Tuesday, January 26, 2010

एक्योरियम र मेरो देश



-देवेन्द्र सुर्केली

म घुम्छु
जताततै घुम्छु
आँखाले देखेको देश
र पाइलाले टेकेको जमिनमाथि
मैले नदेखेको
इश्वरहरुले छरेको ढुंगामाथि
खोला र समुन्द्रमाथि
लाग्छ मलाई
यो देश 'एक्योरिम' नै हो ।
यो देश मान्छेहरुले काँचको भाडामा पनी भरेर
भूरा छोडेर स्वतन्त्र जिउन दिएजस्तै
मैले नदेखेको इश्वरहरुले
विशाल भाडामाथि
ढुंगा माटो हावापानी भरेजस्तै ।

म घुमिरहन्छु मेरो नाक नठोक्किएसम्म
भुराहरु काँचको दिवारमा ठोक्किएजस्तै
म स्वतन्त्र छु
भुराहरु एक्योरियममा स्वतन्त्र रहेजस्तै
एक्योरियम जो हो -त्यो मेरो देश हो
हावापानी समिश्रण रहेको
एक्योरियम भित्र जे छ मेरो देशभित्र त्यही छ
वैज्ञानिक पद्दतिबाट जडान गरेर
क्रमशः अ_िक्सजन फाल्छ
र एक्योरियममा यस्तो हुन्छ
-भुराहरुको बेला भएपछि
मान्छेहरुले आहारा गर्छन्
त्यसैले मान्छेको पनि बेला भएपछि
मैले नदेखेको इश्वरले खोसेर लैजान्छ ।
फरक यति हो -
भुराहरु आफ्नो इश्वर देख्छन्
म मेरो इश्वरलाई देख्दिनँ ।

हाल- मलेसिया
प्रतिकि्रयाको लागि :-
desunone@yahoo.com

Friday, January 1, 2010

न्यू यिअर


-दिलदुःखी जन्तरे

झरेर पातहरु
नाङ्गो ईस्वीको गाछमा
मुना पलाएर
फेरी पातहरु
नुतन कोपिला पलाएर
फूल्यो न्यू यिअर
अत्तर फूलको सौन्दर्य
कसले सक्छ नकार्न
फूलको ईतिहाँस हेर्दा
आजसम्मको अभिलेखमा
ऐजेरु बनेर ईतर
फूल्न सक्दैन फूल सौन्दर्यले
जो न्यू यिअर नै किन नफूलोस
अक्सर ईस्वीको गाछमा
केवल न्यू यिअर मात्र फूल्छ
ब्यक्तिगत वासना छरेर
र हुन्छ सुघन्धित
दुई हजार दश बर्षे ईस्वीको गाछमा
फूल्दै आएको न्यू यिअर
लामो ईतिहाँस हुदा हुदै
ऐजेरु पत्रदल बनेर
कसङ्ग तङ्वे
न्हु दयाँ भिन्तुना
ल्होछार
ल्होसार
नयाँ बर्ष
अरु थुप्रै ऎजेरु बनेर
फूल्न ललायित छ
साम्रज्य रंग बनेर
अतिक्रमण अत्तर छरेर
संसारमा एउटा मात्र फूल भए जस्तो
अरु फूलको वासना नभए जस्तो
बेला
याम
समय
आए पछि
सबै फूलहरु फूल्छन
आफ्नै रंगले
अफ्नै ढंगले
गाछ अनसारले
न्यू यिअर मात्र फूल हैन ।

यतिबेला
फूलेको छ न्यू यिअर
यो याम
यो समय
यो बेला
त्यसैले फगत भन्नुपर्छ
सिर्फ ह्याप्पी न्यू यिअर ।

बसन्तपुर तेह्रथुम