Tuesday, January 26, 2010

एक्योरियम र मेरो देश



-देवेन्द्र सुर्केली

म घुम्छु
जताततै घुम्छु
आँखाले देखेको देश
र पाइलाले टेकेको जमिनमाथि
मैले नदेखेको
इश्वरहरुले छरेको ढुंगामाथि
खोला र समुन्द्रमाथि
लाग्छ मलाई
यो देश 'एक्योरिम' नै हो ।
यो देश मान्छेहरुले काँचको भाडामा पनी भरेर
भूरा छोडेर स्वतन्त्र जिउन दिएजस्तै
मैले नदेखेको इश्वरहरुले
विशाल भाडामाथि
ढुंगा माटो हावापानी भरेजस्तै ।

म घुमिरहन्छु मेरो नाक नठोक्किएसम्म
भुराहरु काँचको दिवारमा ठोक्किएजस्तै
म स्वतन्त्र छु
भुराहरु एक्योरियममा स्वतन्त्र रहेजस्तै
एक्योरियम जो हो -त्यो मेरो देश हो
हावापानी समिश्रण रहेको
एक्योरियम भित्र जे छ मेरो देशभित्र त्यही छ
वैज्ञानिक पद्दतिबाट जडान गरेर
क्रमशः अ_िक्सजन फाल्छ
र एक्योरियममा यस्तो हुन्छ
-भुराहरुको बेला भएपछि
मान्छेहरुले आहारा गर्छन्
त्यसैले मान्छेको पनि बेला भएपछि
मैले नदेखेको इश्वरले खोसेर लैजान्छ ।
फरक यति हो -
भुराहरु आफ्नो इश्वर देख्छन्
म मेरो इश्वरलाई देख्दिनँ ।

हाल- मलेसिया
प्रतिकि्रयाको लागि :-
desunone@yahoo.com

No comments: