Wednesday, November 25, 2009
हरी सर सँग छुट्टिदा
-जीवन देवान गाउँले
१५नोभेम्बर२००९
भनिन्छ कसैलाई नपर्खिने केही छ भने त्यो हो समय । साच्चि नै समयको चक्रमा हामीले धेरै ऋतुहरु फन्को मारी सकेका छौ । यस क्रममा समय सँग हामी चिप्लियौ या समय हामीबाट चिप्लियो यसको लोखाजोखा पनि एक दिन समयले नै गर्ला । तर अहिलेलाई हामीले गुजारेको समयलाई संस्मरणमा यसरी उतार्छु ।
'समय यस्तरी चिप्लियो कि मैले पत्तो पाउनै सकिन । हिजो अस्ती जस्तो लाग्छ एउटा चुनौतीको साथ जिम्मेवारी सम्हाल्न आईपुगेको ।' हामी ९-१० जनाको समुह विच उपस्थित हुनु भएका हरी सर भन्दैहुनुहुन्थ्यो- 'यति ठुलो संख्यामा रहेका नेपालीहरु हेर्ने दुतवासको प्रमुख भएर आउनु एउटा चुनौती नै लाग्थ्यो समकक्षी साथीहरुले पनि मलेसियालाई चुनौती नै मान्थे । त्यसैले आफ्नो कार्य अवधी कटाउन सकुला या नसकुला भन्ने लाग्थ्यो तर तपाईहरुसँगको सहकार्य र सहयोगको कारण आफ्नो कार्यकाल चाडै बित्यो जस्तो अनुभुति भैुरहेको छ ।'
हरी सर अर्थात हरी कुमार श्रेष्ठ आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्कनु हुने जानकारी भए पछि हामी अनेसास मलेसियाले १५ नोभेम्बर आईतवारको दिन विदाई कार्यक्रम राखेका थियौ । छुट्टिने बेला हामी सँग केही थिएन दिनलाई तर लिन लाई भने धेरै नै भए जस्तो लागिरहेको थियो । त्यसो त उहासँगको अन्तरंग सम्बन्ध भए देखि नै हामी बाट लिने काम मात्रै भएको छ । हामीलाई अनेसास दिनु भएको पनि उहाले नै हो । अनेसास सँग सँगै उहाले तन दिनु भो मन दिनु भो वचन दिनु भो । यसै भनौ आफ्नो ल्याकतले भ्याएजति सबै नै दिनु भो ।
'मलेसिया आउनु पुर्व नै अनेसास बारे मैले सुनेको थिए त्यही भएर अनेसास सँग आवद्ध भएर जाँदा तपाईहरुलाई पनि फलदायी होला भन्ने ठानेर सुझाव दिएको हुँ ।' प्रनेसास मलेसियालाई बोकेर दुतवास पुगेका साथीहरुलाई दिएको सुझाउनको स्मरण गर्दै हरी सरले भन्नु भो- 'अनेसासमा आवद्ध हुने सल्लाह दिनुमा मेरो कुनै ब्याक्तिगत स्वार्थ थिएन यहा सम्म कि अनेसासमा को को साहित्यकारहरुको संलग्नता छ त्यो पनि मलाई थाहा छैन ।' उहाको यस्तो अभिब्यक्तिबाट झल्किन्थ्यो- संस्थाको अगाडि ब्यक्ति जहिले पनि गौण हुन्छ ।
मानव भन्नु सिक्का जस्तो पनि हो । जसरी सिक्काको दुईपाटो हुन्छ उसैगरी मान्छेमा पनि दुईपाटो हुन्छन । मान्छेको एउटा पाटोले जीवन जिउनुको सार खोज्दछ भने अर्को पाटो जिन्दगीले जिउनु सिकाउद छ । सोही अनुरुप यतिवेला हामी मलेसियाको माटोमा हात नंङ्ग्रा खियाएर जिउन सिकि रहेका छौ र यहीको माटोमा उभिएर साहित्य नाप्ने तराजुको पल्लामा आफूलाई राखेर जिउनुको सार जोखिरहेका छौ । यस्तै लहरोमा बेरिएर करीव चार बर्ष पहिला हरी सर पनि मलेसिया आउनु भो । त्यतिबेलाको कुरो सम्झदै उहाले भन्नु भो- 'आउदा म का।ब।राजदुत नै थिए तर राजदुत आउनु भएपछि स्वतह म का.ब. रहिन ।' हुनपनि राजदुतको आगमन पश्चात पनि हामीले हरी सरलाई कहिले का.ब. राजदुत भनेर सम्बोधन, गर् यौ कहिले साहयक राजदुत भनेर सम्बोधन गर् यौ त कहिले प्रथम सचिव भनेर सम्बोधन गर् यौ । विदाई कार्यक्रम चलाई राख्नु भएका टंक जीले पनि का.ब. राजदुत भनेपछि उहाले त्यो शब्दलाई कोड गर्नु भएको थियो । उसो भए असलमा उहा नेपाल दुतवासको कर्मचारी मध्ये कुन हैसियतमा हुनुहुन्थ्यो ?
'वास्तवमा मेरो पोष्ट भनेको Minister Counsellor हो ।' हरी सर आफैले आफ्नो हैसियत खुलाउनु भो र भन्नु भो- 'Diplomatic शब्दहरु यति अडबांङ्गे हुन्छ जसको ठेट नेपाली अर्थै हुदैन ।' उहाले त्यसो भन्नु भएपछि हामीले पनि सोधेनौ- 'सर ! यो Minister Counsellor भनेको के हो ?'
का.ब. राजदुत हरी कुमार श्रेष्ठ साहयक राजदुत हरी कुमार श्रेष्ठ प्रथम सचिव हरी कुमार श्रेष्ठ भनेर चिन्ने र दुतवासमा गएर भेट्नेहरुले उहालाई कडा स्वभावको भन्ने गरेको पाईन्छ । हरी सरले यो कुरालाई स्विकार्दै भन्नु भो- 'हो म अलि कडा स्वभावले नै प्रस्तुत हुन्छु र यो अहिले सम्म मैले काम गरेको अनुभवले सिकाएको पाठ पनि हो ।' मान्छे ! आफैले गरेको काम बाट त सन्तुष्ट नहुने जात हो भने अरुले गरेको काम बाट सन्तुष्ट हुनु झन धेरै परको कुरो हो । यो हामीले पनि अनुभुत गर्ने कुरो हो । उहा त झन जिम्मेवार ब्याक्ति । जिम्मेवार पदमा बसेर जिम्मेवारी वहन गर्ने क्रममा उहाले पनि कहि कतै टुटफुट भएको महसुस गर्नु भएको हुनसक्छ । त्यही भएर होला ! हाँसी मजाक न सही हरी सरले विदा लिने बेला भन्नु भो- 'छुट्टिदा छुट्टिदै गाली पनि खाईएला भन्ने लागको थियो तर तपाईहरुले त उल्टो तालीको भारी कसिदिनु भो ।'
मैले माथी उल्लेख गरी सकेको छु कि हरेक मान्छेको दुईवटा पाटो हुन्छ । हरी सरको सन्दर्भमा पनि सरकारी कर्मचारी हुनु एउटा पाटो हो । धेरैले मलेसियामा उहालाई यही पाटो बाट मात्रै चिनेको हुन सक्छ तर उहालाई चिन्नै पर्ने अर्को पाटो भनेको साहित्य पनि हो । तथापी उहा आफूलाई साहित्यकार भन्दा साहित्यनुरागी भनिन रुचाउनु हुन्छ । 'अविरल यात्रा' निबन्ध संग्रह मार्फत आफूलाई साहित्यिक यात्री बनाउन सफल हरी सरलाई विदा गर्नु पर्दा हामीलाई अभिभावकिय अभाव खड्किएला कि भन्ने लागि रहेको थियो । तर उहाले नै भन्नु भो- 'म जहा रहेपनि मेरो अर्शिवाद अनेसास मलेसियालाई रहि रहने छ ।'
अलग्गिने बेलामा मैले विदाईको हात जोड्दै भने- 'सर ! तपाई अविरल यात्राको यात्री हामी अनेसास मलेसिया नामक चौतारो बनाउने मिस्त्री त्यसैले हिड्दै जाँदा हाम्रो चौतारोको बाटो परे नतर्किनु होला !'
हरी सर हाँस्दै छुट्टिनु भो र सेन्ट्रल मार्केट तिर पस्नु भो ।
समाप्त
Monday, November 23, 2009
गजल
-समिर पथीक खत्री
नदी होस हिमाल होस बन जंगल हरियाली होस
असार होस हली बाउसे होस अनि खेताली होस
एउटै भाषा एउटै धर्म रितिरिवाज र संस्कृति
चाहे मधेशी होस चाहे पहाडी होस या हिमाली होस
विदेशी फेशनमा ठाँटिएर मख्ख पर्नु मुर्खता हो
दौरा सुरुवाल होस ढाका टोपी होस मन नेपाली होस
विरताको गाथा घन्काउनु छ विश्वभरी थर्काउदै
एउटा छोरो होस कायर नहोस विर गोर्खाली होस
- बाग्लुङ्ग
हाल मलेसिया
गजल
-रुवेन पुन मगर
गुनले गुन तिर्नु पर्दैन रे गुनीलाई हजुर
ज्यानै दिए पनि नपुग्ने त खुनीलाई हजुर
विनासित्ती मन दिए उ प्रति समर्पित भए
धन र तन पो चाहिएको रै छ बैगुनीलाई हजुर
मान्छेको मुटु भन्छन तर ढुङ्गा भन्दा साह्रो
नसकिने रै छ सम्झाउन टाढा हुनीलाई हजुर
पैतला मुनी कुल्चि गयो मेरो स्वभिमान
काम वासनाको खाँचो रै छ उनीलाई हजुर
चोखो प्रेम गरेको थियो ुरुवेनु ले सधै
सँगै मरौ बाँचौ भनि जुनीलाई हजुर
विहुँ - ६ दहपानी बाग्लुङ्ग
हाल- मलेसिया
Monday, November 16, 2009
स्वायत्ता
-मनी राई गोठाले
उभिएर अलिकति माटोमा
चिहाउदै आफूमाथिको िसंगो आकास
पूर्ण छाम्नु भन्छु आफैलाई
एउटा ब्रमाण्ड
महा-ब्रमाण्ड
धनिभुत
शुन्य ओझमा ऐठान पर्दा पर्दै
घुघुति खेल्छ अधिकारहरु
दम्भले बुर्कुसी मार्दा आफैसँग
पलायन
वितायताको अनि कालो ओढार भित्र
कहाँ छु म ?
म कहाँ छु ?
अलिकति पहिचान चिन्नलाई
खोज्दै प्रतिविम्व ईतिहासहरुमा
पूर्ण हेरौ भन्छु आफैलाई
एउटा निराकार
महा-निराकार
आकार खोज्छ माशपिण्ड अस्तित्वहरु
छाँयामा नखुट्टिएर
पानीमा अष्पष्ट प्रतिरुप
चिथोर्दै चिथोर्दै
विचारणका नङहरुले उप्काएर आफैलाई
प्रश्न
केवल एउटै प्रश्न
को हुँ म ?
म को हुँ ?
अलिकति विश्वासमा रितिए पछि
खोज्दै रहल पहल
पूर्ण बटुलिनु भन्छु आफैमा एक पल्ट
छरपष्ट
महा-विभक्त अवशेषहरु
ढुङ्गा ढुङ्गामा
थुम्का थुम्कामा
वायु अग्नी र स्वमित्वमा
नाकमा मुक्का ठोके पछि अपरिहार्यताले
के छ म सँग ?
म सँग के छ ?
अलिकति मायामा हारे पछि
पटुकीमा हालीदिदै सिमेभुमे
पुनः थपिदेउ भन्छु एकपल्ट
उउटा दरिद्रता
महा-दरिद्रता
मनहरु निखि्रन्छ अभाव भित्र
भोकमा भोककै युद्ध चर्किएको बेला
एउटा अनिकाल
महा-अनिकाल
आन्द्राको ब्यारेलमा अन्नको बुलेट नपरे पछि
ढल्नु लड्नु
आफ्नै सिमानामा
के हारे मैले ?
मैले के हारे ?
अव अधिकारले खिच्दै फेरी रेखीहरु
म गाड्छु सिमानामा
स्वायत्ताका दरो खम्बाहरु
आँखैमा रातलाई उधारो राखेर
चौतपर्फी दिन्छु पहराहरु
खनेर युद्ध संगीनले
महा-अक्कर स्वायत्ता
रक्त विष्टी
आकासको मुटु छेड्दै क्रान्ति वेगले
सियो लाउछु प्रत्येक मेलोमा अस्तित्वको
जंगल सम्म पुर् याएर
आफ्नो भागको लाछी मृत्युलाई
चोखाई दिन्छु शहादतले मलामीहरु
पक्कै भोली सपना हैन
बसन्त फूल्छ
एउटा हुंकार
महा-हुंकार
के गर्न सक्दिन र म ?
म के गर्न सक्दिन ?
-धरान
हाल, मलेसिया
Saturday, November 14, 2009
सँस्मरण कथा: 'डाक्टरबाट प्रेमको हत्या'
-टङ्क चन्द
श्रीस्वस्थानी व्रतकथाको समाप्तीको दिनको रात मु्याउँकिरीको उराठिलो गीत सँगै रात छिप्पिदै गयो र चन्द्र ग्रहणले रातलाइ धमिलो बनाउन थाल्यो । गाउँमा भुक्ने भुस्याहा क्रकुरहरुको एकहोरो भुकाइले विरह लाग्दो झ्याउकिरीको त्यो आवाजलाइ केहि माथ गर्दथ्यो । भक्तजन महिलाहरु बारुले कम्मर मर्काएर किर्तन भजनका साथ नाच्न व्यस्त थिए भने वल्लो गाउँ र पल्लो गाउँ घुमि हिड्ने छोरयाट्टाहरुको उरन्ठेउला झ्याउरे गीतहरुले नजिकै बगिरहेको पाना खोलाको एकहोरो सुसेलीलाइ च्यातेर गगनमा विलय गराइदिन्थ्यो अनि केहि वेर सम्म सन्नाटा छाउँथ्यो । म धनु, हरिश र मोहनलाइ लिएर छापामार तरिकाले जुनाले भनेको स्थानमा पर्खेर बसिरहेको थिएँ । नाङना लेकको धुरिबाट झरेको शीतले हाम्रो शरीर अर्धचेतन भैरहेको थियो ।
विहानको करीब चार पनि बज्न आँट्यो तर अँ हँ जुना आइनन् । हुनेवाला दुलही ती मेरी जुनालाइ धोती चोलीमा सजिएको हेर्ने मेरो धोको हिउँदको शीतलहरले कुल्चेर गयो । धर्तिमा घामका किरण सँगै हामी फर्कियौँ भारी मनमा बेदनाको पोको बोकेर ।
पुर्णिमाको रात वि.सँ.२०४६ माघ २७ गतेको कुरा हो यो । म त्यति बेला रुकुमको मुसिकोट खलँगा क्याम्पसमा आइ.ए.पढ्थेँ । त्यति बेला नै उनि एक जना मेरो वहिनीसँग सँगै S.L.C. को ट्यूसन पढ्न जाने गर्थिन् । र कहिले काही मेरो बहिनीसँग मेरो कोठामा पनि आउने गर्थिन् । हुँदा हुँदा उनि कहिले अर्कै साथी लिएर पनि मेरो कोठामा आउन थालिन् । नचिनेमा को हो चिने पछि माया मोह भने मुैँ म उनको आउने बाटो प्रतिक्षा गरेर बस्न थाले किनकी मैले नजानेरै उनलाइ कतिवेला मेरो छाती भित्र वास वसाइ सकेको रहेछु । जव उनी मेरो कोठामा आउथिन् हामी घण्टौँ सम्म गफ गरेर वस्न गथ्र्यौँ । हरेक कुराको आफ्नै सिमा हुन्छ जव सिमा नाघिन्छ तव त्यहाँको अवस्था फरक हुन थाल्छ मतलव हामी हाम्रा नजरहरुबाट कुरा गर्ने स्थितिमा पुगिसकेका थियौँ । तर पनि हाम्रो नजरवार्ता अव्यक्त नै थियो । कुशल कालीगढले निकै परिश्रमका साथ निर्माण गरेको सुडोल शरीरमा जडिएका मृग नयन र बदामी दन्तलहरबाट निश्कने मन्दमुश्कानमा म मोहित भैसकेको थिएँ । उनलाइ नदेख्दा दिनको भोक र रातको निद्रा समेत मबाट टाढा हुन्थ्यो । समिपमा पर्ने हरेक वस्तुको आकृतिमा उनकै प्रतिविम्व देख्ने गर्थेँ । तर पनि प्रेम प्रस्ताव राख्न सकिरहेको थिईन । तर पनि साहसका साथ एउटा पत्र लेखेँ र वहिनीलाइ दिएँ तर उस्ले त्यो पत्र लिन मानिन । त्यसैले हाम्रो बीचमा हुलाकीको अभाव खट्कियो । आफैले त्यो पत्र उनको सुकोमल हातमा थमाउन पनि सकिन किनकी त्यो भन्दा अप्ठेरो काम केहि रहेनछ । त्यो जसलाइ पर्छ उसले थाहा पाउँछ । यहाँ स्पस्ट्याइरहनु परोइन । अनि मैले त्यो पत्र मेरो शिरानी मुनि लुकाएर राखेँ । मेरो एक जना साथि विरामी भएर गाउँबाट आएको थियो त्यसैले मैले उसलाइ कोठामै छोडेर वजार तिर घुम्न गएको थिएँ त्यति नै वेला मेरो कोठामा आएर उनले त्यो पत्र लिएको कुरा उसले वतायो तव मेरो मुटुको चालनै वन्द भयो किनकी उनी म भन्दा भिन्न परिवारकी छोरी थिईन् अलिकति भयले पनि हल्लाउन थाल्यो । मन अमिलो पनि भयो किनकी उनको आसय नवुमुेरै त्यो पत्र लेखेको थिएँ । साँझको खाना खान मन लागिरहेको थिएन तर पनि विरामी साथीको लागि भए पनि केहिन केहि त पकाउनै पथ्र्यो । स्वादविहिन खाना खाएर नानाभाँति कुराहरुलाइ मनको छालहरुमा तैराउदै म विस्तरामा पल्टिएँ र सिरकलाइ लमतन्न पार्न खोजेँ अकस्मात एउटा कागजको टुक्रा प्ाु्त्त भुइँमा खस्यो । आश्चर्यले चकित पर्दै त्यस कागजलाइ उठाएँ र पढेँ उनको मन भावना स्नेह इच्छा ताल चाल जीउँ डाल र समग्रमा भन्दा उनको सिँगै आकृति । म खुशीले भावविव्होर भएँ किनकी मेरो चाहना त्यहाँ पुरा भएको थियो मानौ कि त्यहाँ म जे चाहन्थे त्यै प्राप्त गरेको थिएँ छोटोरुपमा भन्दा मेरो प्रेम प्रस्ताव उनलाइ स्वीकार्य थियो । म भावमा नाँच्न थाले गदगद हाँस्न थालेँ । लाग्यो अहिल्यै गएर अँगालोमा कसेर नगर परिक्रमा गरुँ । हतारोले मेरो त्यो रात बर्ष दिन मुैँ भयो । छट्पटाएँ नयाँ विहानीको लागि किनकी मैले खुशि वाँड्नु थियो प्रकृति सँग निसँकोच । अँकमाल गर्नु थियो त्यो नव आँचल सँग नयाँ दुनियामा । त्यस पछि हामीहरु विपरित धु्रवका चुम्वक मुैँ दिन प्रतिदिन टाँसिदै जान थाल्याँै । समानान्तरमा हुने हाम्रो वार्ता अव त विस्तरामा सरिसकेको थियो । घण्टौँ सम्म वसेर भावी जीवन पद्धती र रमाइलो सँसारको विवेचना पनि गथ्यौँ । लाग्थ्यो दिन र रात केवल हाम्रै लागि मात्र हो । दुवै एकसाथ हुँदा हामीलाइ निद्रा र भोकको कुनै अनुभव नै हुदैनथ्यो । एक अर्काबाट छुट्टिन हामीलाइ निकै अमिलो महसुस हुन्थ्यो केहि क्षणको त्यो सानो विछोडले पनि हामीलाइ कुड्याउथ्यो । त्यस्ौले मैले उनलाइ विहेको प्रस्ताव राखेँ । उनले पनि सहजै स्व्ाीकार गरिन् तर एउटा अप्ठेरो सर्तमा कि मैले पनि उनको बाबा आमा सँगै तराई तिर वसाइ सराइ गर्नु पर्ने । मैले पनि त्यो प्ा्रस्ताव सहजै स्वीकार गरेँ किनकी म उनको मायाको भोको थिएँ र पागल पनि भैसकेको थिएँ । उनी खुशिले गदगद् भइन् शायद उनको मनको राजकुमार म थिएँ र उनको बाबा आमाको साथ हामीलाइ सँधै हुने थियो । केहि दिन पछि म घरमा गएँ र बाबालाइ सबै कुरा बताएर जग्गा जमिन बेच्न लगाएँ । उहाँले पनि मेरो कुरालाइ जायज नै मान्नु भाथ्यो किनकी घरको जेठोबाठो छोरो म नै थिएँ । म फेरी सदरमुकाम फर्किएर उनी सँगै नवसँसारमा हराउन थालेँ । हामीले समयलाइ पर्खिने हो उसले हामीलाइ कहिल्यै पर्खिदैन । यस्तैमा उनको S.L.C. परिक्षा पनि नजिकियो र हामीले त्यो नियतीलाइ कायम राख्यौँ भने उनको परिक्षा विग्रने भएकोले मेरी वहिनीको रोहवरमा माघ २७ गते भागेर जाने मिति तय गरी हामीले उनको पढाइलाइ निरन्तरता दिने निर्णय गर् यौँ र मैले उनको परिक्षा अवधिभर बाधा नपुर् याउने बाचा पनि गरेँ । जव २५ गते उनको परिक्षा पनि सकियो अनि उनलाइ भेट्न भनि म कालीका मन्दिर छेउको चौतरीमा गएर बसेँ, उनी आफ्नो दाजुआमा र एक जना भरिया सहित गाउँको घरतिर लागिन् । तर मैले त धेरै टाढा अनन्त सम्म हेरिरहेँ उनलाइ चौतारीको छाँयामा विलीन हुँदै एकतमासले …।
बिचको एक दिन विताउन मेरो लागि एक वर्ष मुैँ भयो । सिस्ने हिमालको हिमशैल सँगै लुकामारी खेल्दै माघ २७ गते पनि आईपुग्यो र म माथि उल्लेखित साथिहरुको साथ लिएर उनले भनेको स्थान जहाँ उखुको ठुलो बारी थियो त्यहाँ पर्खिएर बस्यौँ एउटा ठुलो सपना सजाउदै आकाशका जुनताराहरु सँग भारी सौदा गरेर पुरै एकरात । तर हातमा विल्कुल शुन्य महाशुन्य । भोलीपल्ट मैले साथि हरिशलाइ जुनाको वास्तविक स्थिति बुझ्न उनकै साथि पे्रमा कहाँ पठाएँ तर उनी त २५ गते साँझ देखि नै बन्दि बनाइएकि रहिछन् । हाम्रो जात र उमेर समान भए पनि उनी त्यो स्थितिमा पुग्नुको कारण रहेछम एउटा गाउँले र वेरोजगार र अशिक्षित परिवारको छोरो । हुन पनि उनी प्रधानपँचकि छोरी, डाक्टरकि साली, वैँक म्यानेजरकि वहिनी थिईन् । शायद मैले दिने सद्भाव माया र स्नेह तिनीहरु दिन सक्दैनथे होला । यो कुरा बुमु्न उनीहरुको खानदानी खानाले बनेको गिदीले सकेन किनकी त्यो हैकमी रवाफले उनीहरुको सोचाइमा ठुलै रछ्यान जमाईसकेको थियो । जुनाले उनकै साथि खिमालाइ लेखेको पत्रबाट यो कुराको पर्दाफास भएको रहेछ भनौँ उनीहरुको कानमा पुगेको रहेछ । करिब दश दिनको बन्दि जीवन पश्चात जेठा ज्वाई डाक्टरसापको भाई भेटेनरी डाक्टरसँग विहे गरिदिने निधोका साथ उनलाइ हवाइजहाजबाट नेपालगँज पठाएर मेरो पिरतीको कलिलो मुना ठसक्कै भाँचिदिए जुन मेरो जीवनमा पहिलो चोटी पलाउदै थियो । त्यस पछि म अर्धपागल जस्तै भएँ । धेरैका चोर औँलाहरु म तिर ठडिन थाले भने आफ्नो आकृतिले आफैलाइ गिज्याए जस्तो लाग्न थाल्यो । आत्महत्याको सोच नआएको पनि होईन तर त्यति बेला चलेको जनआनदोलनको कारणले म प्रहरीको निगरानीमा थिएँ त्यसैले त्यो अवसर पनि प्राप्त भएन र आज यो प्रवाशबाट उनको सँस्मरण लेख्न भाग्य जुरेको छ । त्यस पछि उनको बन्दि जीवन रिहाइको लागि मैले एउटा ग्याँग पनि तयार पारेँ कुट्नितिज्ञ पनि पठाएँ जिल्ला प्रशासन कार्यालयमा आत्मरक्षाको निवेदन पनि दिएँ । तर अँ हँ ! हामी जस्ता जन्मदैँ भाग्य खोटो लिएर आएकाहरुको क्रन्दन कस्ले सुन्ने त्यो कालकोठरीको जमानामा । डढेलोले खाएको आत्माबाट ओसिएका आँशुले पखालिएका परेलीलाई च्यातेर उनी हवाइजहाजबाट उडेको हेरिरहेँ निलो आकाशको विराट क्षितिजमा । जीवनको पहिलो पे्रमको धोकोले मेरो जवानीमा दाग लाग्यो भने पुर्खाले आर्जेको जन्मथलो सजिलै त्ाी जुनाको कारणले गुमाउन पुगेँ । उनको अँगालोमा उनीकै माइती सँगै जीउने जीवन दाँगमा आएर विताउन बाध्य भएकोछु । जन्मथलोको सरापले आज विरानो वस्तीमा परिचय विहिन जिन्दगी लाचार भई वितिरहेछ । यसरी रथ तान्ने घोडाको आँखाको पट्टिबाट देखिएको दृश्यमुैँ गाउँ र शहर
रोजगार र वेरोजगार शिक्षित र अशिक्षित घरानियाँ र सामान्य आदि जस्ता मानवताको नाउँमा सीमाहरु देख्ने समाजका ती कलँकहरुले न त ज्वाँइको रुपमा डाक्टर पाए न त पाए छोरीको मनको राजकुमार । हरेक अनुभवको सँगालो हुदोरहेछ जीवन । यहि जीवनको पहिलो स्मृति भएर होला कसै गरि पनि यो घटना कहिल्यै भुल्न सक्दिन । कहिले काहि उनको यादले सताउदा उनको फोटो छातीमा मसाज गर्छु र मनको घाउ अलि निको भए जस्तो लाग्छ । जीवनका ती रँगिन पोजहरुले उनलाइ पनि सताउछ होला तर उनी भन्दा ज्यादा व्याकुल म मेरो मनलाइ शितलता प्रदान गर्न यो स्ाँस्मरण पत्रिका मार्फत पर्दाफास गर्न चाहान्छु तर विगतको त्यो न्यानो अँगालो भने ती मेरी हुन नसकेकि जुनालाइ मात्र है ।
- तुलसीपुर न.पा. बेलुवा, दाँग
हालः- के.एल.
गजल
-भिम स्नेही लिम्बु
साथीहरु दलालीले मिठो कुरा गरे पनि
नआउनु विदेश चाही ज्यान मरे पनि
आज यस्तो भोगेको छु भन्नलाई मिल्ने छैन
दुःख सुख टार्नु पर्छ देश मै जे जे परे पनि
नेपाली दुर्गती यो जहाँ जहाँ हेर आज
मुल्य हुन्न संघर्षको जति विउ छरे पनि
बुद्धी पुर् याई कर्म गरे राम्रो हुन्छ नेपालमा
सफलता त हुदै हुन्न समुन्द्र नै तरे पनि
सन्त्रासको रेल गाडी चडि हिड्नु भन्दा बरु
आनन्द छ लेक बाट बेसी तिरै झरे पनि
फाक्चामारा तेह्रथुम
हाल,- मलेसिया
गजल
Monday, November 9, 2009
सपना र परदेश
- दीलदुःखी जन्तरे
सपनाले डोर् याएर
या सपना देखेर
म
परदेशमा छु ।
सपनाको बुई चढेर
राहदानीको रोहवरमा
आधार ईलाकामा आईपुग्दा
सोचे जस्तो छैन सपनाको रङ्ग
सपना जस्तो छैन परदेश
डलरको सेप परेर
रुखो रुखो
न उब्जाउ हुन्छ सोचे जस्तो
ठ्याक्कै उभिन्डो
आच्छु आच्छु जिजीविषा ।
आबा न चाबा आजतक
आलाप बिलाप यायावर
आल्तु फाल्तु ईतर
फोक्से मायामा आल्झेर
गपचुप आसाखेतीमा
हुन्छ कि ! हुन्छ कि !
आसे आसे बाच्नु छ ।
पल्लवी वसन्त बोकेर
छलेर शिशीर पर…
परिवर्तन याम लिएर
आउदैछ ऊ
आउदैछ त्यो
सोध्ने आसेगासेहरुलाई
के भनुँ
आउदैछु हुरी बनेर
पुरानो पात उडाउदै
पालुवा फेर्नको खातिर
अथवा आउदैछु खाली खाली
विना परिवर्तन
जस्ताको तस्तो
उभौलीमा पनि
उधौलीमा पनि
म के भनुँ
दोधार दोधारमा छु ।
सपना देख्थे र सोच्थे
टालिने छ चुहिएको घरको छानो
पक्कै टाल्नेछु आमाको फाटेको चौबन्दी
यस्तो होस चखेवा जोडीको संसार
अनगिन्ती सपनामा ब्युझेर
विश्वस्त हुन्थे
साकार साकार देखेर ।
यतिबेला
सपना साकार
परदेशमा उभेर
सपना हराएको छु यहीनेर
रुनु न हास्नु बाचेर
परपीडक परदेशको छात्तिमाथी
तल्लिनछु धुईधुईती
सपनाको खोज्न ।
परदेश टेक्दा नटेक्दै
भत्किन सुरु भो परदेश
सपना पुरीन थल्यो बिस्तारै
म पुरीन थाले
सारा योजना पुरीन थाल्यो
सपना देख्न छाडे आजकाल
अर्को सपना नदेख्न
किनकी
परदेशमा सपना छैन रैछ ।
email-dildukhijantare@yahoo.com
Sunday, November 8, 2009
निवन्ध सम्बन्धी सामान्य जानकारी
टङ्क चन्द
तुल्सीपुर न.पा.-९ वेलुवा दाँग
हालः का.वा.सचिव
अ.ने.सा.समाज मलेशिया शाखा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेशिया शाखाले महाकवि लक्ष्मि प्रशाद देवकोटाको शतवार्षिकि जन्म जयन्तिको अवसरमा यो अक्टुवर १८ गते के.एल.मा निवन्ध प्रतियोगिताको आयोजना गर्ने निर्णयका साथ निवन्धहरु आव्हान गरेको थियो तरदुर्भाग्य जम्मा चार वटा निवन्धहरु म्ाात्र प्राप्त भयो । त्यसैले लाग्यो कि यो प्रवासमा निवन्ध सँवन्धि जानकारी भएका सर्जकहरु धेरै रहेनछौँ । यसकारणले नयाँ सिक्ने सिकारु निवन्धकारहरुलाइ केहि सजिलो होस भनेर यो सानो निवन्ध सँवन्धि सामान्य जानकारी प्रस्तुत गर्न गइरहेको छु । तथापी यो आफैमा पुर्ण नहुन पनि सक्छ र केहि महत्वपुर्ण कुराहरु पनि छुट भएको हुन स्ाक्छन् । त्यसैले विज्ञ निवन्धकार वा सर्जकले अन्यथा नठानी सामान्य जानकारी ठानेर ग्रहन गरिदिनु होला । र म यसमा निश्चिन्त छु कि हाम्रो भावी प्रकाशनमा प्रशस्त निवन्धहरु समावेश होउन । हामी देवकोटा स्मारिका प्रकाशन गर्न गैरहेको पनि सर्जकहरुलाइ जानकारी गराउन चाहान्छु ।
परिचयः-निर वन्ध दुई शब्दहरु मिलेर निबन्ध बनेको छ । नि को अर्थ कसिलो डोरीशब्दहरुको डोरी र बन्धकौ अर्थ बाँध्नु । यसको मतलव अक्षरहरुको कसिलो डोरीले राम्ररी बाँधेको वा अक्षरहरुको सँगठन वा सिर्जना भन्ने बुमिुन्छ । यसमा वर्णन,विवेचनाका साथै आत्मपरक भावना व्यक्त गरिने धेरै किसिमका प्रशँगहरु आउछन् । यसैले छोट्करीमा भन्नु पर्दा कुनै एउटा विषयमा रोचकसरलसरश र सिलसिलेवार गद्य शैलीमा तयार पारिएको लेख नै निबन्ध हो । मुख्यतया निवन्धलाइ विषय र रुप गरेर दुइ भागमा बाँड्न सकिन्छ । विषयका आधारमा पनि निवन्धलाइ निम्न चार भागमा बाँड्न सकिन्छःवर्णनात्मक, विवरणात्मक,विचारात्मक र भावात्मक ।
१,वर्णनात्मकः-प्राकृतिक वा कृतिम वस्तुजस्तै नदी नालावन जँगल हिमाल पर्वत हवाइजहाज रेल आदिको बारेमा लेखिएको लेख। २,विवरणात्मकः-समाजमा घटेका विभिन्न घटनाहरु व्ाा यात्रा तथ्यकथा आदिहरुको वर्णन ।
३,विचारात्मकः-श्रद्धा,देशभक्ति,स्वावलम्वन,राष्ट्रियताका सवाल जस्ता अमुर्त विषयहरु जहाँ तर्क वितर्कपुर्ण विवेचना र बुद्धितत्वको प्रमुखता रहेको हुन्छ । गवेषात्मक र विवेचनात्मक निवधहरु पनि यसै फाँटमा पर्छन् ।
४,भावात्मकः-सर्जकको हृदय भित्र केलाइएको चीज अर्थात कल्पना वा रागहरु यसमा प्रमुख हुन्छ र एकाग्रतामा चुर्लँम्म डुवेको हुन्छ लेखक ।
निवन्ध भनकै आफ्नो अभिव्यक्ति कला प्रदर्शण गर्ने फाँट हो त्यसैले यसमा प्रखर र आकर्षक शैलीको आवश्यकता पर्दछ । यदि शैलीगत तारतम्य मिलेन भने अध्ययनको समयमा हाइ आउने हुन्छ । अतयवः रुपका आधारमा पनि निवन्ध तीन किसिमका हुन्छ,न्प्रवन्धनिवन्ध र लेख ।
१,प्रवन्धः-शैद्धान्तिक वा वैचारिक प्रधान रहेका लेखहरु यसभित्र पर्छन् । विशेष शिद्धान्त रहेका र ठोस विचारलाइ अँगिकार गर्ने लेखहरु नै प्रवन्ध हुन् ।
२,निवन्धः-लेखकको आफ्नो अनुभुतीको प्रमुखता रहि उसको व्यक्तित्व स्पष्ट मुल्कने सारगर्भित लेख यसमा पर्छ ।
३,लेखः-कुनै ठोस विषयमा विचारपुर्ण गद्य रचना नै लेख हो ।
उपर्युक्त परिभाषा अनुसार एउटै जातीका भए पनि निवन्ध,प्रवन्ध र लेखमा निकै अन्तर रहेको पाइन्छ । निवन्धको परिभाषा बाट हामीलाइ थाहा भयो कि लेखिन लागेको विषयको विशेष र गहन्तम अध्ययन विना निवन्ध लेख्न त्यति सजिलो छैन । त्यसकारण यसको अमुँ गहनताको लागि यसको विस्तृत जानकारी लिन जरुरी हुन्छ । निवन्धका विशेष गरेर तीन भाग हुन्छन् जसलाइ हामी परिभाषा,व्याख्या वा विश्लेषण र निचोड भन्ने गर्छौ ।
परिभाषाः- कुनै निर्दिष्ट विषय वा स्वेच्छाचारी विषय छ भने त्यसको विभिन्न तौर-तरिकाबाट त्यसलाइ स्पष्ट रुपमा परिभाषित गरिनु पर्छ जसले गर्दा त्यस विषयवस्तुको वारेमा दिन खोजिएको जानकारीको केहि अँश भाव मुल्कियोस । साथै शब्दको अर्थ जस्तै स्व र अवलम्बन मिलेर स्वावलम्वन बन्छ र यी दुइ शब्दको वेग्ला वेग्लै अर्थ र थाहा भए सम्म भाषाको परिवार समेत उल्लेख गरि सकभर कुनै दार्शनिक,विद्धान,लेखक वा कसैले दिएको परिभाषा वा भनाइबाट निवन्धको शुरुवात गर्दा रोचक बन्न जान्छ र पाठकले पनि सजिलै ग्रहन गर्न सक्छन् ।
व्याख्याः- निवन्धको यो भाग नै मुख्य भाग हो अर्थात पेट हो जसरी हाम्रो पेट भित्र हरेक थरिका चीजहरु छन् जस्तो कि आन्द्रा,कलेजो,हृदय,छाती र जति पनि सँवेग निश्कन्छ त्यो सबै त्यहि बाट निश्कने हो त्यसैले यो भागलाइ मुख्य भाग मानिएको हो । लेखकले यस भागमा उक्त निवन्धको बारेमा जाने वुमुेका,देखे सुनेका जति सबै कुराहरु शिलेशिलेवार तरीकाले आकर्षक र ओजपुर्ण तरीकाले प्रस्तुत गर्नु पर्ने हुन्छ । अमु रोचक बनाउन निवन्ध सँग सँवन्धित विभिन्न किसिमका उखान टुक्का,निपात,मुक्तकहरु र कसैको महानवाणी आदि जस्ता खुराकहरु राख्न सकिन्छ तर ती सबै विषय सान्दर्भिक हुनु जरुरी छ । यसको अन्तिम प्याराग्राफमा आफुले उक्त विषयमा देखेका कमि कमजोरी वा आलोचना, समालोचना,खण्डन र कुनै निकायबाट हुनु पर्ने सुधार वा विशेष पहलका साथै के भए राम्रो हुन्थ्यो भनि सल्लाह र सुमुाव दिइनु पर्छ ।
निचोडः- यो भाग नै निवन्धको अन्तिम अँग हो । sुनै कामको उठान कसरी भएको छ वैठान पनि त्यसरी नै भयो भने त्यो काम सफल मानिन्छ । घरको शिलान्याँस जसरी भएको छ त्यसको फिनिसिँग पनि त्यसरी नै भयो भने नै त्यो घर राम्रो देखिने हो । निवन्ध एउटा कलाको घर होभावना वा व्यक्तित्वको पाल हो । त्यसैले यसको उठानी र वैठानीको सम्मिलन हुनु पर्छ । निचोड नै घरको धुरी हो यो त्यसरी समापन होवस जसरी यसको शुरुवात भएको थियो । विशेष गरेर यस भागमा निवन्धको भाव नविग्रने गरि लेखको सम्पुर्ण कुरा साराँशमा अभिव्यक्त हुनु पर्छ र विशेष गरेर मुख्य भागमा राख्न खोजेको कुराको छोटोकरी रुपमा प्रस्तुत गरेर यसको विट मारिनु पर्छ जसले कि पुर्ण अँश अध्ययन गर्दा प्राप्त नभएको कुरा त्यहाँ प्राप्त होवस्।
यस्ता थिए उत्कृष्ट चार गजलहरु
-जीवन देवान गाउँले
अस्ती सेप्टेम्वर १३ तारिख अनेसास मलेसियाले मोती जयन्तीको शुभ अवसर पारेर मलेसिया ब्यापी गजल प्रतियोगिता सम्पन्न गर् यो । प्रतियोगिताको लागि धेरै सर्जकहरुका गजल प्राप्त भएपनि उक्त दिन २५ वटा गजललाई समावेश गरिएका थिए । त्यसमध्ये पनि कति सर्जक स्वयं उपस्थित ह’न नसक्कुको कारण श्रवण गर्न पाईएन । तर जे जति वाचन गरिए ति सबै एक से एक थिए । तिनै एक से एक मध्ये उत्कृष्ट चार गजल भित्र यस लेख मार्फत मलाई डुल्न मन लागेको छ र पाठकवृद्धहरुमा प्रवेश पाउने अनुमति चाहन्छु ।
आफू भन्दा यो मोतीलाई नेपाल प्यारो लाग्छ हजुर
मर्नु अघि त्यही भूमिको माटो सिरानी माग्छ हजुर
यो ज्यान कहिले कतार कहिले मलेसिया
उठ्ने बेला नेपाल जप्दै हरेक विहान जाग्छ हजुर
उत्कृष्ट चौथो तथा सान्त्वना स्थान ओगट्न सफल यस गजलका सर्जक हुन- मोतीलाल भावुक । उद्धधित सेर बाट नै थाहा हुन्छ कि भावुकले माटो र मातृभूमि प्रतिको मायामा आफूलाई कस्तरी होमेका छन । देशभक्ति झल्किने यस्ता गजल विदेशीनु पर्दाको पीडाका चोईटाहरु हुन । तर भावुकले आफ्नो चार सेरको गजलमा पहिलो दुई सेरमाझै बाँकी दुई सेरमा शशक्त सँग प्रस्तुत हुन सकेनन् । उनको यस कमजोरीलाई उतिवेलै निर्णयक मण्डलले पनि सुझाव दिएका थिए । उहाहरुको सुझाउ थियो 'सपुत सँगै भगवान वुद्ध जन्माउने मेरो देश' मा सपुत शब्दलाई पुर्नविचार गरियोस ।
के लेखौ माटो हराएको कथा
पढ्नेबेला बाख्रा चराएको कथा
यो गजलको पहिलो सेरमा नै अलिकती तालमेल मिलेन कि ! भन्छु । 'के लेखौ माटो हराएकेा कथा' मा सर्जक यस्तरी प्रस्तुत भएका छन कि लाग्छ उनी राष्ट्रनायकहरुलाई खवरदारी गर्दैछन । दक्षिणका छिमेकीले टनकपुर निलेर सुस्ता चपाउदा पशुपतीनगर मिचेर जंगेपिलर उखेल्दा हाम्रा राजनेताहरु मुखमा सुपारी चपाउनु वहायक चु सम्म बेलेनन । त्यस्तो अवश्थामा कलमका सिपाहीहरुले शब्दका क्षेप्यास्त्रहरु यसरी नै छाडेका थिए । यस गजलको उठानलाई पनि यसरी नै बुझे र यही कसीमा घोट्न खोजे तर दोश्रो हरवले पहिलो हरवको वजन बोक्न सकेन जस्तो लागेको छ । यद्धपी यस गजलको मर्म मैले नबुझेको हुला । जे होस तेश्रो स्थानमा परेको यस गजलका सर्जक मनोज विराली खवरदारीकै शैलीमै उत्रिएको भए शक्तिशाली हन्थे भन्ने मेरो ठम्याई हो । किनभने उनले गजलको वैठान पनि खवरदारी कै शैलीमा गरेका छन यसरी-
लेख्न नपाए हुन्थ्यो भन्छु लेख्नै पर्छ
आमा आमा भन्दै कराएको कथा
राधीका आले प्रतियोगितामा िसंगो महिला प्रतियोगि अनि दोश्रो स्थान हात पार्न सफल पनि । श्रृगारिक बान्कीमा परेको उनको गजलमा एउटा यर्थाथ विम्वीत भएको देखिन्छ । उनले स्वयं आफू महिला भएर पनि विदेशीएका महिलाहरुको चरित्र चित्रण गर्दै लेखेकी छिन-
ऋण ल्याएको रकम पर्दैछौ रे मिनाहा
ए दिदी ! परदेशमा खोज्यौ अरे अर्को भीना ।
देउता सरह घरको भेना छाडी आयौ परदेशमा
पार्न सम्म पार् यौ दिदी घरभीनालाई हिनामिना
विदेशको मोजमस्तीमा चुर्लुम्म डुबेर एउटी विवाहीत महिला यर्थाथबाट कसरी चुकेकी छिन भन्ने कुरा आफ्नो ६ सेरको गजलमा राधीका आलेले उदाङ्गो पार्ने काम गरेकी छिन । देश हेर्नु पर्छ र मुख पनि फेर्नु पर्छ भन्ने प्रभावमा परेर विदेशीएका महिलाहरुलाई उनले तिखो प्राहर गरेकी छिन यसो भनेर
कति धेरै भाग्यमानी पैसा पनि लोग्ने पनि
यस्तो लाग्न थाल्यो मलाई हेर्दा तिम्रो चीना
त्यस्तै विदेशको मोजमस्ती त क्षणीक हो तथ्य त त्यही हो कि एक दिन आफ्नो देश र आफ्नो परिवारलाई सम्झेर फर्किनु पर्छ । यो वास्तविकतालाई भुलेर वहकिनु गलत हो । तर कतिले यस वास्तविकतालाई भुलेर बाटो विराउनाले पर्न गएको असर उल्लेख गर्दै गजलको विट मार्छिन यसरी-
घर फर्किनु पर्छ पक्कै उही भेनालाई सम्झी
तेल जति यतै दल्यौ घरभीनालाई पीना ।
सामान्यतय गजल ४ या ५ सेरको चल्तीमा छन । यस हिसावले अलि लामै पो हो कि भन्ने अनुभुति दिलाउछ । उसो त यस गजलका सर्जकलाई निर्णयक मण्डलबाट 'ब्याईप्रुेण्ड' शब्दमा सोच्न भनिएको थिायो तर म अरु पनि थप्न चाहन्छु । त्यो के भने गजल गायकी भएको हुनाले सकभर शब्दहरु नदोहोरिएको नै वेश हुन्छ किनभने शब्द दोहोरीयो भने अलि भद्दा जस्तो हुन जान्छ ।
विदाईको टीकोटालो गर्दै कता हर्क दाई
तिमी सँग दुईचार कुरा गर्नु मन छ पर्ख दाई
यो प्रतियोगि गजल मध्ये उत्कृष्ट नम्वर एकको गजलको पहिलो सेर हो । गजलको पहिलो सेर भन्नु गजलको जग नै हो । यो जगको चारसुर यस्तो बान्की परेको छ कि जहाबाट यस्तो दिवाल उठाईएको छ-
मिहेनत गरे पछि यही धर्तीमा सुन फल्छ
आफ्नो पौरख पसिनालाई स्वदेशमै छर्क दाई
गजलमा केवल अनुरोध र आह्वान मात्र पनि छैन वल्की आफ्नो माटोको महत्व पनि दर्शाईएको छ । सर्जकले हर्कदाइृ भनेर हामी विदेशीन तम्तयार भएर बसेकाहरुलाई विम्वीत गरेका छन भने हाम्रो अनुपस्तिथिमा हुने अभावलाई पनि उजागर गरेका छन र भन्छन-
यतै पालौ चौरीहरु यतै चराउ भेडीगोठ
तिमी विना सून्य हुन्छ लेक खर्क दाई
निर्णायक मण्डलबाट समेत कही कतै पनि खोटो नदेखिएको यस गजललाई सर्जक पथीक समिर खत्रीले यसरी छानो लगाएका छन-
यतै नाचौ सोरठीमा यतै गाऊ झ्याउरे पनि
विन्ती दश औला जोडी तिमी घर फर्क दाई ।
अन्त्यमा
यो लेख गजलहरुको चर्चा हुन सक्ला तर गजल माथिको विमर्श भने पक्कै हैन । एउटा अदक्ष दिमागबाट विमर्श पनि हुन सक्दैन । तर अव यस्ता विषय माथि विमर्श वा अन्तरकि्रया हुनु पर्छ र यसको शुरुवात पनि हामी बाटै हुनु पर्छ भन्ने आसयको अभिब्यक्ति चाही हो है ।
धन्यवाद
अस्ती सेप्टेम्वर १३ तारिख अनेसास मलेसियाले मोती जयन्तीको शुभ अवसर पारेर मलेसिया ब्यापी गजल प्रतियोगिता सम्पन्न गर् यो । प्रतियोगिताको लागि धेरै सर्जकहरुका गजल प्राप्त भएपनि उक्त दिन २५ वटा गजललाई समावेश गरिएका थिए । त्यसमध्ये पनि कति सर्जक स्वयं उपस्थित ह’न नसक्कुको कारण श्रवण गर्न पाईएन । तर जे जति वाचन गरिए ति सबै एक से एक थिए । तिनै एक से एक मध्ये उत्कृष्ट चार गजल भित्र यस लेख मार्फत मलाई डुल्न मन लागेको छ र पाठकवृद्धहरुमा प्रवेश पाउने अनुमति चाहन्छु ।
आफू भन्दा यो मोतीलाई नेपाल प्यारो लाग्छ हजुर
मर्नु अघि त्यही भूमिको माटो सिरानी माग्छ हजुर
यो ज्यान कहिले कतार कहिले मलेसिया
उठ्ने बेला नेपाल जप्दै हरेक विहान जाग्छ हजुर
उत्कृष्ट चौथो तथा सान्त्वना स्थान ओगट्न सफल यस गजलका सर्जक हुन- मोतीलाल भावुक । उद्धधित सेर बाट नै थाहा हुन्छ कि भावुकले माटो र मातृभूमि प्रतिको मायामा आफूलाई कस्तरी होमेका छन । देशभक्ति झल्किने यस्ता गजल विदेशीनु पर्दाको पीडाका चोईटाहरु हुन । तर भावुकले आफ्नो चार सेरको गजलमा पहिलो दुई सेरमाझै बाँकी दुई सेरमा शशक्त सँग प्रस्तुत हुन सकेनन् । उनको यस कमजोरीलाई उतिवेलै निर्णयक मण्डलले पनि सुझाव दिएका थिए । उहाहरुको सुझाउ थियो 'सपुत सँगै भगवान वुद्ध जन्माउने मेरो देश' मा सपुत शब्दलाई पुर्नविचार गरियोस ।
के लेखौ माटो हराएको कथा
पढ्नेबेला बाख्रा चराएको कथा
यो गजलको पहिलो सेरमा नै अलिकती तालमेल मिलेन कि ! भन्छु । 'के लेखौ माटो हराएकेा कथा' मा सर्जक यस्तरी प्रस्तुत भएका छन कि लाग्छ उनी राष्ट्रनायकहरुलाई खवरदारी गर्दैछन । दक्षिणका छिमेकीले टनकपुर निलेर सुस्ता चपाउदा पशुपतीनगर मिचेर जंगेपिलर उखेल्दा हाम्रा राजनेताहरु मुखमा सुपारी चपाउनु वहायक चु सम्म बेलेनन । त्यस्तो अवश्थामा कलमका सिपाहीहरुले शब्दका क्षेप्यास्त्रहरु यसरी नै छाडेका थिए । यस गजलको उठानलाई पनि यसरी नै बुझे र यही कसीमा घोट्न खोजे तर दोश्रो हरवले पहिलो हरवको वजन बोक्न सकेन जस्तो लागेको छ । यद्धपी यस गजलको मर्म मैले नबुझेको हुला । जे होस तेश्रो स्थानमा परेको यस गजलका सर्जक मनोज विराली खवरदारीकै शैलीमै उत्रिएको भए शक्तिशाली हन्थे भन्ने मेरो ठम्याई हो । किनभने उनले गजलको वैठान पनि खवरदारी कै शैलीमा गरेका छन यसरी-
लेख्न नपाए हुन्थ्यो भन्छु लेख्नै पर्छ
आमा आमा भन्दै कराएको कथा
राधीका आले प्रतियोगितामा िसंगो महिला प्रतियोगि अनि दोश्रो स्थान हात पार्न सफल पनि । श्रृगारिक बान्कीमा परेको उनको गजलमा एउटा यर्थाथ विम्वीत भएको देखिन्छ । उनले स्वयं आफू महिला भएर पनि विदेशीएका महिलाहरुको चरित्र चित्रण गर्दै लेखेकी छिन-
ऋण ल्याएको रकम पर्दैछौ रे मिनाहा
ए दिदी ! परदेशमा खोज्यौ अरे अर्को भीना ।
देउता सरह घरको भेना छाडी आयौ परदेशमा
पार्न सम्म पार् यौ दिदी घरभीनालाई हिनामिना
विदेशको मोजमस्तीमा चुर्लुम्म डुबेर एउटी विवाहीत महिला यर्थाथबाट कसरी चुकेकी छिन भन्ने कुरा आफ्नो ६ सेरको गजलमा राधीका आलेले उदाङ्गो पार्ने काम गरेकी छिन । देश हेर्नु पर्छ र मुख पनि फेर्नु पर्छ भन्ने प्रभावमा परेर विदेशीएका महिलाहरुलाई उनले तिखो प्राहर गरेकी छिन यसो भनेर
कति धेरै भाग्यमानी पैसा पनि लोग्ने पनि
यस्तो लाग्न थाल्यो मलाई हेर्दा तिम्रो चीना
त्यस्तै विदेशको मोजमस्ती त क्षणीक हो तथ्य त त्यही हो कि एक दिन आफ्नो देश र आफ्नो परिवारलाई सम्झेर फर्किनु पर्छ । यो वास्तविकतालाई भुलेर वहकिनु गलत हो । तर कतिले यस वास्तविकतालाई भुलेर बाटो विराउनाले पर्न गएको असर उल्लेख गर्दै गजलको विट मार्छिन यसरी-
घर फर्किनु पर्छ पक्कै उही भेनालाई सम्झी
तेल जति यतै दल्यौ घरभीनालाई पीना ।
सामान्यतय गजल ४ या ५ सेरको चल्तीमा छन । यस हिसावले अलि लामै पो हो कि भन्ने अनुभुति दिलाउछ । उसो त यस गजलका सर्जकलाई निर्णयक मण्डलबाट 'ब्याईप्रुेण्ड' शब्दमा सोच्न भनिएको थिायो तर म अरु पनि थप्न चाहन्छु । त्यो के भने गजल गायकी भएको हुनाले सकभर शब्दहरु नदोहोरिएको नै वेश हुन्छ किनभने शब्द दोहोरीयो भने अलि भद्दा जस्तो हुन जान्छ ।
विदाईको टीकोटालो गर्दै कता हर्क दाई
तिमी सँग दुईचार कुरा गर्नु मन छ पर्ख दाई
यो प्रतियोगि गजल मध्ये उत्कृष्ट नम्वर एकको गजलको पहिलो सेर हो । गजलको पहिलो सेर भन्नु गजलको जग नै हो । यो जगको चारसुर यस्तो बान्की परेको छ कि जहाबाट यस्तो दिवाल उठाईएको छ-
मिहेनत गरे पछि यही धर्तीमा सुन फल्छ
आफ्नो पौरख पसिनालाई स्वदेशमै छर्क दाई
गजलमा केवल अनुरोध र आह्वान मात्र पनि छैन वल्की आफ्नो माटोको महत्व पनि दर्शाईएको छ । सर्जकले हर्कदाइृ भनेर हामी विदेशीन तम्तयार भएर बसेकाहरुलाई विम्वीत गरेका छन भने हाम्रो अनुपस्तिथिमा हुने अभावलाई पनि उजागर गरेका छन र भन्छन-
यतै पालौ चौरीहरु यतै चराउ भेडीगोठ
तिमी विना सून्य हुन्छ लेक खर्क दाई
निर्णायक मण्डलबाट समेत कही कतै पनि खोटो नदेखिएको यस गजललाई सर्जक पथीक समिर खत्रीले यसरी छानो लगाएका छन-
यतै नाचौ सोरठीमा यतै गाऊ झ्याउरे पनि
विन्ती दश औला जोडी तिमी घर फर्क दाई ।
अन्त्यमा
यो लेख गजलहरुको चर्चा हुन सक्ला तर गजल माथिको विमर्श भने पक्कै हैन । एउटा अदक्ष दिमागबाट विमर्श पनि हुन सक्दैन । तर अव यस्ता विषय माथि विमर्श वा अन्तरकि्रया हुनु पर्छ र यसको शुरुवात पनि हामी बाटै हुनु पर्छ भन्ने आसयको अभिब्यक्ति चाही हो है ।
धन्यवाद
Subscribe to:
Posts (Atom)