Saturday, April 5, 2008

हर्वो र गजलका शेरहरु

-जीवन देवान गाउँले

अहिले मलेसियामा नेपाली साहित्य लेखनको विश्लेषण गजल विधाको बढी गरिन्छ । मलेसियामा गजल आन्दोलन गरिरहेका विश्लेषकहरु गजल लेखनमा बाढी आएका स्वीकार्छन र भन्छन - यस्तो बाढी नेपालमा २०५२ - ०५३ तिर आएको थियो । बाढीमा हेलिएकाहरु कोही डुब्छन कोही नथाकुन्जेल पौडिरहन्छन त कोही पार लाग्छन । डुब्नेहरुको डेबाई सिसा डुबाई हो नथाकुन्जेल तैरिनेहरुको थोर वहुत मुल्याङ्गन हुन्छ भने पार पाउनेहरुको लेखिन्छ ईतिहास । त्यसैले त भनिन्छ - ईतिहास जित्नेहरुको लागि ।
बाढी भन्नु र भेल भन्नु उस्ता उस्तै हो । दुवैको अवस्थाको गुण भनेको धमिलो हो । पार पाउनै होमिएका होलान सबै तर मैले भेलमा माछा मार्न सकिएला की भनेर मात्र डुबुल्की हालेको हो गजलमा । त्यसो त गजल लेखनमा ढिट्टोगरि लागेका साथीहरु भन्छन - गजल त्यो हो जहाँ नबुझ्दा त्यति चासो हुन्न बुझिसके पछि भने अरु विधातिर ध्यानै जादैन । तर मलाई भने नबुझिन्जेल त खुव चासो लागेको थियो जव संरचनाका मुलभुतकुराहरु बुझे तव आङ सिरिङ्ग भयो । गजलमा बाढी आएको बेला टाउकोमा कफन बाँधेर आफूलाई हेल्न आँट आएन । तर डुबुल्की हाल्दा मात्र पनि एकसरो मजाले भिजियो । त्यतिबेला मलेसियामा अर्को भेल उर्लिदै थियो नेट वर्किङ विजिनेशको । त्यहि समयमा आफुलाई गजलको भेलमा घुडाघुडा सम्म डुबाएर हर्वो नेट वकिङको बाढीमा होमिएका साथीहरु प्रति लक्षीत गजल फुराउन मन लाग्यो र लेखे -
हिजोआज नेपालीको बोलीमा हर्वो
एकै स्वार मिलाउने लोलीमा हर्वो
मत्लाको रुपमा गजलको एक सेर तयार बनाए । यसमा काफिया रदिफ को सहि प्रयोग भयो या भएन त्यो खुट्याउने खुबी म सँग छैन । तर हर्वो प्रेमीहरुलाई सुनाए खुशी हुनेथिए होलान भन्ने चाहि नलागेको होईन । किनभने हर्वो नेटवर्किङ्ग मलेसिया भित्राउने साथीहरु त्यतिबेला हरेक नेपालीको बोलीमा हर्वो र जिब्रोमा गि्रन टि को स्वाद झुण्डाउने अभियानमा लागेका थिए । त्यो समयमा मेरो गजलको यो मत्ला सार्वजानिक गरेको भए गि्रन टि को स्वाद सुरुप्प पार्नेहरु हुरुक्क हुन्थे होलान र हर्वो नेटवर्किङ्गको लागि मिठो स्लोगन नै बन्थ्योहोला । तर के गर्ने गजलको कच्चा मिस्त्री परियो सार्वजानिक गर्ने हुत्ति भएन । अहिले त हर्वोलाई पच्छाउदै अर्को नेपाली नेटवर्किङ्ग कम्पनी ू युनिटी लाईफ पनि मलेसिया भित्री सकेको छ ।
मलेसियामा पसेका यी दुई नेटवर्किङ्ग कम्पनीको मुलभुतकुराहरुमा खासै फरक छैन । दुवैको लक्ष्य उदेश्य उस्ता उस्तै छ । बिजीनेश पद्दती एउटै हो । फरक यति हो एउटाले पैसा लिन्छ र मुल्य बरावरको सामान दिन्छ भने अर्कोले पैसा लिन्छ र विश्वास्त बनाउछ । तर दुवैले देखाउने साझा कुरो हो सपना जो देखिरहु जस्तै हुन्छ । ति दुवै नेटवार्किङ्गको पण्डितहरु सँगको भेटपछि मैले निकालेको निचोड हो - नेटवार्किङ्ग विजीनेशमा एविलीटी भएकाहरु भन्दा खुविलिटि भएकाहरु बढी टिक्दो रहेछ । खुविलिटि नभएकाहरु नेटवार्किङ्ग विजीनेशमा सिसा जस्तै हो ।
सरसर्ती बुझ्दा नेटवार्किङ्ग विजीनेश भनेको सुन्दर सपनाको ठुलो खाडल हो । जहाँ सुन्दा र देख्दा मात्रै पनि हामफालु - हामफालु जस्तो हुन्छ । तर हामफाले पछि चेत आउछ वास्तवमा नेटवार्किङ्ग के हो भन्ने कुराको । तव जसले आफु खसेको खाडलमा अरुलाई तानेर खसाल्न सक्छ उ मात्र अरुको ढाँड टेकेर खाडल बाहिर आउन सफल हुन्छ । नत्र जो ति सव गर्न सक्दैन उ त्यो खाडल भित्रै निसासिएर मर्छ । तथापी नेटवार्किङ्ग विजीनेशको सम्वन्धमा हरेकको आ-आफ्नै दृष्टीकोण छ र जसले जस्तो देख्छ बुझ्ने पनि त्यस्तै हो ।
हिजोअस्ति जस्तो लाग्छ हर्वो नेटवाकिङ्गका साथीहरुले ूअव गि्रन टि पिउनु पर्छू भनेको । पुर्वी नेपालको पाँचथर जिल्लामा उत्पादन हुने कंाचनजंघा टि स्टेटले तयार गरेको यो ओर्गेनिक चिया पिलाउन साथीहरुले धेरै जोड गरे । स्वास्थ्यको लागि लाभदायक त हुदै हो अझ आफ्नै देशको उत्पादन हुनुले पनि आफैले खोजी खोजी पिउनु पर्ने हो । तर आउदा सिस्टमवद्ध आएको र सिस्टमले महत्वकांक्षी सपना देखाएको हुनाले पनि लोभले लाभ लाभले विलाप होईएला भन्ने त्रास भयो । उसै पनि आफू खुविलिटिको खडेरी परियो । त्यसैले उत्तिनै बेला हर्वो नेटवार्किङ्गको बाढीमा होमिहाल्न सकिएन ।
अहिले हर्वो नेटवार्किङ्गको भेलमा होमीनेहरुको संख्या ७००० पुगेछ । यो तथ्याङ्गक अस्ति जोहरको कार्यक्रमबाट सार्वजानिक भएको हो । तीनलाख नेपालीहरुको भिडमा सातहजार संख्यात्मक हिसावले त्यति धेरै होईन तर समय अवधिको हिसावमा भने त्यो अभियान सफलिभुत नै मान्नु पर्छ । हर्वो नेटवार्किङ्गको साथीहरुले छोटो समयमा सातहजार नेपालीको जिव्रोमा गि्रन टि को स्वाद झुण्डाउन सक्दा म मात्र आफ्नो गजलको स्वाद चखाउन कसो नसकुला ! भनेर जोस पलाएको छ यतिबेला र उतिबेला लेख्दा-लेख्दै थाति बसेको गजलको अर्को सेर फुराएको छु यहाँ यसरी ः-
जो जता जान्छौ साथ लैजाउ गि्रन िट
देख्न पाँउ हरेकको झोलीमा हर्वो
परिशिष्टक ः- साहित्यले चाहेमा हर्वो नेटवार्किङ्गलाई बोक्न सक्दो रहेछ तर के हर्वो नेटवर्किङ्ग विजिनेशले पनि उसै गरि साहित्यलाई बोक्न सक्ला



for comment,- g1gaunle@yahoo.com

No comments: