Saturday, May 23, 2009

आखिर जीवन के होला त ?

-जीवन देवान गाउँले

जननायक वी.पी. कोइराला भन्ने गर्थे जीवन एक सुनिश्चित खतरा हो । म थप्छु नियती वा परिवन्दको चक्रममा परेर जीवन जतिवेला पनि जानु सक्छ । लोक भन्ने गथ्र्यो । कर्कलाको पानीजस्तै हो जीवन । युद्धनायकहरु भन्थे तरवारको धारमा हिड्छ जीवन । जो जहिले सुकै जहाँ पनि काटिन सक्छ । जीवनको बारेमा डा। रामचन्द्र अधिकारीले कहिकतै उल्लेख गरेको धारणा यसपटकको यक्ष प्रश्न मार्फत यहाँहरुलाई ।

पटकपटक पाचायती शासकबाट बन्दी बनाइएका वीपी कोइरालाको जीवनभर खतरा र जिन्दगी सिक्काको दुइपाटो जस्तो भएर बित्यो । उनी राजा र जनता एक अर्काका पूरक ठान्दथे । नेपाली जनताको भर राजा र राजसंस्थाको भविष्य नेपाली जनता यही नै उनको मान्यता थियो तर त्यतिबेलाको शासकले जनतालार्य प्रजाभन्दा फाल्टो अरु केही देख्न चाहने । फलस्वरुप जनताको हैसियत र आवाज उठाउने जननायक वीपी कोइराला पाचायती शायकको षडायन्त्रमा फसिरहे । उनको जीवन एक सुनिश्चित खतरामा अल्झिरह्यो ।

युद्धमा होमिएकाहरुका लागि जीन्दगी वा कि पारको अवस्था हो । मान्छे जन्मिएपछि मर्नु ध्रुवसत्य हो । मृत्युजीवनको अन्तिम गन्तव्य हो जो आफै आउँछ । तर युद्ध वीरहरुको मृत्युले जीवनसँग हरघडि एकाकार गरी रहेकेा हुन्छ । शत्रुको जीवन समाप्तीमा उनीहरुको आयू थपिन्छ । युद्धवीरहरु जीवन बाच्नुलाई उति महत्व ठान्दैनन् किनभने उनीहरु आफ्नो जीवनसँगसँगै कसेको मृत्यु बोकेर युद्धमैदानमा उत्रेका हुन्छन् । अर्थात उनीहरु जीवन र मृत्युसँग लुकामारी खेलीरहेका हुन्छन् । जब मृत्युले देख्यो जीवन खत्तम । त्यसो हुँदा युद्ध नाइकोहरु भन्छन् -तरबारको धारमा हिड्छ जीवन जो जहिले सुकै जहाँ पनि काटिन सक्छ । त्यसो भए के जीवन त्यतिकै लागि हो त ? एउटा उक्ति छ दुई दिनको जीवनमा मरी लानु के छ ? साच्चै नै जन्मन्छ मान्छे खाली हात र मरेर जाँदा पनि जान्छ खाली हात । फरक यति हो जन्मदा नाङ्गो जन्मिन्छ भने मरेर जाँदा एकसरो कपडा बेरेर जान्छ । तर जीउनेक्रमले मान्छेलाई लोभी बनाउँदे रहेछ । लालची बनाउँदो रहेछ । जसले गर्दा भुल्दारहेछन् मान्छेहरु जीवनको भनेको एकदिन मरेर जाने चोला भन्ने । त्यसैले कति मान्छे जिउँछन् लालची गर्न भने कति चाही लालची गर्छन् जीउनको लागि । लालची गर्न जीउनेहरु जीवनको महत्व बुझेका हुँदैनन् जति जिउनको लागि लालची गर्ने हेतुले बुझेका हुनछन् जसले गर्दा जीबनको महत्व बुझ्नेहरु जीवनलाई दुईदिनकेा ठान्छन् । जो एकदिन जन्मिन्छ र अर्को दिन मरेर जान्छ । अर्थात कर्कलाको पानीजस्तै हो जीवन ।

अस्ति १४ तारख आइतबार खोटाङ सेरोफेरोको आयोजनामा सम्पन्न भएको संास्कृतिक कार्यक्रम हलमा पस्दा फेरि एकपटक महसुस भयो जीवन रमाइलो पनि रहेछ । मलेसियामा म आपुूालार्य एउटा कैदी सम्झन्छु म आफ्नै हात हेर्छु तर हतडी हुँदैन । खुट्टा हेर्छु नेल हुँदैन । र आपुूलाई ४ दिवालको कालो कोठरीभित्र पनि पाउँदिन । तै पनि म आपुूलाई स्वतन्त्र छु भन्नै लागेन कहिल्यै । पराधिनताको कष्टले मलाई अक्टोपसले झै गाँजेर राखिरहन्थ्यो । तर पनि त्यो दिन नेपालबाट आमन्त्रित गायक रुपकुमार राई गायिकाद्धय बेनुका राई र मेनुका राई अनि अन्य कलाकारहरुको प्रस्तुतिले मलाई एकछिन भएपनि स्वतन्त्र दिलायो । मैले भुलेँ म एउटा बन्दी हुँ बरु कल्पना गरिरहेँ यस्तै रमझममा जिन्दगीको अध्याय समाप्त हुने भए…। । यद्धपि साँझ कैदी खानामा पस्नु पर्ने यथार्थता हुँदै थियो । कार्यक्रम समाप्ताी सँगै छुट्टिने बेलामा बिनुजीसँग छोटो कुराकानी भयो । कुराकानीको क्रममा विनुजीले अस्पतालको मुर्दाघरमा एक नेपालीको लास भएको र आपुू सो लास दहन गर्ने प्रकृयामा व्यस्त रहेको खुलासा गर्नुभयो । त्यसपछि भने एकाएक मलाई लाग्यो -जीवन एकै कहाँ रहेछ र मनभरी प्रश्नको छाल उठ्यो- आखिर जीवन के हो त ?

नेपालबाट मलेसिया आएयता मैले एउटा पनि लास देखेको थिइन । चानचुन ७ वर्ष भैसकेछ । मैले लास नदेखेको । मैले विनुजीलाई मलामी जाने इच्छा व्यक्त गरे । उहाँले दिन निश्चित भएपछि निधो दिने कुरो गर्नुभयो । सोही अनुरुप १६ तारिख मंगलबार साइनो नेटमा भेला भएर ७ जनाकेा समूह अस्पतालको मुर्दाघरतिर हान्नियौं । लास बुझ्ने प्रवासमा उ प्रकृयाले पौनो घण्टा जति समय खायो । लास भ्यानमा राखेर हामी मुर्दाघाटतिर बाटो लाग्दा दिउँसो ३:३५ भएको थियो भने मुर्दाघाटमा लास पुर् याएर जलाउने प्रकृयामा लाग्दा ४:२० जति भएको हुनुपर्छ । यसरी एउटा सपनाको बोकेर परदेशीएको एक नेपालीको विरानो भूमिमा चोला उठेपछि उनकेा शवलाई दाहसंस्कार गरिरहँदा मैले रामचन्द्र अधिारी जीवनप्रतिको धारणा सम्झिए । नियती वा परिवन्दको चक्रमा परेर जीवन जतिवेला पनि जान सक्छ । मृतक हस्तबहादुर दाहसंस्कारबारे देवेनजीले मसँग एउटा टिप्पणी गर्नुभयो -ुआज एउटा फरक संस्कृति र संस्कार भएको मृतक शरीरको दाहसंस्कार बेग्लै संस्कृति भएकाहरुबाट गरियो । जीवन कति अनौठो रहेछ सोधुजस्तो आफैलाई -आखिर जीवन के हो त ?



नेपाल संन्देश साप्ताहिक