Thursday, July 22, 2010

विज्ञानभित्र कोरिएका कविता


-गोपीकृष्ण ढुंगाना
'झर्ना झर्न सकेन हो हिमचुली कालै बनेको किन ?
को हो भन्न भुलेर कोयल रुँदै ऐया भनेको किन ?
चौतारी पनि मौन खिन्न बटुवा छायाँ सुकेको किन ?
हावामा पनि प्राण छैन किन हो हावै दुखेको किन ?'
जीवन र जगतसँग सम्बन्धित हुन्छन् कवि र तिनका कविता । समाजका प्रत्येक घट्ना र दुर्घटना नै साहित्यका विषय हुन् । यही कुरोलाई पुष्टि गरेको छ माथिको छन्द कविताले अनि त्यसका सर्जक नवराज लम्सालले । जीवन र जगत्ले नसमेटेको विषय के होला ? सम्भवतः जीवन र जगत्सँग पार्यवाची बनेर आएको छ -विज्ञान । त्यसैले साहित्यिक मनहरुले पनि आफ्ना सिर्जनामा विज्ञानलाई समेट्ने गरेका छन् ।
भानुजयन्तीकै अवसरमा आयोजना गरिएको एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठान पुगेका स्रष्टाहरुले फरक धार पाए अर्थात विज्ञान कविता । १९७औ भानुजयन्तीका सन्दर्भमा नेपाल प्रज्ञाप्रतिष्ठान र त्रिभुवान विश्वविद्यालय प्राकृतिक विज्ञान संग्रहालयले संयुक्त रुपमा बुधबार राजधानीमा विज्ञान कवितागोष्ठी को आयोजना गरे । कार्यक्रममा कतिपयले उत्पत्तिलाई विपत्तिको संज्ञा दिए त कतिपयले प्रकृति र वातावरणलाई कवितामा चित्रण गरे । विज्ञान र साहित्यलाई कसरी सहयात्रा गराउने भन्ने गोष्ठीको एउटा पक्ष थियो भने समाजलाई साहित्य र विज्ञान दुवै आवश्यक भएकोले संगम आवश्यक छ भन्ने बोध गराउनु अर्को पक्ष थियो ।
गोष्ठीमा विज्ञान कविताको सन्दर्भमा एउटा कार्यपत्र प्रस्तुत भयो । डा.इशान गौतमले विज्ञान कवितालाई यसरी पुष्टि गरे,- 'विज्ञान कविताले आफ्नो विषय वैज्ञानिक मापनदेखि वैज्ञानिक प्रतीक, दीक् र काल, जीवविज्ञान, रसायनविज्ञानदेखि जलवायुविज्ञान, वातावरणविज्ञान, कम्प्युटरविज्ञान र अभियान्त्रिकी इन्जिनियरिङ सम्मबाट लिन वा उठान गर्न सक्छ ।'
कविलाई दर्शन विज्ञान र वातावरण अनि ऐतिहासिक घटनाबाट विच्छिन्न गर्न नसकिने बताउने गौतमले कार्यपत्रमा भनेका छन्,- 'विज्ञान कविताले विशिष्ट वैज्ञानिकलाई पनि सामान्यीकरण गर्नसक्छ गटेले टु इनफः टु द फिजिसिस्टमा गरेजस्तै । विज्ञान कविताले गीतादेखि सोनेट डामेटिक मोनोलगदेखि मुक्तक हाइकुजस्ता कयौ रुप वा प्रकारलाई उपयोग गर्न सक्छ ।' उनका अनुसार विज्ञानले सिर्जनात्मक गैरआख्यान, आख्यान र कविताका लागि सामाग्री प्रदान गर्छ र कहिलेकाही कवि पनि वैज्ञानिकझै अवलोकनकर्ता वा निरीक्षक हुन् । उनले भने, 'विज्ञान कविता एक सौन्दर्यात्मक अनुभव हुनसक्छ । यसले प्रकृतिलाई मानवीकरण गर्नसक्छ । साथै यो अर्थपूर्ण गहिरो र आलोचनात्मक पनि हुनसक्छ ।' कार्यक्रम साचालिका सन्ध्या पहाडीले बाँदरविशेषज्ञा डा.मुकेश चालिसेको नाम बोलाईन् । स्रोता एकछिन अलमल परे बाँदरविशेषज्ञ पनि कवि सबैको जिज्ञासा क्षणभरमै पूरा भयो जब उनले कविता वाचन गर्न थाले,
'चराहरु कराए
उज्यालो हुने भएको छ
तर अहिले अँध्यारै छ
नांगो डाँडोमाथिको एउटा खर्पे जुन
त्यो पनि रोइरहेछ… ।'
अधिकांशले यस शताब्दीका उपलब्धि र विनाश दुवैलाई कवितामा उनेका थिए । हास्यब्यंग्य क्षेत्रमा कलम चलाउने शैलेन्द्र सिम्खडा पनि के कम ? उनले सटिकरुपमा विज्ञान कविता सुनाए । उनले एटम बमको त्रासले विज्ञानले गाली खाएको र आविष्कारले साथ र घात दुवै दिने गरेको बताए । उनले कवितामार्फत भने,- 'राजा वीरेन्द्रलाई बाईपास सर्जरी गरेर बचाउने पनि विज्ञान अनि सपरिवारको जीवन समाप्त पार्ने पनि विज्ञान ।'
गोष्ठीमा वैज्ञानिक कवि विज्ञानका विद्यार्थी गरी २५ जनाको सहभागिता थियो । रामभरोस कापडीले 'मानिस र रोबोट', महेन्द्र गुरुङले 'प्रकृछौ', पुष्पकेशरी श्रेष्ठले 'म खपटे कीरा', माजुलले 'कसरी भन्नु त्यसलाई राम्रो गाउँ', डा.मदन कोइरालाले 'आजको मान्छे र जलवायु परिवर्तन', रामप्रसाद ज्ञावलीले 'छन्दमा पर्वत सुन्दरीको सम्बोधन', समालेचक खुमनारायण पौडेलले 'एक्काईसौ शताब्दी एउटा श्राप एउटा प्राप्ति' शीर्षकमा विज्ञान कविताका सुनाएका थिए । कविताका माध्यमबाट यस्ता वैज्ञानिक पक्षहरु प्रतिबिम्बित हुनुले विज्ञानको क्षेत्रमात्र होइन नेपाली साहित्यसमेत समृद्ध हुने देखिन्छ । विषयको उठान गरिएको लम्सालकै छन्द कविताको अन्तिम अंशले पनि कवि मनहरु विज्ञानको विकासमा खुसी र विनाशप्रति दुःखी बनेको पुष्टि गरेको छ ।
खास्या यान विमानमा घुमीघुमी आकाश छुन्छौ तर हे विज्ञान विकास छैन वशमा धर्ती भयो झन् पर ।

Saturday, July 10, 2010

गजल र काफिया

नेपाली माटोमा गजल रोपिएको सवासय अधिक वर्ष नाघिसकेको छ । मोति मण्डली देखि अनाम मण्डली सम्म आइपुग्दा गजलले धेरै द्रस्टा स्रष्टाहरु पाइसकेको छ । प्राथमिक कालका मोतिराम भट्ट लक्ष्मी दत्त पन्त, इन्दु नरदेव पाण्डे 'शुधा', गोपनाथ लोहनी, नाथु अजद हुसैन, अन्जानु पछि भिमनिधि तिवारी उपेन्द्र जिगर पछिका पुर्नउत्थानवादी ज्ञानुवाकर पौडेल हुदै ललिजन रावल, बुँद राना, घनश्याम न्यौपाने, मनु ब्राजाकी, रवी प्रााजल, सनत वस्थी श्रेष्ठ, 'प्रीया' पत्थर, प्रेम प्रकाश मल्लहरुबाट तन्किदै आधुनिक कालका धनराज गिरी कृष्ा क्षेत्री, प्रकाश आङदाम्बे, खगेन्द्र गिरी 'कोपिल', अनमोल मणी, पुष्प अधिकारी 'अाजली', शुरेस सुवेदी, घनश्याम 'पथिक', अाजु 'अाजुली', मायामितु न्यौपाने, ऋचा लुइटेल, बुद्धी सागर चापाई, शितल 'कादम्बीनी', गोवर्दन पूजा, सूर्य चापाई, भुवन बोहरा, टि.एन. जोशी, रामलाल, गोर्खे साइलो, ज्ञानु विद्रोही, रुपक बनबासी, पदम गौतम, जीत कार्की, स्वागत नेपाल, देवी नेपाल, रासा, निराजन बतास, विमला 'केयरलेस', लेखाराम सापकोटा, भुपेन्द्र ति_िम्सना, एकादेशको गगनराज, जोतारे धाइबा, बलराम दाहाल, गीता सापकोटा, अनुपमा, करारा, गीता सिह, अम्बीका िसंह, अाजु स्मारीका सिह, विष्णु बहादुर सिह, हेम बाबु लेखक, धिरज 'त्रीवेणी', खोलाघरे 'साइलो', अगीव बनेपाली, नारायण निरासी, रेणुका भट्ट, राधा कणेल, सप्रेम अर्चना, विभोर बराल, रवी भण्डारी, नारायणी देवकोटा, लोकेन्द्र बाजारा, बालकृष्ण लामिछाने, विवस बलिभद्र कोइराला, शेखर अस्तीत्व, स्वप्नील स्मृती, विपिन 'किरण' सम्म आइपुग्दा नेपाली गजलले धेरै आरोह अवरोहहरु पार गरिसकेको छ ।

अचेल संख्यात्मक र गुणत्मक दुवै हिसावले गजल सम्पन्न हुदै गइरहेको छ । यो सुखद कुरा हो गजलका निम्ति । साठीको दशकको उत्तराद्र्वसँगै गजलको लोकपि्रयता झन्झन् चुलिदैछ । रेडियो पत्र-पत्रिका र कुनै पनि साहित्यिक गोष्ठीहरुमा गजल बजेको, छापिएको र बाचन गरिएको छैन भने कार्यक्रम नै अधुरो उपुरो लाग्ने गर्दछ । यसर्थ यसो भन्न सकिन्छ गजलले सनैःसनैः नेपाली साहित्यमा जवर्जस्त उपस्थिती जनाउँदै छ/जनाएको छ ।
यो लेख विषेशतः काफियाका सन्दर्भमा केन्द्रित गर्न खोजिएको हो । हुन त 'म' समालोचक होइन पनि र गजलको समालोचना गर्ने हैसियत पनि छैन म'मा । र, पनि एउटा पाठकको हैसियतले केही सर्जकका गजलहरुका बारेमा टिप्पणी गर्न बसेको छु । हरेक सर्जकले रचना गर्दा आफ्नो रचनालाई कुनै न कुनै प्रतिक वा विम्वहरुका सहायताले कुनै न कुनै कुरालाई सङ्केत गरेका हुन्छन् । ताकि रचनाले पाठक एवम् स्रोताहरुको मन छोओस् र जीवन र जगतका हरेक पाटा र बाटाहरु मध्ये कुनै न कुनैको सही र सार्थक नेतृत्व गरोस् । र त्यसको निमित्त सर्जकले कुनै एउटा विधालाई अवलम्बन गर्नै पर्ने हुन्छ । र, आजका अधिकांस सर्जक स्रष्टा, द्रष्टा, नया र पुरानाहरुले आफ्नो मनको गाठो विसाउन 'गजल-चौतारी' रोज्ने गरेको देखिन्छ ।
गजल सास्त्रीय विधा हो । यो देख्न, सुन्न र पढ्नमा जति सजिलो महसुस हुन्छ, लेख्नमा त्यतिकै कठिन छ । 'रुद्र मिश्रले' भने जस्तै गजल लेखिदैन बरु निर्माण गरिन्छ । हुनपनि गजल निर्माण गर्दा गजलका भित्री र बाहिरी तत्व घटकहरुको सम्पूर्ण ज्ञान हुनु अत्यावश्यक छ । साहित्यका अन्य विधाहरु सामान्य विधागत ज्ञान भएर वा नभएर पनि लेख्न सकिन्छन् । किन्तु गजलका निमित्त सामान्य ज्ञानले पुग्दैन ।
अचेल घरदेश र परदेश जहा पनि गजल लेख्नेहरुको ओइरो लाग्न थालेको छ । यो ओइरो सँगै राम्रा र नराम्रा दुवै प्रवृत्तिहरु पनि भित्रिरहेका छन् । गजलका निमित्त नकारात्मक प्रवृत्ति आत्मघाती नै हुन्छ । तसर्थ यहा काफिया प्रयोगका सन्दर्भमा सकारात्मक र नकारत्मक दुवै प्रकृति/प्रवृत्ति को बारेमा कोट्याउने प्रयास गरिएको छ ।

उत्तरमा सेतो हिमाल, हासेको यो देश मेरो
डाफे मयूर मुनाल सँग, नाचेको यो देश मेरो

कहा छ र यस्तो संसार, ठाउठाउमा खोज्दा पनि
सयौ थुङ्गा फूलका माला, गाँसेको यो देश मेरो

वीर शहिद पुर्खा मेरा, भक्ति अमर लखनहरु
खुकुरीका धारले बैरी, मासेको यो देश मेरो

-रुवेन पुन / दीपााजिल

यो गजलमा आंशिक शब्द काफियाको सुन्दर प्रयोग गरिएको छ । आंशिक काफियाले गजलको लय चेतनालाई भङ्ग गर्छ भन्ने 'म'हरुलाई दरिलो थप्पड पनि हो यो । गजलको मतलाको दुवै 'मिसरामा' राखिएका क्रमशः 'हाँसेको/नाचेको' दोस्रो शेरमा प्रयुक्त 'गाँसको' तेस्रो शेरमा प्रयुक्त 'मासेको' वर्णगुच्छ तुकहरु नै काफिया हुन । हेरौ :-
- हासेको = ह् + आ + स् + ए + क् + ओ
अर्थात् हा + से + को = हासेको

- नाचेको = न् + आ + च् + ए + क् + ओ
अर्थात् ना + चे + को = नाचेको

दोस्रो शेरमा पर्युक्त-
- गासेको = ग् + आ + स् + ए + क् + ओ
अर्थात् गा + से + को = गासेको

तेस्रो शेरमा उल्लेखित
- मासेको = म् + आ + स् + ए + क् + ओ
अर्थात् मा + से + को = मासेको


माथिको सुत्र हेर्दा
हासेको वर्णगुच्छको
'हा' मा 'आकार' छ
'से' मा 'एकार' छ
'को' मा 'ओकार' छ
त्यसगरी हमकाफियामा प्रर्युक्त नाचेको वर्णगुच्छमा आएको
'ना' मा 'आकार' छ
'चे' मा 'एकार' छ
'को' मा 'ओकार' छ
त्यसगरी दोस्रो शेरको गासेको कफियामा
'गा' मा 'आकार' छ
'से' मा 'एकार' छ
'को' मा 'ओकार' छ
भन्ने तेस्रो शेरको मासेको को
'मा' मा 'आकार' छ
'से' मा 'एकार' छ
'को' मा 'ओकार' नै आएको छ ।
यसर्थ यो गजलमा काफियाको सार्थक प्रयोग गरिएको छ । तथापी कोट्याउदै जादा 'समापक' दोष भेटिन्छ र अन्य दोषहरु पनि भेटिन सक्छन् तर आज विशेषतः काफिया सम्बन्धि मात्र लेख केन्द्रित भएकाले अन्यतिर जानु असान्दार्भिक हुनसक्छ । अव अर्को गजलको उदाहरण हेरौं :-

मधेसी र पहाडेको बात नलगाउ
मान्छेवीच सानो ठूलो जात नलगाउ

अधिकार बराबर लिने दिने खेलमा
होस गरे साम्प्रदायिक मात नलगाउ

बल्ल तल्ल दशक पछि हाइ साचो भाछ
देशमा फेरि अर्को कुनै आपत नलगाऊ

-इन्द्र नारथुङगे (sahityaghar.com)

यो गजल भाव प्रधान्यताका हिसावले उत्कृष्ट छ । गजलको मतलामा प्रयुक्त 'बात/जात' पूर्ण काफिया हुन् भने दोस्रो शेरमा 'मात' काफिया आएको छ । त्यसैगरी अन्तिम शेरमा सर्जकले 'आपत' लाई काफियाका रुपमा छानेको देखिन्छ । यो गजल ६ वटा शेरमा आवद्ध थियो, यहा तीनवटा शेर मात्र लिइएको छ । अन्य तीनवटा शेरहरुमा 'खात, हात, साथ' जस्ता काफियाहरु राखिएको छ । हेरौं :-
- बात = ब् + आ + त
- जात = ज् + आ + त
- मात = म् + आ + त
- खात = ख् + आ + त
- हात = ह् + आ + त
- साथ = स् + आ + थ
- आपत = आ + प + त

माथि उल्लेखित बात, जात, मात, खात, हात, साथ, जस्ता काफियाका रुपमा आएका वर्णगुच्छहरु समस्वर युक्त छन् र सबैले आंत अर्थात् आंअ् आकार र अकारको भार बोकेका छन् भने 'आपत' काफिया (आ+अ+अ) आकार + अकार + अकारको रुपमा आएकाले वात, जात, जस्ता (आकार + अकार) बोकेका काफियाको हमकाफियाको रुपमा आउन मिल्न सक्दैन तसर्थ यहा पूर्णतः 'काफिया विचलन दोष' स्पष्ट रुपमा आएको छ । र, यसलाई सुधार्न खोज्दा पनि कसैगरी सुधार्न नसकिने अवस्था सर्जकले राखेका छन् । 'आपत' शब्दलाई 'आत' वा 'पात' बनाएर समस्वरयुक्त काफिया बनाएको खण्डमा पनि गजलको भाव र मर्म नै खल्वलिने अवस्थामा छ । साथै 'आपत' काफियाकै कारणले गजलमा यति, गति पनि खल्वलिएकाले 'लय भङ्ग दोष' स्पष्ट रुपमा देखा पर्छ । सर्जकले अलिकति ध्यान दिएर ६/६ वटा शेर भएको गजलमा अन्तिम अर्थात् 'आपत' काफिया प्रयोग गरेको शेर नै हटाइ दिएको भए 'काफिया विचलन दोष' खप्नु पर्ने थिएन । तर, यसले गजललाई फजल वा अगजल मात्र बनाएन बरु सर्जककै गजलकारितामा पनि प्रश्न चिन्ह खडा गर्न सक्छ । त्यति मात्र होइन गजलको उसो त यो गजल होइन र विशुद्ध फजल हो । किनकि काफिया विहिन वा विगि्रएको रचना गजल मानिदैन ।
त्यसै गरी पाचौ शेर/पंक्तिमा पर्युक्त 'साथ' काफियाले वात, जात, मात, हात, खात, जस्ता 'पूर्ण शब्द काफिया' को भार बोक्दैन । यदि सर्जकले 'आंशिक शब्द काफिया' प्रयोग गर्दा गजलको मतला खण्डमै ध्यान दिएको भए 'काफिया रखाइ दोष' आउने थिएन । किन्तु यो अक्षम्य दोष भने होइन । बडे-वेड गजलकारहरुका पनि यस्ता त्रुटीहरु जानेर वा नजानेर कालान्तर देखि आजसम्म आइनै रहेका छन् । यसो भन्दैमा हामीले पनि त्रुटी गर्नुपर्छ भन्न खोजेको चाहि होइन ।
कुनै पनि सर्जकले म कुन विधामा कलम चलाउँदै छु ? के का लागि लेख्दै छु ? अनि त्यो विधाका आधारभूत मूल्य मान्यताहरु के-के हुन ? र तिनलाई कहा-कहा र कसरी कसरी संयोजन राख्दै/गर्दै लैजाने ? भन्ने बारेमा गहनतम भएर नसोच्यो भने वा अल्पज्ञानकै आधारमा रचना गर्दा वा आवश्यक सावधानी नअपनाउदा वा भाव र विचारमा बग्दै जादा अन्यत्र ध्यान नदिदा वा सामान्य पढे सुनेकै भरमा रचना गर्दा वा अन्य कुनै कारणले यस्ता भुलहरु हुने गर्दछन् । किन्तु जे-जस्ता कारणले भएपनि 'काफिया विहिन' रचना गजल मानिदैनन् । गजल प्रति सामान्य चासो राख्ने पाठक एवम् श्रोता जो कोहीले पनि यस्ता दोषहरु छुट्याउन सक्ने क्षमता राख्दछन् ।
नेपाली गजलमा विस्तारै समालोचकहरु पनि जन्मिदैछन् । यो गजलका निम्ति सुखद पक्ष हो । किन्तु यो सँगसँगै विकृति पनि भित्रिरहेका छन् । आफ्नो अलिकति नजिकको छ भने उसको कमजोर रचनालाई (यहासम्म कि फजललाई समेत) बढाई चढाई सगरमाथाको चुचुरो बनाउने र अलिक टाढाको छ भने (त्यो क्षेत्र जाती लिङ्ग धर्म राजनीति जे पनि हुनसक्छ) राम्रो गजललाई पनि गलत व्याख्या/अपव्याख्या गरेर दोषी देखाउन खोज्ने प्रवृत्ति नेपाली गजलकै निम्ति हानिकारक हो ।
हुदा हुदा अचेल त आफै फजल लेख्ने फजलकारहरु अरुका गजलमा समालोचना लेख्दै (त्यो पनि उल्टो सुल्टो भट्याएर) ठूला र बरिष्ट बन्न खोज्दै स्वघोषित समालोचक बन्दैछन । दुई चारवटा गजल लेख्ने, व्याख्या गर्ने र सम्पादक बन्ने प्रवृत्तिले गाज्दै गयो भने स्वयं व्यक्ति र गजलकारिता ! दुवै धरापमा पर्ने निश्चित हुदा हुदै पनि अरुका खुट्टा तान्न नछोड्ने 'म'हरुले बेलामै नसोचे स्वयंका हात काटिन सक्छन् भनेर हेक्का सम्म राखेको देखिदैन ।
ए……स्वघोषित 'म'हरु गजल के हो ? किन लेखिन्छ ? के का लागि लेखिन्छ ? र, कसरी लेखिन्छ ? भन्ने तिर ध्यान देऊ । फजल लेख्दै गजलका 'राष्ट्रपति' समालोचक बन्ने धृष्टता गर् यौ भने तिमीहरुलाई आम पाठक स्रोता र सर्जकहरुले वहिष्कृत गर्ने छन् । आफु पनि फजल लेख्ने र गजल प्रतियोगिताका महान निर्णायक न्यायधिस बन्दै फजललाई नै पुरस्कृत गर्नेहरुलाई समेत पाठक एवम् सर्जकहरुले बहिस्कृत गर्दैछन्/गर्नेछन् ।
काफिया रहित 'टाउका विहिन शरिर जस्ता' गजल नामका फजल लेख्दै समालोचक बन्न खोज्नेहरु हो ! यदि समालोचक, व्याख्याता, अनुसन्धानदाता, गजल गुरु, बन्ने रहरै छ भने बाटो खुल्ला छ गजलमा निपूर्ण बन्दै सही सही व्याख्या समालोचना गर्न सक्छौ । हैन भने अकविता लेखेर कविताको ! अकथा लेखेर कथाको ! अगजल लेखेर गजलको ! समालोचना गर्ने अधिकार न मलाई छ न गालिव लाई, न मीरतकी मिर लाई थियो न ज्ञानुवाकरलाई, न लली घनु प्रााजल र देवीलाई छ न तिमीहरुलाई नै ।
यदि तिमीहरु गजललाई साचिक्कै माया गर्छौ भने आउ केही तिमीहरु सिकाउ केही हामी सिकाउछौं । हामी वीच भएका रहेका कमजोरी हटाउदै गजललाई वास्ताविक गजल बनाउन तिर अग्रसर हौ । हैन भने औषधी तितै हुन्छ खाए खाउ नखाए नखाउ । नखाए आफैं…॥

- श्रीजन श्री
अनाम मण्डली मलेसिया
०१०-५३३४१०६