Saturday, April 5, 2008

भी।सि। विश्वयुद्धमा तर मल्लयुद्धमा मृत्यु

-जीवन देवान गाउँले

जन्म-मृत्यु जीवनको प्रकृया हो । जन्मेपछि मर्छ जो कोही पनि । फरक भनेको मरन हो । मरेपछिको अवस्था एकै हुनसक्छ तर मृत्यु फरक-फरक हुन्छ । कति सम्मानित मृत्यु मर्छन् कति अपमानित मृत्यु मर्छन त कति मर्दारहेछन् लज्जास्पद । गएको आईतवार मात्र जीवन त्यागेका तुलाराम तामाङको मृत्युलाई उदाहरण लिऔ । धेरै सुतेका सुतेकै मर्नेहरुको लर्कोमा परेर उनले पनि सामान्य मृत्यु बेहोरे । तर जहाँ बसेर उनले जुन अवस्थामा जीवन त्यागे त्यही नै सरमलाग्दो भयो । उनको परिवार तथा स्वदेशवासीहरुले के भएर मरे भनेर सोधे ठ्याक्कै यही नै भएर मरेका हुन भन्ने लाजमर्दो जवाफ दिन सकस नै हुन्छ ।
मलेसिया - यो यही देश हो जहा गोर्खा सेनाको नाममा नेपालीहरुले लडाकु खेल खेले । युद्ध कौशल साहास ईमान्दारीताको अकवरी नमुना भए जसले गर्दा गोर्खा भन्ने वितिकै बहादुरीताको कसी लगाउनै नपर्ने भयो । वीरगति प्राप्त गरे तर झुकेनन् दुश्मनको अघि अनि हटेन युद्ध मैदानबाट एक कदम पछाडि । त्यसैले गोर्खाली सेनाका स्थानीय प्रत्यक्षदर्शीहरु त्यतिबेला मनमनै कामना गर्थे रे -ूयदी आफ्नो सन्तानमा पनि गोर्खाली रगत र तागत भर्न पाए उतिकै बहादुर हुने थिए होला ! ू ।
मलेसियामा नेपालीहरु गोर्खा सैनिकको रुपमा प्रवेश गरेको कुरो ईतिहास बोल्छ । उनै गोर्खा सेनाले मलेसियामा नेपालीहरुको लागि थोरै विर्ता जोड्न सक्षम भए । जसले गर्दा पछिल्लो समयमा आएर गोर्खा सैनिकका तक्मा पाएकाहरुले गोर्खा गार्डस्को हैसियतमा पुन बहादुरीताको अभ्यास गर्ने अवसर पाए । त्यतिन्जेलसम्म त गोर्खा सेनाको सान मान प्रतिष्ठा ईज्जत कायमै थियो र गोर्खा गार्डस्को रुपमा कार्यरतहरुले स्थानियवासीहरुबाट बहादुरीताको सम्मानमा सलाम पाउथे । तर वैदेशीक रोजगारको लागि मलेसिया खोलीएपछि भने भित्रिनेहरुको ओईरो लाग्यो र गोर्खाली सान मान सम्मान प्रतिष्ठा खिईदै गयो अनि बहादुर खिनौरे देखिन थाल्यो । अझ नेपालका मेनपावर कम्पनीहरुले खसीको टाउको देखाएर कुकुरको मासु बेच्न थालेपछि अर्थात गोर्खा सेनाको तक्मा देखाएर लारे-लुरे भारे-भुरे छनौटा-पनौटा योग्य-अयोग्य सबैलाई गोर्खा गार्डस्को नाममा सप्लाई गर्न थालेपछि गोर्खाली बहादुरीताको झन विजोग भयो ।
मलेसिया - यो माटो यही हो जहा बहादुर गोर्खा सेनाको नाममा नेपाली रगत बग्यो । मार्नु जन्यो मर्नु जान्यो तर झुक्न कहिल्यै जानेन । जसले गर्दा वीरगति प्राप्त गोर्खा शरिरले यो भूमिमा सम्मानीत समाधी पायो । दसी खोज्न नेगरी सेम्बीलन राज्यको सेगामात र पेराक राज्यको ईपोमा गए हुन्छ जहा वीरगति प्राप्त गरेका गोर्खाली सेनाहरुको समाधी सुरक्षीत छ र अझतक ति वीर गोर्खाली सेनाको सम्झनामा बि्रटिस सेनाले बर्षेनी सलामी चढाउछ । तर यो यही माटो हो जहा विना मूल्यको महत्वहीन नेपाली रगत दिनानु पोखिरहन्छ आजाभोली । सन् २००५ तिर हुनुपर्छ माईडिनको आँगनमा नेपाल हाउसलाई साक्षी राखेर ईण्डोनेसिया गुण्डाहरुले दुईजना नेपालीलाई ठहरै पारे र अहिले मिनी नेपाल मानिने एरियामा उदाण्ड मच्चाउदै परिक्रमा गरे । तर पैताला अटाउन गह्रो हुनेगरिको नेपाली टाउकाहरुका भीडले टुलुटुलु हेरिरहयो । केही क्षण पश्चात पुलिस प्रशासन आयो र ढलेको लासलाई ठेगान लगायो । त्यसपछि यो घट्नाको प्रत्यक्षदर्शीको रुपमा रहेका स्थानियवासी झस्के र त्यतिबेलै शंका गरे - ूकि त गोर्खा भनेका नेपाली होईनन् या त गोर्खा सेनाको गाथा एउटा दन्त्य कथा हो ू । यो नेपाली बाहुल्यता भएको क्षेत्रमा विदेशीको हातबाट निरिह प्राणीलाई जस्तो गरि नेपाली टाउको गिडिदाको परिणती हो । तर यो घट्नामा नेपालीहरुले मुटु छामे नाडी विचार गरे र यति बुझे -अब नेपालीको नशामा गोर्खाली रगत र तागत बग्न छाडिसक्यो । व्यवहारत त्यस्तै देखियो त्यतिबेला ।
अनि यो यही भूमि हो जहाँबाट क्या। रामबहादुर लिम्बूले दोस्रो विश्वयुद्ध लडे र भि।सि। जिते । भि।सि। त्यो तक्मा हो जसलाई वेलायतका महारानीले सलाम ठोक्छ । यो भुमिमा गोर्खाली विजयको ज्युदो साक्षी हुन - भि।सि। क्या। रामबहादुर लिम्बू । तर उनकै आँखा अगाडि उनले नै भि।सि। जितेको भूमिमा हामी नेपालीहरु पटक-पटक हारिरहेका छौ यतिबेला । अस्तिमात्र एउटा मल्लयुद्धमा एकजना नेपाली हारेको पत्तो पाईयो । युद्ध हारेपछि पत्तो पाईएको युद्धभूमि थियो -जलान सिलाङस्थित होटल ट्राभल्स । शनिवार नै युद्ध मैदानमा प्रवेश गरेका कम्बोडियाली महिला र नेपाली पुरुष लडाकुबिचको मल्लयुद्ध आईतवार विहान ४ वजे रोकियो जब लडाकु तुलाराम तामाङ कहिल्यै नउठ्नेगरि ढल्यो । यो मल्लयुद्ध जति लाजमर्दो युद्ध हो यो हार झन कैयौ बेसि लज्जास्पद हार हो । यो हार पछि स्थानियवासीहरुले हर नेपालीलाई बहादुरीताको कसीमा नघोट्लान भन्न सकिन्न । किनभने झट्ट सुन्दा मल्लयुद्धमा हार्नु भनेको नामर्द हो न कि बहादुर नै ।
मल्लयुद्ध सुन्दै लाजमर्दो युद्ध हो । त्यसैले के कसरी कस्ता हतियार प्रयोग गरिन्छ जस्ता कुराहरु नखोतलौ । तथापी युद्ध युद्ध नै हो । तुलारामले पनि फरक किसिमको युद्ध लडे र मृत्युवरण गरे । त्यसो त मलेसियाको माटोमा मृत्युवरण गर्ने तुलाराम मात्र एक्लॊ नेपाली हैन । धेरै नेपाली सुतेका सुतेकै भएका छन कोही को ज्यान दुर्घटनामा गुमेको छ । तर मल्लयुद्धमा नै नेपालीको चोला उठेको यो पहिलो घट्ना हुनु पर्छ । यद्धपी युद्धमा मर्नेहरु कोही शहिद हुन्छन कोही शहादत प्राप्त गर्छन त कोही प्राप्त गर्छन वीरगति । अव हेर्नु छ मल्लयुद्धमा जीवन गुमाएका तुलाराम मगर के हुने हुन कतै पलंङ्गमा सुतेको अवस्थामा मरेर शहिद हुनेको पंक्तिमा उनी पनि पर्ने हुन् कि !



for comment,- g1gaunle@yahoo.com

हर्वो र गजलका शेरहरु

-जीवन देवान गाउँले

अहिले मलेसियामा नेपाली साहित्य लेखनको विश्लेषण गजल विधाको बढी गरिन्छ । मलेसियामा गजल आन्दोलन गरिरहेका विश्लेषकहरु गजल लेखनमा बाढी आएका स्वीकार्छन र भन्छन - यस्तो बाढी नेपालमा २०५२ - ०५३ तिर आएको थियो । बाढीमा हेलिएकाहरु कोही डुब्छन कोही नथाकुन्जेल पौडिरहन्छन त कोही पार लाग्छन । डुब्नेहरुको डेबाई सिसा डुबाई हो नथाकुन्जेल तैरिनेहरुको थोर वहुत मुल्याङ्गन हुन्छ भने पार पाउनेहरुको लेखिन्छ ईतिहास । त्यसैले त भनिन्छ - ईतिहास जित्नेहरुको लागि ।
बाढी भन्नु र भेल भन्नु उस्ता उस्तै हो । दुवैको अवस्थाको गुण भनेको धमिलो हो । पार पाउनै होमिएका होलान सबै तर मैले भेलमा माछा मार्न सकिएला की भनेर मात्र डुबुल्की हालेको हो गजलमा । त्यसो त गजल लेखनमा ढिट्टोगरि लागेका साथीहरु भन्छन - गजल त्यो हो जहाँ नबुझ्दा त्यति चासो हुन्न बुझिसके पछि भने अरु विधातिर ध्यानै जादैन । तर मलाई भने नबुझिन्जेल त खुव चासो लागेको थियो जव संरचनाका मुलभुतकुराहरु बुझे तव आङ सिरिङ्ग भयो । गजलमा बाढी आएको बेला टाउकोमा कफन बाँधेर आफूलाई हेल्न आँट आएन । तर डुबुल्की हाल्दा मात्र पनि एकसरो मजाले भिजियो । त्यतिबेला मलेसियामा अर्को भेल उर्लिदै थियो नेट वर्किङ विजिनेशको । त्यहि समयमा आफुलाई गजलको भेलमा घुडाघुडा सम्म डुबाएर हर्वो नेट वकिङको बाढीमा होमिएका साथीहरु प्रति लक्षीत गजल फुराउन मन लाग्यो र लेखे -
हिजोआज नेपालीको बोलीमा हर्वो
एकै स्वार मिलाउने लोलीमा हर्वो
मत्लाको रुपमा गजलको एक सेर तयार बनाए । यसमा काफिया रदिफ को सहि प्रयोग भयो या भएन त्यो खुट्याउने खुबी म सँग छैन । तर हर्वो प्रेमीहरुलाई सुनाए खुशी हुनेथिए होलान भन्ने चाहि नलागेको होईन । किनभने हर्वो नेटवर्किङ्ग मलेसिया भित्राउने साथीहरु त्यतिबेला हरेक नेपालीको बोलीमा हर्वो र जिब्रोमा गि्रन टि को स्वाद झुण्डाउने अभियानमा लागेका थिए । त्यो समयमा मेरो गजलको यो मत्ला सार्वजानिक गरेको भए गि्रन टि को स्वाद सुरुप्प पार्नेहरु हुरुक्क हुन्थे होलान र हर्वो नेटवर्किङ्गको लागि मिठो स्लोगन नै बन्थ्योहोला । तर के गर्ने गजलको कच्चा मिस्त्री परियो सार्वजानिक गर्ने हुत्ति भएन । अहिले त हर्वोलाई पच्छाउदै अर्को नेपाली नेटवर्किङ्ग कम्पनी ू युनिटी लाईफ पनि मलेसिया भित्री सकेको छ ।
मलेसियामा पसेका यी दुई नेटवर्किङ्ग कम्पनीको मुलभुतकुराहरुमा खासै फरक छैन । दुवैको लक्ष्य उदेश्य उस्ता उस्तै छ । बिजीनेश पद्दती एउटै हो । फरक यति हो एउटाले पैसा लिन्छ र मुल्य बरावरको सामान दिन्छ भने अर्कोले पैसा लिन्छ र विश्वास्त बनाउछ । तर दुवैले देखाउने साझा कुरो हो सपना जो देखिरहु जस्तै हुन्छ । ति दुवै नेटवार्किङ्गको पण्डितहरु सँगको भेटपछि मैले निकालेको निचोड हो - नेटवार्किङ्ग विजीनेशमा एविलीटी भएकाहरु भन्दा खुविलिटि भएकाहरु बढी टिक्दो रहेछ । खुविलिटि नभएकाहरु नेटवार्किङ्ग विजीनेशमा सिसा जस्तै हो ।
सरसर्ती बुझ्दा नेटवार्किङ्ग विजीनेश भनेको सुन्दर सपनाको ठुलो खाडल हो । जहाँ सुन्दा र देख्दा मात्रै पनि हामफालु - हामफालु जस्तो हुन्छ । तर हामफाले पछि चेत आउछ वास्तवमा नेटवार्किङ्ग के हो भन्ने कुराको । तव जसले आफु खसेको खाडलमा अरुलाई तानेर खसाल्न सक्छ उ मात्र अरुको ढाँड टेकेर खाडल बाहिर आउन सफल हुन्छ । नत्र जो ति सव गर्न सक्दैन उ त्यो खाडल भित्रै निसासिएर मर्छ । तथापी नेटवार्किङ्ग विजीनेशको सम्वन्धमा हरेकको आ-आफ्नै दृष्टीकोण छ र जसले जस्तो देख्छ बुझ्ने पनि त्यस्तै हो ।
हिजोअस्ति जस्तो लाग्छ हर्वो नेटवाकिङ्गका साथीहरुले ूअव गि्रन टि पिउनु पर्छू भनेको । पुर्वी नेपालको पाँचथर जिल्लामा उत्पादन हुने कंाचनजंघा टि स्टेटले तयार गरेको यो ओर्गेनिक चिया पिलाउन साथीहरुले धेरै जोड गरे । स्वास्थ्यको लागि लाभदायक त हुदै हो अझ आफ्नै देशको उत्पादन हुनुले पनि आफैले खोजी खोजी पिउनु पर्ने हो । तर आउदा सिस्टमवद्ध आएको र सिस्टमले महत्वकांक्षी सपना देखाएको हुनाले पनि लोभले लाभ लाभले विलाप होईएला भन्ने त्रास भयो । उसै पनि आफू खुविलिटिको खडेरी परियो । त्यसैले उत्तिनै बेला हर्वो नेटवार्किङ्गको बाढीमा होमिहाल्न सकिएन ।
अहिले हर्वो नेटवार्किङ्गको भेलमा होमीनेहरुको संख्या ७००० पुगेछ । यो तथ्याङ्गक अस्ति जोहरको कार्यक्रमबाट सार्वजानिक भएको हो । तीनलाख नेपालीहरुको भिडमा सातहजार संख्यात्मक हिसावले त्यति धेरै होईन तर समय अवधिको हिसावमा भने त्यो अभियान सफलिभुत नै मान्नु पर्छ । हर्वो नेटवार्किङ्गको साथीहरुले छोटो समयमा सातहजार नेपालीको जिव्रोमा गि्रन टि को स्वाद झुण्डाउन सक्दा म मात्र आफ्नो गजलको स्वाद चखाउन कसो नसकुला ! भनेर जोस पलाएको छ यतिबेला र उतिबेला लेख्दा-लेख्दै थाति बसेको गजलको अर्को सेर फुराएको छु यहाँ यसरी ः-
जो जता जान्छौ साथ लैजाउ गि्रन िट
देख्न पाँउ हरेकको झोलीमा हर्वो
परिशिष्टक ः- साहित्यले चाहेमा हर्वो नेटवार्किङ्गलाई बोक्न सक्दो रहेछ तर के हर्वो नेटवर्किङ्ग विजिनेशले पनि उसै गरि साहित्यलाई बोक्न सक्ला



for comment,- g1gaunle@yahoo.com