Monday, February 1, 2010

गजल


-सन्तोष माबुहाङ्ग

बस्नुको त टुङ्गो छैन वासको कुरा नगर
जे मिल्छ त्यही खाउला गाँसको कुरा नगर

हामी आफै फस्या छौ अभावको दलदलमा
अरु नै डुबिरहेको भासको कुरा नगर

मजबुरी गरी खानेको त यस्तो हालत छ
अरुको घरमा बस्ने दासको कुरा नगर

स्वार्थ नै स्वार्थ भरिएको यो संसार भित्र
सहयोग मिल्छ भन्ने आसको कुरा नगर

ज्युदै छदा त यहाँ कसैले हेर्दैनन भने देखि
मरे पछि जे जे होस लासको कुरा नगर

बसन्तपुर, तेह्रथुम
अहिले- मलेसिया

1 comment:

Anonymous said...

जीवनजस्तो कहाँ हो र अन्न त फेरि फेरि फल्छ नै
मंसिर लागेको मान्छेलाई राशको कुरा नगर

लेख्नपर्छ सन्तोष जी यस्तै अमर गजलहरु
मरेपछि पनि बाँच्नुपर्छ सासको कुरा नगर ।
-देवेन्द्र सुर्केली