कविता


शंका
भिम स्नेही लिम्बू 

साक्षी टह टह जून
सुनसान रातको मन्द मुस्कान
छमछम नाचेथे ताराहरु सगरमा
जोडेको हामीले
दुई हृदय धर्तीमा
नभुल्नु जनम–जनम
नछुट्नु जनम–जनम ।

अन गरेर तिम्रो हृदयको ब्लुतुथ
तिम्रो मुटुको मेमोरीमा
मेरो मुटुको मेमोरीबाट
पिरतीको गीतहरु सेण्ड गरेथे
मेमोरी फुल भरेथे
अटाँएको जिबी भरी ।

कुन्नी अचेल किन
पिरतीको गीत तिम्रो हृदयमा
ढुक...ढुक...ढुक...ढुकढुकी
बज्न छाडेको छ
सुन्छु बजेको
केवल पराई भाकाको गीतहरु
कतै मेरो पिरतीको गीत
डिलेट गरेर पो हो कि ?

सजाएको मेरो तस्वीर
तिम्रो नयनको स्क्रिन वालपेपरमा
देख्न छाडेको छु जो अचेल
कतै मैले भरेको
पिरतीको गीतहरु
पिरतीको तस्वीरहरु
हामीले खेलेको भिज्युअलहरु
फर्मेट पो ग¥यौ कि ?

किनकी,
डिलेट नहुने शंका
सेण्ड भएको छ मेरो हृदयमा ।
 
फक्चामारा – ४, तेह्रथुम
हाल – केएल, मलेसिया









तुवालोले भरिएको मेरो देश 

गनिन्द्र विवश सुब्बा
एक शताब्दी
कालरात्री निष्पट
सन्नटाको अधिपत्य
पराजय पिछ
स्वतन्त्रताको बिहानी खुलेको मेरो देश ।
स्वतन्त्रताको किरण छाएको मेरो देश ।

त्यो बिहानी
त्यो किरणको न्यानो तापले
अर्ध मृत बिरुवाहरु
अदम्य जिजिबिषामा
अंकुराए पछि
दमनको हिमपातले
कठांगि्रएको मानव बस्ती
स्वतन्त्रताको बिहानीमा
कावा खाँदै बिउझिए पछि
दमनको घुम्टो खोलेको मेरो देश ।

नैसर्गिक किरणले
फुलेका फूलहरु
बस्तीभरी मगमगाउदा
छिमेकीको त्री नेत्रले
छरेको बिऊ
महाशयहरुले फुलाउदा
बस्तीभरी वितृष्णा
पैदा भए पिछ
िहंसाको ठढेलो लागेको मेरो देश ।
नैरश्यताको धुवा उडेको मेरो देश ।

अनियन्त्रित डढेलोलाई
नियन्त्रणमा होमिदा
मानव जले बस्ती जले
शान्तिको बर्षा बसा्रउन
स्वार्थताको भाडो भिरेर
महाशयाहरु
पानी पोर…पोर…
कराएको मेरो देश
आडम्बर ओडाएर घोक्रो फुलाउदै
महाशयाहरु ट्वार…ट्वार…
भ्यागुता बनेको मेरो देश ।

बनझाक्रीको मन्तर
हिमाल मुनि हिउ खाने
भुईफुटुवा झाक्रीको मन्तर
अह…
वेदकार वेदको जन्तर
केचनाको जादुगर जादुले
ईन्द्रलाई छोएन
ए … महाशय
ईन्द्रको जस्तो दया लिएर आउ भन्दैछ मेरो देश ।
बुद्धको जस्तो मन लिएर आउ भन्दैछ मेरो देश ।

न्यानो किरण अर्को बिहानी
समानन्तर रेखाको
झिनो आसमा
सयौ सपना तुहाएर
जिएको मानव मन
गौरबताको गाथाले
पिरोलिएको सगरमाथा जस्तै
उभिएको वस्तीहरुमा
बिस्तारवाद तुवालोको
सम्भोगको भोगले
पर्यावरणलाई गर्भवती बनाएर
स्वार्थता जन्माए पछि
बिस्तारवाद तुवालोले
अनगिन्ती पिसाजहरु
जन्माउदै गए पछि
कयौ लाभाहरु जन्मे
प्रतिरोधको कलंकमा
एका…एक महाशयाहरुले
स्वार्थ भिरे पछि
बिकृतीको खण्ड बृष्टीले
खडेरी लागेको मेरो देश
बिस्तारवाद तुवालोले भरेको मेरो देश ।

                                फाक्चामारा ४ तेह्रथुम
                                       हाल - मलेसिया ।


'कलमी योद्धाहरुको खोजीमा'


भिम स्नेही लिम्बू
म
असिमित विचारको राउण्ड
फायर गर्छु कलमको AK47 -ले
खर…खर…र..र..ररररररर
र ढाल्छु अनैतिक विचारहरुलाई ।
निर्मुल पार्छु सामन्ती मनहरुलाई ।
तर
सिद्धिने छैन विचारको गोली
मेरो मस्तिष्कको म्यागजिनमा ।
हो
मेरो स्वतन्त्र अधिकार
निरंकुशताको जेलमा कैदी भएको बेला
दश गजाको मातृभूमि बलात्कृत भएको बेला
पुरानो संविधानको जेलखानामा
पुरानो शासकहरुको बन्धनमा म
चुपचाप रमिता हेरेर बस्ने मन छैन ।
बर्षौदेखि थिचिएको म सोझो जनता
बर्षौदेखि हेपिएको म सोझो जनता
तर अति भएपिछ
सहनुको बम - बारुद भएर
बिष्फोट हुन मन छ
तिम्रो थोत्रो संविधानको कारागार
बिधोंङस पार्न मन छ
त्यसैले
मैले तिम्रो नीतिको उलंङघन गरे पनि
तिम्रो संविधान बिरुद्ध लडे पनि
इतिहासको नजरमा
कहिल्यै देशद्रोही हुने छुईन
किनभने
अव जनताले संविधान लेख्नु पर्छ ।

म अव त्यस्तो धर्म मान्छु
सत्य लुकाउन चाहन्न म
किनकी
यो देश तिम्रो पनि हो ।
यो देश मेरो पनि हॊ ।
यो देश उसको पनि हो ।
यो देश त्यसको पनि हो ।
यो देश हामी सबैको हो ।
काला बर्ण गोरो बर्ण सबै मान्छे
सबै नेपाली आमाको सन्तती ।

त्यसैले
मैले लड्नु छैन
जातिय आन्दोलनको युद्ध ।
क्रान्तिया आन्दोलनको युद्ध ।
संघिय आन्दोलनको युद्ध ।
धार्मिक आन्दोलनको युद्ध ।
सम्प्रदायीक आन्दोलनको युद्ध ।
मेरो युद्ध त्यो सँगको हो
जसले निरंकुश मच्छेडलाई
बचाउन खोजिरहन्छ ।
जसले मृत लासलाई ब्युझाउन खोजिरहन्छ ।
नपत्याए कलमको कसम खाएर
म प्रश्नको पोया खोल्दैछु
मेरो कलम कसको लागि लडिरहेको छ
यदी दुनियाले बुझ्न चाहन्छ भने
समयको कठघरामा उभेर
वर्तमानलाई
देश जर्जर भएको
इतिहासको म निर्धक
बयान दिन मन्जुर छु ।


यो युद्ध शान्ति नभईन्जेल
अनैतिक विचारहरु विरुद्ध लडिरहन्छु ।
असमानताको बंकर भत्काउछु
जातिय भेदभावको ब्यारेक ध्वस्त पार्छु
त्यसैले
शब्दहरुको शिविर शिविरहरुमा
म जस्तै अरु कलम योद्धा खोजिरहेछु
कलमी लडाकुहरु खोजिरहेछु ।

                                             फाक्चामारा ः- ४ तेह्रथुम
                                               हाल - मलेसिया



      न्यू यिअर


झरेर पातहरु
नाङ्गो ईस्वीको गाछमा
मुना पलाएर
फेरी पातहरु
नुतन कोपिला पलाएर
फूल्यो न्यू यिअर
अत्तर फूलको सौन्दर्य
कसले सक्छ नकार्न
फूलको ईतिहाँस हेर्दा
आजसम्मको अभिलेखमा
ऐजेरु बनेर ईतर
फूल्न सक्दैन फूल सौन्दर्यले
जो न्यू यिअर नै किन नफूलोस
अक्सर ईस्वीको गाछमा
केवल न्यू यिअर मात्र फूल्छ
ब्यक्तिगत वासना छरेर
र हुन्छ सुघन्धित
दुई हजार दश बर्षे ईस्वीको गाछमा
फूल्दै आएको न्यू यिअर
लामो ईतिहाँस हुदा हुदै
ऐजेरु पत्रदल बनेर
कसङ्ग तङ्वे
न्हु दयाँ भिन्तुना
ल्होछार
ल्होसार
नयाँ बर्ष
अरु थुप्रै ऎजेरु बनेर
फूल्न ललायित छ
साम्रज्य रंग बनेर
अतिक्रमण अत्तर छरेर
संसारमा एउटा मात्र फूल भए जस्तो
अरु फूलको वासना नभए जस्तो
        बेला
           याम
             समय
      आए पछि
सबै फूलहरु फूल्छन
आफ्नै रंगले
अफ्नै ढंगले
गाछ अनसारले
न्यू यिअर मात्र फूल हैन ।

यतिबेला
फूलेको छ    न्यू   यिअर
                        यो याम
                      यो समय
                        यो बेला
त्यसैले फगत भन्नुपर्छ
सिर्फ ह्याप्पी न्यू यिअर


                 बसन्तपुर तेह्रथुम


-भिम स्नेही लिम्बु



          श्ंका



साक्षी टह टह जून
सुनसान रातको मन्द मुस्कान
छमछम नाचेथे ताराहरु सगरमा
जोडेको हामीले

दुई हृदय धर्तीमा
नभुल्न जनम जनम
नछुट्न जनम जनम ।

अन गरेर तिम्रो हृदयको ब्लुतुथ
तिम्रो मुटुको मेमोरीमा

मेरो मुटुको मेमोरीबाट
पि्रतीको गीतहरु सेण्ड गरेथे
मेमोरी फुल भरेथे
अटाएको जिबी भरी ।


कुन्नी अचेल किन
पि्रतीको गीत तिम्रो हृदयमा
ढुक…ढुक…ढुक…ढुकढुकी
बज्न छाडेको छ
सन्छु बजेको
केवल पराई भाकाको गीतहरु
कतै मेरो पि्रतीको गीत
डिलेट गरेर पो हो कि ?


सजाएको मेरो तस्वीर
तिम्रो नयनको स्क्रिन वालपेपरमा
देख्न छाडेको छु जो अचेल
कतै मैले भरेको

पि्रतीको गीतहरु
पि्रतीको तस्वीरहरु
हामीले खेलेको भिज्युअलहरु
फर्मेट पो गर् यौ कि ?

किनकी
डिलेट नहुने शंका
सेण्ड भएको छ मेरो हृदयमा ।

                   फाक्चामारा - ४, तेह्रथुम
                     हाल : केएल, मलेसिया




-देवेन्द्र सुर्केली





एक्योरियम र मेरो देश


म घुम्छु
जताततै घुम्छु
आँखाले देखेको देश
र पाइलाले टेकेको जमिनमाथि
मैले नदेखेको
इश्वरहरुले छरेको ढुंगामाथि
खोला र समुन्द्रमाथि
लाग्छ मलाई
यो देश 'एक्योरिम' नै हो ।

यो देश मान्छेहरुले काँचको भाडामा पनी भरेर
भूरा छोडेर स्वतन्त्र जिउन दिएजस्तै
मैले नदेखेको इश्वरहरुले
विशाल भाडामाथि
ढुंगा माटो हावापानी भरेजस्तै ।

म घुमिरहन्छु मेरो नाक नठोक्किएसम्म
भुराहरु काँचको दिवारमा ठोक्किएजस्तै
म स्वतन्त्र छु
भुराहरु एक्योरियममा स्वतन्त्र रहेजस्तै
एक्योरियम जो हो -त्यो मेरो देश हो
हावापानी समिश्रण रहेको
एक्योरियम भित्र जे छ मेरो देशभित्र त्यही छ
वैज्ञानिक पद्दतिबाट जडान गरेर
क्रमशः अ_िक्सजन फाल्छ
र एक्योरियममा यस्तो हुन्छ
-भुराहरुको बेला भएपछि
मान्छेहरुले आहारा गर्छन्
त्यसैले मान्छेको पनि बेला भएपछि
मैले नदेखेको इश्वरले खोसेर लैजान्छ ।

फरक यति हो -
भुराहरु आफ्नो इश्वर देख्छन्
म मेरो इश्वरलाई देख्दिनँ ।

                                हाल- मलेसिया
                        प्रतिकि्रयाको लागि :-
                    desunone@yahoo.com 


No comments: