Saturday, November 14, 2009

सँस्मरण कथा: 'डाक्टरबाट प्रेमको हत्या'


-टङ्क चन्द

श्रीस्वस्थानी व्रतकथाको समाप्तीको दिनको रात मु्याउँकिरीको उराठिलो गीत सँगै रात छिप्पिदै गयो र चन्द्र ग्रहणले रातलाइ धमिलो बनाउन थाल्यो । गाउँमा भुक्ने भुस्याहा क्रकुरहरुको एकहोरो भुकाइले विरह लाग्दो झ्याउकिरीको त्यो आवाजलाइ केहि माथ गर्दथ्यो । भक्तजन महिलाहरु बारुले कम्मर मर्काएर किर्तन भजनका साथ नाच्न व्यस्त थिए भने वल्लो गाउँ र पल्लो गाउँ घुमि हिड्ने छोरयाट्टाहरुको उरन्ठेउला झ्याउरे गीतहरुले नजिकै बगिरहेको पाना खोलाको एकहोरो सुसेलीलाइ च्यातेर गगनमा विलय गराइदिन्थ्यो अनि केहि वेर सम्म सन्नाटा छाउँथ्यो । म धनु, हरिश र मोहनलाइ लिएर छापामार तरिकाले जुनाले भनेको स्थानमा पर्खेर बसिरहेको थिएँ । नाङना लेकको धुरिबाट झरेको शीतले हाम्रो शरीर अर्धचेतन भैरहेको थियो ।
विहानको करीब चार पनि बज्न आँट्यो तर अँ हँ जुना आइनन् । हुनेवाला दुलही ती मेरी जुनालाइ धोती चोलीमा सजिएको हेर्ने मेरो धोको हिउँदको शीतलहरले कुल्चेर गयो । धर्तिमा घामका किरण सँगै हामी फर्कियौँ भारी मनमा बेदनाको पोको बोकेर ।
पुर्णिमाको रात वि.सँ.२०४६ माघ २७ गतेको कुरा हो यो । म त्यति बेला रुकुमको मुसिकोट खलँगा क्याम्पसमा आइ.ए.पढ्थेँ । त्यति बेला नै उनि एक जना मेरो वहिनीसँग सँगै S.L.C. को ट्यूसन पढ्न जाने गर्थिन् । र कहिले काही मेरो बहिनीसँग मेरो कोठामा पनि आउने गर्थिन् । हुँदा हुँदा उनि कहिले अर्कै साथी लिएर पनि मेरो कोठामा आउन थालिन् । नचिनेमा को हो चिने पछि माया मोह भने मुैँ म उनको आउने बाटो प्रतिक्षा गरेर बस्न थाले किनकी मैले नजानेरै उनलाइ कतिवेला मेरो छाती भित्र वास वसाइ सकेको रहेछु । जव उनी मेरो कोठामा आउथिन् हामी घण्टौँ सम्म गफ गरेर वस्न गथ्र्यौँ । हरेक कुराको आफ्नै सिमा हुन्छ जव सिमा नाघिन्छ तव त्यहाँको अवस्था फरक हुन थाल्छ मतलव हामी हाम्रा नजरहरुबाट कुरा गर्ने स्थितिमा पुगिसकेका थियौँ । तर पनि हाम्रो नजरवार्ता अव्यक्त नै थियो । कुशल कालीगढले निकै परिश्रमका साथ निर्माण गरेको सुडोल शरीरमा जडिएका मृग नयन र बदामी दन्तलहरबाट निश्कने मन्दमुश्कानमा म मोहित भैसकेको थिएँ । उनलाइ नदेख्दा दिनको भोक र रातको निद्रा समेत मबाट टाढा हुन्थ्यो । समिपमा पर्ने हरेक वस्तुको आकृतिमा उनकै प्रतिविम्व देख्ने गर्थेँ । तर पनि प्रेम प्रस्ताव राख्न सकिरहेको थिईन । तर पनि साहसका साथ एउटा पत्र लेखेँ र वहिनीलाइ दिएँ तर उस्ले त्यो पत्र लिन मानिन । त्यसैले हाम्रो बीचमा हुलाकीको अभाव खट्कियो । आफैले त्यो पत्र उनको सुकोमल हातमा थमाउन पनि सकिन किनकी त्यो भन्दा अप्ठेरो काम केहि रहेनछ । त्यो जसलाइ पर्छ उसले थाहा पाउँछ । यहाँ स्पस्ट्याइरहनु परोइन । अनि मैले त्यो पत्र मेरो शिरानी मुनि लुकाएर राखेँ । मेरो एक जना साथि विरामी भएर गाउँबाट आएको थियो त्यसैले मैले उसलाइ कोठामै छोडेर वजार तिर घुम्न गएको थिएँ त्यति नै वेला मेरो कोठामा आएर उनले त्यो पत्र लिएको कुरा उसले वतायो तव मेरो मुटुको चालनै वन्द भयो किनकी उनी म भन्दा भिन्न परिवारकी छोरी थिईन् अलिकति भयले पनि हल्लाउन थाल्यो । मन अमिलो पनि भयो किनकी उनको आसय नवुमुेरै त्यो पत्र लेखेको थिएँ । साँझको खाना खान मन लागिरहेको थिएन तर पनि विरामी साथीको लागि भए पनि केहिन केहि त पकाउनै पथ्र्यो । स्वादविहिन खाना खाएर नानाभाँति कुराहरुलाइ मनको छालहरुमा तैराउदै म विस्तरामा पल्टिएँ र सिरकलाइ लमतन्न पार्न खोजेँ अकस्मात एउटा कागजको टुक्रा प्ाु्त्त भुइँमा खस्यो । आश्चर्यले चकित पर्दै त्यस कागजलाइ उठाएँ र पढेँ उनको मन भावना स्नेह इच्छा ताल चाल जीउँ डाल र समग्रमा भन्दा उनको सिँगै आकृति । म खुशीले भावविव्होर भएँ किनकी मेरो चाहना त्यहाँ पुरा भएको थियो मानौ कि त्यहाँ म जे चाहन्थे त्यै प्राप्त गरेको थिएँ छोटोरुपमा भन्दा मेरो प्रेम प्रस्ताव उनलाइ स्वीकार्य थियो । म भावमा नाँच्न थाले गदगद हाँस्न थालेँ । लाग्यो अहिल्यै गएर अँगालोमा कसेर नगर परिक्रमा गरुँ । हतारोले मेरो त्यो रात बर्ष दिन मुैँ भयो । छट्पटाएँ नयाँ विहानीको लागि किनकी मैले खुशि वाँड्नु थियो प्रकृति सँग निसँकोच । अँकमाल गर्नु थियो त्यो नव आँचल सँग नयाँ दुनियामा । त्यस पछि हामीहरु विपरित धु्रवका चुम्वक मुैँ दिन प्रतिदिन टाँसिदै जान थाल्याँै । समानान्तरमा हुने हाम्रो वार्ता अव त विस्तरामा सरिसकेको थियो । घण्टौँ सम्म वसेर भावी जीवन पद्धती र रमाइलो सँसारको विवेचना पनि गथ्यौँ । लाग्थ्यो दिन र रात केवल हाम्रै लागि मात्र हो । दुवै एकसाथ हुँदा हामीलाइ निद्रा र भोकको कुनै अनुभव नै हुदैनथ्यो । एक अर्काबाट छुट्टिन हामीलाइ निकै अमिलो महसुस हुन्थ्यो केहि क्षणको त्यो सानो विछोडले पनि हामीलाइ कुड्याउथ्यो । त्यस्ौले मैले उनलाइ विहेको प्रस्ताव राखेँ । उनले पनि सहजै स्व्ाीकार गरिन् तर एउटा अप्ठेरो सर्तमा कि मैले पनि उनको बाबा आमा सँगै तराई तिर वसाइ सराइ गर्नु पर्ने । मैले पनि त्यो प्ा्रस्ताव सहजै स्वीकार गरेँ किनकी म उनको मायाको भोको थिएँ र पागल पनि भैसकेको थिएँ । उनी खुशिले गदगद् भइन् शायद उनको मनको राजकुमार म थिएँ र उनको बाबा आमाको साथ हामीलाइ सँधै हुने थियो । केहि दिन पछि म घरमा गएँ र बाबालाइ सबै कुरा बताएर जग्गा जमिन बेच्न लगाएँ । उहाँले पनि मेरो कुरालाइ जायज नै मान्नु भाथ्यो किनकी घरको जेठोबाठो छोरो म नै थिएँ । म फेरी सदरमुकाम फर्किएर उनी सँगै नवसँसारमा हराउन थालेँ । हामीले समयलाइ पर्खिने हो उसले हामीलाइ कहिल्यै पर्खिदैन । यस्तैमा उनको S.L.C. परिक्षा पनि नजिकियो र हामीले त्यो नियतीलाइ कायम राख्यौँ भने उनको परिक्षा विग्रने भएकोले मेरी वहिनीको रोहवरमा माघ २७ गते भागेर जाने मिति तय गरी हामीले उनको पढाइलाइ निरन्तरता दिने निर्णय गर् यौँ र मैले उनको परिक्षा अवधिभर बाधा नपुर् याउने बाचा पनि गरेँ । जव २५ गते उनको परिक्षा पनि सकियो अनि उनलाइ भेट्न भनि म कालीका मन्दिर छेउको चौतरीमा गएर बसेँ, उनी आफ्नो दाजुआमा र एक जना भरिया सहित गाउँको घरतिर लागिन् । तर मैले त धेरै टाढा अनन्त सम्म हेरिरहेँ उनलाइ चौतारीको छाँयामा विलीन हुँदै एकतमासले …।
बिचको एक दिन विताउन मेरो लागि एक वर्ष मुैँ भयो । सिस्ने हिमालको हिमशैल सँगै लुकामारी खेल्दै माघ २७ गते पनि आईपुग्यो र म माथि उल्लेखित साथिहरुको साथ लिएर उनले भनेको स्थान जहाँ उखुको ठुलो बारी थियो त्यहाँ पर्खिएर बस्यौँ एउटा ठुलो सपना सजाउदै आकाशका जुनताराहरु सँग भारी सौदा गरेर पुरै एकरात । तर हातमा विल्कुल शुन्य महाशुन्य । भोलीपल्ट मैले साथि हरिशलाइ जुनाको वास्तविक स्थिति बुझ्न उनकै साथि पे्रमा कहाँ पठाएँ तर उनी त २५ गते साँझ देखि नै बन्दि बनाइएकि रहिछन् । हाम्रो जात र उमेर समान भए पनि उनी त्यो स्थितिमा पुग्नुको कारण रहेछम एउटा गाउँले र वेरोजगार र अशिक्षित परिवारको छोरो । हुन पनि उनी प्रधानपँचकि छोरी, डाक्टरकि साली, वैँक म्यानेजरकि वहिनी थिईन् । शायद मैले दिने सद्भाव माया र स्नेह तिनीहरु दिन सक्दैनथे होला । यो कुरा बुमु्न उनीहरुको खानदानी खानाले बनेको गिदीले सकेन किनकी त्यो हैकमी रवाफले उनीहरुको सोचाइमा ठुलै रछ्यान जमाईसकेको थियो । जुनाले उनकै साथि खिमालाइ लेखेको पत्रबाट यो कुराको पर्दाफास भएको रहेछ भनौँ उनीहरुको कानमा पुगेको रहेछ । करिब दश दिनको बन्दि जीवन पश्चात जेठा ज्वाई डाक्टरसापको भाई भेटेनरी डाक्टरसँग विहे गरिदिने निधोका साथ उनलाइ हवाइजहाजबाट नेपालगँज पठाएर मेरो पिरतीको कलिलो मुना ठसक्कै भाँचिदिए जुन मेरो जीवनमा पहिलो चोटी पलाउदै थियो । त्यस पछि म अर्धपागल जस्तै भएँ । धेरैका चोर औँलाहरु म तिर ठडिन थाले भने आफ्नो आकृतिले आफैलाइ गिज्याए जस्तो लाग्न थाल्यो । आत्महत्याको सोच नआएको पनि होईन तर त्यति बेला चलेको जनआनदोलनको कारणले म प्रहरीको निगरानीमा थिएँ त्यसैले त्यो अवसर पनि प्राप्त भएन र आज यो प्रवाशबाट उनको सँस्मरण लेख्न भाग्य जुरेको छ । त्यस पछि उनको बन्दि जीवन रिहाइको लागि मैले एउटा ग्याँग पनि तयार पारेँ कुट्नितिज्ञ पनि पठाएँ जिल्ला प्रशासन कार्यालयमा आत्मरक्षाको निवेदन पनि दिएँ । तर अँ हँ ! हामी जस्ता जन्मदैँ भाग्य खोटो लिएर आएकाहरुको क्रन्दन कस्ले सुन्ने त्यो कालकोठरीको जमानामा । डढेलोले खाएको आत्माबाट ओसिएका आँशुले पखालिएका परेलीलाई च्यातेर उनी हवाइजहाजबाट उडेको हेरिरहेँ निलो आकाशको विराट क्षितिजमा । जीवनको पहिलो पे्रमको धोकोले मेरो जवानीमा दाग लाग्यो भने पुर्खाले आर्जेको जन्मथलो सजिलै त्ाी जुनाको कारणले गुमाउन पुगेँ । उनको अँगालोमा उनीकै माइती सँगै जीउने जीवन दाँगमा आएर विताउन बाध्य भएकोछु । जन्मथलोको सरापले आज विरानो वस्तीमा परिचय विहिन जिन्दगी लाचार भई वितिरहेछ । यसरी रथ तान्ने घोडाको आँखाको पट्टिबाट देखिएको दृश्यमुैँ गाउँ र शहर
रोजगार र वेरोजगार शिक्षित र अशिक्षित घरानियाँ र सामान्य आदि जस्ता मानवताको नाउँमा सीमाहरु देख्ने समाजका ती कलँकहरुले न त ज्वाँइको रुपमा डाक्टर पाए न त पाए छोरीको मनको राजकुमार । हरेक अनुभवको सँगालो हुदोरहेछ जीवन । यहि जीवनको पहिलो स्मृति भएर होला कसै गरि पनि यो घटना कहिल्यै भुल्न सक्दिन । कहिले काहि उनको यादले सताउदा उनको फोटो छातीमा मसाज गर्छु र मनको घाउ अलि निको भए जस्तो लाग्छ । जीवनका ती रँगिन पोजहरुले उनलाइ पनि सताउछ होला तर उनी भन्दा ज्यादा व्याकुल म मेरो मनलाइ शितलता प्रदान गर्न यो स्ाँस्मरण पत्रिका मार्फत पर्दाफास गर्न चाहान्छु तर विगतको त्यो न्यानो अँगालो भने ती मेरी हुन नसकेकि जुनालाइ मात्र है ।
- तुलसीपुर न.पा. बेलुवा, दाँग
हालः- के.एल.

No comments: