Monday, November 16, 2009

स्वायत्ता



-मनी राई गोठाले

उभिएर अलिकति माटोमा
चिहाउदै आफूमाथिको िसंगो आकास
पूर्ण छाम्नु भन्छु आफैलाई
एउटा ब्रमाण्ड
महा-ब्रमाण्ड
धनिभुत
शुन्य ओझमा ऐठान पर्दा पर्दै
घुघुति खेल्छ अधिकारहरु
दम्भले बुर्कुसी मार्दा आफैसँग
पलायन
वितायताको अनि कालो ओढार भित्र
कहाँ छु म ?
म कहाँ छु ?

अलिकति पहिचान चिन्नलाई
खोज्दै प्रतिविम्व ईतिहासहरुमा
पूर्ण हेरौ भन्छु आफैलाई
एउटा निराकार
महा-निराकार
आकार खोज्छ माशपिण्ड अस्तित्वहरु
छाँयामा नखुट्टिएर
पानीमा अष्पष्ट प्रतिरुप
चिथोर्दै चिथोर्दै
विचारणका नङहरुले उप्काएर आफैलाई
प्रश्न
केवल एउटै प्रश्न
को हुँ म ?
म को हुँ ?

अलिकति विश्वासमा रितिए पछि
खोज्दै रहल पहल
पूर्ण बटुलिनु भन्छु आफैमा एक पल्ट
छरपष्ट
महा-विभक्त अवशेषहरु
ढुङ्गा ढुङ्गामा
थुम्का थुम्कामा
वायु अग्नी र स्वमित्वमा
नाकमा मुक्का ठोके पछि अपरिहार्यताले
के छ म सँग ?
म सँग के छ ?

अलिकति मायामा हारे पछि
पटुकीमा हालीदिदै सिमेभुमे
पुनः थपिदेउ भन्छु एकपल्ट
उउटा दरिद्रता
महा-दरिद्रता
मनहरु निखि्रन्छ अभाव भित्र
भोकमा भोककै युद्ध चर्किएको बेला
एउटा अनिकाल
महा-अनिकाल
आन्द्राको ब्यारेलमा अन्नको बुलेट नपरे पछि
ढल्नु लड्नु
आफ्नै सिमानामा
के हारे मैले ?
मैले के हारे ?

अव अधिकारले खिच्दै फेरी रेखीहरु
म गाड्छु सिमानामा
स्वायत्ताका दरो खम्बाहरु
आँखैमा रातलाई उधारो राखेर
चौतपर्फी दिन्छु पहराहरु
खनेर युद्ध संगीनले
महा-अक्कर स्वायत्ता
रक्त विष्टी
आकासको मुटु छेड्दै क्रान्ति वेगले
सियो लाउछु प्रत्येक मेलोमा अस्तित्वको
जंगल सम्म पुर् याएर
आफ्नो भागको लाछी मृत्युलाई
चोखाई दिन्छु शहादतले मलामीहरु
पक्कै भोली सपना हैन
बसन्त फूल्छ
एउटा हुंकार
महा-हुंकार
के गर्न सक्दिन र म ?
म के गर्न सक्दिन ?

-धरान
हाल, मलेसिया

1 comment:

Debendra Khapung said...

सवायत्तता हुनुपर्नेमा स्वायत्ता मात्र हुन पुगेछ । त्यो भन्दा धेरै त मनि दार्यको कवितामा कमेन्ट गर्ने ठाउँ नै भेट्दिन म त ।