-जीवन देवान गाउँले
१५नोभेम्बर२००९
भनिन्छ कसैलाई नपर्खिने केही छ भने त्यो हो समय । साच्चि नै समयको चक्रमा हामीले धेरै ऋतुहरु फन्को मारी सकेका छौ । यस क्रममा समय सँग हामी चिप्लियौ या समय हामीबाट चिप्लियो यसको लोखाजोखा पनि एक दिन समयले नै गर्ला । तर अहिलेलाई हामीले गुजारेको समयलाई संस्मरणमा यसरी उतार्छु ।
'समय यस्तरी चिप्लियो कि मैले पत्तो पाउनै सकिन । हिजो अस्ती जस्तो लाग्छ एउटा चुनौतीको साथ जिम्मेवारी सम्हाल्न आईपुगेको ।' हामी ९-१० जनाको समुह विच उपस्थित हुनु भएका हरी सर भन्दैहुनुहुन्थ्यो- 'यति ठुलो संख्यामा रहेका नेपालीहरु हेर्ने दुतवासको प्रमुख भएर आउनु एउटा चुनौती नै लाग्थ्यो समकक्षी साथीहरुले पनि मलेसियालाई चुनौती नै मान्थे । त्यसैले आफ्नो कार्य अवधी कटाउन सकुला या नसकुला भन्ने लाग्थ्यो तर तपाईहरुसँगको सहकार्य र सहयोगको कारण आफ्नो कार्यकाल चाडै बित्यो जस्तो अनुभुति भैुरहेको छ ।'
हरी सर अर्थात हरी कुमार श्रेष्ठ आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्कनु हुने जानकारी भए पछि हामी अनेसास मलेसियाले १५ नोभेम्बर आईतवारको दिन विदाई कार्यक्रम राखेका थियौ । छुट्टिने बेला हामी सँग केही थिएन दिनलाई तर लिन लाई भने धेरै नै भए जस्तो लागिरहेको थियो । त्यसो त उहासँगको अन्तरंग सम्बन्ध भए देखि नै हामी बाट लिने काम मात्रै भएको छ । हामीलाई अनेसास दिनु भएको पनि उहाले नै हो । अनेसास सँग सँगै उहाले तन दिनु भो मन दिनु भो वचन दिनु भो । यसै भनौ आफ्नो ल्याकतले भ्याएजति सबै नै दिनु भो ।
'मलेसिया आउनु पुर्व नै अनेसास बारे मैले सुनेको थिए त्यही भएर अनेसास सँग आवद्ध भएर जाँदा तपाईहरुलाई पनि फलदायी होला भन्ने ठानेर सुझाव दिएको हुँ ।' प्रनेसास मलेसियालाई बोकेर दुतवास पुगेका साथीहरुलाई दिएको सुझाउनको स्मरण गर्दै हरी सरले भन्नु भो- 'अनेसासमा आवद्ध हुने सल्लाह दिनुमा मेरो कुनै ब्याक्तिगत स्वार्थ थिएन यहा सम्म कि अनेसासमा को को साहित्यकारहरुको संलग्नता छ त्यो पनि मलाई थाहा छैन ।' उहाको यस्तो अभिब्यक्तिबाट झल्किन्थ्यो- संस्थाको अगाडि ब्यक्ति जहिले पनि गौण हुन्छ ।
मानव भन्नु सिक्का जस्तो पनि हो । जसरी सिक्काको दुईपाटो हुन्छ उसैगरी मान्छेमा पनि दुईपाटो हुन्छन । मान्छेको एउटा पाटोले जीवन जिउनुको सार खोज्दछ भने अर्को पाटो जिन्दगीले जिउनु सिकाउद छ । सोही अनुरुप यतिवेला हामी मलेसियाको माटोमा हात नंङ्ग्रा खियाएर जिउन सिकि रहेका छौ र यहीको माटोमा उभिएर साहित्य नाप्ने तराजुको पल्लामा आफूलाई राखेर जिउनुको सार जोखिरहेका छौ । यस्तै लहरोमा बेरिएर करीव चार बर्ष पहिला हरी सर पनि मलेसिया आउनु भो । त्यतिबेलाको कुरो सम्झदै उहाले भन्नु भो- 'आउदा म का।ब।राजदुत नै थिए तर राजदुत आउनु भएपछि स्वतह म का.ब. रहिन ।' हुनपनि राजदुतको आगमन पश्चात पनि हामीले हरी सरलाई कहिले का.ब. राजदुत भनेर सम्बोधन, गर् यौ कहिले साहयक राजदुत भनेर सम्बोधन गर् यौ त कहिले प्रथम सचिव भनेर सम्बोधन गर् यौ । विदाई कार्यक्रम चलाई राख्नु भएका टंक जीले पनि का.ब. राजदुत भनेपछि उहाले त्यो शब्दलाई कोड गर्नु भएको थियो । उसो भए असलमा उहा नेपाल दुतवासको कर्मचारी मध्ये कुन हैसियतमा हुनुहुन्थ्यो ?
'वास्तवमा मेरो पोष्ट भनेको Minister Counsellor हो ।' हरी सर आफैले आफ्नो हैसियत खुलाउनु भो र भन्नु भो- 'Diplomatic शब्दहरु यति अडबांङ्गे हुन्छ जसको ठेट नेपाली अर्थै हुदैन ।' उहाले त्यसो भन्नु भएपछि हामीले पनि सोधेनौ- 'सर ! यो Minister Counsellor भनेको के हो ?'
का.ब. राजदुत हरी कुमार श्रेष्ठ साहयक राजदुत हरी कुमार श्रेष्ठ प्रथम सचिव हरी कुमार श्रेष्ठ भनेर चिन्ने र दुतवासमा गएर भेट्नेहरुले उहालाई कडा स्वभावको भन्ने गरेको पाईन्छ । हरी सरले यो कुरालाई स्विकार्दै भन्नु भो- 'हो म अलि कडा स्वभावले नै प्रस्तुत हुन्छु र यो अहिले सम्म मैले काम गरेको अनुभवले सिकाएको पाठ पनि हो ।' मान्छे ! आफैले गरेको काम बाट त सन्तुष्ट नहुने जात हो भने अरुले गरेको काम बाट सन्तुष्ट हुनु झन धेरै परको कुरो हो । यो हामीले पनि अनुभुत गर्ने कुरो हो । उहा त झन जिम्मेवार ब्याक्ति । जिम्मेवार पदमा बसेर जिम्मेवारी वहन गर्ने क्रममा उहाले पनि कहि कतै टुटफुट भएको महसुस गर्नु भएको हुनसक्छ । त्यही भएर होला ! हाँसी मजाक न सही हरी सरले विदा लिने बेला भन्नु भो- 'छुट्टिदा छुट्टिदै गाली पनि खाईएला भन्ने लागको थियो तर तपाईहरुले त उल्टो तालीको भारी कसिदिनु भो ।'
मैले माथी उल्लेख गरी सकेको छु कि हरेक मान्छेको दुईवटा पाटो हुन्छ । हरी सरको सन्दर्भमा पनि सरकारी कर्मचारी हुनु एउटा पाटो हो । धेरैले मलेसियामा उहालाई यही पाटो बाट मात्रै चिनेको हुन सक्छ तर उहालाई चिन्नै पर्ने अर्को पाटो भनेको साहित्य पनि हो । तथापी उहा आफूलाई साहित्यकार भन्दा साहित्यनुरागी भनिन रुचाउनु हुन्छ । 'अविरल यात्रा' निबन्ध संग्रह मार्फत आफूलाई साहित्यिक यात्री बनाउन सफल हरी सरलाई विदा गर्नु पर्दा हामीलाई अभिभावकिय अभाव खड्किएला कि भन्ने लागि रहेको थियो । तर उहाले नै भन्नु भो- 'म जहा रहेपनि मेरो अर्शिवाद अनेसास मलेसियालाई रहि रहने छ ।'
अलग्गिने बेलामा मैले विदाईको हात जोड्दै भने- 'सर ! तपाई अविरल यात्राको यात्री हामी अनेसास मलेसिया नामक चौतारो बनाउने मिस्त्री त्यसैले हिड्दै जाँदा हाम्रो चौतारोको बाटो परे नतर्किनु होला !'
हरी सर हाँस्दै छुट्टिनु भो र सेन्ट्रल मार्केट तिर पस्नु भो ।
समाप्त