Thursday, January 10, 2008

कुवेतमा नेपाली महिलालाई 'मृत्युदण्ड'

काठमाडौं, पुस १८ - कुवेतमा एक नेपाली महिलालाई मृत्युदण्ड सुनाएको जनाउ“दै सरकारले जीवन रक्षाको पहल नगरेको आरोप आप्रवासी कामदारसम्बन्धी अधिकारकर्मीले लगाएका छन् । आप्रवासी कामदारका समस्या विषयमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा घरेलु कामदारको रूपमा गएकी डोल्मा शर्ेपालाई बचाउन आग्रह गरिएको छ ।
सुरक्षित आप्रवास सञ्जाल, पौरखी नेपाल र युनिफेमका प्रतिनिधिले डोल्मालाई हत्या अभियोगमा मृत्युदण्ड सुनाइएको बताएका हुन् । 'उनलाई मृत्युदण्डको फैसला गरेको जानकारी पाएपछि साउदी दूतावास, श्रम विभाग, मन्त्रालयमा पत्राचार गर्‍यौं,' पौरखी नेपालकी संयोजक विजया र्राई श्रेष्ठले भनिन्- 'प्रतिक्रिया आएको छैन ।'
पा“च महिनाअघि डोल्मालाई मृत्युदण्डको फैसला भएको कुवेती पत्रिकामा छापिएपछि त्यहा“का राजु नाग्पालले माइती नेपाललाई जानकारी दिएका थिए । माइती नेपालकी कानुन अधिकृत उमा तमाङले उनको सोधखोज गरिएको बताइन् । सिन्धुपाल्चोक घर र गोरखा माइती भएकी डोल्माबारे विस्तृत जानकारी अझै आएको छैन ।
'छोराको मुख हेरेर मर्न चाहन्छु भनेर उनी -डोल्मा) रोइरहेकी छन्,' नाग्पालले इमेलमा भनेका छन्- 'उनलाई दूतावासले पनि सहयोग गरेको छैन ।' कुवेतलाई साउदी अरबस्थित दूतावासले हेर्ने गरेको छ । परराष्ट्र प्रवक्ता हीराबहादुर थापाले यसबारे जानकारी नआएको बताउ“दै अब सोधखोज गर्ने जनाए ।

No comments: