Saturday, August 3, 2013

गफगाफ


 सा.सा.स.मा वि.वि.
–जीवन देवान गाउँले 
बस्नेमा(वायाँबाट) गनिन्द्र विवश, श्रीजन श्री, जीवन देवान गाउँले, मनि रार्इ गेाठाले, विश्वासदीप तिगेला र दीप दर्शन । उभिनेमा(बायाँबाट) दीलदुःखी जन्तरे, राजकुमार तेयुङ, मृदुल, दान रार्इ झरी, सेाम सुवेदी, मैालाश्री लिम्बू । 
१४जुलाई, आईतवार ! सा.सा.स.अन्तर्गत विशेष कार्यक्रमको दिन । हामी आयोजक अर्थात विश्व नेपाली साहित्य महासंघ मलेसिया अन्तर्गतका साथीहरु विहानबाटै ब्यस्त भयौ । कामहरु धेरै थिए । जस्तो : कार्यक्रम स्थलको ब्यवस्थापन गर्नु, सम्मान पत्र प्रिन्ट गर्नु, फ्रेम किन्नु, भानुको फोटो जोहो गर्नु, कार्यक्रमको ब्यानर कलेक्सन गर्नु आदी ।
१२बजे कार्यक्रम सुरु हुने समय तोकेका थियौ, सुचनामा । कार्यक्रममा सहभागीता जनाउन एस एण्ड बि कार्यलयको सभाहलमा साहित्य पे्रमी साथीहरुको भेला भटाभट हुदै थियो । तसर्थ घडीको काँटामा बाँधिएर चल्नु बाध्य थियौ । यताउता गर्दा गर्दै १२:३० भै सकेको थियो । १बजेबाट कार्यक्रम शुरु गर्ने अठोट लियौ र ब्यानर हलको भित्तोमा टाँग्यौ । जहा ठुला अक्षरमा लेखिएको थियो,– साहित्यिक सम्मान तथा अन्तरक्रिया(विधा ः केस्रा) कार्यक्रम २०७०, क्वालालम्पूर मलेसिया ।
२००औ भानु जयन्तीको साईत थियो । विश्व नेपाली साहित्य महासंघ चौथो स्थापना दिवसको अवसर थियो । र, हाम्रो निम्तोलाई स्विकार्दै उपस्थित हुनु भएको थियो, पर...पल्लोदेश बु्रनाईबाट विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिका नव निर्वाचित अध्यक्ष श्री विश्वासदीप तिगेला । त्यसैगरी मलेसियाली भुगोलको धेरैपर जोहोरबाट राज आङ्देम्बे सहयात्री, धेरैपरकै अर्को पाटो पेनाङबाट दीप दर्शन र अलिवर ईपोबाट मौलाश्री लिम्बू । 
१बज्यो, कार्यक्रम शुरुवात भएको घोषणा गर्नु भयो श्रीजन श्री ले । सभापती, प्रमुख अतिथि, अतिथि आसन ग्रहण सँगै विधिसंगत कार्यक्रम शुचारु भयो । पहिला भानुलाई सम्झिने कार्य भयो । माल्यर्पण गर्नलाई पुष्पगुच्छाको जोहो गर्न भुल गरिएछ । भानुभक्तको तस्विर सामु मनमनै शब्दगुच्छाहरु चढाउदै फगत झुकेर नमन मात्रै ग¥यौँ पालैपालो । 
गर्नु पर्ने हामी सँग दुईवटा कार्यक्रम थियो । ति माध्ये एउटा हो, साहित्यिक सम्मान कार्यक्रम । साहित्यिक सम्मान कार्यक्रम विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिको हो र मलेसिया शाखाले त्यसको चाँजोपाँजो मात्रै गर्देको थियो । विश्व केन्द्रिय समितिको आसन्न अधिवेशनबाट चुनिनु भएका अध्यक्ष विश्वासदीप तिगेलाबाट केही समय अगाडी यस्तो प्रस्ताव आए पछि शाखाको कर्तब्य सम्झेर कार्यक्रम ब्यवस्थापनको जिम्मा लिएका थियौ ।
सम्मानका लागि मलेसियामा स्थापीत भएर नेपाली गजलको विकास, विस्तार र प्रवर्दनमा लागिपर्दै नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिए वापत अनाममण्डली मलेसिया, नेपाली साहित्यको विकास, विस्तार र प्रवर्दनमा योगदान पु¥याउदै आएका विश्व नेपाली साहित्य महासंघ अन्तर्गत सदश्य संस्था उदाउदो तारा साहित्य समाज पेनाङ र नयन साहित्य समाज जोहोर लाई छानिएको थियो भने ब्याक्तिको रुपमा प्रवास(मलेसिया)मा रहेर नेपाली साहित्यमा एउटा अर्को साहित्यिक नव विधाः केस्रा प्रतिपादन गर्नु हुने प्रवर्तक मौलाश्री लिम्बू छानिनु भएको थियो । उहाहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि विश्वसदीप तिगेलाबाट सम्मान पत्र प्रदान गरियो । 
र, शुरु भयो अन्तरक्रिया विधाः केस्रा सम्बन्धी अर्को कार्यक्रम । विषय प्रवेश गर्नु पहिला साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज पुस्तक प्रमुख अतिथिकै बाहुलीबाट पर्दार्पण गरियो । त्यसपछि कार्यक्रमका वक्ताहरुबाट केस्रा विधा माथि धारण राख्नु र आफ्नो सृजना वाचन गर्नु थालियो । धारणा राख्ने क्रममा दीलदुःखी जन्तरे वहेका बक्ता साथीहरुबाट सहती धारणा आए । ‘धेरैले केस्रालाई गजल जस्तो देख्छन, त्यसरी जस्तो देखिने गरी नआउनु पथ्र्यो ।’ –जन्तरेले आफ्नो स्पष्ट मत राखे । प्रवर्तक मौलाश्रीको आग्रह थियो,– ‘केस्रालाई सतही रुपमा बुझेर यो र त्यो विधा सँग मिलाउनु खोज्नु न्याय संगत नहुने बरु केस्रा विधाको घोषणा तथा दस्तावेज पुस्तकलाई मिहिन अध्ययन गर्न अनुरोध गर्दछु ।’
केस्रा विधाको बारेमा प्रमुख अतिथिको धारणा यस्तो आयो,– ‘केस्रा प्रवासबाट नेपाली साहित्यलाई दिईएको उपहार हो । यो प्रतिपादन भएर नेपाली साहित्यमा प्रवेश भै सक्यो । अव यसलाई स्थापीत गर्नु हामी सबैको दायित्व हुनेछ । र, यसको लागि विश्व नेपाली साहित्य महासंघ कटिबद्ध हुनेछ ।’ प्रमुख अतिथिले यो भन्नु भयो,– ‘मलेसियाको क्वालालम्पूर आसपास कार्यक्षेत्र भएका नेपाली साहित्य प्रेमी साथीहरुबाट सुरुवात गरिएको यस सा.सा.स.अन्तरगतको यस कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिलाई समावेश गर्नु भएकोमा धन्यवाद ।’
करीव ४ बजे कार्यक्रम समापन भयो । सा.सा.स. अर्थात साप्ताहिक साहित्य सण्डे मा वि.वि. अर्थात विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समिति अध्यक्ष विश्वासदीप तिगेलालाई समावेश गर्न पाउदा हामीले एक प्रकारको गौरम्बीत ग¥यौ । उपस्थित साथीहरुबाट पनि कार्यक्रमको राम्रै चर्चा भयो । विशेष गरेर वाचन गरिएका कविता, गजल, केस्रा केन्द्रित । जस्तो :
.........
‘काठमाण्डुले भन्यो भाई कवि’
खिसी मिसिएको 
तिखो आवाज
कानमा ठोक्कियो 
मुटुमा चस्स घोच्यो 
म के सुनिरहेछु 
टक्क अडिए
अडिए छक्कमा
काठमाण्डुले भन्नै पर्ने 
काठमाण्डुले भनेन भने ...!
कवि नहोईने ?
कवि काठमाण्डुको पेवा हो ?
प्रश्नहरुको पासोमा 
म आफै झुण्डिन्छु तुरलुङ्ग । आफै पो छक्क परेछु ।
(–दीलदुःखी जन्तरे)
समाप्त