Saturday, March 29, 2008

रिपोर्टरको डायरी

-जीवन देवान गाउँले

१० मार्च २००८, सनिवार
कहिलेकाँही निरुउदेश्य यात्रा गर्दा पनि उदेश्यको निर-निर पुगिदो रहेछ लक्ष्यको प्रत्याभुति हुदोरहेछ र थोरै सफलतामा पनि आनन्दको अनुभुति मिल्दो रहेछ ।
आज मलेसिया भरि मतदान हुदैछ । यसपल्टको चुनावमा प्रतिपक्ष दलले विगतका तुलनामा भन्दा बढि सिट ल्याउने चर्चा छ । तर सरकार चाही पुरानै दल अर्थात उम्नो गःल्इ पार्टीको हुन्छ भन्छन । राजनीति मेरो लागि उति चासोको विषय हैन त्यही भएर पनि मैले मलेसियामा राजनीतिक गतिविधि कुन प्रकृयामा हुन्छ सरकार र प्रतिपक्षमा रहेका पार्टीहरुको अवस्था के-कस्तो छ भन्ने मेलोमेसो पाउन सकिरहेको छैन । वस् देखिरहेछु - चुनावी रौनक नेपालमा जस्तो भने छैन ।
आजकाल सनिवार प्राय फुस्रदमा नै बिताउने गरेको छु । कोठामा बसीरहँु -अल्छी लाग्छ बाहिर कत्तै जाउँ-खास काम हुन्न । तर शनिवार आईतवार कोताराया जानु मेरो लागि तारिख धाएजस्तो हुन थलेको छ । काम होस या नहोस म कोतारायापट्टि नै खिचिन्छु । यही प्रकृयामा आज पनि बिनाकाम कोताराया आईपुगेको छु ।
कपालको जंगलमा मुल फुटेर निधारको पखेराबाट हाम्फाल्दै गाला र गर्धनको कुलेसो भई बगेको पसिनाले छपक्क भिजेको टिसर्टमा सुन्दर आले भेटिए । पत्रिका भागबण्डा लगाउदा लगाउदा लखतरन भएका रहेछन । पत्रिकाको भागी पुर् याउन नसकेकोमा हैरान थिए । मलाई भेट्ने बित्तिकै आफ्नो हैरानी एकातिर थाती राखेर सोधे ः- सर ! तपाई आज कहाँ जाने हो
आले जी लाई राम्ररी थाहा छ कि म फुस्रद मै छु तैपनि सोधी टोपल्छन । मेरो बेफुस्रदीलाई देखेर उनले केलाङ्ग जाने प्रस्ताव राखे । किन के को लागि जस्ता सवालहरुसँगै ६ वजे कोताराया आईपुग्ने सर्तमा जान माजुर भए । त्यतिन्जेल सुर्केली बेखवरजस्तै थिए । सुन्दरको केलाङ्ग जाने उदेश्यको लागि सुर्केली मात्र एक सुरो व्याक्ति हुन अनुभवका पोख्त । मैले सोधे ः- सुन्दर जी ! देवेन जी खै
सुन्दरको कल सुर्केलीलाई प्रतिकि्रया सुन्य मोवाईलको घण्टी बजीरहयो । फोन उठेन फिस्स हाँस्छन र भन्छन - देवेन जी म सँग रिसाउनु भो क्यारे ! फोन नउठ्नुको जड कारण थाहा छैन तर पनि रिसाएका लख काट्छन सुन्दर । म के जान्नु उनीहरु बिचको खटपटी ! आफ्नो मोवाईलमा कल गर्न पुग्दो पैसा छैन । सुन्दर जी लाई अनुरोध गर्छु फेरि कल गर्न । पुन प्रयासमा पछि फोन उठ्यो र सम्पर्क भयो । मैले भने ः- तपाई पनि केलाङ्ग जाने हो
हतारको सोधाईमा मैले शब्द संयोजन गर्न ढंग पुर् याईनछु । जव मेरो प्रश्नमा ूपनिू थपियो तव सुर्केली जीलाई लाग्यो - हामी औपचारिकता दर्शाउदै छौ । म उनको मनको कुरो यस्तै अन्दाजा गर्छु । खोँचे थाप्नमा उनी पनि कमका छैनन ओठे जवाफ फर्काए - लाने भए जाने । मैले ूपनिू नथप्नु पथ्र्याे । पनिको आडमा कतिविधी आशंकाहरु लुकेका हुदोरहेछन भन्ने म महसुस गर्छु । तर गर्ने के हतारमा बोली खुस्की गयो । मैले आफ्नो आसय त्यस्तो नभएको अर्थ लाग्ने भाषामा भने ः- हैन जाने हो भने पखिन्छौ बरु अलि चाँडो गर्नु होला ।
सुर्केली केलाङ्ग जान तयार देखिए तर हामीले नआईपुगुन्जेल कुर्न पर्ने भयो । कुराई लामै भयो । पट्यार लाग्दो कुराईको ब्यथा कुर्नेलाई मात्र हुन्छ । विचरा सुर्केली पनि के गरुन ! चुनावको दिन त्यसमा पनि जलान आम्पाङ्गको सडक । चढेको बस जाममा फस्यो । ढिलै गरेर भए पनि आई पुगे । धपेडीले उनको सास तलमाथि गर्ने क्रम रोकिन नपाउदै हानियौ केलाङ्ग बसपार्क ।
प्रतिजन आरएम २ः५० सेनको दरले बसमा उक्लिन नपाउदै सुन्दर जी ले भाडा चुक्ता गरे । त्यसपछि हामी बसको पिछाडिको बाल्कोनी सिटमा बस्यौ जहा तीन जना एकलहरमा बस्न सकिन्थ्यो । चढेको केही छिनपछि बस गुड्न थाल्यो र क्षणभरमै हाईवेको गतिमा हुईकियो । हामी चुपचाप पनि छैनौ नयाँ बातचित पनि भएको छैन उही समय कटाउने गफ । मलेसियाको मतदानलाई आँखै अगाडि देख्न पाउदा सुर्केली निकै मख्ख रहेछन । नहुन पनि किन !! राजनीति पृष्ठभुमि भएका न परे । उनले भने ः- ूअन्तराष्ट्रिय जगतको मतदान प्रकृयालाई पनि देखियो जीवनमा अनुभवको महत्पुर्ण उपलब्धी हो ।ू
ूखै सुन्दर जी ! चुनाव सम्बन्धि एकदुईवटा फोटो खिच्नुहोस न यार ।ू- बस चढ्नु पुर्व नै उनले कर गरेका थिए तर दवाव दिन नसकेको कारण आले जी ले टेरपुच्छर लागाउनु भएन । आफ्नो पासमा क्यामेरा नहुनको तिक्तता मलाई पोखे - भोट हाल्दै गरेको फोटो खिच्नैपर्ने थियो ।
ू ऊ ! त्यही त हो नि आईएमई ू- चोर औला सोझ्याएर सुन्दरले भने । बस भित्रैबाट आईएमई केलाङ्ग शाखाको मोहोडा देखिदो रहेछ । तीन टाउकै उत्तैतिर फर्केर हेर्दैथ्यौ चढेको बस कोल्टे मोडियो र हेर्दा हेर्दै आईएमई ओझेल भयो । ड्रईभरले घच्याक्क ब्रेक मार् यो गति कम गर्दै गुडिरहेको बस रोकियो । अन्य यात्रुहरु सँगै बसबाट फटाफट उत्रिएर हामी सिधै पर्वत रेष्टुरेन्टतिर मोडियौ ।
प्रभु रेमिट केलाङ्ग शाखाको तलामाथी अवस्थीत पर्वत रेष्टुरेन्टमा पस्दा खासै चहल पहल थिएन । हामी एउटा टेवुल रोजेर चिसो तान्न बस्यौ । यस रेष्टुरेन्टमा मेरो प्रवेश दोस्रो पटक हो । पहिला उद्घाटनको दिन पसेको थिए । पहिला र अहिलेमा केही परिवर्तन भएको रहेछ । जस्तै ः- उद्घाटनको लागि बनाएको माचमा मध्यभागमा भएको क्यासियर सारिएछ । पहिला पुरै हल रेष्टुरेन्ट प्रायोजनको लागि थियो अहिले हलको आधा भागमा कपडा पसल थपिएछ ।
पत्रिकामा फिचर लेखनको सोच सुर्केलीको हो भने केलाङ्ग आलेको राजाई अनि हामी केलाङ्ग बजार पुगेको खास त्यही उद्देश्यले । हामीलाई केलाङ्गमा नेपाली बजारबारे केही टिपोट गर्नु थियो । अर्को टेवलमा लंघाली आवाज पढ्दै गरेका दुर्गाबहादुर शाही देखिए उनी नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सपोर्ट ग्रुप मलेसियाका केन्द्रिय सदस्य पनि हुन । उनीसँग हाम्रो पहिलादेखि कै चिनजान हो । सुर्केलीले हाल उठाएर बोलाएपछि उनी हामी बसेको टेवुलमा जोईण्ट हुन आए । हालखवरको आदन प्रदानपछि केलाङ्ग बजारबारे चासो रख्यौ ।
ूबजारमा नेपालीहरुको चहल पहल बढ्दो छ पहिला जस्तो लुटपाट हुन छाडेको छ ब्यावसायीहरु थपिदै छन ।ू - दुर्गा जी ले बताए । तर रेष्टुरेन्ट ब्यावसायीहरुले पेय पदार्थ कम गुणस्तरको बेच्छन् की भन्ने शंका गदै हामीलाई भने - ूठभ्ीभ्ख्भ्ल् मा पाईने चिसो र नेपाली रेष्टुरेन्टहरुले बेच्ने गरेको चिसोको स्वादमा फरक पाईन्छ ।ू
रेष्टुरेन्ट पसेदेखि नै सुन्दर अलि ब्यास्त हुदै थिए । दुर्गा जीसँगको हाम्रो गफमा कहिले मिसिने त कहिले निस्कने गर्दैथिए सुन्दर । यहि क्रममा रहेका सुन्दरले हामीलाई खुसुक्क सोधे ः- सर ! रेष्टुरेन्ट संाचालकसँग पनि सोध्नु पर्छ की बोलाऔ म सुर्केलीको मुख ताक्छु उनी भन्छन -अँह पदैैन ।
ूहाम्रो उद्देश्य कोही कसैले भेउ नपाओस ।ू- यो सुर्केलीको मनसाय हो । दुर्गा शाहीलगायत त्यहा भेटिएका साथीहरु सँग विदा मागेर हामी पर्वत रेष्टुरेन्टबाट बहिरियौ ।
सुन्दर अगि लागे हामी पच्छाउछौ । उनी स्वात्त पसे मैले सोधे - यो कुन रेष्टुरेन्ट हो ।
ूसम्झना ।ू भन्दै कुसर्ी तानेर सुन्दर बसीहाले । म पनि रेष्टुरेन्टको वातवरण नियाल्दै बस्छु । िसंगारपटार लोभ लाग्दैछ सफा सुघर पनि बसुबसु लाग्दो ।
ूओ सुन्दर ! यहाँ हल बनाउ भनेको कसो होला ू सोध्ने रेष्टुरेन्ट मालिक डेभिड श्रेष्ठ रहेछन् । रेष्टुरेन्टसँगै जोडिएको हल हेर्न हामी पनि डेभिड जी सँगै जवरजस्ती पर्खाल फोडेर पस्न मिल्नेगरिको भ्वाङ्गबाट पस्यौ । मर्मतमा रहेछ करिव १०० जनाजति अट्ला हामी अनुमान लागाउछौ । डेविड जी को सोच रहेछ - हल स्थापना गर् र्ने र नेपालीहरुलाई कार्यक्रम गर्न दिने । हामीले उहाँको सोचाईको सरह्रना गर् यौ ।
हामी पुन सोही टेवुलमा आएर बस्यौ । रेष्टुरेन्ट मालिक आफैले चिसो मगाउनु भयो । चिसो पिउने क्रमसँगै हामीविच धेरै कुराहरु भए । जस्तो ः- पहिला केलाङ्ग बजार लुटपाट र गुण्डागर्दीको अखडा नै थियो । दिन दहाडै नेपालीहरु लुटिन्थे - कुटिन्थे । व्यावसायीहरु कोहीपनि व्यावसाय खोल्न आँट गर्दैन थे । यही विषयमा अडिएर डेविड श्रेष्टले भने - ूहामीले रेष्टुरेन्ट खोलिन्जेलसम्म लुटपाट हुन्थ्यो त्यस्ता लुटेराहरु कपाल लामा लामा पाल्ने ईण्डोनेसियाहरु हुन । त्यसपछि साथीहरु बटुलेर ती झ्याप्ले लेटेराहरुलाई खेदी खेदी पक्डियौ कोठामा थुनेर मर्मत गर् यौ र कपाल काटिदियौ । हिजोआज त्यस्ता लुटेराहरु छैनन गुण्डागर्दि पहिलाजस्तो हुदैन त्यही भएर यतिबेला व्यावसायीहरु केलाङ्ग बजारमा लगानी गर्न उत्साहित छन ।ू
केलाङ्गमा भएको सातवटा रेष्टुरेन्टमध्ये चारवटा रेष्टुरेन्टका मालिक हुन माया राई - यो कुरा सुन्दरले हामीलाई बाराम्वार भनिरहेका थिए । अहिले हामीसँग बसेर डेविड श्रेष्ठ र माया राई श्रीमान श्रीमती रहेछन । तर माया राई भेटिईनन । हामी रेष्टुरेन्टबाट बाहिरिने बेला डेविड भन्दै थिए - ूअर्को ठाउँमा पनि फ्लाट हेरेको छु स्नुकर हाउस खोल्ने सोच छ ।ू
निस्कदा निस्कदै हामीले भन्यौ - त्यसो भए अर्को पटक स्नुकर खेल्न आउनु पर्ला ।
त्यसपछि पस्यौ - नेपाल भिलेज रेष्टुरेन्ट । ग्राहकको उपस्थिती राम्रै देखिन्थ्यो । म धेरै अल्मलिने सोचमा थिईन तर देवेन जी ले केही पिउने अड्डी कसेर बसे । बस्ने नै भएपछि म केही ठोस चिज खान्छु भनेः- चाउमिन मगाउनुहोस मेरो लागि । बिहान देखिको चिसो पिउदा पिउदा पेट फुलिएर आकासिएको भए पनि ठोसको नाममा एकगेडो अन्न परेको थिएन । ठोस खाएर नै ढाडिने विचार थियो मेरो तर चाउमिन नबन्ने भयो वाईवाईमा मलाई अलिकति पनि रुचि छैन त्यसैले भने - चाउमिन बन्दैन भने वाईवाई पनि बनाउनु पर्दैन ।
ूअव छतमा गएर फोटो खिचौ है !ू - बल्ल सुन्दरले फोटो खिच्ने कुरो निकाले । न्यु स्टार रेष्टुरेन्टको तलामाथी छत रहेछ । त्यही छतबाट केलाङ्ग बजार घुमिघुमि हेर् यौ । केलाङ्ग बजारको दृश्य आफ्नो क्यामरामा कैद गर्न ब्यस्त थिए सुन्दर । उनको ब्यस्ततालाई खलल पुर् याउदै देवेन जी बोले - ल सुन्दर जी जीवन जी र मेरो एक पोज फोटो लिनोस त ! केलाङ्ग वजारको पृष्ठभुमीमा हामीलाई कैद गर्दै सुन्दर जी ले क्यामरा क्लीक गरे । एल।सि।डी। स्क्रीनमा कैद आफैलाई हेर् यौ र एकसाथ बोल्यौ - आहा ! राम्रो आएछ ।
जानेबेलाको सर्त हो ६ वजे केएल पुग्ने । घडीमा ५ः३० भै सकेको थियो त्यही भएर हुनुपर्छ सुन्दर जी लाई केही भन्नु परेन । हतार हतार लागे बस स्ट्याण्डतिर । केएल॥केएल…कराएको सुनिदै थियो । हामी बसमा उक्लियौ र पछिल्तिराको सिटमा बस्यौ तर यसपटक पहिलेजस्तो एक लहरमा बसेनौ । एकापट्टीको डबल सिटमा देवेन जी र म बस्यौ । सुन्दर जी च्याखे थाप्न अर्कापट्टिको सिटमा एक्लै बसे । एकैछिन पछि एउटी बुढीमाउ आएर त्यो खाली ठाउँ भरे । देवेन जी र म खित्ता छाडेरै हाँस्यौ आँखा चिम्सो पार्दै सुन्दर जी मुसुमुसु गरे र खिसि्रक्क परे ।
चढेको करिव ४५ मिनेट पछि बसले केएल ल्याईपुर् यायो । मलाई जति हतारो देवेन र सुन्दरलाई थिएन । द खुकुरी जै भने दुवैजनाले । हामी द खुकुरी पस्यौ र एउटा टेवलमा बस्यौ । के अर्डर गर्ने भन्ने कुरो चल्दै थियो । रेष्टुरेन्ट मालिक विश्व जी पनि हामीसँग जोईन्ड हुन आउनु भयो र उहा आफैले कफि अर्डर गर्नु भयो । सुन्दर जी ले बङगुरको कान फर्माईस गरे । हाम्रो अर्डर केही वेरमा नै टेवलमा आयो । सुन्दर जी भन्दै थिए - सर ! मेरु केलाङ्ग हुदै केएल आईपुग्ने ननस्टप सेवा छ नी थाहा छ
मैले आफ्नै थेगो बोले - हो र !
म के त थाहा छैन - सुन्दरले दोहोर् याए ।
त्यतिबेला मलाई कफीसँग बंगुरको भुटेको कान खानुको बेस्वाद भएजस्तै सुन्दरको ननस्टप सेवाको कुरा पनि बेतालको लागि रहेको थियो । घडी हेरे ७ वजी सकेको रहेछ । मलाई ढिलो भै सकेको थियो । साथीलाई एसएमएस गरे लेखे - क्ष् बः इल् त्ज्भ् ध्ब्थ् द्यग्त् क्ष्त्क् च्भ्ब्ीीथ् ज्ब्ख्थ् व्बः। क्इ एीक् ध्ब्क्ष्त् क्ष् बः ख्भ्च्थ् क्इच्च्थ् ँइच् ीभ्त्।त्त्त। त्यसपछि कान खाई सकेर मात्रै जाने विचारमा ढुक्कले बसे ।


for comment,- g1gaunle@yahoo.com

No comments: