Friday, December 25, 2009

अर्थ विहीनहरुको संयोगहरु



-भिम स्नेही लिम्बु

पाईला चाल्नु
नाघ्नु गृह संघार
अपेक्षीत स्वप्नको साकार
खोज्दै बाटोमा
नितान्त एक्लो यात्रामा
जल्दै… जल्दै
सफर केवल
एक धागोको मार्ग न हो
खस्नु कल्पनाको छाँगा छाँगामा
बग्नु मनको सरितामा
शेष रहन्छ उही
जिबुल्ले जोवनका
लाली सपनाहरु
पूवी सूर्य उदाएर
अस्ताउदा पश्चिममा
छाउछ निश्पट्टै निषाले
खोज्नु चाँदनीका रात
भेट्नु जुनकिरीका उज्याला
साहारा लिएर जुनकिरीको
हिड्दा हिड्दै हराएर
मेरो लक्ष्यहरु
हिड्दा लक्ष्यको खोजीमा
खोजे प्रत्येक संघर्षको ओढारमा
खोजे प्रत्येक षोडशीहरुमा
नभेट्दा सोधे जिजिविषालाई
जिन्दावादको साहस दिन्दा
रमाएँ उद्देश्यका
आयु खोज्दै
पल्टाए आयुका पन्ना पन्ना
छैन यही बेला जुनकिरी
म उही अँधेरीको संसारमा
हिडथे जुनकिरी कै खोजीमा
चम्किन थाले निल गगनमा
मधुरो प्रकाशका
ताराहरु
सर्वस्व ताराहरुको प्रकाशमा
हेर्छु आफ्नै भविश्यवाणी
बिलिन हुन्छन नक्षत्रहरु
हेर्छु बादल आकाशमा
टालिन्छ उल्टै आँखामा
पुनः आवृति हुन्छ
आवृति भैरहन्छ
उही बादल र ताराहरु
केही भएन जिन्दगी
प्रतिकुल समयको बाधाले
अचम्म फेरी यहाँ मानवहरु
बाँची रहेछन स्वतन्त्रै
मात्र म भोगी रहेछु
असमायीक भोगाईहरु
एक्लै … एक्लै
रात मारेर जादा
जन्मन्छ बिहानी
रुदै असिनामा अनि शीतमा
जिउछन सबै संसारको रितमा
बेग्लै संसार मैले पाउदा
जीवनका अर्थ खोज्दै
मैले भेटाएँ
जुनकिरीका उज्यालाहरु
उद्देश्यका आयुहरु
मधुरो प्रकाशका ताराहरु
केवल
अर्थहिनका संयोगहरु ।


फाक्चामारा ४ तेह्रथुम

1 comment:

Unknown said...

jiban dai namaskar choubise blog banaunu bhayeko rahe6 khushi lagyo best of luck