Monday, September 14, 2009

अनेसास मलेसिया द्धारा मोती जयन्ती तथा गजल प्रतियोगिता सम्पन्न

१३सेप्टम्बर२००९ आईतवारको दिन अनेसास मलेसियाले १४३ औ मोती जयन्तीको अवसरमा खुला गजल प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल दुतवास मलेसियाका प्रथम सचिव श्री हरी कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रतियोगिता युनिक एक्सचेन्जको तेश्रो तला स्थित हलमा भएको थियो ।
अनेसास मलेसियाको अध्यक्ष पदम दुःखी सम्बाहाम्फेको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगितामा श्री पथीक समिर खत्री सुश्री राधीका आले श्री मनोज विराली र श्री मोतीलाल भावुक क्रमशः प्रथम द्धितीय तृतीय र सान्त्वना भएका थिए । २५ प्रतिस्पर्धी गजललाई पछार्न सफल गजलका सर्जकहरुलाई प्रमुख अतिथीको हातबाट नगद प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
देवेन्द्र सुर्केली र टंक चन्दको संयोजकत्वमा सम्पन्न भएको सो प्रतियोगिताको पुरस्कार प्रायोजन नेपाल पृष्ठभूमि साप्ताहिक (प्रथम आरएम३००) श्रम साप्ताहिक (द्धितीयआर.एम.२००) श्री अभिलेख (तृतीयआर.एम.१०१) गरेको थियो भने ब्यापारीक समाज मलेसियाका अध्यक्ष श्री कर्मा गुरुङ्ग र किरात याख्खा छुम्मा सम्पर्क माच मलेसियाका अध्यक्ष धन वहादुर देवान बाट पनि नगद सहयोग गर्नु भएको थियो ।

No comments: