Monday, December 28, 2009

माङ्गको आह्वान



-मनि राई गोठाले

फलाकेर,
मनलाई साक्षी राख्दै
अव बक्नु बागदाता
दि खन्याँएर
चुल्हाको ढुङ्गामा
ईतिहाँसलाई च्यात्नु
पाईतलाले कुल्चिएर
अनि बनाउनु
धुजा धुजा
कर्ममा कचुर हानेर
माटो नदिनु
तगारो भत्काएर बाटो नदिनु
सिलौटीमा
चोखिदैन हाम्रो रजस्वालाहरु
ए हाङ्ग र माङ्गका खुनहरु
च्यात्नु आकासलाई
चिथोर्नु पहाडहरु
आँधी भित्र कावा खाँदै खाँदै
सिहाँसन खोस्नु
अव त छोड्नै पर्छ
तमसुक भित्र ईश्वर थुक्नु ।

बटुलेर,
सिपहरु विनायो फूल बुट्टाबाट
अव खिल्नु क्रान्ति कपोर
चुल्ठिमा मिलाएर
सृष्टीको बैशमा
पातकी सुतकी च्यातेर
पाईतलाले रगड्नु मुर्दालाई जस्तै
आ-आफ्नै माटोमा
सिकुवाको सह बडालेर
बास नदिनु
आफ्नो काटेर गाँस नदिनु
ताम्रपत्रमा
किन कोरियो हाम्रो चिनारीहरु
ए हाङ्ग र माङ्गका खुनहरु
सल्काउनु आगोलाई
पोल्नु अग्राख कालो रातहरु
माटोमा डेग उभिएर
हुंकारले दहाड्नु स्वायत्त्ता
मुन्धुमले बाँधेर आफूलाई
छिनाउनु पर्छ ग्रह च्वाट्टै ।

उठाएर माटो,
शिरमाथि अभिषेक गर्दै
ठोक्नु विजयी मोहर धर्तीमा
खन्याएर घोषणा
ईतिहाँसलाई पसर्िनु
मुर्दा सभ्यतालाई दागबत्ति दिएर
कुरे फुकाउनु
च्यात्नु अन्त्येष्टीलाई झिनो झिनो पारेर
बाँध्नु चार किला आह्वानले
पूर्वको ढोका थुनेर
घाम नदिनु
गोडामा टोपी राखेर दाम नदिनु
हुकुम प्रमाङ्गीमा
कहिले फुलेन सपना गुँरास भएर
ए हाङ्ग र माङ्गका रगतहरु
च्यात्नु षडयन्त्रलाई विवेकी धारले
कोतर्नु आडम्बरहरु
शिरफूल चढाएर माटोलाई
वल्लो पल्लो
अनि माझको
सबै किरातहरु खोज्नु
धर्ती र आकास हराएका
सबै सबै किरातहरुलाई खोज्नु ।

हाम्रो आवाज साप्ताहिक पत्रिकाको तेश्रो बार्षिक उत्सव कार्यक्रममा वाचित कविता ।

No comments: