Sunday, November 8, 2009

यस्ता थिए उत्कृष्ट चार गजलहरु

-जीवन देवान गाउँले

अस्ती सेप्टेम्वर १३ तारिख अनेसास मलेसियाले मोती जयन्तीको शुभ अवसर पारेर मलेसिया ब्यापी गजल प्रतियोगिता सम्पन्न गर् यो । प्रतियोगिताको लागि धेरै सर्जकहरुका गजल प्राप्त भएपनि उक्त दिन २५ वटा गजललाई समावेश गरिएका थिए । त्यसमध्ये पनि कति सर्जक स्वयं उपस्थित ह’न नसक्कुको कारण श्रवण गर्न पाईएन । तर जे जति वाचन गरिए ति सबै एक से एक थिए । तिनै एक से एक मध्ये उत्कृष्ट चार गजल भित्र यस लेख मार्फत मलाई डुल्न मन लागेको छ र पाठकवृद्धहरुमा प्रवेश पाउने अनुमति चाहन्छु ।
आफू भन्दा यो मोतीलाई नेपाल प्यारो लाग्छ हजुर
मर्नु अघि त्यही भूमिको माटो सिरानी माग्छ हजुर

यो ज्यान कहिले कतार कहिले मलेसिया
उठ्ने बेला नेपाल जप्दै हरेक विहान जाग्छ हजुर
उत्कृष्ट चौथो तथा सान्त्वना स्थान ओगट्न सफल यस गजलका सर्जक हुन- मोतीलाल भावुक । उद्धधित सेर बाट नै थाहा हुन्छ कि भावुकले माटो र मातृभूमि प्रतिको मायामा आफूलाई कस्तरी होमेका छन । देशभक्ति झल्किने यस्ता गजल विदेशीनु पर्दाको पीडाका चोईटाहरु हुन । तर भावुकले आफ्नो चार सेरको गजलमा पहिलो दुई सेरमाझै बाँकी दुई सेरमा शशक्त सँग प्रस्तुत हुन सकेनन् । उनको यस कमजोरीलाई उतिवेलै निर्णयक मण्डलले पनि सुझाव दिएका थिए । उहाहरुको सुझाउ थियो 'सपुत सँगै भगवान वुद्ध जन्माउने मेरो देश' मा सपुत शब्दलाई पुर्नविचार गरियोस ।

के लेखौ माटो हराएको कथा
पढ्नेबेला बाख्रा चराएको कथा
यो गजलको पहिलो सेरमा नै अलिकती तालमेल मिलेन कि ! भन्छु । 'के लेखौ माटो हराएकेा कथा' मा सर्जक यस्तरी प्रस्तुत भएका छन कि लाग्छ उनी राष्ट्रनायकहरुलाई खवरदारी गर्दैछन । दक्षिणका छिमेकीले टनकपुर निलेर सुस्ता चपाउदा पशुपतीनगर मिचेर जंगेपिलर उखेल्दा हाम्रा राजनेताहरु मुखमा सुपारी चपाउनु वहायक चु सम्म बेलेनन । त्यस्तो अवश्थामा कलमका सिपाहीहरुले शब्दका क्षेप्यास्त्रहरु यसरी नै छाडेका थिए । यस गजलको उठानलाई पनि यसरी नै बुझे र यही कसीमा घोट्न खोजे तर दोश्रो हरवले पहिलो हरवको वजन बोक्न सकेन जस्तो लागेको छ । यद्धपी यस गजलको मर्म मैले नबुझेको हुला । जे होस तेश्रो स्थानमा परेको यस गजलका सर्जक मनोज विराली खवरदारीकै शैलीमै उत्रिएको भए शक्तिशाली हन्थे भन्ने मेरो ठम्याई हो । किनभने उनले गजलको वैठान पनि खवरदारी कै शैलीमा गरेका छन यसरी-
लेख्न नपाए हुन्थ्यो भन्छु लेख्नै पर्छ
आमा आमा भन्दै कराएको कथा

राधीका आले प्रतियोगितामा िसंगो महिला प्रतियोगि अनि दोश्रो स्थान हात पार्न सफल पनि । श्रृगारिक बान्कीमा परेको उनको गजलमा एउटा यर्थाथ विम्वीत भएको देखिन्छ । उनले स्वयं आफू महिला भएर पनि विदेशीएका महिलाहरुको चरित्र चित्रण गर्दै लेखेकी छिन-
ऋण ल्याएको रकम पर्दैछौ रे मिनाहा
ए दिदी ! परदेशमा खोज्यौ अरे अर्को भीना ।

देउता सरह घरको भेना छाडी आयौ परदेशमा
पार्न सम्म पार् यौ दिदी घरभीनालाई हिनामिना
विदेशको मोजमस्तीमा चुर्लुम्म डुबेर एउटी विवाहीत महिला यर्थाथबाट कसरी चुकेकी छिन भन्ने कुरा आफ्नो ६ सेरको गजलमा राधीका आलेले उदाङ्गो पार्ने काम गरेकी छिन । देश हेर्नु पर्छ र मुख पनि फेर्नु पर्छ भन्ने प्रभावमा परेर विदेशीएका महिलाहरुलाई उनले तिखो प्राहर गरेकी छिन यसो भनेर
कति धेरै भाग्यमानी पैसा पनि लोग्ने पनि
यस्तो लाग्न थाल्यो मलाई हेर्दा तिम्रो चीना
त्यस्तै विदेशको मोजमस्ती त क्षणीक हो तथ्य त त्यही हो कि एक दिन आफ्नो देश र आफ्नो परिवारलाई सम्झेर फर्किनु पर्छ । यो वास्तविकतालाई भुलेर वहकिनु गलत हो । तर कतिले यस वास्तविकतालाई भुलेर बाटो विराउनाले पर्न गएको असर उल्लेख गर्दै गजलको विट मार्छिन यसरी-
घर फर्किनु पर्छ पक्कै उही भेनालाई सम्झी
तेल जति यतै दल्यौ घरभीनालाई पीना ।
सामान्यतय गजल ४ या ५ सेरको चल्तीमा छन । यस हिसावले अलि लामै पो हो कि भन्ने अनुभुति दिलाउछ । उसो त यस गजलका सर्जकलाई निर्णयक मण्डलबाट 'ब्याईप्रुेण्ड' शब्दमा सोच्न भनिएको थिायो तर म अरु पनि थप्न चाहन्छु । त्यो के भने गजल गायकी भएको हुनाले सकभर शब्दहरु नदोहोरिएको नै वेश हुन्छ किनभने शब्द दोहोरीयो भने अलि भद्दा जस्तो हुन जान्छ ।

विदाईको टीकोटालो गर्दै कता हर्क दाई
तिमी सँग दुईचार कुरा गर्नु मन छ पर्ख दाई
यो प्रतियोगि गजल मध्ये उत्कृष्ट नम्वर एकको गजलको पहिलो सेर हो । गजलको पहिलो सेर भन्नु गजलको जग नै हो । यो जगको चारसुर यस्तो बान्की परेको छ कि जहाबाट यस्तो दिवाल उठाईएको छ-
मिहेनत गरे पछि यही धर्तीमा सुन फल्छ
आफ्नो पौरख पसिनालाई स्वदेशमै छर्क दाई
गजलमा केवल अनुरोध र आह्वान मात्र पनि छैन वल्की आफ्नो माटोको महत्व पनि दर्शाईएको छ । सर्जकले हर्कदाइृ भनेर हामी विदेशीन तम्तयार भएर बसेकाहरुलाई विम्वीत गरेका छन भने हाम्रो अनुपस्तिथिमा हुने अभावलाई पनि उजागर गरेका छन र भन्छन-
यतै पालौ चौरीहरु यतै चराउ भेडीगोठ
तिमी विना सून्य हुन्छ लेक खर्क दाई
निर्णायक मण्डलबाट समेत कही कतै पनि खोटो नदेखिएको यस गजललाई सर्जक पथीक समिर खत्रीले यसरी छानो लगाएका छन-
यतै नाचौ सोरठीमा यतै गाऊ झ्याउरे पनि
विन्ती दश औला जोडी तिमी घर फर्क दाई ।

अन्त्यमा
यो लेख गजलहरुको चर्चा हुन सक्ला तर गजल माथिको विमर्श भने पक्कै हैन । एउटा अदक्ष दिमागबाट विमर्श पनि हुन सक्दैन । तर अव यस्ता विषय माथि विमर्श वा अन्तरकि्रया हुनु पर्छ र यसको शुरुवात पनि हामी बाटै हुनु पर्छ भन्ने आसयको अभिब्यक्ति चाही हो है ।

धन्यवाद

No comments: