि बढने छ । अलिकति समय भित्र मनसुरीले कल्पनाको कोर्मेल पर्वत नै खडा गरी र त्यस पर्वतको टाकुराबाट आफ्नो भविश्यलाई चियाई । उसले के पाई ? के पाईनन् ? त्यो कुरा आपैmलाई पनि स्पष्ट भएन र उ फेरि थकित भई । मान्छेहरुको भिड छाँटिएको थिएन । सबैले मनसुरी र मोक्तार तामेरलाई नै हेरिरहेको थियो । अझैसम्म पनि कसैले केहिवmुरा गरेको थिएन । मोक्तार तामेरले अचानक एउटा सुन्दर गमला उठायो र हातले माथि उचाल्दै जोडजोडले कराउन थाल्यो । सबै तीनछक्क परेर मोक्तार तामेरलाई घुर्न थाले ।
‘यो गमला यर्दन नदिले ल्याएको कमेरोमाटोको हो । खयर पोलिने भट्टिमा सेकाईएको हो ।’ दाहिने हातको बुढि औला र चोरऔलाको सामुहिक प्रहारले गमलामा तीनचार पटक प्रहार गर्दै उनले कराएर भन्यो,– ‘हेर्नुस हजुर... टिङ्गटिङ्ग गर्दै बज्छ ।’
लोग्नेलाई देखेर मनसुुरी उतापटि फर्कन्दै मुसमुस हाँसी । उसो त उसलाई कहिले पनि हाँसो नचलेको चै होईन । तर, आज अलि खल्लो प्रकारको मुस्कान छ । मान्छेहरुको भिडमा कोम्तार तामेरले जे खोजिरहेको थियो त्यो उसले पाउन सकेको थिएन र मान्छेहरुको भिडले मोक्तार तामेरबाट जे चाहेको थियो त्यो पाउन सकेको थिएन । तर दुबै यर्थाथमा अन्जान थिए कि ! वा, यसमा केहि स्वार्थ थियो ? अब, माटोको भाँडा–वर्तनको बखान गर्दा गर्दा मोक्तार तामेर थाकेको थियो र उ रिसले पनि त्यतिकै चुर भएको थियो । मान्छेहरुको भिड छाँटिन्दै हटियाको घुईचोमा फिजिन लाग्दै गर्दा एउटी अधवैशे आईमाईले आफ्नो लोग्नेतिर हेर्दै भनी,– ‘कस्तो जाली कुम्हाले रहेछ हकि ! उसको सामान कसैले राम्रो भनोस् नभनोस् आपैmले पो राम्रो भन्छ बा । जहापनाह ! तपाई मेरो भनाईसंग कत्तिको सहमत हुनुहुन्छ ?’
‘मेरी बेगम ! के म तिम्रो बिपरितमा हुनसक्छु र ?’
भिड छाँटीन्दै थियो । मान्छेहरु आ–आफ्नै तालमा थिए । मनसुरी लोग्नेको अगाडि गई र बडो हसिलो मुद्राले बोल्न थाली,– ‘जहापनाह ! आज हजुरले जीवनको युद्घ जित्नु भयो । म हजुरबाट प्रभावित छु ।’
मोक्तार तामेरले शान्त भएर भन्यो,– ‘भोली बिहानै यो ठाउँ छाडनुपर्छ । आज मज्जाले उंmटहरुलाई घस्याउला है !’
मनसुरीले लोग्नेलाई तानेर पालभित्र लग्यो र रिबनको झुमरमुनि उभ्यायो र ओठैमा एक चुम्बन दियो । भोलिपल्टको झिसमिस खस्दा त त्यो स्थान शुन्य थियो । कुम्हाले दम्पतिको चहलपहलको नामोनिशाना थिएन । तर, मग्गिदो र साम रिया तर्पm पैmलन्दै गएको बालुवाको विशाल मरुभूमिको छातिमा पर–पर सम्मपनि धमिलो–धमिलो देखिन्थ्यो उंmटका टापको चिन्हहरु र गाडाको चक्काको लमतन्न परेको लिखुरे लिखुरे डोबहरु ।
                                                        अमरहाट धरान
                                                   हाल : के.एल.मलेसिया
                                                  सम्पर्क : ०१६९१३५७१२  
                                       



गीतिकथाः
श्रद्धान्जली 
                                                         मनि राई गोठाले 

       थिरीलाई खलखल्ती पसिना आएपछि ज्वरोले छोड्यो । उनले शहाराको याचनायुक्त नजरले मलाई हेरी र थरथर काम्दै सर्पोट स्टिक(टेक्ने लौरो) समाती र विस्तारै भनी,– त्यो टाटनको बर्की ओढ्छु, देऊन ।
थिरी अचाक्लीसँग कमजोर भएकी थिई । अकास्मत उनको मुडमा के भयो ? त्यो मैले बुझ्न सकिन । म त कतै उनको अनुग्रहमा आफ्नो प्रेमको ब्यथिभुत भारी बिसाउन चाहन्थे । ‘तिमीलाई मेरो प्रेम स्विकार छ ?’– मैले कुनैबेला यसरी सोध्दा थिरी दिल्लगीको पारामा जिब्रो निकालेर ‘ले’ भन्थी । तर यो पालीको त्यही प्रश्नमा उनले जिब्रो निकालेर ‘ले’ चै भनिन । तर भावुक देखिई र मलाई टुलुटुलु हेरी । मलाई पछुतो भयो ।
आजसम्म थिरीले मेरो विगतका बन्द दस्तावेजहरु कहिले पनि खोल्ने आग्रह गरीन न त सोधि नै । तर, आज उनको नयन दृष्टीको प्रहार भित्र मैले केही जिज्ञासा पछि स्वत उभिने प्रश्नवाचक चिन्हहरु भेट्टाएँ । थिरीले कपालको मुठालाई टाटनको बर्कीले ढाकी र अर्को फेरोले शिर ढाकी अनि भनी,– ‘तानलुन खोलाको भंगालो फाटिएको तिर घुम्न जाऊँ । केही समय उतै बसौ । तानलुनको उतापटि पाख्खु बग्छ, त्यसको आवाज पनि सुनौ ।’
हामीहरु त्यहा पुग्दा झ्याउँकिरीहरु कराउन थालिसकेको थियो र बसेराको निम्ती युद्धरत रुपीहरुको सामुहिक कर्कश आवाजले वातावरण झिजो लाग्दो भएको थियो । हामी तानलुनको एकछेवमा सदियौ देखि लम्पसार सुतेको चप्लेटी ढुङ्गामा बस्यौ । दुवैमा निकै समय कुरा चलेन । त्यो मौनताको समयावधी सम्म मैले परपर सम्म तानलुनलाई बगेको हेरी रहे । थिरीले घरीघरी मलाई हेर्थी र चप्लेटी ढुङ्गामा हातको औलाले कोतर्थी । सायद हुनसक्छ ! उनले शब्द उच्चारणमा प्रेम समर्पित  प्रतिको मेरो विगत सुन्न चाहेकी होली । तर म मौन थिएँ, प्रस्तुत हुन नसकेर । हृदयावेगको सुनामी म भित्र थुनिएको थियो र यसलाई थेग्न म असफल हुन्छु पलपल सायद ।
‘मेरो कथा खाली खाली पिजडामा खोज
मेरो ब्यथा तार चुडेको सितारलाई सोध
रुदारुदै हाँसी दिनु गाह्रो छ कि छैन
जली जली राख हुने मयन बत्तीलाई सोध ।
.......’
तानलुनबाट फर्केको एकहप्ता वितिसक्दा पनि थिरीले मेरो मौन आग्रहको कुनै जवाफ दिईन । आफू अनुकुल उनको समर्पितवाण्ी सुन्न लालयीत मेरो कर्ण प्रतिक्षाको पलहरुमा दिनानुदिन शहिद बन्दै गयो । मित्रताको धरातलमा उभिएपछि यतिविध्न कर्तब्य परायणताको कसीमा घोटीनु पर्छ भन्ने कुरा मलाई थाहा भएको भए थिरीसँग म मित्रता नै गर्ने थिईन । कतै उनले कुनै सांकेतिक भाषा बोली हाल्छकी भन्ने आसा पनि मनमा नलागेको हैन । तर थकित नयनको विलौना कति थेग्नु मैले हरपल मौन चुपचाप बसेकी थिरीलाई हेरेर ? एकदिन त मनमनै प्रण गरे आ... होस भनेर । आखीरी उनलाई ईन्वाले दिएको चोट र धोका नै प्रयाप्त र प्रिय छ भने म आफू उनीप्रति एकोहोरीनु ब्यर्थ हो । मन मानेकै थिएन । मेरो मन रातभरी रोयो । नयनबाट सावन बर्षे पनि मनमा एउटा बलियो अठोट गरे । ठिकैछ उनले मलाई स्विकारेन त के भयो ?
‘सायद निको नहुने यो मेरो घाऊ, काँडा झै आज बिझे छ मुटुमा
हाँसेर सोचे रुने छैन अब आँशुमै डुब्दो रहेछु म त
सम्झना पनि नपठाउ भन्छु कतै जिन्दगी नै बल्झेर दुख्छ ।
.......’
थिरीसँग आवश्यक भन्दा बढी बोल्न छाडिसकेको थिएँ । सायद, यो कुराको छनक थिरीले पाईसकेकी थिई । यस विचमा म एक्लै तानलुन, यनिन्ताई, छिनड्यन, घुम्न हावा खानु गईसकेको थिएँ । बेलुकी बेस्सरी रक्सी पिउनु र विहान अबेर सम्म सुत्नु मेरो दैनिकी भईसकेको थियो । थिरीलाई मेरो एकलौटी प्रेम जाहेर नगर्ने प्रतिबद्धता त मैले गरिसकेको थिए । त्यसैले अब रित्तोरित्तो आँखाले थिरीको कोठामा निष्प्राण भएको सर सामानहरु भ्वाईलिन, प्याक, क्यानभाषका अर्मुत चित्रहरु, डसबिनमा कोचारिएको भेलियम र नाईट्रोजनका खाली खोष्टाहरुलाई चुपचाप हेर्नु बहायक मेरो अर्को काम केही रहेन । धेरै रक्सी नपिउनु भन्ने अनुरोध थिरीले मार्लाद्धारा पठाउथी । म ल ल भनेर टारीदिन्थेँ । थिरीप्रति म पहिलेको झै उदारवादी भावना लिएर प्रस्तुत हुन सकिरहेको छैन अचेल । किन होला ? आफूभित्रै म जवाफ खोजिरहेको हुन्छु । अनि यसैमा अड्किएर म रनभुल्लमा पर्छु । उनीसँग भएको मित्रताको परिधीहरुमा के म भन्दा थिरी अब्बल दर्जामा दरिन सफल भई त ? ईन्वाले उनलाई छाड्नु नै मेरो मित्रताको  नाममा पोतीने एउटा कलंक हुन पुग्यो ? सबै कुराहरुलाई श्रङृखलाबद्ध मनन गरेर ल्याउदा थिरी प्रति कहिले सहानुभुति पलाउथ्यो भने कहिले क्रोध उम्लेर आउथ्यो । आज मलाई उनीप्रति आक्रोस जन्मेको छ । त्यसैले आफ्नो बर्बादी उनलाई देखाउनु म आफ्नो जीवनको सबैभन्दा ठुलो बिजय मानेर उनको अगाडी बेहिसाब रक्सी पिईरहेछु, अविराम, निरन्तर निरन्तर । साँझ बिहान नभनी ।
सायद ! थिरीले मेरो जलन देख्न खप्न सकिन की ? या त उनको निर्णय बद्लिएर मेरो अनुकुलतामा आयो ? त्यो उनैले जानोस । तर जुन एकरात थिरी मेरो कोठामा आई त्योबेला अचानक वातावरण यसरी बद्लियो कि मेरो नशा जम्मै उड्यो, हरायो । थिरीले नाईट गाउन लाएकी थिई । केशको रेसाहरु स्वतन्त्र थियो । बोटानिका सेन्टको गन्धले रातको वातावरणलाई खुबै काउकुती लगाउदै थियो । एकदमै झिल्ली परेको पारदर्शी नाईट गाउन भित्र थिरीको शरिर लुक्ने चेष्टामा थियो । तर असफल थियो त्यो । उनी चुपचाप थिई । शब्दवाणीको कुनै मौन झंकार सम्म कोठामा थिएन । तर थिरीको नयनले दिएको रात्रीभोजको निमन्त्रणाको आभाष भने मैले पाईसकेको थिएँ । मैले आफूलाई सम्हाल्न सकिन । मलाई लाग्यो अव एक मिनेट पनि थिरी यहाँ बसी भने एउटा सामाजिक अपराध हुन्छ । हुन बेर छैन । मैले मनमनै भगवानसँग प्रार्थना गरे,– ‘हे भगवान ! थिरी यहाँबाट गईहालोस ।’
‘गल्ती हजार हुन्छ यहा होस हराएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला ।
कही धर्म गर्ने निहुमा, बलिदान हुन नपावस
सम्पूर्ण अंगमथि अत्यचर हुन नपावस
मेरा भावनाले मलाई हराई दिन्छ
तिमीभन्दा तिम्रो यौवन धेरै मन पराई दिन्छ ।
.......’
पछि गएर परिस्थिति पुनः साम्य भयो । ईन्वा र मार्लालाई पनि मैले सम्झाएँ । दिदीको आयु अब धेरै समयलाई छैन भन्ने बुझेर मार्लाले पनि थिरीलाई माया गर्न थाली । यसकुरामा ईन्वाले आफ्नो लेडेढिपी छोडेन र उसले मेरो भनाई खानैसम्म खायो । एकदिन हामी माण्डली गाँऊ घुम्न गयौ । शितकालिन समय, हुस्सुको साम्राज्यले माण्डली गाँऊलाई पुछारबाट नै लपेट्न थालेको थियो । टमटममा कुद्दा त चिसो सिरोटोले टाउको दुखाउथ्यो भने मोटरको वेगमा त अरु कस्तो होला ?
एउटा सानो बछेडोले तान्ने टमटममा थियौँ, थिरी र म । थिरीले नेक स्विटर लगाएकी थिई । ऊलनको डबल टावजर, ऊलनकै जुराब, डचक्यामरीन स्र्पोट शू, आफ्नो शिर लाई टमक्कै फूलालाईनको स्क्यापले बाँधेकी थिई । तर पनि उनले मलाई कस्सेर अंगालेकी थिई । एउटा असहजता भित्र म छटपटिनु बेग्लै कुरा हो । तर मनले यसो भनिरहेको थियो,– ‘थिरी ! यसरी नै अंगाली रहनु मलाई तिमीले ।’
तर, म पनि आफ्नो प्रतिबद्धता प्रति अटल रहने मान्छे । थिरीको अंकमालबाट आएको न्यानोपनलाई मैले यै हुस्सुको संज्ञा दिएँ । त्यसैसँग तुलना गरेँ । थिरीले बुझ्छ कि बुझ्दैन ? थिरी पहिलाकै अवश्थामा छ र मलाई अंकमाल गरिरहेकी छ ।
‘रुझे हुन ति तिम्रा पलक र आँखा,म सँग कहिले ईसारामा नबोल्दै
रुखै हुन ति तिम्रा यौवन र भाका, म सँग कहिले विश्वास नखोल्दै
र सायद सराप्यौ सधै वैशलाई, जो शुन्यतासँगै बिलाए म जस्तै ।
........’
त्यो रात खानपिन पछि थिरीको आग्रहमा म जाने भए उनीसँग गोगुनको पात झरेको हेर्नु उनकै घर पछाडीको बारीमा ।  थिरी आज मख्ख थिई, यस कुराले कि आज मैले उनले दिए जति मात्र रक्सी पिएँ भनेर । थिरीले चाल नपाई मार्लाको सहयोगमा मेरो कोठामा अघिनै एक बोतल रक्सी पुगिसकेको कुरा प्रति थिरी बेखबर थिई । भन्नैपर्दा मार्ला र म भएर थिरीलाई थाङ्नामा सुतायौ त्यो बेला । बजार घुम्न जाँदा ईन्वा र मैले लोकल पिएको थियौ । थिरीले चाल नपावस भनेर चियापत्ती चपाउने आईडिया पनि ईन्वाले नै सिकायो । थिरीले के को चाल पाउथी र ।
चकमन्न रातमा दुधिया रंगको जिरोवाटको बल्व मात्र बाँकी राखेर मरकरी ट्युव अफ गरिदिएँ । अनि थाले तान्न बिस्तरा मुनिबाट निकालेर अदुवा र पत्राँसको पातको रक्सी । तान्दै गएँ, भावनामा बग्दै गएँ । नयन अगाडी थिरीको शरिर झलझली, छमछमी मारुनी सरह नाचेको थियो । भ्रमित सपना भनेर ब्युझेकै बेला पनि ब्युझनु खोज्नु मेरो मुर्खता थियो । तर थिरीको उपस्थिति रक्सीको नशा जस्तै मभित्र चढेको थियो ।
पिएर भावुक भएको समय नशाको लहौडमा थिरी बग्नु दिग्भ्रमित सपना मान्नु म तयार पटक्कै थिईन । तर जव म नपिएको बेलामा हुन्छु थिरी मेरो सहानुभूतिको पात्र हुन्छिन सधै भरी ।
‘यो नशा जिन्दगीको या हो नशा रक्सीको
यो मेरो मात यहाँ नयाँ नयाँ प्रेयसीको
मेरो बेहोसी आज तिम्रो लागि पर्दा भो ।
......’
बितेको रातमा थिरी प्रति जुन एउटा कल्पना बनाएँ अनि त्यसमा रमे त्यो कुरा कसरी कसरी थिरीले चालपाई र उनले मलाई भनी,– ‘मनि ! तिमीले मलाई कहिले पनि स्वच्छ आत्माले बुझिदिन सकेनौ । यति बिध्न लाचारी र विश्वादको भोक मनमा किन पाल्छौ ? म त ईन्वाको धोकापनमा तपस्वी भएर बसिसकेकी मान्छे हुँ । यति कुरा छर्लङ्ग हुदा पनि तिम्रो आँखामा म आफू प्रतिको मौन अपिल देख्छु । तिम्रो हृदयलाई तिमी के जवाफ दिन्छौ ? आफूले आफैलाई प्रश्न गर तिमी ।’
‘उसको आँखा र ओठ मेरो रोदी घर हो
उसको छात्ति मेरो बास हो
उसको आँशु बर्षा उसको सुस्केरा शिशिर
उसको मुस्कान मेरो मधुमास ।
......’
थिरीसँग यतिको हिमचिम विच मैले लक्ष्मण रेखा नै सोच्न थालिसकेको थिएँ, सायद । त्यसैले वाद, प्रतिवाद, कृया, प्रतिकृया केही हेक्का नराखी अगाडी बढ्नुको नतिजा हुन सक्छ यो । म थिरीको अगाडी रुन सक्दिन अथवा रुन चाहन्न । तर थिरी मेरो सामु नै धुरुधुरु रुन्छे । वस्तुस्थिति जुनै प्रकारको भएपनि ठेट र चुरो कुरो त हामी दुवै रुन्छौ । आफ्नो मनको आँखी झ्यालबाट दृष्टीगोचर गर्नु नचाहनु अरुको संसार यसलाई पागलपन भन्दा फरक खासै केही पर्दैन ।
‘फूलको सुगन्ध पाउदा कही सुखको सास फेरे
डुबिरहेको बेला पराल समाई हेरे
सायद यि गल्ती मेरा सायद यि काँडा मेरा
मेरो सुखहरु अरुको सायद यि आँशु मेरा ।
........’
एउटा लामो उच्छवस काढ्यो ओठले अनायसै । जीवनलाई भलै सान्त्वनाको थप्किले किन स्पर्श नगरु दिनहु तर मान्छेको मन त रहेछ सजिलै के मान्थ्यो । थिरीको मौनताले ओकलेको रापमा दिनहु जल्नुको विकल्प म सँग थिएन । छात्ति चिरेर देखाउनु मिल्ने भए कसो त्यो कामबाट पनि पछि हटिन्थ्यो र ? तर असम्भव छ त्यो पनि । आफू भित्रको लावाले आफै पग्लिनु बाध्यताको निर्दयी सम्झौता हो भन्छु म । जस्तो कि...
‘जलिरहेछ आश भित्र भित्र कहि छात्तिमा
टुटे फुटेका सपना झै अध्यारो मात्र छात्तिमा
जीवन बादल सरी भयो उजाड मेरो जिन्दगी ।
.......’
कार्लिम्योको सरकारी अस्पतालमा थिरीलाई एड्मिड गरेर मार्ला, ईन्वा र मैले ठुलो राहतको सास छाड्यौ । त्यो रात मैले एक्लै थिरीको कोठामा यताउती गर्दै टहली रहे । रातभरी निन्द्रा परेन । सोचे थिरी मृत्युसँग पराजय हुन चाहन्न । तर फेरी तंग्रिएर जीवनलाई नयाँ बाटोबाट शुभराम्भ पनि गर्न चाहन्न । कस्तो बलिदान दिन चाहन्छे ऊ ? ईन्वाको प्रेममा पागल भएकी उनी के ईन्वालाई उनको यो आत्मादहरुपी प्रस्तुतीले अलिकति छोला र ?
एक हप्ताको अस्पताल बसाई पछि थिरी डिस्चार्ज भई । सुकेर चैत बैशाखको पत्कर झै भएकी टिठलाग्दो थिरीलाई ईन्वा र मैले फूल जस्तै हातमा उठाएर एम्बुलेन्स भित्र बसायौ । थिरीले ईन्वाको पाखुरामा शिर टेकाएर दुवै नयन बन्द गरी । हुनसक्छ उनले यो ईन्वाभित्र त्यो ईन्वा खोज्दै थिई, महसुस गर्दै थिई जो उनले ईन्वाको प्रेमको अथाह परिधीमा दुवैको प्रेमको एउटा विश्वास रुपी भरोसा युक्त टहरो हाल्न अलिकति घडेरी खोस्रेकी थिई । जो कि दुवैले सुख दुखमा हाँसी हाँसी घाम पानी छल्न सकोस । तर वेवास्तमा थियो ईन्वा ।
‘थिरी !’ मैले उनलाई बोलाएँ ।  थिरीले सुनी कि सुनिन । फेरी बोलाएँ,– थिरी ।
यस पटक थिरीले विस्तारै नयन खोली र मलाई हेरी अनि बलैले मुस्कुराउने प्रयास गरी । मैले भने,– ‘आउ मेरो अंगालोमा, म शहारा दिन्छु ।’
थिरीले कापेको स्वर निकाली,– ‘होस म यहि ठिक छु ।’
त्यसपछि थिरीले मलाई र मैले थिरीलाई निकै समय हेराहेर गरीराख्यौ । म भित्र के बित्यो त्यो थिरीले जान्दथी । तर उनले कहिले पनि मलाई केही भन्दैन थिई ।
‘आँखाभित्र बस्नु तिमी छात्तिमा निदाउनु
सपनीमा पनि मलाई सुस्तरी चिहाउनु
सधै सधै तिमी मेरी छायाँ बनी आउनु आउनु ।
.......’
यस्तो अवस्थामा पनि थिरीको दृष्टीकोण म प्रति मित्रताको भावनात्मक सम्बन्ध भन्दा माथि कहिले उठेन । केवल म मात्रै विभक्त आसा रंञ्जीत लहुलुहान भएर लडिरहे एउटा अडिकताको कुरुक्षेत्रमा । जस्तो कि..
‘एक अंजूली मायाको लागि पल पल हृदय छड्पीन्छ
सावन र भदौ बनेर आँखा बर्षौ बर्ष बर्सिन्छ ।
........’
नेपाल फर्कने दिन नजिक आईसकेको थियो । यसपाली चै बर्मामा निकै लामो बसियो । एउटा बिहान थिरीले मलाई भनी,– ‘हिजो मार्लाले भनेकी कुरा साच्चै पो हो त ।’
हिजो कोठामा रक्सी थप्न आउदा मार्लाले मलाई भनेकी थिई,– ‘दिदीले भन्नु भएको रक्सी धेरै नपिउनु रे किनकी दिदीले तपाईलाई माया गर्नु हुन्छ रे ।’
रे नै रे को कुराले म मुसुक्कै हाँसे । विचरी मार्लालाई के थाहा ? हामी आफ्नै मन भित्रको आन्तरीक प्रेम द्धन्द्धले घायल छौ भनेर । आज मेरो बाटो लाग्ने दिन एक नजर भरी थिरीलाई हेरेर मैले सेक्कानयुवा बाट आफ्नो पाईला अघि बढाएँ । मार्ला र ईन्वा म सँग थियो तर आज मलाई पु¥याउन बजारसम्म थिरी आईन । मैले नै थिरीलाई तिमी नआउ आराम गर भनेको थिएँ । बजार पुगेपछि प्लेटफर्मसम्म टमटम चढियो । बिहान १० बजेको याङ्गुन टरमिनल एक्सप्रेसको टिकट हातमा लिएर म प्लेटफर्मको आरामदायी कक्षमा छिरे । ईन्वाले मलाई अंगालो हालेर भन्यो,– ‘राम्रो सँग जाऊ । थिरीको चिन्ता नगर । म हेर्छु उसलाई ।’
मैले मनमनै भने,– ‘ई तेरो कुरा त, तै मुलाले हेरीस् ।’
मार्लाले मेरो दुवै हातमा चुम्यो अनि भन्यो,– ‘दादा ! हाम्री दिदी अभागी । तर दिदीले तपाईलाई हृदयको कतै एक कुनाबाट त अवश्य प्रेम गरेकै छ ।’
मैले उनको गाला सुमसुम्याउदै भने,– ‘हो र मार्ला ?’
प्लेटफर्मको यात्रु सुचक स्किनले ट्रेन आईपुग्नै लागेको जानकारी दियो । मेरो विदाईमा ईन्वा र मार्लाको हात हल्लियो । मैले पनि हात हल्लाई दिएँ विदाईको । यात्रुहरुको भिड भित्र मार्ला र ईन्वा क्रमश बिलाउदै गएता पनि थिरीको अनुपस्थिति नराम्रो सँग मेरो मनमा खट्कियो । जनमासको चर्को कोलाहलमय वातावरण भित्र पनि थिरी बिनाको यो पल मुर्दाघाटको सुनसान जस्तै भान भयो मलाई । त्यै बेला मार्लाले भनेकी कुरा सम्झिएँ,– ‘तर, दिदीले तपाईलाई हृदयको कुनै एउटा कुनाबाट त अवश्य प्रेम गर्छ ।’’
ट्रेन आईसकेको थियो । ट्रेनभित्र पसेर एउटा लामो सिटमा म थचक्क बसे र लामो थकित सुस्केरा छाडे,
‘ए मलाई माया गर्छु भन्ने हजुर, कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई बरु आई मलाई सताउने गर ।
........’
अमरहाट – धरान
हाल – मलेसिया







                                             सपना

-भिम स्नेही लिम्बु



          एउटा आकर्षक बस्तुको गुणले मान्छेको अन्तरमनलाई कति मोहीत पार्दछ एउटै चेतनको शब्दले मानिसको मस्तिष्कमा कति प्रभाव पार्दछ एउटै भयले मान्छेको जिन्दगीलाई बारम्बार किन तसा्रई रहन्छ यो एउटा म पात्रले भयप्राद सपनाको दश्य देखे पछि भनेको हो । म ब्युँझेर यसरी लेखिरहेको छु ।
          मैले घरको चुलोमा आगो ताप्न छोडेको तीन साल पुग्नै लाग्यो । त्यतिनै भयो गोठमा गाईबस्तुको गोबर नसोहोरेको । अनि घर पछाडीको धारामा स्नान नगरेको । आज गहिरो निन्द्राको सपनामा सबै सबै देखे । त्यो देउरालीको उकाली गोरेटो विच विचमा बर पीपलका जोडी बृक्षहरु । साँच्चै त्यो पल बिर्षेको छैन । त्यो बर पीपलको शितल बृक्षहरुमा सधै म अनि सपना घण्टौ बसेर प्रेमको शंवाद अनि दिल्लगी र एक अर्कामा ठेलाठेल गथ्र्यौ । त्यो कति आनन्दको कि्रडा थियो मात्र जिन्दगी भरीको अविश्मरणीय क्षण । हामी विच एउटै ब्यवहार बाँकी थियो जुन विवाह पछि लोग्ने स्वास्नीमा हुन्छ ।
          सदा झै म त्यो दिन पनि गराँसे डाडाको बजार भर्न उकालो चढिरहेको ्थिए । उही स्थान उही बर पीपलका बृक्षहरुको फेदमै मेरो प्रतिक्षामा बसिरहेकी थिई 'सपना' । बोलाउदै उनको समिप जान मुस्किल भईरहेको थियो । किनभने उनी अति अब्यवस्थित पारामा बसेकी थिई । तर उनी ब्यवस्थित र सुरक्षीत ठान्थी की आफूलाई जवकी उनी निर्ठुक्क थिई । मैले ठाने जुन सुरक्षको आवरणले छोपेको छ मानव उत्पतीको पृथ्वी । उनको छेवैमा गएर सोधे- 'यति अव्यवस्थित किन बसेकी सपना यो बेला पराईले देखे भने के होला ?'
          तव मुस्कुराएर सपना बोली,- 'हो ऋतु मैले कल्पना गर्न थालेको छु, जव तिमी मेरो सामु हुन्नौ म आफूलाई अति अब्यवस्थित र असुरक्षीत भएकी देख्छु । यी सब कुराहरुको तिमी संरक्षक बनन ल, ऋतु ! मेरो विन्ती छ ।' अप्ठ्यारो काईदामा बोले म- 'हत्तेरी तिमी सपना पनि ! मैले यो विषयमा कुरा गरेको हो र जसको सुरक्षामा म खटिएको छु कतै आक्रमणकारीहरुको आँखा लाग्ला भनेर पो त तिमीले कुरो बुझेनौ तिम्रो त्यो मेडी …।' हतपत सपनाले आफूले लगाएको मेडी हेरी तल निहुरीएर जहा मेडीको पछाडी पट्टीको भाग उनको चाकले थिचेकी थिई । तव पो रुन थाली सम्हालिन थाली । के सपनाले मेरो मनको परिक्षण गरेकी हो धेरै बर्ष पछि आज स्मृतिमा प्रश्न चिन्ह खडा भएको छ मेरो सामु ।
          धेरै दिन पश्चात मैले सपनालाइृ भेटेर मलेसिया जाने निर्णय सुनाए । धन आर्जन गरेर जीवन उज्वल बनाउला हाम्रो विवाह पछि छोराछोरीलाई सुख सँगले पालौला पढाउला । सन्तान प्रतिको चिन्ता उनीसामु ब्याक्त गरे । तर उनी एकोहोरी रहेकी थिई । उनी रुदै यति मात्र बोली- 'खोले सिस्नु यही खाऔला, यहीको पाखा भित्तामा पाखुरा बजारौला, भाग्यमा जे छ त्यही भोगौला । के थाहा मलेसिया जानेहरुको भरोसा हुन्न भन्दछन ।' उनी झन डाँको छोडेर रुन थाली ।
          म दोमन भए किनकी एकातिर विदेश गएर धन कमाईएला भन्ने ठुलो आकंक्षा अर्को तिर सपनाको विन्ती । विवाह पछि म सँग बसेर खोले सिस्नो खाएरै पनि उ स्वतन्त्र बाँच्छे भने सम्पन्नताको अनुभुती र कल्पना गर्दीनन भने विवाह गरे के भो त तर अस्ति मात्र किसनले सुजनासँग अनुरोध गरेको प्रश्नको स्मरण भयो 'सुजन तिमीले विवाह गरेपछि के ज्ञान पायौ वा कस्तो महसुस गर् यौ ?' प्रति उत्तरमा सुजन बोलेको थियो- 'प्रकृतिको विनास गर्न सकिन्छ तर निर्माण गर्न सकिन्दैन भन्ने ज्ञान पाँए ।'
          सायद सुजनको छोरो भईसकेको अनुभुती होला त्यही भएर किसन मात्र मुसुमुसु हाँसिरहेको थियो । म त प्रकृतिपुजक बन्न रुचाउने ब्याक्ति हुँ । यसरी विनास विध्वांस गर्ने पट्टी मन नगए पछि पुन सपनालाई सान्त्वना र आश्वसानको मन छोडी राखेर राजधानीको मार्गतिर प्रस्थान गरे । जुनवेला म स्वयं अध्याँरोमा यात्रा गर्ने यात्री भएको थिएँ । म काहा पुग्छु के हुन्छु मेरो गन्तब्य कहा हो आधा यात्रा मै पो अवरुद्ध हुन्छु कि भन्ने भयले तसा्रई रहयो । जसो तसो मलेसिया आईपुगियो । तर केवल तीन चार महिना वित्न नपाउदै मेरो कान सम्म नराम्रो सन्देश आईपुग्यो 'सपनाले आत्माहत्या गरेर मरी' ।
          म झस्किए । कुरा बुझ्दा उनलाई बलजफ्ती तीनचार जना पुरुषद्धारा बलात्कृत गरिएछ । त्यो बेला उनले बोलेकी याद आयो- 'हो ऋतु ! मैले कल्पना गर्न थालेकी छु जव तिमी मेरो सामु हुन्नौ म आफूलाई अति अब्यवस्थित र असुरक्षीत भएकी देख्छु ।'
          म झण्डै लडे । थुचुक्कै बसे । विचरीले अन्तिम प्राण सम्म मलाई सम्झी होली । मलाई धिक्कारी होली । अव मेरो मन जिउने प्रवल आकंक्षाहरु सघर्ष गर्ने साहास आफन्तको माया आदी सबै उनको आत्माहत्याको सन्देश सँगै मरेर गए । हत्या भएर गए । म संवेदना शुन्य जिजिविशा सुन्य जिएको छु मुर्दा समान ।
          निक्कै भयो गोविन्दराज भट्टराईको 'सुकरातका पाईला' उपन्यास पढिरहेको । उक्त उपन्यास भित्रका नायक अनन्तको ब्याथा ब्यवहार जीवन जस्तै मेरो जीवन रुपान्तरण भएको छ । दिलदुःखी जन्तरेले हिजो फोन गरेको थियो 'भाई सकेन' आज समाप्त गर्ने भनेपछि एउटा कृष्णविवर र बाँकी सुनसान शिर्षक पढिसिध्याएँ । पढिसकेपछि मलाई लाग्यो मैले यो पुस्तक नपढेको भए हुन्थ्यो ।
मलाई अनन्तले पिरोल्यो । अनन्तको अध्यारो जिन्दगीमा पूर्णिमा कहिल्यै नउदाउने गरेर डुब्यो । औषी जस्तो कालो रातमा अनन्त अदृश्य भयो । विलिन भयो । अव अनन्तको समाप्त हुदा ऋतुको महत्व र अस्तित्व नै रहयो कहा यस्तै सोच लिएर बिछ्यौनामा पल्टे । निन्द्रा भन्दा बढी उपन्यासले पिरोलेको थियो । के अनन्तको मार्ग मैले पनि पछ्याउनु पर्छ म झन कति पिरोलिएँ । कति खेर निदाएर सपना देख्न थाले । म सुतिरहेको थिए । अचानक मेरो सामु सपना प्रकट भई । म अझै सुतिनै रहेको थिएँ । सपनाले मेरो कपाल सुम्सुम्याई र बोली- 'उठ ऋतु ! यसरी बेवारीसे अवस्थामा यो सुनसान ठाउँमा तिमी एकैछिन पनि नसुत । हेर आज आफ्नो घर भन्दा धेरै टाढा देशमा तिमी नसुत । चाडै ब्युझन ऋतु म तिमीलाई मेरो बस्ने देशमा लैजाउला । उ पर हेर त मेरो बाटो आज तिमीलाई हिडाई दिउला त्यो बाटोमा । कति मजा आउछ त्यो बाटो हिड्दा कति शितल हुन्छ त्यहा यात्रा गर्दा ।'
          मैले सपनाको आँखा चोरेर पर भनेको ठाउँतिर हेरे त्यहा एउटा विशल बृक्ष देखे । रुखको बोटमा बाटेको बाक्लो डोरी तुर्लङ्ग एकमान्छे भन्दा अलिक माथि झुण्डिएको थियो । उक्त डोरी रुखको टुप्पो सम्म मात्र देखिन्थ्यो ।
          सपना त्यो डोरीबाट तलमाथि कति सजिलै यात्रा गरिरहेकी थिई । डराँए अनि मुण्टो फर्काए फेरी सपना मेरो छेवैमा बसेकी थिई । मैले उसको बाटोमा नजानलाई नक्कल गरे । एकछिन जोडले कामे सास फ्याले अन्त्यमा मुख बाँए । सपना घोप्टो परेर रुन थाली । मैले अन्तिम सास जानेबेला भने:
      मेरो मृत लासलाई जति छोएपिन
      फर्कन्न अव कहिल्यै अति रोएपनि
          उ झन जोडले रुन थाली । उहीवेला अनन्त प्रकट भयो । देखियो । अनन्त मेरो सामुन्य आएर बोल्यो- 'नरोउ सपना ! ऋतु मरेको छैन' अनि मलाई भन्न थाल्यो अनन्तले,- 'ऋतु ! तिमीले सजाय भोग्नै पर्छ । तिम्रो कारणले सपनालाई कति पीडा भो अन्त्यमा तड्पी तड्पी मर्न आत्माहत्या गर्नु पर् यो । के तिमीले यो महसुस गरेको छौ एउटा नारीलाई साहारा दिन नसक्नेले नारी स्वतन्त्रता र प्रकृतिपुजकको नारा लायौ किन किन यो भावना आत्मामा पाल्यौ जव पुर्णिमाको निम्ती मैले प्राण त्यागे तव सपनाको लागि तिमीले प्राण त्याग्नु पर्छ भनेर मरेको नक्कल गरेको हो तिमीले सपना सँग प्रण गरेका सम्झौताहरु बिष्र्यौ सत्यको जित हुन्छ भन्ने थाहा पाउदा पाउदै असत्यको पछि नदौड । सत्यको ऐनालाई तिमीले मान्नु पर्छ ।'
          सपना मलाई हेरिरहेकी थिई । अनन्त म नब्युझेकोमा रिसले आगो भएको थियो । अनन्तको हातमा लौरो थियो । त्यही लौरीले मेरो जोडी गोडामा हिर्कायो । म चिच्याएँ बल गरेर ऐया… । सँगै सुतेको रवीको खुट्टाले मेरो दुई गोडालाई थिचेको रहेछ । एक्कासी बल गरेर झट्कार्दा रवीको खुट्टो भित्तामा बजि्रन पुग्यो । म विपनामा छिचोल्ने गरी सपनामा कराएकोमा रवी तीन छक्क परेको थियो । सपनाले पिरोल्न सम्म पिरोल्यो । डरलाग्दो सपनाले मेरो सशरिर कामिरहेको थियो । छि ! कस्तो अशुभ सपना के संकेतिक अपसगुनको सपना हो यो त्यो मैले देखेको सपना पनि कुनै विभ्रान्ती भैदिए हुन्थ्यो भन्ने लाग्यो । उठेर ढोका उर्घादा नौलो विहानी मेरो स्वागतमा खुलिरहेको थियो ।

                                                                                                                        फाक्चामारा ४ तेह्रथुम
                                                                                                                               हाल मलेसिया
                                                                                                                                 ०१०२१८८०२४