Sunday, March 2, 2008

राजदूत र प्रजातन्त्र दिवस

स्थापनाकालको तकि्रवन पाँचवर्ष पछि मलेसियाको लागि नेपाल राजदुतावासले राजदूत पाएको छ भने नियुक्त हुनुभएका महामहिम डा। ऋषिराज अधिकारी नेपाल दुतावास मलेसियाको इतिहासमा प्रथम राजदूत बन्नुभएको छ । यस तथ्यसँग जो कोही पनि सहमत हुनुहुन्छ भने यो पंक्तिकार ढुक्क छ । नामले शाही नेपाली राजदूतावास भनेर स्थापना भएको कुरा त सबैमा जगजाहेर छ । २००३ जुनको दोश्रो साताबाट कामकारवाही शुरु गरेकेा शाही नेपाली राजदुतावासले प्रारम्भिककालको दुतावास प्रमुखको रुपमा कावा राजदूतबाट काम चलायो । हिजोअस्तीसम्म दूतावासलाई काम चलाउ राजदूतले नै थेग्यो पनि । कावा राजदूतबाट काम चलाउनुपर्दा दूतावास स्वयंलाई नै के कति सकस पर् यो त्यो सम्बन्धित निकायले चासो गर्नुपर्ने विषय भयो । तर कावाबाट आफ्नो नागरिकको लागि के कति गर्ने काम भए त्यसको हिसाबकिताब गर्नु जरुरी हुन्छ । हुनसक्छ कामचलाउबाट केही कोहीको काम चल्यो होला तर ठूलो समूह कावा राजदूतबाट काम चलाउनुपर्दाको अप्ठ्यारोमा चेपिएर रुष्ट छन् । यद्दपि सरकारी कर्मचारीतन्त्रको यस्तो शैली भने सनातन नै हो ।
शारीरिक अंगहरुको संरचनात्मक हिसाबले टाउको नभएको मानव आकृतिलाई मुर्कुटा भनिन्छ । कुममा आँखाजस्तो बत्ति बल्ने मुर्कुटा देख्नमा सुन्दर हुन्छ रे । देख्नमा जति सुन्दर देखिएपनि आखिर मुर्कुटा मुर्कुटा नै हो । शास्त्रले त्यसलाई मसान भन्छ र मसानको काम मान्छेलाई तसा्रउनु मान्छेभित्र डर जगाउनु र मान्छेको सातो लिनु हो । सोही परि संरचनात्मक हिसाबले राजदूत दूतावासको टाउको हो भने मान्नै पर्ने हुन्छ -केही काल पहिलेसम्म हामी मुर्कुटे दूतावासको शरणमा थियौ । त्यो अवस्थामा रहेको दूतावासले संरक्षण दिने नाममा धेरैलाई तसा्रएको हुनुपर्छ । डर जगाएको हुनसक्छ र सातो लिएको पनि हुनसक्छ । यदि मुर्कुटे दूतावासबाट त्यस्तो कार्य भएको छ भने त्यो स्वभाविक हो । किनकी दिमागको सम्बन्ध गिदीसँग हुन्छ । भने गिदी अडिने खोपडी टाउकोमा हुन्छ । टाउको सम्पूर्ण अंगहरुको नियन्त्रण केन्द्र हो । टाउको नभएपछि चेतना हुने कुरै भएन । चेतना नभएपछि स्वभावैले अन्य अंगहरु अनियन्त्रित रुपले चल्छन् । यसरी चल्ने क्रममा ति अंगहरुबाट ढंग नपुगेको वा ढंग नपुर् याइएको हुनुपर्छ । जे होस् ढिलै गरेर भएपनि यतिबेला दूतावास पूर्ण आकारको भएको छ भने भर्खरै पूर्णतया पाएको दूतावास धेरैको आशाको केन्द्र बनेको छ । यो राजदूतप्रतिकेा आस्था अथवा आशा नै हो ।
पछिल्लो समयमा मुलुकको राजनीतिक वृतमा निकै उतारचढावहरु भए । राज्यव्यवस्थामा धेरै उथलपुथल भए । मुलुकले के बेहोरेन ! प्रजातन्त्र दलतन्त्र राजतन्त्र मकरतन्त्र जंगलतन्त्र लोकतन्त्र गणतन्त्र… । छोटो समयमा तन्त्रै तन्त्रको भार मुलुकले थेग्नु थेग्यो । दूतावास राज्यको खास अंग भएकोले राज्यको साचालनमा भुइँचालो आउँदा दूतावासमा कम्पन हुनु अनौठो होइन । त्यही स्वभाविक लाग्दो परिवर्तन छोटो समयमा भयो दूतावासमा । जस्तो मुलुकमा राजनीति उतारचढाव हुँदा यता कर्मचारी फेरवदल भने राज्य व्यवस्थामा उथलपुथल हुँदा यता परिवर्तनीय दूतावासको पहिचान अर्थात स्थापना हुँदा श्री ५ सरकारको कुटनीतिक नियोगको रुपमा थियो भने अहिले नेपाल सरकारको कुटनितिक नियोगको रुपमा दूतावासको पहिचान नेपाली दूतावासको नयाँ नाम हुँदैछ । र हल्ला छ -कामले लोकतान्त्रिक प्रणाली लागू गरिदैछ । अब हेर्नुछ दूतावासको काम गर्ने यो रणनीति कतिको फलदायी हुन्छ ।
हल्लै त हो नेपाल सरकारले मलेसियाको लागि राजदूत नियुक्तिको घोषणा के गरेको थियो मलेसियाको बजारमा हंगामा मच्चाउने काम शुरु भइहाल्यो । हल्ला र हंगामा दुवै साचारका कटुवालहरुले नै गरे भने - मनपरीतन्त्रे दूतावास कर्मचारीको अब दिन गए । श्रम गरिखाने मजदूरहरुको अब दिन आए । अर्थात हल्लाको तात्पर्य थियो कि दूतनावासको कर्मचारीले अहिलेसम्म जति गरे आफ्नो हुँदो गरे । तर आफ्नो नागरिकको लागि न्यायोचित पहल कहि कतै कहिलै गरेन । बरु उल्टो सास्ती दिने काम गर् यो । हल्ला चुट्नेहरुको निचोड थियो नियुक्ति पाएका राजदूतले पदीय कामकारवाही थाल्ने बित्तिकै श्रमिक मजदूरहरुको समस्या चट् । त्यसको कसी के त भन्दा मुखामुख गर्थे -तिनै माओवादीले सिफारिस गरेका मान्छे हुन् नि त मानौ आफ्नो नागरिकलाई सास्ती दिने शासकहरुलाई राजदूतले भाटेकारवाही गरेर काबुमा राख्नेछन् । तर कोही कसै पनि स्पष्ट हुन सकेन कि यस मानेमा राजदूत स्वयं आफैमा साध्य हो या होइन
फागुन ७ गते तदानुसार १९ फेबु्रअरीको दिन दूतावासले प्रजातन्त्र दिवस मनाउन सार्वजानिक रुपमा औपचारिक कार्यक्रम गर् यो । दूतावास बसे यता दूतावासले प्रजातन्त्र दिवस मनाएको शायदै यो पहिलो पटक हुनुपर्छ । उक्त धेरैको अनुमान पनि यस्तै नै थियो । कतिले आफ्नो अभिव्यक्ति दिने क्रममै पनि भने -अघिल्ला वर्षहरुमा दूतावासले यसरी प्रजातन्त्र दिवस मनाएको थाहा थिएन । वहाँहरुको भनाईलाई अर्थसंगत नहेरिए पनि आशय कतै दूतावासका जिम्मेवार कर्मचारीहरु प्रजातन्त्र विरोधी भएका कारण विगतका वर्षहरुमा नमनाइएका हुन् कि ! जस्तो बुझिन्थ्यो । संजोग नै मान्नुपर्छ नयाँ राजदूत आगमन हुनु माओवादीका सिफारिसका मान्छे पर्नु र प्रजातन्त्र दिवस मनाइनु । तर यसको मतलव प्रजातन्त्र दिवस कम्यूनिष्ट विचार र आस्थावानहरुको लागि मात्र महत्वपूर्ण दिन हो भन्ने ठान्नु अज्ञानता सिवाय अरु के नै हो र
त्यसो त काम गर्दै जाँदा कहिले काही भाती पुर् याउन नसक्नाले चुकिन्छ पनि । शायद विगत वर्षहरुमा कार्यक्रम तर्जुमा गर्ने मेसो नपाउनाले पनि दूतावास चुक्यो होला ! जसरी यसपटक शहिदहरुको सम्झनामा गरिदै आएको मौनधारण गर्नबाट कार्यक्रममा उपस्थित सबैजना चुके । चुक्ने क्रममा नाम चलेको पत्रिकासमेत परे र लेखे शहिदको सम्मानमा एक मिनेट मौन धारण गरे ।
वास्तवमा जहाँनिया राणाशासकको कालो शासन पत्ता साफ भएको दिन ति ज्ञात अज्ञात शहिदहरुका सहादतबाट उदाएको सुनौलो दिन अर्थात फागुन ७ गते प्रजातन्त्र दिवस भनेर मनाउने परम्परा बसिसकेको छ र यसरी मनाउने क्रममा शहिदहरुको सम्झनामा सम्मानसहित कार्यक्रम थालनीपूर्व एक मिनेट मौनधारण गर्ने संस्कार छ । यो वर्षबाट दूतावासले त्यो परम्परालाई जोड्ने थालनी गरेको छ भने मौनधारण गर्ने संस्कार मासेजस्तो गरेको छ । यद्दपि यो संस्कार मास्ने अभिप्राय नभएर खाली विधि पुर् याउनु मात्र नसकिएको हो । तर विचार गर्नुपर्ने के चाही हो भने यदि आउने वर्षहरुमा वर्तमान राजदूत नभएको खण्डमा प्रजातन्त्र दिवस मनाइएन भने र मनाउँदा यसैगरी शहिदहरुलाई सम्झिने काम भएन भने शंकै गर्नुपर्ने हुन्छ -१। विगतका वर्षहरुमा दूतावासले प्रजातन्त्र दिवस मनाएन किन २। प्रजातन्त्र दिवस मनाइयो तर शहिदको सम्झनामा मौन धारण गर्ने काम भएन किन

No comments: