Monday, February 8, 2010

गजल

-यदुराज राई

पाएर सबैथोकहरु तिमीलाई घुमाउनुको सौख छ म मा
बन्धनहरु भेला भई बैठक बसने चोक छ म मा

आज या त भोली मर्छु ठेगान छैन जिन्दगीको
ओखतीले छुदै नछुने त्यस्तो एउटा रोग छ म मा

विछोडको पीडा खप्न नसकी आँशु झरी जान्छ
बिछिप्त भई दुखेकै बेला भावना पोख् छ म मा

पिरतीको नाप तौलमा तिमी धार्नी म बिसौली
फेरी आज यस्तै गरी मन मुटुको जोख् छ म मा
-मलेसिया

Monday, February 1, 2010

गजल


-सन्तोष माबुहाङ्ग

बस्नुको त टुङ्गो छैन वासको कुरा नगर
जे मिल्छ त्यही खाउला गाँसको कुरा नगर

हामी आफै फस्या छौ अभावको दलदलमा
अरु नै डुबिरहेको भासको कुरा नगर

मजबुरी गरी खानेको त यस्तो हालत छ
अरुको घरमा बस्ने दासको कुरा नगर

स्वार्थ नै स्वार्थ भरिएको यो संसार भित्र
सहयोग मिल्छ भन्ने आसको कुरा नगर

ज्युदै छदा त यहाँ कसैले हेर्दैनन भने देखि
मरे पछि जे जे होस लासको कुरा नगर

बसन्तपुर, तेह्रथुम
अहिले- मलेसिया

कथा: सपना


-भिम स्नेही लिम्बु

एउटा आकर्षक बस्तुको गुणले मान्छेको अन्तरमनलाई कति मोहीत पार्दछ एउटै चेतनको शब्दले मानिसको मस्तिष्कमा कति प्रभाव पार्दछ एउटै भयले मान्छेको जिन्दगीलाई बारम्बार किन तसा्रई रहन्छ यो एउटा म पात्रले भयप्राद सपनाको दश्य देखे पछि भनेको हो । म ब्युँझेर यसरी लेखिरहेको छु ।
मैले घरको चुलोमा आगो ताप्न छोडेको तीन साल पुग्नै लाग्यो । त्यतिनै भयो गोठमा गाईबस्तुको गोबर नसोहोरेको । अनि घर पछाडीको धारामा स्नान नगरेको । आज गहिरो निन्द्राको सपनामा सबै सबै देखे । त्यो देउरालीको उकाली गोरेटो विच विचमा बर पीपलका जोडी बृक्षहरु । साँच्चै त्यो पल बिर्षेको छैन । त्यो बर पीपलको शितल बृक्षहरुमा सधै म अनि सपना घण्टौ बसेर प्रेमको शंवाद अनि दिल्लगी र एक अर्कामा ठेलाठेल गथ्र्यौ । त्यो कति आनन्दको कि्रडा थियो मात्र जिन्दगी भरीको अविश्मरणीय क्षण । हामी विच एउटै ब्यवहार बाँकी थियो जुन विवाह पछि लोग्ने स्वास्नीमा हुन्छ ।
सदा झै म त्यो दिन पनि गराँसे डाडाको बजार भर्न उकालो चढिरहेको ्थिए । उही स्थान उही बर पीपलका बृक्षहरुको फेदमै मेरो प्रतिक्षामा बसिरहेकी थिई 'सपना' । बोलाउदै उनको समिप जान मुस्किल भईरहेको थियो । किनभने उनी अति अब्यवस्थित पारामा बसेकी थिई । तर उनी ब्यवस्थित र सुरक्षीत ठान्थी की आफूलाई जवकी उनी निर्ठुक्क थिई । मैले ठाने जुन सुरक्षको आवरणले छोपेको छ मानव उत्पतीको पृथ्वी । उनको छेवैमा गएर सोधे- 'यति अव्यवस्थित किन बसेकी सपना यो बेला पराईले देखे भने के होला ?'
तव मुस्कुराएर सपना बोली,- 'हो ऋतु मैले कल्पना गर्न थालेको छु, जव तिमी मेरो सामु हुन्नौ म आफूलाई अति अब्यवस्थित र असुरक्षीत भएकी देख्छु । यी सब कुराहरुको तिमी संरक्षक बनन ल, ऋतु ! मेरो विन्ती छ ।' अप्ठ्यारो काईदामा बोले म- 'हत्तेरी तिमी सपना पनि ! मैले यो विषयमा कुरा गरेको हो र जसको सुरक्षामा म खटिएको छु कतै आक्रमणकारीहरुको आँखा लाग्ला भनेर पो त तिमीले कुरो बुझेनौ तिम्रो त्यो मेडी …।' हतपत सपनाले आफूले लगाएको मेडी हेरी तल निहुरीएर जहा मेडीको पछाडी पट्टीको भाग उनको चाकले थिचेकी थिई । तव पो रुन थाली सम्हालिन थाली । के सपनाले मेरो मनको परिक्षण गरेकी हो धेरै बर्ष पछि आज स्मृतिमा प्रश्न चिन्ह खडा भएको छ मेरो सामु ।
धेरै दिन पश्चात मैले सपनालाइृ भेटेर मलेसिया जाने निर्णय सुनाए । धन आर्जन गरेर जीवन उज्वल बनाउला हाम्रो विवाह पछि छोराछोरीलाई सुख सँगले पालौला पढाउला । सन्तान प्रतिको चिन्ता उनीसामु ब्याक्त गरे । तर उनी एकोहोरी रहेकी थिई । उनी रुदै यति मात्र बोली- 'खोले सिस्नु यही खाऔला, यहीको पाखा भित्तामा पाखुरा बजारौला, भाग्यमा जे छ त्यही भोगौला । के थाहा मलेसिया जानेहरुको भरोसा हुन्न भन्दछन ।' उनी झन डाँको छोडेर रुन थाली ।
म दोमन भए किनकी एकातिर विदेश गएर धन कमाईएला भन्ने ठुलो आकंक्षा अर्को तिर सपनाको विन्ती । विवाह पछि म सँग बसेर खोले सिस्नो खाएरै पनि उ स्वतन्त्र बाँच्छे भने सम्पन्नताको अनुभुती र कल्पना गर्दीनन भने विवाह गरे के भो त तर अस्ति मात्र किसनले सुजनासँग अनुरोध गरेको प्रश्नको स्मरण भयो 'सुजन तिमीले विवाह गरेपछि के ज्ञान पायौ वा कस्तो महसुस गर् यौ ?' प्रति उत्तरमा सुजन बोलेको थियो- 'प्रकृतिको विनास गर्न सकिन्छ तर निर्माण गर्न सकिन्दैन भन्ने ज्ञान पाँए ।'
सायद सुजनको छोरो भईसकेको अनुभुती होला त्यही भएर किसन मात्र मुसुमुसु हाँसिरहेको थियो । म त प्रकृतिपुजक बन्न रुचाउने ब्याक्ति हुँ । यसरी विनास विध्वांस गर्ने पट्टी मन नगए पछि पुन सपनालाई सान्त्वना र आश्वसानको मन छोडी राखेर राजधानीको मार्गतिर प्रस्थान गरे । जुनवेला म स्वयं अध्याँरोमा यात्रा गर्ने यात्री भएको थिएँ । म काहा पुग्छु के हुन्छु मेरो गन्तब्य कहा हो आधा यात्रा मै पो अवरुद्ध हुन्छु कि भन्ने भयले तसा्रई रहयो । जसो तसो मलेसिया आईपुगियो । तर केवल तीन चार महिना वित्न नपाउदै मेरो कान सम्म नराम्रो सन्देश आईपुग्यो 'सपनाले आत्माहत्या गरेर मरी' ।
म झस्किए । कुरा बुझ्दा उनलाई बलजफ्ती तीनचार जना पुरुषद्धारा बलात्कृत गरिएछ । त्यो बेला उनले बोलेकी याद आयो- 'हो ऋतु ! मैले कल्पना गर्न थालेकी छु जव तिमी मेरो सामु हुन्नौ म आफूलाई अति अब्यवस्थित र असुरक्षीत भएकी देख्छु ।'
म झण्डै लडे । थुचुक्कै बसे । विचरीले अन्तिम प्राण सम्म मलाई सम्झी होली । मलाई धिक्कारी होली । अव मेरो मन जिउने प्रवल आकंक्षाहरु सघर्ष गर्ने साहास आफन्तको माया आदी सबै उनको आत्माहत्याको सन्देश सँगै मरेर गए । हत्या भएर गए । म संवेदना शुन्य जिजिविशा सुन्य जिएको छु मुर्दा समान ।
निक्कै भयो गोविन्दराज भट्टराईको 'सुकरातका पाईला' उपन्यास पढिरहेको । उक्त उपन्यास भित्रका नायक अनन्तको ब्याथा ब्यवहार जीवन जस्तै मेरो जीवन रुपान्तरण भएको छ । दिलदुःखी जन्तरेले हिजो फोन गरेको थियो 'भाई सकेन' आज समाप्त गर्ने भनेपछि एउटा कृष्णविवर र बाँकी सुनसान शिर्षक पढिसिध्याएँ । पढिसकेपछि मलाई लाग्यो मैले यो पुस्तक नपढेको भए हुन्थ्यो ।
मलाई अनन्तले पिरोल्यो । अनन्तको अध्यारो जिन्दगीमा पूर्णिमा कहिल्यै नउदाउने गरेर डुब्यो । औषी जस्तो कालो रातमा अनन्त अदृश्य भयो । विलिन भयो । अव अनन्तको समाप्त हुदा ऋतुको महत्व र अस्तित्व नै रहयो कहा यस्तै सोच लिएर बिछ्यौनामा पल्टे । निन्द्रा भन्दा बढी उपन्यासले पिरोलेको थियो । के अनन्तको मार्ग मैले पनि पछ्याउनु पर्छ म झन कति पिरोलिएँ । कति खेर निदाएर सपना देख्न थाले । म सुतिरहेको थिए । अचानक मेरो सामु सपना प्रकट भई । म अझै सुतिनै रहेको थिएँ । सपनाले मेरो कपाल सुम्सुम्याई र बोली- 'उठ ऋतु ! यसरी बेवारीसे अवस्थामा यो सुनसान ठाउँमा तिमी एकैछिन पनि नसुत । हेर आज आफ्नो घर भन्दा धेरै टाढा देशमा तिमी नसुत । चाडै ब्युझन ऋतु म तिमीलाई मेरो बस्ने देशमा लैजाउला । उ पर हेर त मेरो बाटो आज तिमीलाई हिडाई दिउला त्यो बाटोमा । कति मजा आउछ त्यो बाटो हिड्दा कति शितल हुन्छ त्यहा यात्रा गर्दा ।'
मैले सपनाको आँखा चोरेर पर भनेको ठाउँतिर हेरे त्यहा एउटा विशल बृक्ष देखे । रुखको बोटमा बाटेको बाक्लो डोरी तुर्लङ्ग एकमान्छे भन्दा अलिक माथि झुण्डिएको थियो । उक्त डोरी रुखको टुप्पो सम्म मात्र देखिन्थ्यो ।
सपना त्यो डोरीबाट तलमाथि कति सजिलै यात्रा गरिरहेकी थिई । डराँए अनि मुण्टो फर्काए फेरी सपना मेरो छेवैमा बसेकी थिई । मैले उसको बाटोमा नजानलाई नक्कल गरे । एकछिन जोडले कामे सास फ्याले अन्त्यमा मुख बाँए । सपना घोप्टो परेर रुन थाली । मैले अन्तिम सास जानेबेला भने:
मेरो मृत लासलाई जति छोएपिन
फर्कन्न अव कहिल्यै अति रोएपनि
उ झन जोडले रुन थाली । उहीवेला अनन्त प्रकट भयो । देखियो । अनन्त मेरो सामुन्य आएर बोल्यो- 'नरोउ सपना ! ऋतु मरेको छैन' अनि मलाई भन्न थाल्यो अनन्तले,- 'ऋतु ! तिमीले सजाय भोग्नै पर्छ । तिम्रो कारणले सपनालाई कति पीडा भो अन्त्यमा तड्पी तड्पी मर्न आत्माहत्या गर्नु पर् यो । के तिमीले यो महसुस गरेको छौ एउटा नारीलाई साहारा दिन नसक्नेले नारी स्वतन्त्रता र प्रकृतिपुजकको नारा लायौ किन किन यो भावना आत्मामा पाल्यौ जव पुर्णिमाको निम्ती मैले प्राण त्यागे तव सपनाको लागि तिमीले प्राण त्याग्नु पर्छ भनेर मरेको नक्कल गरेको हो तिमीले सपना सँग प्रण गरेका सम्झौताहरु बिष्र्यौ सत्यको जित हुन्छ भन्ने थाहा पाउदा पाउदै असत्यको पछि नदौड । सत्यको ऐनालाई तिमीले मान्नु पर्छ ।'
सपना मलाई हेरिरहेकी थिई । अनन्त म नब्युझेकोमा रिसले आगो भएको थियो । अनन्तको हातमा लौरो थियो । त्यही लौरीले मेरो जोडी गोडामा हिर्कायो । म चिच्याएँ बल गरेर ऐया… । सँगै सुतेको रवीको खुट्टाले मेरो दुई गोडालाई थिचेको रहेछ । एक्कासी बल गरेर झट्कार्दा रवीको खुट्टो भित्तामा बजि्रन पुग्यो । म विपनामा छिचोल्ने गरी सपनामा कराएकोमा रवी तीन छक्क परेको थियो । सपनाले पिरोल्न सम्म पिरोल्यो । डरलाग्दो सपनाले मेरो सशरिर कामिरहेको थियो । छि ! कस्तो अशुभ सपना के संकेतिक अपसगुनको सपना हो यो त्यो मैले देखेको सपना पनि कुनै विभ्रान्ती भैदिए हुन्थ्यो भन्ने लाग्यो । उठेर ढोका उर्घादा नौलो विहानी मेरो स्वागतमा खुलिरहेको थियो ।

फाक्चामारा ४ तेह्रथुम
हाल मलेसिया
०१०२१८८०२४