समाचार

हिट्स नेपाल प्रा.लीको १४औं हिट्स एफएम म्युजिक अवार्ड पौष २३ गते भव्य समारोहबीच सम्पन्न भयो। २०५२ सालमा सात वटा विधामा अवार्ड प्रदान गरेर थालनी भएको हिट्स एफएम अवार्ड यस पटक विभिन्न २० वटा सांगीतिक विधामा प्रदान गरिएको थियो।
कार्यक्रममा सावित्री केसी र भुवन श्रेष्ठको नृत्य संयोजनमा नेपाल म्यूजिक सेन्टरका विधार्थीहरुको आकर्षक नृत्यका साथ साथै दीप श्रेष्ठ, आनन्द कार्की, नरेन्द्र प्यासी, शिव परियार, राजेश पायल राई, सिने गुरुङ्ग दिव्य सुब्बा, हेमन्त राना, एण्ड द व्लु एसिड, लगायतले आफ्नो प्रस्तुती देखाएका थिए ।