Saturday, July 10, 2010

गजल र काफिया

नेपाली माटोमा गजल रोपिएको सवासय अधिक वर्ष नाघिसकेको छ । मोति मण्डली देखि अनाम मण्डली सम्म आइपुग्दा गजलले धेरै द्रस्टा स्रष्टाहरु पाइसकेको छ । प्राथमिक कालका मोतिराम भट्ट लक्ष्मी दत्त पन्त, इन्दु नरदेव पाण्डे 'शुधा', गोपनाथ लोहनी, नाथु अजद हुसैन, अन्जानु पछि भिमनिधि तिवारी उपेन्द्र जिगर पछिका पुर्नउत्थानवादी ज्ञानुवाकर पौडेल हुदै ललिजन रावल, बुँद राना, घनश्याम न्यौपाने, मनु ब्राजाकी, रवी प्रााजल, सनत वस्थी श्रेष्ठ, 'प्रीया' पत्थर, प्रेम प्रकाश मल्लहरुबाट तन्किदै आधुनिक कालका धनराज गिरी कृष्ा क्षेत्री, प्रकाश आङदाम्बे, खगेन्द्र गिरी 'कोपिल', अनमोल मणी, पुष्प अधिकारी 'अाजली', शुरेस सुवेदी, घनश्याम 'पथिक', अाजु 'अाजुली', मायामितु न्यौपाने, ऋचा लुइटेल, बुद्धी सागर चापाई, शितल 'कादम्बीनी', गोवर्दन पूजा, सूर्य चापाई, भुवन बोहरा, टि.एन. जोशी, रामलाल, गोर्खे साइलो, ज्ञानु विद्रोही, रुपक बनबासी, पदम गौतम, जीत कार्की, स्वागत नेपाल, देवी नेपाल, रासा, निराजन बतास, विमला 'केयरलेस', लेखाराम सापकोटा, भुपेन्द्र ति_िम्सना, एकादेशको गगनराज, जोतारे धाइबा, बलराम दाहाल, गीता सापकोटा, अनुपमा, करारा, गीता सिह, अम्बीका िसंह, अाजु स्मारीका सिह, विष्णु बहादुर सिह, हेम बाबु लेखक, धिरज 'त्रीवेणी', खोलाघरे 'साइलो', अगीव बनेपाली, नारायण निरासी, रेणुका भट्ट, राधा कणेल, सप्रेम अर्चना, विभोर बराल, रवी भण्डारी, नारायणी देवकोटा, लोकेन्द्र बाजारा, बालकृष्ण लामिछाने, विवस बलिभद्र कोइराला, शेखर अस्तीत्व, स्वप्नील स्मृती, विपिन 'किरण' सम्म आइपुग्दा नेपाली गजलले धेरै आरोह अवरोहहरु पार गरिसकेको छ ।

अचेल संख्यात्मक र गुणत्मक दुवै हिसावले गजल सम्पन्न हुदै गइरहेको छ । यो सुखद कुरा हो गजलका निम्ति । साठीको दशकको उत्तराद्र्वसँगै गजलको लोकपि्रयता झन्झन् चुलिदैछ । रेडियो पत्र-पत्रिका र कुनै पनि साहित्यिक गोष्ठीहरुमा गजल बजेको, छापिएको र बाचन गरिएको छैन भने कार्यक्रम नै अधुरो उपुरो लाग्ने गर्दछ । यसर्थ यसो भन्न सकिन्छ गजलले सनैःसनैः नेपाली साहित्यमा जवर्जस्त उपस्थिती जनाउँदै छ/जनाएको छ ।
यो लेख विषेशतः काफियाका सन्दर्भमा केन्द्रित गर्न खोजिएको हो । हुन त 'म' समालोचक होइन पनि र गजलको समालोचना गर्ने हैसियत पनि छैन म'मा । र, पनि एउटा पाठकको हैसियतले केही सर्जकका गजलहरुका बारेमा टिप्पणी गर्न बसेको छु । हरेक सर्जकले रचना गर्दा आफ्नो रचनालाई कुनै न कुनै प्रतिक वा विम्वहरुका सहायताले कुनै न कुनै कुरालाई सङ्केत गरेका हुन्छन् । ताकि रचनाले पाठक एवम् स्रोताहरुको मन छोओस् र जीवन र जगतका हरेक पाटा र बाटाहरु मध्ये कुनै न कुनैको सही र सार्थक नेतृत्व गरोस् । र त्यसको निमित्त सर्जकले कुनै एउटा विधालाई अवलम्बन गर्नै पर्ने हुन्छ । र, आजका अधिकांस सर्जक स्रष्टा, द्रष्टा, नया र पुरानाहरुले आफ्नो मनको गाठो विसाउन 'गजल-चौतारी' रोज्ने गरेको देखिन्छ ।
गजल सास्त्रीय विधा हो । यो देख्न, सुन्न र पढ्नमा जति सजिलो महसुस हुन्छ, लेख्नमा त्यतिकै कठिन छ । 'रुद्र मिश्रले' भने जस्तै गजल लेखिदैन बरु निर्माण गरिन्छ । हुनपनि गजल निर्माण गर्दा गजलका भित्री र बाहिरी तत्व घटकहरुको सम्पूर्ण ज्ञान हुनु अत्यावश्यक छ । साहित्यका अन्य विधाहरु सामान्य विधागत ज्ञान भएर वा नभएर पनि लेख्न सकिन्छन् । किन्तु गजलका निमित्त सामान्य ज्ञानले पुग्दैन ।
अचेल घरदेश र परदेश जहा पनि गजल लेख्नेहरुको ओइरो लाग्न थालेको छ । यो ओइरो सँगै राम्रा र नराम्रा दुवै प्रवृत्तिहरु पनि भित्रिरहेका छन् । गजलका निमित्त नकारात्मक प्रवृत्ति आत्मघाती नै हुन्छ । तसर्थ यहा काफिया प्रयोगका सन्दर्भमा सकारात्मक र नकारत्मक दुवै प्रकृति/प्रवृत्ति को बारेमा कोट्याउने प्रयास गरिएको छ ।

उत्तरमा सेतो हिमाल, हासेको यो देश मेरो
डाफे मयूर मुनाल सँग, नाचेको यो देश मेरो

कहा छ र यस्तो संसार, ठाउठाउमा खोज्दा पनि
सयौ थुङ्गा फूलका माला, गाँसेको यो देश मेरो

वीर शहिद पुर्खा मेरा, भक्ति अमर लखनहरु
खुकुरीका धारले बैरी, मासेको यो देश मेरो

-रुवेन पुन / दीपााजिल

यो गजलमा आंशिक शब्द काफियाको सुन्दर प्रयोग गरिएको छ । आंशिक काफियाले गजलको लय चेतनालाई भङ्ग गर्छ भन्ने 'म'हरुलाई दरिलो थप्पड पनि हो यो । गजलको मतलाको दुवै 'मिसरामा' राखिएका क्रमशः 'हाँसेको/नाचेको' दोस्रो शेरमा प्रयुक्त 'गाँसको' तेस्रो शेरमा प्रयुक्त 'मासेको' वर्णगुच्छ तुकहरु नै काफिया हुन । हेरौ :-
- हासेको = ह् + आ + स् + ए + क् + ओ
अर्थात् हा + से + को = हासेको

- नाचेको = न् + आ + च् + ए + क् + ओ
अर्थात् ना + चे + को = नाचेको

दोस्रो शेरमा पर्युक्त-
- गासेको = ग् + आ + स् + ए + क् + ओ
अर्थात् गा + से + को = गासेको

तेस्रो शेरमा उल्लेखित
- मासेको = म् + आ + स् + ए + क् + ओ
अर्थात् मा + से + को = मासेको


माथिको सुत्र हेर्दा
हासेको वर्णगुच्छको
'हा' मा 'आकार' छ
'से' मा 'एकार' छ
'को' मा 'ओकार' छ
त्यसगरी हमकाफियामा प्रर्युक्त नाचेको वर्णगुच्छमा आएको
'ना' मा 'आकार' छ
'चे' मा 'एकार' छ
'को' मा 'ओकार' छ
त्यसगरी दोस्रो शेरको गासेको कफियामा
'गा' मा 'आकार' छ
'से' मा 'एकार' छ
'को' मा 'ओकार' छ
भन्ने तेस्रो शेरको मासेको को
'मा' मा 'आकार' छ
'से' मा 'एकार' छ
'को' मा 'ओकार' नै आएको छ ।
यसर्थ यो गजलमा काफियाको सार्थक प्रयोग गरिएको छ । तथापी कोट्याउदै जादा 'समापक' दोष भेटिन्छ र अन्य दोषहरु पनि भेटिन सक्छन् तर आज विशेषतः काफिया सम्बन्धि मात्र लेख केन्द्रित भएकाले अन्यतिर जानु असान्दार्भिक हुनसक्छ । अव अर्को गजलको उदाहरण हेरौं :-

मधेसी र पहाडेको बात नलगाउ
मान्छेवीच सानो ठूलो जात नलगाउ

अधिकार बराबर लिने दिने खेलमा
होस गरे साम्प्रदायिक मात नलगाउ

बल्ल तल्ल दशक पछि हाइ साचो भाछ
देशमा फेरि अर्को कुनै आपत नलगाऊ

-इन्द्र नारथुङगे (sahityaghar.com)

यो गजल भाव प्रधान्यताका हिसावले उत्कृष्ट छ । गजलको मतलामा प्रयुक्त 'बात/जात' पूर्ण काफिया हुन् भने दोस्रो शेरमा 'मात' काफिया आएको छ । त्यसैगरी अन्तिम शेरमा सर्जकले 'आपत' लाई काफियाका रुपमा छानेको देखिन्छ । यो गजल ६ वटा शेरमा आवद्ध थियो, यहा तीनवटा शेर मात्र लिइएको छ । अन्य तीनवटा शेरहरुमा 'खात, हात, साथ' जस्ता काफियाहरु राखिएको छ । हेरौं :-
- बात = ब् + आ + त
- जात = ज् + आ + त
- मात = म् + आ + त
- खात = ख् + आ + त
- हात = ह् + आ + त
- साथ = स् + आ + थ
- आपत = आ + प + त

माथि उल्लेखित बात, जात, मात, खात, हात, साथ, जस्ता काफियाका रुपमा आएका वर्णगुच्छहरु समस्वर युक्त छन् र सबैले आंत अर्थात् आंअ् आकार र अकारको भार बोकेका छन् भने 'आपत' काफिया (आ+अ+अ) आकार + अकार + अकारको रुपमा आएकाले वात, जात, जस्ता (आकार + अकार) बोकेका काफियाको हमकाफियाको रुपमा आउन मिल्न सक्दैन तसर्थ यहा पूर्णतः 'काफिया विचलन दोष' स्पष्ट रुपमा आएको छ । र, यसलाई सुधार्न खोज्दा पनि कसैगरी सुधार्न नसकिने अवस्था सर्जकले राखेका छन् । 'आपत' शब्दलाई 'आत' वा 'पात' बनाएर समस्वरयुक्त काफिया बनाएको खण्डमा पनि गजलको भाव र मर्म नै खल्वलिने अवस्थामा छ । साथै 'आपत' काफियाकै कारणले गजलमा यति, गति पनि खल्वलिएकाले 'लय भङ्ग दोष' स्पष्ट रुपमा देखा पर्छ । सर्जकले अलिकति ध्यान दिएर ६/६ वटा शेर भएको गजलमा अन्तिम अर्थात् 'आपत' काफिया प्रयोग गरेको शेर नै हटाइ दिएको भए 'काफिया विचलन दोष' खप्नु पर्ने थिएन । तर, यसले गजललाई फजल वा अगजल मात्र बनाएन बरु सर्जककै गजलकारितामा पनि प्रश्न चिन्ह खडा गर्न सक्छ । त्यति मात्र होइन गजलको उसो त यो गजल होइन र विशुद्ध फजल हो । किनकि काफिया विहिन वा विगि्रएको रचना गजल मानिदैन ।
त्यसै गरी पाचौ शेर/पंक्तिमा पर्युक्त 'साथ' काफियाले वात, जात, मात, हात, खात, जस्ता 'पूर्ण शब्द काफिया' को भार बोक्दैन । यदि सर्जकले 'आंशिक शब्द काफिया' प्रयोग गर्दा गजलको मतला खण्डमै ध्यान दिएको भए 'काफिया रखाइ दोष' आउने थिएन । किन्तु यो अक्षम्य दोष भने होइन । बडे-वेड गजलकारहरुका पनि यस्ता त्रुटीहरु जानेर वा नजानेर कालान्तर देखि आजसम्म आइनै रहेका छन् । यसो भन्दैमा हामीले पनि त्रुटी गर्नुपर्छ भन्न खोजेको चाहि होइन ।
कुनै पनि सर्जकले म कुन विधामा कलम चलाउँदै छु ? के का लागि लेख्दै छु ? अनि त्यो विधाका आधारभूत मूल्य मान्यताहरु के-के हुन ? र तिनलाई कहा-कहा र कसरी कसरी संयोजन राख्दै/गर्दै लैजाने ? भन्ने बारेमा गहनतम भएर नसोच्यो भने वा अल्पज्ञानकै आधारमा रचना गर्दा वा आवश्यक सावधानी नअपनाउदा वा भाव र विचारमा बग्दै जादा अन्यत्र ध्यान नदिदा वा सामान्य पढे सुनेकै भरमा रचना गर्दा वा अन्य कुनै कारणले यस्ता भुलहरु हुने गर्दछन् । किन्तु जे-जस्ता कारणले भएपनि 'काफिया विहिन' रचना गजल मानिदैनन् । गजल प्रति सामान्य चासो राख्ने पाठक एवम् श्रोता जो कोहीले पनि यस्ता दोषहरु छुट्याउन सक्ने क्षमता राख्दछन् ।
नेपाली गजलमा विस्तारै समालोचकहरु पनि जन्मिदैछन् । यो गजलका निम्ति सुखद पक्ष हो । किन्तु यो सँगसँगै विकृति पनि भित्रिरहेका छन् । आफ्नो अलिकति नजिकको छ भने उसको कमजोर रचनालाई (यहासम्म कि फजललाई समेत) बढाई चढाई सगरमाथाको चुचुरो बनाउने र अलिक टाढाको छ भने (त्यो क्षेत्र जाती लिङ्ग धर्म राजनीति जे पनि हुनसक्छ) राम्रो गजललाई पनि गलत व्याख्या/अपव्याख्या गरेर दोषी देखाउन खोज्ने प्रवृत्ति नेपाली गजलकै निम्ति हानिकारक हो ।
हुदा हुदा अचेल त आफै फजल लेख्ने फजलकारहरु अरुका गजलमा समालोचना लेख्दै (त्यो पनि उल्टो सुल्टो भट्याएर) ठूला र बरिष्ट बन्न खोज्दै स्वघोषित समालोचक बन्दैछन । दुई चारवटा गजल लेख्ने, व्याख्या गर्ने र सम्पादक बन्ने प्रवृत्तिले गाज्दै गयो भने स्वयं व्यक्ति र गजलकारिता ! दुवै धरापमा पर्ने निश्चित हुदा हुदै पनि अरुका खुट्टा तान्न नछोड्ने 'म'हरुले बेलामै नसोचे स्वयंका हात काटिन सक्छन् भनेर हेक्का सम्म राखेको देखिदैन ।
ए……स्वघोषित 'म'हरु गजल के हो ? किन लेखिन्छ ? के का लागि लेखिन्छ ? र, कसरी लेखिन्छ ? भन्ने तिर ध्यान देऊ । फजल लेख्दै गजलका 'राष्ट्रपति' समालोचक बन्ने धृष्टता गर् यौ भने तिमीहरुलाई आम पाठक स्रोता र सर्जकहरुले वहिष्कृत गर्ने छन् । आफु पनि फजल लेख्ने र गजल प्रतियोगिताका महान निर्णायक न्यायधिस बन्दै फजललाई नै पुरस्कृत गर्नेहरुलाई समेत पाठक एवम् सर्जकहरुले बहिस्कृत गर्दैछन्/गर्नेछन् ।
काफिया रहित 'टाउका विहिन शरिर जस्ता' गजल नामका फजल लेख्दै समालोचक बन्न खोज्नेहरु हो ! यदि समालोचक, व्याख्याता, अनुसन्धानदाता, गजल गुरु, बन्ने रहरै छ भने बाटो खुल्ला छ गजलमा निपूर्ण बन्दै सही सही व्याख्या समालोचना गर्न सक्छौ । हैन भने अकविता लेखेर कविताको ! अकथा लेखेर कथाको ! अगजल लेखेर गजलको ! समालोचना गर्ने अधिकार न मलाई छ न गालिव लाई, न मीरतकी मिर लाई थियो न ज्ञानुवाकरलाई, न लली घनु प्रााजल र देवीलाई छ न तिमीहरुलाई नै ।
यदि तिमीहरु गजललाई साचिक्कै माया गर्छौ भने आउ केही तिमीहरु सिकाउ केही हामी सिकाउछौं । हामी वीच भएका रहेका कमजोरी हटाउदै गजललाई वास्ताविक गजल बनाउन तिर अग्रसर हौ । हैन भने औषधी तितै हुन्छ खाए खाउ नखाए नखाउ । नखाए आफैं…॥

- श्रीजन श्री
अनाम मण्डली मलेसिया
०१०-५३३४१०६

Monday, February 8, 2010

गजल

-यदुराज राई

पाएर सबैथोकहरु तिमीलाई घुमाउनुको सौख छ म मा
बन्धनहरु भेला भई बैठक बसने चोक छ म मा

आज या त भोली मर्छु ठेगान छैन जिन्दगीको
ओखतीले छुदै नछुने त्यस्तो एउटा रोग छ म मा

विछोडको पीडा खप्न नसकी आँशु झरी जान्छ
बिछिप्त भई दुखेकै बेला भावना पोख् छ म मा

पिरतीको नाप तौलमा तिमी धार्नी म बिसौली
फेरी आज यस्तै गरी मन मुटुको जोख् छ म मा
-मलेसिया

Monday, February 1, 2010

गजल


-सन्तोष माबुहाङ्ग

बस्नुको त टुङ्गो छैन वासको कुरा नगर
जे मिल्छ त्यही खाउला गाँसको कुरा नगर

हामी आफै फस्या छौ अभावको दलदलमा
अरु नै डुबिरहेको भासको कुरा नगर

मजबुरी गरी खानेको त यस्तो हालत छ
अरुको घरमा बस्ने दासको कुरा नगर

स्वार्थ नै स्वार्थ भरिएको यो संसार भित्र
सहयोग मिल्छ भन्ने आसको कुरा नगर

ज्युदै छदा त यहाँ कसैले हेर्दैनन भने देखि
मरे पछि जे जे होस लासको कुरा नगर

बसन्तपुर, तेह्रथुम
अहिले- मलेसिया

कथा: सपना


-भिम स्नेही लिम्बु

एउटा आकर्षक बस्तुको गुणले मान्छेको अन्तरमनलाई कति मोहीत पार्दछ एउटै चेतनको शब्दले मानिसको मस्तिष्कमा कति प्रभाव पार्दछ एउटै भयले मान्छेको जिन्दगीलाई बारम्बार किन तसा्रई रहन्छ यो एउटा म पात्रले भयप्राद सपनाको दश्य देखे पछि भनेको हो । म ब्युँझेर यसरी लेखिरहेको छु ।
मैले घरको चुलोमा आगो ताप्न छोडेको तीन साल पुग्नै लाग्यो । त्यतिनै भयो गोठमा गाईबस्तुको गोबर नसोहोरेको । अनि घर पछाडीको धारामा स्नान नगरेको । आज गहिरो निन्द्राको सपनामा सबै सबै देखे । त्यो देउरालीको उकाली गोरेटो विच विचमा बर पीपलका जोडी बृक्षहरु । साँच्चै त्यो पल बिर्षेको छैन । त्यो बर पीपलको शितल बृक्षहरुमा सधै म अनि सपना घण्टौ बसेर प्रेमको शंवाद अनि दिल्लगी र एक अर्कामा ठेलाठेल गथ्र्यौ । त्यो कति आनन्दको कि्रडा थियो मात्र जिन्दगी भरीको अविश्मरणीय क्षण । हामी विच एउटै ब्यवहार बाँकी थियो जुन विवाह पछि लोग्ने स्वास्नीमा हुन्छ ।
सदा झै म त्यो दिन पनि गराँसे डाडाको बजार भर्न उकालो चढिरहेको ्थिए । उही स्थान उही बर पीपलका बृक्षहरुको फेदमै मेरो प्रतिक्षामा बसिरहेकी थिई 'सपना' । बोलाउदै उनको समिप जान मुस्किल भईरहेको थियो । किनभने उनी अति अब्यवस्थित पारामा बसेकी थिई । तर उनी ब्यवस्थित र सुरक्षीत ठान्थी की आफूलाई जवकी उनी निर्ठुक्क थिई । मैले ठाने जुन सुरक्षको आवरणले छोपेको छ मानव उत्पतीको पृथ्वी । उनको छेवैमा गएर सोधे- 'यति अव्यवस्थित किन बसेकी सपना यो बेला पराईले देखे भने के होला ?'
तव मुस्कुराएर सपना बोली,- 'हो ऋतु मैले कल्पना गर्न थालेको छु, जव तिमी मेरो सामु हुन्नौ म आफूलाई अति अब्यवस्थित र असुरक्षीत भएकी देख्छु । यी सब कुराहरुको तिमी संरक्षक बनन ल, ऋतु ! मेरो विन्ती छ ।' अप्ठ्यारो काईदामा बोले म- 'हत्तेरी तिमी सपना पनि ! मैले यो विषयमा कुरा गरेको हो र जसको सुरक्षामा म खटिएको छु कतै आक्रमणकारीहरुको आँखा लाग्ला भनेर पो त तिमीले कुरो बुझेनौ तिम्रो त्यो मेडी …।' हतपत सपनाले आफूले लगाएको मेडी हेरी तल निहुरीएर जहा मेडीको पछाडी पट्टीको भाग उनको चाकले थिचेकी थिई । तव पो रुन थाली सम्हालिन थाली । के सपनाले मेरो मनको परिक्षण गरेकी हो धेरै बर्ष पछि आज स्मृतिमा प्रश्न चिन्ह खडा भएको छ मेरो सामु ।
धेरै दिन पश्चात मैले सपनालाइृ भेटेर मलेसिया जाने निर्णय सुनाए । धन आर्जन गरेर जीवन उज्वल बनाउला हाम्रो विवाह पछि छोराछोरीलाई सुख सँगले पालौला पढाउला । सन्तान प्रतिको चिन्ता उनीसामु ब्याक्त गरे । तर उनी एकोहोरी रहेकी थिई । उनी रुदै यति मात्र बोली- 'खोले सिस्नु यही खाऔला, यहीको पाखा भित्तामा पाखुरा बजारौला, भाग्यमा जे छ त्यही भोगौला । के थाहा मलेसिया जानेहरुको भरोसा हुन्न भन्दछन ।' उनी झन डाँको छोडेर रुन थाली ।
म दोमन भए किनकी एकातिर विदेश गएर धन कमाईएला भन्ने ठुलो आकंक्षा अर्को तिर सपनाको विन्ती । विवाह पछि म सँग बसेर खोले सिस्नो खाएरै पनि उ स्वतन्त्र बाँच्छे भने सम्पन्नताको अनुभुती र कल्पना गर्दीनन भने विवाह गरे के भो त तर अस्ति मात्र किसनले सुजनासँग अनुरोध गरेको प्रश्नको स्मरण भयो 'सुजन तिमीले विवाह गरेपछि के ज्ञान पायौ वा कस्तो महसुस गर् यौ ?' प्रति उत्तरमा सुजन बोलेको थियो- 'प्रकृतिको विनास गर्न सकिन्छ तर निर्माण गर्न सकिन्दैन भन्ने ज्ञान पाँए ।'
सायद सुजनको छोरो भईसकेको अनुभुती होला त्यही भएर किसन मात्र मुसुमुसु हाँसिरहेको थियो । म त प्रकृतिपुजक बन्न रुचाउने ब्याक्ति हुँ । यसरी विनास विध्वांस गर्ने पट्टी मन नगए पछि पुन सपनालाई सान्त्वना र आश्वसानको मन छोडी राखेर राजधानीको मार्गतिर प्रस्थान गरे । जुनवेला म स्वयं अध्याँरोमा यात्रा गर्ने यात्री भएको थिएँ । म काहा पुग्छु के हुन्छु मेरो गन्तब्य कहा हो आधा यात्रा मै पो अवरुद्ध हुन्छु कि भन्ने भयले तसा्रई रहयो । जसो तसो मलेसिया आईपुगियो । तर केवल तीन चार महिना वित्न नपाउदै मेरो कान सम्म नराम्रो सन्देश आईपुग्यो 'सपनाले आत्माहत्या गरेर मरी' ।
म झस्किए । कुरा बुझ्दा उनलाई बलजफ्ती तीनचार जना पुरुषद्धारा बलात्कृत गरिएछ । त्यो बेला उनले बोलेकी याद आयो- 'हो ऋतु ! मैले कल्पना गर्न थालेकी छु जव तिमी मेरो सामु हुन्नौ म आफूलाई अति अब्यवस्थित र असुरक्षीत भएकी देख्छु ।'
म झण्डै लडे । थुचुक्कै बसे । विचरीले अन्तिम प्राण सम्म मलाई सम्झी होली । मलाई धिक्कारी होली । अव मेरो मन जिउने प्रवल आकंक्षाहरु सघर्ष गर्ने साहास आफन्तको माया आदी सबै उनको आत्माहत्याको सन्देश सँगै मरेर गए । हत्या भएर गए । म संवेदना शुन्य जिजिविशा सुन्य जिएको छु मुर्दा समान ।
निक्कै भयो गोविन्दराज भट्टराईको 'सुकरातका पाईला' उपन्यास पढिरहेको । उक्त उपन्यास भित्रका नायक अनन्तको ब्याथा ब्यवहार जीवन जस्तै मेरो जीवन रुपान्तरण भएको छ । दिलदुःखी जन्तरेले हिजो फोन गरेको थियो 'भाई सकेन' आज समाप्त गर्ने भनेपछि एउटा कृष्णविवर र बाँकी सुनसान शिर्षक पढिसिध्याएँ । पढिसकेपछि मलाई लाग्यो मैले यो पुस्तक नपढेको भए हुन्थ्यो ।
मलाई अनन्तले पिरोल्यो । अनन्तको अध्यारो जिन्दगीमा पूर्णिमा कहिल्यै नउदाउने गरेर डुब्यो । औषी जस्तो कालो रातमा अनन्त अदृश्य भयो । विलिन भयो । अव अनन्तको समाप्त हुदा ऋतुको महत्व र अस्तित्व नै रहयो कहा यस्तै सोच लिएर बिछ्यौनामा पल्टे । निन्द्रा भन्दा बढी उपन्यासले पिरोलेको थियो । के अनन्तको मार्ग मैले पनि पछ्याउनु पर्छ म झन कति पिरोलिएँ । कति खेर निदाएर सपना देख्न थाले । म सुतिरहेको थिए । अचानक मेरो सामु सपना प्रकट भई । म अझै सुतिनै रहेको थिएँ । सपनाले मेरो कपाल सुम्सुम्याई र बोली- 'उठ ऋतु ! यसरी बेवारीसे अवस्थामा यो सुनसान ठाउँमा तिमी एकैछिन पनि नसुत । हेर आज आफ्नो घर भन्दा धेरै टाढा देशमा तिमी नसुत । चाडै ब्युझन ऋतु म तिमीलाई मेरो बस्ने देशमा लैजाउला । उ पर हेर त मेरो बाटो आज तिमीलाई हिडाई दिउला त्यो बाटोमा । कति मजा आउछ त्यो बाटो हिड्दा कति शितल हुन्छ त्यहा यात्रा गर्दा ।'
मैले सपनाको आँखा चोरेर पर भनेको ठाउँतिर हेरे त्यहा एउटा विशल बृक्ष देखे । रुखको बोटमा बाटेको बाक्लो डोरी तुर्लङ्ग एकमान्छे भन्दा अलिक माथि झुण्डिएको थियो । उक्त डोरी रुखको टुप्पो सम्म मात्र देखिन्थ्यो ।
सपना त्यो डोरीबाट तलमाथि कति सजिलै यात्रा गरिरहेकी थिई । डराँए अनि मुण्टो फर्काए फेरी सपना मेरो छेवैमा बसेकी थिई । मैले उसको बाटोमा नजानलाई नक्कल गरे । एकछिन जोडले कामे सास फ्याले अन्त्यमा मुख बाँए । सपना घोप्टो परेर रुन थाली । मैले अन्तिम सास जानेबेला भने:
मेरो मृत लासलाई जति छोएपिन
फर्कन्न अव कहिल्यै अति रोएपनि
उ झन जोडले रुन थाली । उहीवेला अनन्त प्रकट भयो । देखियो । अनन्त मेरो सामुन्य आएर बोल्यो- 'नरोउ सपना ! ऋतु मरेको छैन' अनि मलाई भन्न थाल्यो अनन्तले,- 'ऋतु ! तिमीले सजाय भोग्नै पर्छ । तिम्रो कारणले सपनालाई कति पीडा भो अन्त्यमा तड्पी तड्पी मर्न आत्माहत्या गर्नु पर् यो । के तिमीले यो महसुस गरेको छौ एउटा नारीलाई साहारा दिन नसक्नेले नारी स्वतन्त्रता र प्रकृतिपुजकको नारा लायौ किन किन यो भावना आत्मामा पाल्यौ जव पुर्णिमाको निम्ती मैले प्राण त्यागे तव सपनाको लागि तिमीले प्राण त्याग्नु पर्छ भनेर मरेको नक्कल गरेको हो तिमीले सपना सँग प्रण गरेका सम्झौताहरु बिष्र्यौ सत्यको जित हुन्छ भन्ने थाहा पाउदा पाउदै असत्यको पछि नदौड । सत्यको ऐनालाई तिमीले मान्नु पर्छ ।'
सपना मलाई हेरिरहेकी थिई । अनन्त म नब्युझेकोमा रिसले आगो भएको थियो । अनन्तको हातमा लौरो थियो । त्यही लौरीले मेरो जोडी गोडामा हिर्कायो । म चिच्याएँ बल गरेर ऐया… । सँगै सुतेको रवीको खुट्टाले मेरो दुई गोडालाई थिचेको रहेछ । एक्कासी बल गरेर झट्कार्दा रवीको खुट्टो भित्तामा बजि्रन पुग्यो । म विपनामा छिचोल्ने गरी सपनामा कराएकोमा रवी तीन छक्क परेको थियो । सपनाले पिरोल्न सम्म पिरोल्यो । डरलाग्दो सपनाले मेरो सशरिर कामिरहेको थियो । छि ! कस्तो अशुभ सपना के संकेतिक अपसगुनको सपना हो यो त्यो मैले देखेको सपना पनि कुनै विभ्रान्ती भैदिए हुन्थ्यो भन्ने लाग्यो । उठेर ढोका उर्घादा नौलो विहानी मेरो स्वागतमा खुलिरहेको थियो ।

फाक्चामारा ४ तेह्रथुम
हाल मलेसिया
०१०२१८८०२४

Tuesday, January 26, 2010

एक्योरियम र मेरो देश



-देवेन्द्र सुर्केली

म घुम्छु
जताततै घुम्छु
आँखाले देखेको देश
र पाइलाले टेकेको जमिनमाथि
मैले नदेखेको
इश्वरहरुले छरेको ढुंगामाथि
खोला र समुन्द्रमाथि
लाग्छ मलाई
यो देश 'एक्योरिम' नै हो ।
यो देश मान्छेहरुले काँचको भाडामा पनी भरेर
भूरा छोडेर स्वतन्त्र जिउन दिएजस्तै
मैले नदेखेको इश्वरहरुले
विशाल भाडामाथि
ढुंगा माटो हावापानी भरेजस्तै ।

म घुमिरहन्छु मेरो नाक नठोक्किएसम्म
भुराहरु काँचको दिवारमा ठोक्किएजस्तै
म स्वतन्त्र छु
भुराहरु एक्योरियममा स्वतन्त्र रहेजस्तै
एक्योरियम जो हो -त्यो मेरो देश हो
हावापानी समिश्रण रहेको
एक्योरियम भित्र जे छ मेरो देशभित्र त्यही छ
वैज्ञानिक पद्दतिबाट जडान गरेर
क्रमशः अ_िक्सजन फाल्छ
र एक्योरियममा यस्तो हुन्छ
-भुराहरुको बेला भएपछि
मान्छेहरुले आहारा गर्छन्
त्यसैले मान्छेको पनि बेला भएपछि
मैले नदेखेको इश्वरले खोसेर लैजान्छ ।
फरक यति हो -
भुराहरु आफ्नो इश्वर देख्छन्
म मेरो इश्वरलाई देख्दिनँ ।

हाल- मलेसिया
प्रतिकि्रयाको लागि :-
desunone@yahoo.com

Friday, January 1, 2010

न्यू यिअर


-दिलदुःखी जन्तरे

झरेर पातहरु
नाङ्गो ईस्वीको गाछमा
मुना पलाएर
फेरी पातहरु
नुतन कोपिला पलाएर
फूल्यो न्यू यिअर
अत्तर फूलको सौन्दर्य
कसले सक्छ नकार्न
फूलको ईतिहाँस हेर्दा
आजसम्मको अभिलेखमा
ऐजेरु बनेर ईतर
फूल्न सक्दैन फूल सौन्दर्यले
जो न्यू यिअर नै किन नफूलोस
अक्सर ईस्वीको गाछमा
केवल न्यू यिअर मात्र फूल्छ
ब्यक्तिगत वासना छरेर
र हुन्छ सुघन्धित
दुई हजार दश बर्षे ईस्वीको गाछमा
फूल्दै आएको न्यू यिअर
लामो ईतिहाँस हुदा हुदै
ऐजेरु पत्रदल बनेर
कसङ्ग तङ्वे
न्हु दयाँ भिन्तुना
ल्होछार
ल्होसार
नयाँ बर्ष
अरु थुप्रै ऎजेरु बनेर
फूल्न ललायित छ
साम्रज्य रंग बनेर
अतिक्रमण अत्तर छरेर
संसारमा एउटा मात्र फूल भए जस्तो
अरु फूलको वासना नभए जस्तो
बेला
याम
समय
आए पछि
सबै फूलहरु फूल्छन
आफ्नै रंगले
अफ्नै ढंगले
गाछ अनसारले
न्यू यिअर मात्र फूल हैन ।

यतिबेला
फूलेको छ न्यू यिअर
यो याम
यो समय
यो बेला
त्यसैले फगत भन्नुपर्छ
सिर्फ ह्याप्पी न्यू यिअर ।

बसन्तपुर तेह्रथुम

Monday, December 28, 2009

माङ्गको आह्वान



-मनि राई गोठाले

फलाकेर,
मनलाई साक्षी राख्दै
अव बक्नु बागदाता
दि खन्याँएर
चुल्हाको ढुङ्गामा
ईतिहाँसलाई च्यात्नु
पाईतलाले कुल्चिएर
अनि बनाउनु
धुजा धुजा
कर्ममा कचुर हानेर
माटो नदिनु
तगारो भत्काएर बाटो नदिनु
सिलौटीमा
चोखिदैन हाम्रो रजस्वालाहरु
ए हाङ्ग र माङ्गका खुनहरु
च्यात्नु आकासलाई
चिथोर्नु पहाडहरु
आँधी भित्र कावा खाँदै खाँदै
सिहाँसन खोस्नु
अव त छोड्नै पर्छ
तमसुक भित्र ईश्वर थुक्नु ।

बटुलेर,
सिपहरु विनायो फूल बुट्टाबाट
अव खिल्नु क्रान्ति कपोर
चुल्ठिमा मिलाएर
सृष्टीको बैशमा
पातकी सुतकी च्यातेर
पाईतलाले रगड्नु मुर्दालाई जस्तै
आ-आफ्नै माटोमा
सिकुवाको सह बडालेर
बास नदिनु
आफ्नो काटेर गाँस नदिनु
ताम्रपत्रमा
किन कोरियो हाम्रो चिनारीहरु
ए हाङ्ग र माङ्गका खुनहरु
सल्काउनु आगोलाई
पोल्नु अग्राख कालो रातहरु
माटोमा डेग उभिएर
हुंकारले दहाड्नु स्वायत्त्ता
मुन्धुमले बाँधेर आफूलाई
छिनाउनु पर्छ ग्रह च्वाट्टै ।

उठाएर माटो,
शिरमाथि अभिषेक गर्दै
ठोक्नु विजयी मोहर धर्तीमा
खन्याएर घोषणा
ईतिहाँसलाई पसर्िनु
मुर्दा सभ्यतालाई दागबत्ति दिएर
कुरे फुकाउनु
च्यात्नु अन्त्येष्टीलाई झिनो झिनो पारेर
बाँध्नु चार किला आह्वानले
पूर्वको ढोका थुनेर
घाम नदिनु
गोडामा टोपी राखेर दाम नदिनु
हुकुम प्रमाङ्गीमा
कहिले फुलेन सपना गुँरास भएर
ए हाङ्ग र माङ्गका रगतहरु
च्यात्नु षडयन्त्रलाई विवेकी धारले
कोतर्नु आडम्बरहरु
शिरफूल चढाएर माटोलाई
वल्लो पल्लो
अनि माझको
सबै किरातहरु खोज्नु
धर्ती र आकास हराएका
सबै सबै किरातहरुलाई खोज्नु ।

हाम्रो आवाज साप्ताहिक पत्रिकाको तेश्रो बार्षिक उत्सव कार्यक्रममा वाचित कविता ।

Friday, December 25, 2009

अर्थ विहीनहरुको संयोगहरु



-भिम स्नेही लिम्बु

पाईला चाल्नु
नाघ्नु गृह संघार
अपेक्षीत स्वप्नको साकार
खोज्दै बाटोमा
नितान्त एक्लो यात्रामा
जल्दै… जल्दै
सफर केवल
एक धागोको मार्ग न हो
खस्नु कल्पनाको छाँगा छाँगामा
बग्नु मनको सरितामा
शेष रहन्छ उही
जिबुल्ले जोवनका
लाली सपनाहरु
पूवी सूर्य उदाएर
अस्ताउदा पश्चिममा
छाउछ निश्पट्टै निषाले
खोज्नु चाँदनीका रात
भेट्नु जुनकिरीका उज्याला
साहारा लिएर जुनकिरीको
हिड्दा हिड्दै हराएर
मेरो लक्ष्यहरु
हिड्दा लक्ष्यको खोजीमा
खोजे प्रत्येक संघर्षको ओढारमा
खोजे प्रत्येक षोडशीहरुमा
नभेट्दा सोधे जिजिविषालाई
जिन्दावादको साहस दिन्दा
रमाएँ उद्देश्यका
आयु खोज्दै
पल्टाए आयुका पन्ना पन्ना
छैन यही बेला जुनकिरी
म उही अँधेरीको संसारमा
हिडथे जुनकिरी कै खोजीमा
चम्किन थाले निल गगनमा
मधुरो प्रकाशका
ताराहरु
सर्वस्व ताराहरुको प्रकाशमा
हेर्छु आफ्नै भविश्यवाणी
बिलिन हुन्छन नक्षत्रहरु
हेर्छु बादल आकाशमा
टालिन्छ उल्टै आँखामा
पुनः आवृति हुन्छ
आवृति भैरहन्छ
उही बादल र ताराहरु
केही भएन जिन्दगी
प्रतिकुल समयको बाधाले
अचम्म फेरी यहाँ मानवहरु
बाँची रहेछन स्वतन्त्रै
मात्र म भोगी रहेछु
असमायीक भोगाईहरु
एक्लै … एक्लै
रात मारेर जादा
जन्मन्छ बिहानी
रुदै असिनामा अनि शीतमा
जिउछन सबै संसारको रितमा
बेग्लै संसार मैले पाउदा
जीवनका अर्थ खोज्दै
मैले भेटाएँ
जुनकिरीका उज्यालाहरु
उद्देश्यका आयुहरु
मधुरो प्रकाशका ताराहरु
केवल
अर्थहिनका संयोगहरु ।


फाक्चामारा ४ तेह्रथुम

Wednesday, December 16, 2009

सण्डे चौतारी : "समयको कसीमा घोटीएको मान्छे"


मोहनी लाग्ला है गाउलेको बोलीले डाडाखोला झरनाको गीतले
अल्झेर बगर भुलेर किनार सम्झनालाई विर्षनाको गीतले
....
एउटा साँझ तारे होटलको ११ औ तलामाथी रहेको रात्री क्लबमा मनै अनौठो-अनौठो पार्ने किसिमले यो गाना बज्यो । अनौठो ! नेपाली गीत हुनुमा हैन, अनौठो ! रात्री क्लबमा नेपाली गीत बज्नुमा हैन । हो त कल्पना नगरिएको कुरो हुनुको अनौठो हो । किनकी मलेसियाका तारे होटलहरुको क्लबमा नेपाली गीतले ठाउँ पाउनु एउटा कल्पना गर्नु सम्मको कुरो हो । किनभने ब्यावसायको हिसावले खोलिएका यस्ता क्लबहरुमा ग्राहकसँग गीतको कारोबार पनि हुन्छ नै । त्यसो हुदा ४ लाख नेपाली रहेको भनिएको मलेसियामा ४ प्रतिशत नेपालीको पनि हैसियत नहोला यस्ता क्लबहरुमा गएर मनोराजन लिने । त्यसैले यस्ता प्रकृतिका क्लबहरुमा ग्राहककै फर्माईसमा नेपाली गीत गाईन्छ भनेर सोच्नु कल्पना गनु जति कै हो । तर, ग्राहकहरुले नफुर्माउनु नै सही ! मौका पर्नासाथ यस्तै नेपाली गीत गाई दि'हाल्छन सेरा थामी र भन्छन 'आजाको साँझमा, यो गीत नेपाली दाजुहरुको नाममा ।'
पेसाले गायक सेरा थामी हिजोआज हरेक साँझ ग्राण्ड सिजन होटलको ११ औ तलामाथी रहेको प्लानेट मुम्बाई नामक क्लबमा हिन्दी गजल गाउदै गरेको अवश्थामा भेटिन्छन् । हुनत पहिला आउदा उनी गजल गाउन कै लागि भनेर चाहि आएका हैनन् रे । गु्रपका साथीहरुको लहड-लहडैमा आनन्द कार्कीलाई पछ्याउदै २००८ मा मलेसिया छिरेका थामी शुरुमा किबोर्ड बजाउथे रे । तर तीन महिने करार सम्झौतामा किबोर्ड बजाउदै गरेका थामीमाथि समयले यस्तरी फण्डुल मार् यो कि ! पछि उनले सोही क्लवमा गायकको नियुक्ति पाए । 'सम्झौता मुताविक हाम्रो करार अवधी सकिनलाई १४ दिन बाँकी रहदाको साँझ मैले एउटा हिन्दी गजल गाउने अवसर पाएँ त्यो बेला मेरो प्रस्तुतिबाट कष्टमर मात्र नभएर बोस समेत प्रभावित भएछ । पछि बोस आफैले म सँग गायकको लागि चासो राख्यो र २५ दिने परिक्षणकाल भनेर गाउने अनुमति दियो ।' आफ्नो गलाको सही पहिचान हुन सकेको क्षण स्मरण गर्दै थामीले भने- 'त्यो साँझ मैले मेहन्दी हसनको "दुनिया खुशी के प्यारमे जनत से कम नही" गजल गाएको थिए ।'
मलेसियाको नेपाली बजारमा उति सुनिने नाम हैन सेरा थामी । नाम मात्र हैन उनी उति देखा पनि परेको देखिदैनन् । सायद उनको कर्मक्षेत्रको परीधी एउटा क्लवको वरीपरी रिङ्गिने भएकोले पनि हुनसक्छ । तैपनि उनलाई दुख मनाउ रहेनछ । बरु क्लवमा गाउनुको महत्व अस्ती ६ डिसेम्बर आईतवारको दिन द खुकुरी रेष्टुरेन्टमा टुप्लुक्क भेटिएका बेला उनले खुलासा गरे-'मैले त्यही क्लवको स्टेजबाट ब्यापारी उद्योगपती मात्र नभएर बलिउडको कलाकारहरुलाई समेत आफ्नो स्वर सुनाएको छु ।'
सण्डेको दिन ब्यस्त बजार छोटो भेटको बसिबियालोमा उनको नीजि जीवनमाथि पनि कुराकानी भयो । दोलखा पुर्खौली थलो भएका चरिकोटे थामीले धर्तीमा पहिलो पाईला हाल्दा दार्जिलिङ्गको माटो टेकेका रहेछन । उनका पीता एम.वि.थामी सानोतिनो रोजगार गर्दै दार्जिलिङ्ग पुगेका रहेछन । जागिरे पतीको साथ लागेर हिडेकी माता कर्णमाया थामीले उनलाई पेटमा बोकेर दार्जिलिङ्ग पुयाएकी रहेछिन । जन्म दाजिलिङ्गमा भएपछि हिन्दी भाषा सँग उनको जन्मको सम्बन्ध गाँसियो । उनले बाल्यकाल पनि दार्जिलिङ्गको आँगनमै खेलेर विताए । जीवन र जिन्दगीको कखरा दार्जिलिङ्गकै पानी पिएर सिके । प्रमाण पत्र तह सम्मको पढाई पनि उनले दार्जिलिङ्ग बाटै छिचोले । दार्जिलिङ्गको हावापानीले उनलाई कलाकारको महत्वकांक्षा जागृत गरायो । त्यही महत्वकांक्षा बोकेर शास्त्रिय गुरु ज्यू पूर्ण राई बाबारी बाट डेढ बर्ष संगीत सिकी टोपले । तर उनलाई जव आत्मा-स्वबलम्बी हुनु पर्छ भन्ने बोध भो त्यसपछि उनी आफ्नो खुट्टामा उभिने कसरतमा लागे र नेपाल छिरे । नेपाल उनी पुर्खौली थलथलो भनेर मात्रै छिरेका हैनन् बल्की आफू उभिन सक्ने सम्भावना पनि नेपालमै देखेर छिरेका रहेछन ।
संघर्षका शुरुवती दिनहरु थामीले यसरी सुनाए- 'वि.सं. २०५० सालमा केही गरौ भनेर म नेपाल छिरे र ईलामको रक्से भन्ने ठाउँमा "गजुर मुखी ईलिस बोर्डिङ्ग" स्कुल खोले । प्रा.वि. तहको पढाई हुने यो बोर्डिङ्ग स्कुल मैले २ साल चलाए ।' उनकै अनुसार उनले खोलेको यो बोर्डिङ्ग राम्रै सँग चलेको थियो रे । हुनपनि सक्छ ! किनकी त्यो समय भनेको नेपालको ग्रामिण समाजमा पनि बोडिङ्गको प्रभावले उधुम मच्चाएको समय हो । अझ पूर्वतिरका बोर्डिङ्ग स्कुलहरुमा दार्जिलिङ्गको मास्टरलाई त पढाईको कसी नै मान्छन् । दार्जिलिङ्गे मास्टर छ भने अभिभावकलाई कन्भिन्स गराउन उती कसरत नै गर्नु पर्दैन । त्यसैले दार्जिलिङ्गको रहन-सहन, शिक्षा-दिक्षा पाएका थामीले खोलेको बोडिङ्ग स्कुलले पनि ब्यापकता पाएको थियो भन्नेमा शंका गर्ने कुरो भएन । तर पनि उनले २ बर्ष मात्र किन चलाए त ! भन्ने जिज्ञासा उठ्यो र सोधियो पनि । जवाफमा उनले भने- 'खासमा मलाई काठमाण्डौको भिडमा संघर्ष गर्नु थियो र आफुले खोलेको बोडिङ्ग स्कुल अरुलाई चलाउन दिएर २०५२ मा काठमाण्डौ आँएको हुँ ।'
काठमाण्डौ प्रवेश गरेपछि थामीको संघर्ष पुनः जिरोबाट शुरु भयो । "प्रमाण पत्र तहको सार्टिफिकेट, पूर्ण राई बाबारी ज्यू बाट डेढ बर्ष शास्त्रिय संगीत सिकेको शीप, दुई बर्ष आफ्नै बोडिङ्ग चलाउदाको अनुभव !' यीनै हतियार भिरेर उनी राजधानी पसेका थिए । त्यसैले उनले सर्टिफिकेटलाई नै ईस्तमल गर्दै शिक्षण पेसा शुरु गरे । उब्रेको समय संगीतकर्मी साथीहरुको हिमचिममा लगाए । संगीतकर्मी साथीभाई सँगको संगत उनको लागि कुरिङ ढुङ्गा सावित भयो जहा उनले दार्जिलिङ्ग छदै सिकेको आधाकल्चो संगीत ज्ञानलाई घोट्ने अवसर पाए अनि धार निकाल्दै गए र लाक्ने बनाए । तर उनले पुनहः गुरु थापेर औपचारिक संगीत चै सिकेनन् । त्यसपछि "आसा ईलिस बोडिङ्ग" स्कुलबाट शुरु भएको उनको शिक्षण पेसाले ब्यापकता पायो । उनी एकेडेमिक अध्यापन गराउने शिक्षक त थिए नै जव उनलाई आफुसँग भएको संगीतको सुर ताल अरुलाई पनि बाढ्न सक्छु भन्ने आँट आयो अनि उस्ताद बन्ने मनोकांक्षा बोकेर संगीत सिकाउन थाले । उनले आफुले काम गर्दै गरेको बोडिङ्ग स्कुलमा मात्रै आफुलाई सिमित राखेनन बल्की "भि.एस. निकेतन" "प्यारागन पब्लिक स्कुल" जस्ता नाम चलेका अन्य स्कुलहरुमा पनि पार्ट टाईम संगीत सिकाउन थाले । उबेलाको दिन सम्झिदै उनले भने- '१० बर्षको स्ट्रगल पछि बल्ल काठमाण्डौमा आफु पालिन र परिवार पाल्न सक्छु भन्ने बनाउन सके ।'
भनिन्छ, 'ईलामको चिया बगानको मनमोहकता देखेर मान्छेहरु लोभिन्छन्, चियाको सुरुप सँग स्वच्छन्दता साट्दछन ।' तर दार्जिलिङ्गबाट ईलाम आएका थामीले त यसका अलवा दिल पनि साटेछन् र चियाको बुटा-बुटाहरुमा लुकामारी खेल्दै दानु राई सँग प्रेम रोपेछन् । ६ बर्ष सम्म चलेको उनीहरुको प्रेमले अन्ततः २०५२ सालमा पूर्णता पाएको रहेछ । जातले राईको छोरी सँग थामीले बैवाहिक सम्बन्ध जोड्नु पुरातन समाजमा एउटा सांस्कृतिक क्रान्ति जतिकै हो । त्यही भएर अन्तरजातिय विवाह गर्नु पर्दाको बाधा ब्याबधान बारे जिज्ञासा राखियो । यस्तो जिज्ञासामा थामीले भने- 'विवाह मान्छेको नीजि जीवन सँग सम्बन्धित हुने भएकोले एकअर्काको मन हृदय महत्वपूर्ण हो । मन मिले पछि जात भन्ने कुरो गौण हुन्छ ।'
थामी दम्पती विच प्रेमको समिप्यता कति सम्म रहेछ भने २०५४ सालमै उनीहरुले पुत्र लाभ गरे । थामी दम्पतीले पुत्रलाभलाई प्रेमको उपहार मात्र ठानेनन् । बरु दम्पती विचको समिप्यताको प्रमाण माने र छोराको नाउँ जुराए "समिप" । प्रेममा सफल भएका थामीलाई पुत्रलाभ भएपछि लाग्यो अव सफलताको दिनहरु शुरु भयो । त्यसपछि उनले आफूलाई गीत संगीत क्षेत्रमा परिक्षण गराउन चाहे अनि आफ्नो एकल स्वरबद्ध एल्बम निकाले र नाम राखे "समिप" । यस एल्बमले उनलाई आफ्नो जन्मथलो तिर बढी चिनायो । एल्बमको सफलता बारे उनले थपे- 'समिप एल्बमको कारणले नै मैले मिरिक, सिलगुडि, दार्जिलिङ्गमा प्रोग्राम गर्न सफल भए । अहिले मेरो नयाँ एल्बम "भेटौ इृलाममा" बजारमा आएको छ । यसलाई पनि समिप एल्बमकै प्रतिफल मान्नु पर्छ ।'
विहे गरेकै साल कान्तीपुरी-नगरी हेलिएका थामीले संघर्षका खुड्किलाहरु एक पछि अर्को गर्दै उक्लन थालेपछि परिवारलाई पनि झिकाए । काठमाण्डौको महंगी, रासीन-पानी, नुन-भुटुन देखि लिएर हरेक चिज किनेरै गर्जो टार्नु पर्ने भए पनि उनले खुट्टा लरखराएनन् बरु परिआएका समस्यासँग संघर्ष गर्दै रहे र आर्थीकमा पनि आफूलाई बलियो बनाउदै लगे । यो यात्रामा श्रीमतीबाट पाएको साथ थामी खुलेरै प्रसंसा गर्छन् । परिवार बिग्रन र सप्रनमा आईमाईको हात हुन्छ भने झै आफ्नो परिवार सपि्रएको जस उनले श्रीमतीलाई दिए र भने- 'म त जुटाउने न हुँ, परिवारको सम्पूर्ण देखबाहाल र ब्यवस्थापनको जिम्मेवारी त श्रीमतीले नै सम्हालेकी छे । उनी कै आड भारोसाले अहिले म यो स्तरमा आईपुग्न सफल भएको छु । हुनत श्रीमती र श्रीमान विचको साथ र मायाको हिसाव किताव हुदैन यदी भैहालेछ भने पनि उनीबाट पाएको साथ र मायाको ऋण जन्मान्तर चुक्ता गर्न सक्दिन ।' दानु राई सँग लव गरेर प्रणय-सुत्रमा बाधिएका थामी भावुक भएर बोलिरहेका थिए- 'यदी मेरो हृदयमा माया भन्ने चिज साच्चिकै छ भने सबै भन्दा बढी माया म मेरी श्रीमतीलाई गर्छु ।'

काठमाण्डौ ब्यस्त शहरमा ब्यस्त जीवन विताउदै गरेका थामी र उनका ग्रुपको साथीहरु विच कुराकुरैमा "मलेसिया जाने ?" भन्ने कुरो चलेछ । सबै साथीहरुले "जाने भए जाउँ न त !" भन्न थालेछन् । प्रस्ताव लिएर पुगेका गायक आनन्द कार्कीले समेत "सेरा भाई ! जाउँ मलेसिया ।" भनेछन् । "जाउँ भने जाउँ नै त !" भनेकै भरमा किबोर्ड र गीतको नोटेशन बोकेर मलेसिया आएका थामी अहिले आठौ कन्ट्रयाकको दौरानसँगै प्लानेट मुम्बाईमा गजल गाउदै छन् । यो अवधीमा उनले नेपाली ग्रुप सँग मात्र हैन ईन्डियान ग्रुप सँग पनि काम गरिसकेका छन । दाम र नाम पनि कमाएका छन । यतैको कमाईले सबैभन्दा बढी माया लाग्ने श्रीमतीलाई मलेसिया ल्याएर घुमाई दिएछन् पनि । उनले आफ्नो बोसको पनि खुलेरै ईज्वत गरे- 'बोसले म र मेरो कलाको ईज्वत दियो, मैले पनि ईज्वत दिनेलाई ईज्वत गर्न जान्नु पर्छ ।'
थामीको संघर्षमय दिन र अहिलेको अवश्थामा एउटा अनौठो तालमेल देखिन्छ । जस्तोः कस्तुरी आफूसँगै बृन्दा बोकेर बासनाको खोजीमा भौतारिरहन्छ र आफ्नौ नाईटोबाट त्यो बासना पोखिई रहेको छ भन्ने भेउ पाउदैन । त्यस्तै थामी पनि भौतारिने क्रममा मास्टर बने, उस्ताद बने, यो बनि टोपले, त्यो बनि टोपले । तर प्लानेट मुम्बाईको स्टेजले उनको बृन्द कहा छ भन्ने देखाई दिएको छ र गाएरै परिवार पाल्न सक्छु भन्ने सम्मको विश्वासिलो बनाएको छ । त्यसोत दार्जिलिङ्ग छदाताकै संगीतको रस पसेका थामीले भविष्यमा गाएर जीवन चलाउन सक्छु भन्ने सोचेका थिएनन् रे । हुनसक्छ ! जन्मसँगै हिन्दी भाषा सँग साईनो गासिएका थामीले हिन्दी भाषासँग परंागत भएपनि हिन्दी गाना गाएर नै जीवन चलाउछु भन्ने पनि सोचेका थिएनन् होला । तर समय क्रमले यतिबेला उनले नसोचेको पुर् याई दिएको छ । त्यसैले सोचाई र लक्ष तय गरे असम्भव नहुदो रहेछ भनेर विश्वास पालेका थामीले ईण्डियान कलाकार "कैलास खेर" सँग प्रोग्राम गर्ने ईच्छा भएको खुलाए ।
कुराकानी कै क्रममा 'मेरो स्वर सुन्नु भा छ छैन ?' भन्ने सोधनी भयो, थामीबाट । जवाफमा भने- "तपाईले गाउने ठाउँमा जान आफ्नो औकात पुग्दैन, चेपचाप गर्ने साथी भेटे न जाने हो । एकपटक यस्तै चेपचाप पारेर लाने मान्छे भेटेर पुगेको हो । त्यतिबेला नै सुनेको हुँ । सबै गीत त याद भएन तर मोहनी लाग्ला है…। सुन्दा चै अनौठो खुशी लाग्यो ।" उनले शुरु देखि नै हाम्रो भलाकुसारी सुनी राखेका साथी पट्टि ईकित गर्दै भने- 'उहाँ सारहरु आउनु भा'को मौका मै हो नेपाली गीत गाउने । सधै हिन्दी र बंगाली गीत गाउनु पर्छ । कहिले काही मोका छोपेर नेपाली गीत गाउदा बढो आनन्द लाग्छ ।'
"छोरा मान्छेको कमाई र छोरी मान्छेको उमेर नसोध्नु" भन्ने पुरानो नेपाली आहान छ । तर मझौला कद गहुगोरो बर्णका थामीलाई उमेर सोधिएन बरु आहान अनुसार जो सोध्न नहुन्थ्यो त्यही सोधियो- "मासिक तलव चै कति छ नि ?"
सोध्न नहुने सवाल सोधिएकोले होला उनी शुरुमा फिस्स हाँसे र कुराकानीको विट मार्दै भने- 'आफ्नो तलव बाट सन्तुष्ट छु ।'

धन्यवाद

Wednesday, November 25, 2009

हरी सर सँग छुट्टिदा



-जीवन देवान गाउँले

१५नोभेम्बर२००९
भनिन्छ कसैलाई नपर्खिने केही छ भने त्यो हो समय । साच्चि नै समयको चक्रमा हामीले धेरै ऋतुहरु फन्को मारी सकेका छौ । यस क्रममा समय सँग हामी चिप्लियौ या समय हामीबाट चिप्लियो यसको लोखाजोखा पनि एक दिन समयले नै गर्ला । तर अहिलेलाई हामीले गुजारेको समयलाई संस्मरणमा यसरी उतार्छु ।
'समय यस्तरी चिप्लियो कि मैले पत्तो पाउनै सकिन । हिजो अस्ती जस्तो लाग्छ एउटा चुनौतीको साथ जिम्मेवारी सम्हाल्न आईपुगेको ।' हामी ९-१० जनाको समुह विच उपस्थित हुनु भएका हरी सर भन्दैहुनुहुन्थ्यो- 'यति ठुलो संख्यामा रहेका नेपालीहरु हेर्ने दुतवासको प्रमुख भएर आउनु एउटा चुनौती नै लाग्थ्यो समकक्षी साथीहरुले पनि मलेसियालाई चुनौती नै मान्थे । त्यसैले आफ्नो कार्य अवधी कटाउन सकुला या नसकुला भन्ने लाग्थ्यो तर तपाईहरुसँगको सहकार्य र सहयोगको कारण आफ्नो कार्यकाल चाडै बित्यो जस्तो अनुभुति भैुरहेको छ ।'
हरी सर अर्थात हरी कुमार श्रेष्ठ आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्कनु हुने जानकारी भए पछि हामी अनेसास मलेसियाले १५ नोभेम्बर आईतवारको दिन विदाई कार्यक्रम राखेका थियौ । छुट्टिने बेला हामी सँग केही थिएन दिनलाई तर लिन लाई भने धेरै नै भए जस्तो लागिरहेको थियो । त्यसो त उहासँगको अन्तरंग सम्बन्ध भए देखि नै हामी बाट लिने काम मात्रै भएको छ । हामीलाई अनेसास दिनु भएको पनि उहाले नै हो । अनेसास सँग सँगै उहाले तन दिनु भो मन दिनु भो वचन दिनु भो । यसै भनौ आफ्नो ल्याकतले भ्याएजति सबै नै दिनु भो ।
'मलेसिया आउनु पुर्व नै अनेसास बारे मैले सुनेको थिए त्यही भएर अनेसास सँग आवद्ध भएर जाँदा तपाईहरुलाई पनि फलदायी होला भन्ने ठानेर सुझाव दिएको हुँ ।' प्रनेसास मलेसियालाई बोकेर दुतवास पुगेका साथीहरुलाई दिएको सुझाउनको स्मरण गर्दै हरी सरले भन्नु भो- 'अनेसासमा आवद्ध हुने सल्लाह दिनुमा मेरो कुनै ब्याक्तिगत स्वार्थ थिएन यहा सम्म कि अनेसासमा को को साहित्यकारहरुको संलग्नता छ त्यो पनि मलाई थाहा छैन ।' उहाको यस्तो अभिब्यक्तिबाट झल्किन्थ्यो- संस्थाको अगाडि ब्यक्ति जहिले पनि गौण हुन्छ ।
मानव भन्नु सिक्का जस्तो पनि हो । जसरी सिक्काको दुईपाटो हुन्छ उसैगरी मान्छेमा पनि दुईपाटो हुन्छन । मान्छेको एउटा पाटोले जीवन जिउनुको सार खोज्दछ भने अर्को पाटो जिन्दगीले जिउनु सिकाउद छ । सोही अनुरुप यतिवेला हामी मलेसियाको माटोमा हात नंङ्ग्रा खियाएर जिउन सिकि रहेका छौ र यहीको माटोमा उभिएर साहित्य नाप्ने तराजुको पल्लामा आफूलाई राखेर जिउनुको सार जोखिरहेका छौ । यस्तै लहरोमा बेरिएर करीव चार बर्ष पहिला हरी सर पनि मलेसिया आउनु भो । त्यतिबेलाको कुरो सम्झदै उहाले भन्नु भो- 'आउदा म का।ब।राजदुत नै थिए तर राजदुत आउनु भएपछि स्वतह म का.ब. रहिन ।' हुनपनि राजदुतको आगमन पश्चात पनि हामीले हरी सरलाई कहिले का.ब. राजदुत भनेर सम्बोधन, गर् यौ कहिले साहयक राजदुत भनेर सम्बोधन गर् यौ त कहिले प्रथम सचिव भनेर सम्बोधन गर् यौ । विदाई कार्यक्रम चलाई राख्नु भएका टंक जीले पनि का.ब. राजदुत भनेपछि उहाले त्यो शब्दलाई कोड गर्नु भएको थियो । उसो भए असलमा उहा नेपाल दुतवासको कर्मचारी मध्ये कुन हैसियतमा हुनुहुन्थ्यो ?
'वास्तवमा मेरो पोष्ट भनेको Minister Counsellor हो ।' हरी सर आफैले आफ्नो हैसियत खुलाउनु भो र भन्नु भो- 'Diplomatic शब्दहरु यति अडबांङ्गे हुन्छ जसको ठेट नेपाली अर्थै हुदैन ।' उहाले त्यसो भन्नु भएपछि हामीले पनि सोधेनौ- 'सर ! यो Minister Counsellor भनेको के हो ?'
का.ब. राजदुत हरी कुमार श्रेष्ठ साहयक राजदुत हरी कुमार श्रेष्ठ प्रथम सचिव हरी कुमार श्रेष्ठ भनेर चिन्ने र दुतवासमा गएर भेट्नेहरुले उहालाई कडा स्वभावको भन्ने गरेको पाईन्छ । हरी सरले यो कुरालाई स्विकार्दै भन्नु भो- 'हो म अलि कडा स्वभावले नै प्रस्तुत हुन्छु र यो अहिले सम्म मैले काम गरेको अनुभवले सिकाएको पाठ पनि हो ।' मान्छे ! आफैले गरेको काम बाट त सन्तुष्ट नहुने जात हो भने अरुले गरेको काम बाट सन्तुष्ट हुनु झन धेरै परको कुरो हो । यो हामीले पनि अनुभुत गर्ने कुरो हो । उहा त झन जिम्मेवार ब्याक्ति । जिम्मेवार पदमा बसेर जिम्मेवारी वहन गर्ने क्रममा उहाले पनि कहि कतै टुटफुट भएको महसुस गर्नु भएको हुनसक्छ । त्यही भएर होला ! हाँसी मजाक न सही हरी सरले विदा लिने बेला भन्नु भो- 'छुट्टिदा छुट्टिदै गाली पनि खाईएला भन्ने लागको थियो तर तपाईहरुले त उल्टो तालीको भारी कसिदिनु भो ।'
मैले माथी उल्लेख गरी सकेको छु कि हरेक मान्छेको दुईवटा पाटो हुन्छ । हरी सरको सन्दर्भमा पनि सरकारी कर्मचारी हुनु एउटा पाटो हो । धेरैले मलेसियामा उहालाई यही पाटो बाट मात्रै चिनेको हुन सक्छ तर उहालाई चिन्नै पर्ने अर्को पाटो भनेको साहित्य पनि हो । तथापी उहा आफूलाई साहित्यकार भन्दा साहित्यनुरागी भनिन रुचाउनु हुन्छ । 'अविरल यात्रा' निबन्ध संग्रह मार्फत आफूलाई साहित्यिक यात्री बनाउन सफल हरी सरलाई विदा गर्नु पर्दा हामीलाई अभिभावकिय अभाव खड्किएला कि भन्ने लागि रहेको थियो । तर उहाले नै भन्नु भो- 'म जहा रहेपनि मेरो अर्शिवाद अनेसास मलेसियालाई रहि रहने छ ।'
अलग्गिने बेलामा मैले विदाईको हात जोड्दै भने- 'सर ! तपाई अविरल यात्राको यात्री हामी अनेसास मलेसिया नामक चौतारो बनाउने मिस्त्री त्यसैले हिड्दै जाँदा हाम्रो चौतारोको बाटो परे नतर्किनु होला !'
हरी सर हाँस्दै छुट्टिनु भो र सेन्ट्रल मार्केट तिर पस्नु भो ।

समाप्त

Monday, November 23, 2009

गजल


-समिर पथीक खत्री

नदी होस हिमाल होस बन जंगल हरियाली होस
असार होस हली बाउसे होस अनि खेताली होस

एउटै भाषा एउटै धर्म रितिरिवाज र संस्कृति
चाहे मधेशी होस चाहे पहाडी होस या हिमाली होस

विदेशी फेशनमा ठाँटिएर मख्ख पर्नु मुर्खता हो
दौरा सुरुवाल होस ढाका टोपी होस मन नेपाली होस

विरताको गाथा घन्काउनु छ विश्वभरी थर्काउदै
एउटा छोरो होस कायर नहोस विर गोर्खाली होस

- बाग्लुङ्ग
हाल मलेसिया

गजल


-रुवेन पुन मगर

गुनले गुन तिर्नु पर्दैन रे गुनीलाई हजुर
ज्यानै दिए पनि नपुग्ने त खुनीलाई हजुर

विनासित्ती मन दिए उ प्रति समर्पित भए
धन र तन पो चाहिएको रै छ बैगुनीलाई हजुर

मान्छेको मुटु भन्छन तर ढुङ्गा भन्दा साह्रो
नसकिने रै छ सम्झाउन टाढा हुनीलाई हजुर

पैतला मुनी कुल्चि गयो मेरो स्वभिमान
काम वासनाको खाँचो रै छ उनीलाई हजुर

चोखो प्रेम गरेको थियो ुरुवेनु ले सधै
सँगै मरौ बाँचौ भनि जुनीलाई हजुर

विहुँ - ६ दहपानी बाग्लुङ्ग
हाल- मलेसिया

Monday, November 16, 2009

स्वायत्ता



-मनी राई गोठाले

उभिएर अलिकति माटोमा
चिहाउदै आफूमाथिको िसंगो आकास
पूर्ण छाम्नु भन्छु आफैलाई
एउटा ब्रमाण्ड
महा-ब्रमाण्ड
धनिभुत
शुन्य ओझमा ऐठान पर्दा पर्दै
घुघुति खेल्छ अधिकारहरु
दम्भले बुर्कुसी मार्दा आफैसँग
पलायन
वितायताको अनि कालो ओढार भित्र
कहाँ छु म ?
म कहाँ छु ?

अलिकति पहिचान चिन्नलाई
खोज्दै प्रतिविम्व ईतिहासहरुमा
पूर्ण हेरौ भन्छु आफैलाई
एउटा निराकार
महा-निराकार
आकार खोज्छ माशपिण्ड अस्तित्वहरु
छाँयामा नखुट्टिएर
पानीमा अष्पष्ट प्रतिरुप
चिथोर्दै चिथोर्दै
विचारणका नङहरुले उप्काएर आफैलाई
प्रश्न
केवल एउटै प्रश्न
को हुँ म ?
म को हुँ ?

अलिकति विश्वासमा रितिए पछि
खोज्दै रहल पहल
पूर्ण बटुलिनु भन्छु आफैमा एक पल्ट
छरपष्ट
महा-विभक्त अवशेषहरु
ढुङ्गा ढुङ्गामा
थुम्का थुम्कामा
वायु अग्नी र स्वमित्वमा
नाकमा मुक्का ठोके पछि अपरिहार्यताले
के छ म सँग ?
म सँग के छ ?

अलिकति मायामा हारे पछि
पटुकीमा हालीदिदै सिमेभुमे
पुनः थपिदेउ भन्छु एकपल्ट
उउटा दरिद्रता
महा-दरिद्रता
मनहरु निखि्रन्छ अभाव भित्र
भोकमा भोककै युद्ध चर्किएको बेला
एउटा अनिकाल
महा-अनिकाल
आन्द्राको ब्यारेलमा अन्नको बुलेट नपरे पछि
ढल्नु लड्नु
आफ्नै सिमानामा
के हारे मैले ?
मैले के हारे ?

अव अधिकारले खिच्दै फेरी रेखीहरु
म गाड्छु सिमानामा
स्वायत्ताका दरो खम्बाहरु
आँखैमा रातलाई उधारो राखेर
चौतपर्फी दिन्छु पहराहरु
खनेर युद्ध संगीनले
महा-अक्कर स्वायत्ता
रक्त विष्टी
आकासको मुटु छेड्दै क्रान्ति वेगले
सियो लाउछु प्रत्येक मेलोमा अस्तित्वको
जंगल सम्म पुर् याएर
आफ्नो भागको लाछी मृत्युलाई
चोखाई दिन्छु शहादतले मलामीहरु
पक्कै भोली सपना हैन
बसन्त फूल्छ
एउटा हुंकार
महा-हुंकार
के गर्न सक्दिन र म ?
म के गर्न सक्दिन ?

-धरान
हाल, मलेसिया

Saturday, November 14, 2009

सँस्मरण कथा: 'डाक्टरबाट प्रेमको हत्या'


-टङ्क चन्द

श्रीस्वस्थानी व्रतकथाको समाप्तीको दिनको रात मु्याउँकिरीको उराठिलो गीत सँगै रात छिप्पिदै गयो र चन्द्र ग्रहणले रातलाइ धमिलो बनाउन थाल्यो । गाउँमा भुक्ने भुस्याहा क्रकुरहरुको एकहोरो भुकाइले विरह लाग्दो झ्याउकिरीको त्यो आवाजलाइ केहि माथ गर्दथ्यो । भक्तजन महिलाहरु बारुले कम्मर मर्काएर किर्तन भजनका साथ नाच्न व्यस्त थिए भने वल्लो गाउँ र पल्लो गाउँ घुमि हिड्ने छोरयाट्टाहरुको उरन्ठेउला झ्याउरे गीतहरुले नजिकै बगिरहेको पाना खोलाको एकहोरो सुसेलीलाइ च्यातेर गगनमा विलय गराइदिन्थ्यो अनि केहि वेर सम्म सन्नाटा छाउँथ्यो । म धनु, हरिश र मोहनलाइ लिएर छापामार तरिकाले जुनाले भनेको स्थानमा पर्खेर बसिरहेको थिएँ । नाङना लेकको धुरिबाट झरेको शीतले हाम्रो शरीर अर्धचेतन भैरहेको थियो ।
विहानको करीब चार पनि बज्न आँट्यो तर अँ हँ जुना आइनन् । हुनेवाला दुलही ती मेरी जुनालाइ धोती चोलीमा सजिएको हेर्ने मेरो धोको हिउँदको शीतलहरले कुल्चेर गयो । धर्तिमा घामका किरण सँगै हामी फर्कियौँ भारी मनमा बेदनाको पोको बोकेर ।
पुर्णिमाको रात वि.सँ.२०४६ माघ २७ गतेको कुरा हो यो । म त्यति बेला रुकुमको मुसिकोट खलँगा क्याम्पसमा आइ.ए.पढ्थेँ । त्यति बेला नै उनि एक जना मेरो वहिनीसँग सँगै S.L.C. को ट्यूसन पढ्न जाने गर्थिन् । र कहिले काही मेरो बहिनीसँग मेरो कोठामा पनि आउने गर्थिन् । हुँदा हुँदा उनि कहिले अर्कै साथी लिएर पनि मेरो कोठामा आउन थालिन् । नचिनेमा को हो चिने पछि माया मोह भने मुैँ म उनको आउने बाटो प्रतिक्षा गरेर बस्न थाले किनकी मैले नजानेरै उनलाइ कतिवेला मेरो छाती भित्र वास वसाइ सकेको रहेछु । जव उनी मेरो कोठामा आउथिन् हामी घण्टौँ सम्म गफ गरेर वस्न गथ्र्यौँ । हरेक कुराको आफ्नै सिमा हुन्छ जव सिमा नाघिन्छ तव त्यहाँको अवस्था फरक हुन थाल्छ मतलव हामी हाम्रा नजरहरुबाट कुरा गर्ने स्थितिमा पुगिसकेका थियौँ । तर पनि हाम्रो नजरवार्ता अव्यक्त नै थियो । कुशल कालीगढले निकै परिश्रमका साथ निर्माण गरेको सुडोल शरीरमा जडिएका मृग नयन र बदामी दन्तलहरबाट निश्कने मन्दमुश्कानमा म मोहित भैसकेको थिएँ । उनलाइ नदेख्दा दिनको भोक र रातको निद्रा समेत मबाट टाढा हुन्थ्यो । समिपमा पर्ने हरेक वस्तुको आकृतिमा उनकै प्रतिविम्व देख्ने गर्थेँ । तर पनि प्रेम प्रस्ताव राख्न सकिरहेको थिईन । तर पनि साहसका साथ एउटा पत्र लेखेँ र वहिनीलाइ दिएँ तर उस्ले त्यो पत्र लिन मानिन । त्यसैले हाम्रो बीचमा हुलाकीको अभाव खट्कियो । आफैले त्यो पत्र उनको सुकोमल हातमा थमाउन पनि सकिन किनकी त्यो भन्दा अप्ठेरो काम केहि रहेनछ । त्यो जसलाइ पर्छ उसले थाहा पाउँछ । यहाँ स्पस्ट्याइरहनु परोइन । अनि मैले त्यो पत्र मेरो शिरानी मुनि लुकाएर राखेँ । मेरो एक जना साथि विरामी भएर गाउँबाट आएको थियो त्यसैले मैले उसलाइ कोठामै छोडेर वजार तिर घुम्न गएको थिएँ त्यति नै वेला मेरो कोठामा आएर उनले त्यो पत्र लिएको कुरा उसले वतायो तव मेरो मुटुको चालनै वन्द भयो किनकी उनी म भन्दा भिन्न परिवारकी छोरी थिईन् अलिकति भयले पनि हल्लाउन थाल्यो । मन अमिलो पनि भयो किनकी उनको आसय नवुमुेरै त्यो पत्र लेखेको थिएँ । साँझको खाना खान मन लागिरहेको थिएन तर पनि विरामी साथीको लागि भए पनि केहिन केहि त पकाउनै पथ्र्यो । स्वादविहिन खाना खाएर नानाभाँति कुराहरुलाइ मनको छालहरुमा तैराउदै म विस्तरामा पल्टिएँ र सिरकलाइ लमतन्न पार्न खोजेँ अकस्मात एउटा कागजको टुक्रा प्ाु्त्त भुइँमा खस्यो । आश्चर्यले चकित पर्दै त्यस कागजलाइ उठाएँ र पढेँ उनको मन भावना स्नेह इच्छा ताल चाल जीउँ डाल र समग्रमा भन्दा उनको सिँगै आकृति । म खुशीले भावविव्होर भएँ किनकी मेरो चाहना त्यहाँ पुरा भएको थियो मानौ कि त्यहाँ म जे चाहन्थे त्यै प्राप्त गरेको थिएँ छोटोरुपमा भन्दा मेरो प्रेम प्रस्ताव उनलाइ स्वीकार्य थियो । म भावमा नाँच्न थाले गदगद हाँस्न थालेँ । लाग्यो अहिल्यै गएर अँगालोमा कसेर नगर परिक्रमा गरुँ । हतारोले मेरो त्यो रात बर्ष दिन मुैँ भयो । छट्पटाएँ नयाँ विहानीको लागि किनकी मैले खुशि वाँड्नु थियो प्रकृति सँग निसँकोच । अँकमाल गर्नु थियो त्यो नव आँचल सँग नयाँ दुनियामा । त्यस पछि हामीहरु विपरित धु्रवका चुम्वक मुैँ दिन प्रतिदिन टाँसिदै जान थाल्याँै । समानान्तरमा हुने हाम्रो वार्ता अव त विस्तरामा सरिसकेको थियो । घण्टौँ सम्म वसेर भावी जीवन पद्धती र रमाइलो सँसारको विवेचना पनि गथ्यौँ । लाग्थ्यो दिन र रात केवल हाम्रै लागि मात्र हो । दुवै एकसाथ हुँदा हामीलाइ निद्रा र भोकको कुनै अनुभव नै हुदैनथ्यो । एक अर्काबाट छुट्टिन हामीलाइ निकै अमिलो महसुस हुन्थ्यो केहि क्षणको त्यो सानो विछोडले पनि हामीलाइ कुड्याउथ्यो । त्यस्ौले मैले उनलाइ विहेको प्रस्ताव राखेँ । उनले पनि सहजै स्व्ाीकार गरिन् तर एउटा अप्ठेरो सर्तमा कि मैले पनि उनको बाबा आमा सँगै तराई तिर वसाइ सराइ गर्नु पर्ने । मैले पनि त्यो प्ा्रस्ताव सहजै स्वीकार गरेँ किनकी म उनको मायाको भोको थिएँ र पागल पनि भैसकेको थिएँ । उनी खुशिले गदगद् भइन् शायद उनको मनको राजकुमार म थिएँ र उनको बाबा आमाको साथ हामीलाइ सँधै हुने थियो । केहि दिन पछि म घरमा गएँ र बाबालाइ सबै कुरा बताएर जग्गा जमिन बेच्न लगाएँ । उहाँले पनि मेरो कुरालाइ जायज नै मान्नु भाथ्यो किनकी घरको जेठोबाठो छोरो म नै थिएँ । म फेरी सदरमुकाम फर्किएर उनी सँगै नवसँसारमा हराउन थालेँ । हामीले समयलाइ पर्खिने हो उसले हामीलाइ कहिल्यै पर्खिदैन । यस्तैमा उनको S.L.C. परिक्षा पनि नजिकियो र हामीले त्यो नियतीलाइ कायम राख्यौँ भने उनको परिक्षा विग्रने भएकोले मेरी वहिनीको रोहवरमा माघ २७ गते भागेर जाने मिति तय गरी हामीले उनको पढाइलाइ निरन्तरता दिने निर्णय गर् यौँ र मैले उनको परिक्षा अवधिभर बाधा नपुर् याउने बाचा पनि गरेँ । जव २५ गते उनको परिक्षा पनि सकियो अनि उनलाइ भेट्न भनि म कालीका मन्दिर छेउको चौतरीमा गएर बसेँ, उनी आफ्नो दाजुआमा र एक जना भरिया सहित गाउँको घरतिर लागिन् । तर मैले त धेरै टाढा अनन्त सम्म हेरिरहेँ उनलाइ चौतारीको छाँयामा विलीन हुँदै एकतमासले …।
बिचको एक दिन विताउन मेरो लागि एक वर्ष मुैँ भयो । सिस्ने हिमालको हिमशैल सँगै लुकामारी खेल्दै माघ २७ गते पनि आईपुग्यो र म माथि उल्लेखित साथिहरुको साथ लिएर उनले भनेको स्थान जहाँ उखुको ठुलो बारी थियो त्यहाँ पर्खिएर बस्यौँ एउटा ठुलो सपना सजाउदै आकाशका जुनताराहरु सँग भारी सौदा गरेर पुरै एकरात । तर हातमा विल्कुल शुन्य महाशुन्य । भोलीपल्ट मैले साथि हरिशलाइ जुनाको वास्तविक स्थिति बुझ्न उनकै साथि पे्रमा कहाँ पठाएँ तर उनी त २५ गते साँझ देखि नै बन्दि बनाइएकि रहिछन् । हाम्रो जात र उमेर समान भए पनि उनी त्यो स्थितिमा पुग्नुको कारण रहेछम एउटा गाउँले र वेरोजगार र अशिक्षित परिवारको छोरो । हुन पनि उनी प्रधानपँचकि छोरी, डाक्टरकि साली, वैँक म्यानेजरकि वहिनी थिईन् । शायद मैले दिने सद्भाव माया र स्नेह तिनीहरु दिन सक्दैनथे होला । यो कुरा बुमु्न उनीहरुको खानदानी खानाले बनेको गिदीले सकेन किनकी त्यो हैकमी रवाफले उनीहरुको सोचाइमा ठुलै रछ्यान जमाईसकेको थियो । जुनाले उनकै साथि खिमालाइ लेखेको पत्रबाट यो कुराको पर्दाफास भएको रहेछ भनौँ उनीहरुको कानमा पुगेको रहेछ । करिब दश दिनको बन्दि जीवन पश्चात जेठा ज्वाई डाक्टरसापको भाई भेटेनरी डाक्टरसँग विहे गरिदिने निधोका साथ उनलाइ हवाइजहाजबाट नेपालगँज पठाएर मेरो पिरतीको कलिलो मुना ठसक्कै भाँचिदिए जुन मेरो जीवनमा पहिलो चोटी पलाउदै थियो । त्यस पछि म अर्धपागल जस्तै भएँ । धेरैका चोर औँलाहरु म तिर ठडिन थाले भने आफ्नो आकृतिले आफैलाइ गिज्याए जस्तो लाग्न थाल्यो । आत्महत्याको सोच नआएको पनि होईन तर त्यति बेला चलेको जनआनदोलनको कारणले म प्रहरीको निगरानीमा थिएँ त्यसैले त्यो अवसर पनि प्राप्त भएन र आज यो प्रवाशबाट उनको सँस्मरण लेख्न भाग्य जुरेको छ । त्यस पछि उनको बन्दि जीवन रिहाइको लागि मैले एउटा ग्याँग पनि तयार पारेँ कुट्नितिज्ञ पनि पठाएँ जिल्ला प्रशासन कार्यालयमा आत्मरक्षाको निवेदन पनि दिएँ । तर अँ हँ ! हामी जस्ता जन्मदैँ भाग्य खोटो लिएर आएकाहरुको क्रन्दन कस्ले सुन्ने त्यो कालकोठरीको जमानामा । डढेलोले खाएको आत्माबाट ओसिएका आँशुले पखालिएका परेलीलाई च्यातेर उनी हवाइजहाजबाट उडेको हेरिरहेँ निलो आकाशको विराट क्षितिजमा । जीवनको पहिलो पे्रमको धोकोले मेरो जवानीमा दाग लाग्यो भने पुर्खाले आर्जेको जन्मथलो सजिलै त्ाी जुनाको कारणले गुमाउन पुगेँ । उनको अँगालोमा उनीकै माइती सँगै जीउने जीवन दाँगमा आएर विताउन बाध्य भएकोछु । जन्मथलोको सरापले आज विरानो वस्तीमा परिचय विहिन जिन्दगी लाचार भई वितिरहेछ । यसरी रथ तान्ने घोडाको आँखाको पट्टिबाट देखिएको दृश्यमुैँ गाउँ र शहर
रोजगार र वेरोजगार शिक्षित र अशिक्षित घरानियाँ र सामान्य आदि जस्ता मानवताको नाउँमा सीमाहरु देख्ने समाजका ती कलँकहरुले न त ज्वाँइको रुपमा डाक्टर पाए न त पाए छोरीको मनको राजकुमार । हरेक अनुभवको सँगालो हुदोरहेछ जीवन । यहि जीवनको पहिलो स्मृति भएर होला कसै गरि पनि यो घटना कहिल्यै भुल्न सक्दिन । कहिले काहि उनको यादले सताउदा उनको फोटो छातीमा मसाज गर्छु र मनको घाउ अलि निको भए जस्तो लाग्छ । जीवनका ती रँगिन पोजहरुले उनलाइ पनि सताउछ होला तर उनी भन्दा ज्यादा व्याकुल म मेरो मनलाइ शितलता प्रदान गर्न यो स्ाँस्मरण पत्रिका मार्फत पर्दाफास गर्न चाहान्छु तर विगतको त्यो न्यानो अँगालो भने ती मेरी हुन नसकेकि जुनालाइ मात्र है ।
- तुलसीपुर न.पा. बेलुवा, दाँग
हालः- के.एल.

गजल




-भिम स्नेही लिम्बु

साथीहरु दलालीले मिठो कुरा गरे पनि
नआउनु विदेश चाही ज्यान मरे पनि

आज यस्तो भोगेको छु भन्नलाई मिल्ने छैन
दुःख सुख टार्नु पर्छ देश मै जे जे परे पनि

नेपाली दुर्गती यो जहाँ जहाँ हेर आज
मुल्य हुन्न संघर्षको जति विउ छरे पनि

बुद्धी पुर् याई कर्म गरे राम्रो हुन्छ नेपालमा
सफलता त हुदै हुन्न समुन्द्र नै तरे पनि

सन्त्रासको रेल गाडी चडि हिड्नु भन्दा बरु
आनन्द छ लेक बाट बेसी तिरै झरे पनि

फाक्चामारा तेह्रथुम
हाल,- मलेसिया

गजल




-सन्तोष माबुहाङ्ग

फूललाई पात भन्दै गर
दिनलाई रात भन्दै गर

कहिले पनि नखाए जस्तो
खिरलाई भात भन्दै गर

सबै उस्तै बानी तिम्रो
खुट्टालाई हात भन्दै गर

प्रेमको अर्थ थाहा नहुदा
मायालाई घात भन्दै गर

माल पाएर चाल नपाए पछी
गिजालाई दाँत भन्दै गर

-बसन्तपुर तेह्रथुम
हाल मलेसियािछ

Monday, November 9, 2009

सपना र परदेश




- दीलदुःखी जन्तरे

सपनाले डोर् याएर
या सपना देखेर

परदेशमा छु ।

सपनाको बुई चढेर
राहदानीको रोहवरमा
आधार ईलाकामा आईपुग्दा
सोचे जस्तो छैन सपनाको रङ्ग
सपना जस्तो छैन परदेश
डलरको सेप परेर
रुखो रुखो
न उब्जाउ हुन्छ सोचे जस्तो
ठ्याक्कै उभिन्डो
आच्छु आच्छु जिजीविषा ।

आबा न चाबा आजतक
आलाप बिलाप यायावर
आल्तु फाल्तु ईतर
फोक्से मायामा आल्झेर
गपचुप आसाखेतीमा
हुन्छ कि ! हुन्छ कि !
आसे आसे बाच्नु छ ।

पल्लवी वसन्त बोकेर
छलेर शिशीर पर…
परिवर्तन याम लिएर
आउदैछ ऊ
आउदैछ त्यो
सोध्ने आसेगासेहरुलाई
के भनुँ
आउदैछु हुरी बनेर
पुरानो पात उडाउदै
पालुवा फेर्नको खातिर
अथवा आउदैछु खाली खाली
विना परिवर्तन
जस्ताको तस्तो
उभौलीमा पनि
उधौलीमा पनि
म के भनुँ
दोधार दोधारमा छु ।

सपना देख्थे र सोच्थे
टालिने छ चुहिएको घरको छानो
पक्कै टाल्नेछु आमाको फाटेको चौबन्दी
यस्तो होस चखेवा जोडीको संसार
अनगिन्ती सपनामा ब्युझेर
विश्वस्त हुन्थे
साकार साकार देखेर ।

यतिबेला
सपना साकार
परदेशमा उभेर
सपना हराएको छु यहीनेर
रुनु न हास्नु बाचेर
परपीडक परदेशको छात्तिमाथी
तल्लिनछु धुईधुईती
सपनाको खोज्न ।

परदेश टेक्दा नटेक्दै
भत्किन सुरु भो परदेश
सपना पुरीन थल्यो बिस्तारै
म पुरीन थाले
सारा योजना पुरीन थाल्यो
सपना देख्न छाडे आजकाल
अर्को सपना नदेख्न
किनकी
परदेशमा सपना छैन रैछ ।

email-dildukhijantare@yahoo.com

Sunday, November 8, 2009

निवन्ध सम्बन्धी सामान्य जानकारी


टङ्क चन्द
तुल्सीपुर न.पा.-९ वेलुवा दाँग
हालः का.वा.सचिव
अ.ने.सा.समाज मलेशिया शाखा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेशिया शाखाले महाकवि लक्ष्मि प्रशाद देवकोटाको शतवार्षिकि जन्म जयन्तिको अवसरमा यो अक्टुवर १८ गते के.एल.मा निवन्ध प्रतियोगिताको आयोजना गर्ने निर्णयका साथ निवन्धहरु आव्हान गरेको थियो तरदुर्भाग्य जम्मा चार वटा निवन्धहरु म्ाात्र प्राप्त भयो । त्यसैले लाग्यो कि यो प्रवासमा निवन्ध सँवन्धि जानकारी भएका सर्जकहरु धेरै रहेनछौँ । यसकारणले नयाँ सिक्ने सिकारु निवन्धकारहरुलाइ केहि सजिलो होस भनेर यो सानो निवन्ध सँवन्धि सामान्य जानकारी प्रस्तुत गर्न गइरहेको छु । तथापी यो आफैमा पुर्ण नहुन पनि सक्छ र केहि महत्वपुर्ण कुराहरु पनि छुट भएको हुन स्ाक्छन् । त्यसैले विज्ञ निवन्धकार वा सर्जकले अन्यथा नठानी सामान्य जानकारी ठानेर ग्रहन गरिदिनु होला । र म यसमा निश्चिन्त छु कि हाम्रो भावी प्रकाशनमा प्रशस्त निवन्धहरु समावेश होउन । हामी देवकोटा स्मारिका प्रकाशन गर्न गैरहेको पनि सर्जकहरुलाइ जानकारी गराउन चाहान्छु ।
परिचयः-निर वन्ध दुई शब्दहरु मिलेर निबन्ध बनेको छ । नि को अर्थ कसिलो डोरीशब्दहरुको डोरी र बन्धकौ अर्थ बाँध्नु । यसको मतलव अक्षरहरुको कसिलो डोरीले राम्ररी बाँधेको वा अक्षरहरुको सँगठन वा सिर्जना भन्ने बुमिुन्छ । यसमा वर्णन,विवेचनाका साथै आत्मपरक भावना व्यक्त गरिने धेरै किसिमका प्रशँगहरु आउछन् । यसैले छोट्करीमा भन्नु पर्दा कुनै एउटा विषयमा रोचकसरलसरश र सिलसिलेवार गद्य शैलीमा तयार पारिएको लेख नै निबन्ध हो । मुख्यतया निवन्धलाइ विषय र रुप गरेर दुइ भागमा बाँड्न सकिन्छ । विषयका आधारमा पनि निवन्धलाइ निम्न चार भागमा बाँड्न सकिन्छःवर्णनात्मक, विवरणात्मक,विचारात्मक र भावात्मक ।
१,वर्णनात्मकः-प्राकृतिक वा कृतिम वस्तुजस्तै नदी नालावन जँगल हिमाल पर्वत हवाइजहाज रेल आदिको बारेमा लेखिएको लेख। २,विवरणात्मकः-समाजमा घटेका विभिन्न घटनाहरु व्ाा यात्रा तथ्यकथा आदिहरुको वर्णन ।
३,विचारात्मकः-श्रद्धा,देशभक्ति,स्वावलम्वन,राष्ट्रियताका सवाल जस्ता अमुर्त विषयहरु जहाँ तर्क वितर्कपुर्ण विवेचना र बुद्धितत्वको प्रमुखता रहेको हुन्छ । गवेषात्मक र विवेचनात्मक निवधहरु पनि यसै फाँटमा पर्छन् ।
४,भावात्मकः-सर्जकको हृदय भित्र केलाइएको चीज अर्थात कल्पना वा रागहरु यसमा प्रमुख हुन्छ र एकाग्रतामा चुर्लँम्म डुवेको हुन्छ लेखक ।
निवन्ध भनकै आफ्नो अभिव्यक्ति कला प्रदर्शण गर्ने फाँट हो त्यसैले यसमा प्रखर र आकर्षक शैलीको आवश्यकता पर्दछ । यदि शैलीगत तारतम्य मिलेन भने अध्ययनको समयमा हाइ आउने हुन्छ । अतयवः रुपका आधारमा पनि निवन्ध तीन किसिमका हुन्छ,न्प्रवन्धनिवन्ध र लेख ।
१,प्रवन्धः-शैद्धान्तिक वा वैचारिक प्रधान रहेका लेखहरु यसभित्र पर्छन् । विशेष शिद्धान्त रहेका र ठोस विचारलाइ अँगिकार गर्ने लेखहरु नै प्रवन्ध हुन् ।
२,निवन्धः-लेखकको आफ्नो अनुभुतीको प्रमुखता रहि उसको व्यक्तित्व स्पष्ट मुल्कने सारगर्भित लेख यसमा पर्छ ।
३,लेखः-कुनै ठोस विषयमा विचारपुर्ण गद्य रचना नै लेख हो ।
उपर्युक्त परिभाषा अनुसार एउटै जातीका भए पनि निवन्ध,प्रवन्ध र लेखमा निकै अन्तर रहेको पाइन्छ । निवन्धको परिभाषा बाट हामीलाइ थाहा भयो कि लेखिन लागेको विषयको विशेष र गहन्तम अध्ययन विना निवन्ध लेख्न त्यति सजिलो छैन । त्यसकारण यसको अमुँ गहनताको लागि यसको विस्तृत जानकारी लिन जरुरी हुन्छ । निवन्धका विशेष गरेर तीन भाग हुन्छन् जसलाइ हामी परिभाषा,व्याख्या वा विश्लेषण र निचोड भन्ने गर्छौ ।
परिभाषाः- कुनै निर्दिष्ट विषय वा स्वेच्छाचारी विषय छ भने त्यसको विभिन्न तौर-तरिकाबाट त्यसलाइ स्पष्ट रुपमा परिभाषित गरिनु पर्छ जसले गर्दा त्यस विषयवस्तुको वारेमा दिन खोजिएको जानकारीको केहि अँश भाव मुल्कियोस । साथै शब्दको अर्थ जस्तै स्व र अवलम्बन मिलेर स्वावलम्वन बन्छ र यी दुइ शब्दको वेग्ला वेग्लै अर्थ र थाहा भए सम्म भाषाको परिवार समेत उल्लेख गरि सकभर कुनै दार्शनिक,विद्धान,लेखक वा कसैले दिएको परिभाषा वा भनाइबाट निवन्धको शुरुवात गर्दा रोचक बन्न जान्छ र पाठकले पनि सजिलै ग्रहन गर्न सक्छन् ।
व्याख्याः- निवन्धको यो भाग नै मुख्य भाग हो अर्थात पेट हो जसरी हाम्रो पेट भित्र हरेक थरिका चीजहरु छन् जस्तो कि आन्द्रा,कलेजो,हृदय,छाती र जति पनि सँवेग निश्कन्छ त्यो सबै त्यहि बाट निश्कने हो त्यसैले यो भागलाइ मुख्य भाग मानिएको हो । लेखकले यस भागमा उक्त निवन्धको बारेमा जाने वुमुेका,देखे सुनेका जति सबै कुराहरु शिलेशिलेवार तरीकाले आकर्षक र ओजपुर्ण तरीकाले प्रस्तुत गर्नु पर्ने हुन्छ । अमु रोचक बनाउन निवन्ध सँग सँवन्धित विभिन्न किसिमका उखान टुक्का,निपात,मुक्तकहरु र कसैको महानवाणी आदि जस्ता खुराकहरु राख्न सकिन्छ तर ती सबै विषय सान्दर्भिक हुनु जरुरी छ । यसको अन्तिम प्याराग्राफमा आफुले उक्त विषयमा देखेका कमि कमजोरी वा आलोचना, समालोचना,खण्डन र कुनै निकायबाट हुनु पर्ने सुधार वा विशेष पहलका साथै के भए राम्रो हुन्थ्यो भनि सल्लाह र सुमुाव दिइनु पर्छ ।
निचोडः- यो भाग नै निवन्धको अन्तिम अँग हो । sुनै कामको उठान कसरी भएको छ वैठान पनि त्यसरी नै भयो भने त्यो काम सफल मानिन्छ । घरको शिलान्याँस जसरी भएको छ त्यसको फिनिसिँग पनि त्यसरी नै भयो भने नै त्यो घर राम्रो देखिने हो । निवन्ध एउटा कलाको घर होभावना वा व्यक्तित्वको पाल हो । त्यसैले यसको उठानी र वैठानीको सम्मिलन हुनु पर्छ । निचोड नै घरको धुरी हो यो त्यसरी समापन होवस जसरी यसको शुरुवात भएको थियो । विशेष गरेर यस भागमा निवन्धको भाव नविग्रने गरि लेखको सम्पुर्ण कुरा साराँशमा अभिव्यक्त हुनु पर्छ र विशेष गरेर मुख्य भागमा राख्न खोजेको कुराको छोटोकरी रुपमा प्रस्तुत गरेर यसको विट मारिनु पर्छ जसले कि पुर्ण अँश अध्ययन गर्दा प्राप्त नभएको कुरा त्यहाँ प्राप्त होवस्।

यस्ता थिए उत्कृष्ट चार गजलहरु

-जीवन देवान गाउँले

अस्ती सेप्टेम्वर १३ तारिख अनेसास मलेसियाले मोती जयन्तीको शुभ अवसर पारेर मलेसिया ब्यापी गजल प्रतियोगिता सम्पन्न गर् यो । प्रतियोगिताको लागि धेरै सर्जकहरुका गजल प्राप्त भएपनि उक्त दिन २५ वटा गजललाई समावेश गरिएका थिए । त्यसमध्ये पनि कति सर्जक स्वयं उपस्थित ह’न नसक्कुको कारण श्रवण गर्न पाईएन । तर जे जति वाचन गरिए ति सबै एक से एक थिए । तिनै एक से एक मध्ये उत्कृष्ट चार गजल भित्र यस लेख मार्फत मलाई डुल्न मन लागेको छ र पाठकवृद्धहरुमा प्रवेश पाउने अनुमति चाहन्छु ।
आफू भन्दा यो मोतीलाई नेपाल प्यारो लाग्छ हजुर
मर्नु अघि त्यही भूमिको माटो सिरानी माग्छ हजुर

यो ज्यान कहिले कतार कहिले मलेसिया
उठ्ने बेला नेपाल जप्दै हरेक विहान जाग्छ हजुर
उत्कृष्ट चौथो तथा सान्त्वना स्थान ओगट्न सफल यस गजलका सर्जक हुन- मोतीलाल भावुक । उद्धधित सेर बाट नै थाहा हुन्छ कि भावुकले माटो र मातृभूमि प्रतिको मायामा आफूलाई कस्तरी होमेका छन । देशभक्ति झल्किने यस्ता गजल विदेशीनु पर्दाको पीडाका चोईटाहरु हुन । तर भावुकले आफ्नो चार सेरको गजलमा पहिलो दुई सेरमाझै बाँकी दुई सेरमा शशक्त सँग प्रस्तुत हुन सकेनन् । उनको यस कमजोरीलाई उतिवेलै निर्णयक मण्डलले पनि सुझाव दिएका थिए । उहाहरुको सुझाउ थियो 'सपुत सँगै भगवान वुद्ध जन्माउने मेरो देश' मा सपुत शब्दलाई पुर्नविचार गरियोस ।

के लेखौ माटो हराएको कथा
पढ्नेबेला बाख्रा चराएको कथा
यो गजलको पहिलो सेरमा नै अलिकती तालमेल मिलेन कि ! भन्छु । 'के लेखौ माटो हराएकेा कथा' मा सर्जक यस्तरी प्रस्तुत भएका छन कि लाग्छ उनी राष्ट्रनायकहरुलाई खवरदारी गर्दैछन । दक्षिणका छिमेकीले टनकपुर निलेर सुस्ता चपाउदा पशुपतीनगर मिचेर जंगेपिलर उखेल्दा हाम्रा राजनेताहरु मुखमा सुपारी चपाउनु वहायक चु सम्म बेलेनन । त्यस्तो अवश्थामा कलमका सिपाहीहरुले शब्दका क्षेप्यास्त्रहरु यसरी नै छाडेका थिए । यस गजलको उठानलाई पनि यसरी नै बुझे र यही कसीमा घोट्न खोजे तर दोश्रो हरवले पहिलो हरवको वजन बोक्न सकेन जस्तो लागेको छ । यद्धपी यस गजलको मर्म मैले नबुझेको हुला । जे होस तेश्रो स्थानमा परेको यस गजलका सर्जक मनोज विराली खवरदारीकै शैलीमै उत्रिएको भए शक्तिशाली हन्थे भन्ने मेरो ठम्याई हो । किनभने उनले गजलको वैठान पनि खवरदारी कै शैलीमा गरेका छन यसरी-
लेख्न नपाए हुन्थ्यो भन्छु लेख्नै पर्छ
आमा आमा भन्दै कराएको कथा

राधीका आले प्रतियोगितामा िसंगो महिला प्रतियोगि अनि दोश्रो स्थान हात पार्न सफल पनि । श्रृगारिक बान्कीमा परेको उनको गजलमा एउटा यर्थाथ विम्वीत भएको देखिन्छ । उनले स्वयं आफू महिला भएर पनि विदेशीएका महिलाहरुको चरित्र चित्रण गर्दै लेखेकी छिन-
ऋण ल्याएको रकम पर्दैछौ रे मिनाहा
ए दिदी ! परदेशमा खोज्यौ अरे अर्को भीना ।

देउता सरह घरको भेना छाडी आयौ परदेशमा
पार्न सम्म पार् यौ दिदी घरभीनालाई हिनामिना
विदेशको मोजमस्तीमा चुर्लुम्म डुबेर एउटी विवाहीत महिला यर्थाथबाट कसरी चुकेकी छिन भन्ने कुरा आफ्नो ६ सेरको गजलमा राधीका आलेले उदाङ्गो पार्ने काम गरेकी छिन । देश हेर्नु पर्छ र मुख पनि फेर्नु पर्छ भन्ने प्रभावमा परेर विदेशीएका महिलाहरुलाई उनले तिखो प्राहर गरेकी छिन यसो भनेर
कति धेरै भाग्यमानी पैसा पनि लोग्ने पनि
यस्तो लाग्न थाल्यो मलाई हेर्दा तिम्रो चीना
त्यस्तै विदेशको मोजमस्ती त क्षणीक हो तथ्य त त्यही हो कि एक दिन आफ्नो देश र आफ्नो परिवारलाई सम्झेर फर्किनु पर्छ । यो वास्तविकतालाई भुलेर वहकिनु गलत हो । तर कतिले यस वास्तविकतालाई भुलेर बाटो विराउनाले पर्न गएको असर उल्लेख गर्दै गजलको विट मार्छिन यसरी-
घर फर्किनु पर्छ पक्कै उही भेनालाई सम्झी
तेल जति यतै दल्यौ घरभीनालाई पीना ।
सामान्यतय गजल ४ या ५ सेरको चल्तीमा छन । यस हिसावले अलि लामै पो हो कि भन्ने अनुभुति दिलाउछ । उसो त यस गजलका सर्जकलाई निर्णयक मण्डलबाट 'ब्याईप्रुेण्ड' शब्दमा सोच्न भनिएको थिायो तर म अरु पनि थप्न चाहन्छु । त्यो के भने गजल गायकी भएको हुनाले सकभर शब्दहरु नदोहोरिएको नै वेश हुन्छ किनभने शब्द दोहोरीयो भने अलि भद्दा जस्तो हुन जान्छ ।

विदाईको टीकोटालो गर्दै कता हर्क दाई
तिमी सँग दुईचार कुरा गर्नु मन छ पर्ख दाई
यो प्रतियोगि गजल मध्ये उत्कृष्ट नम्वर एकको गजलको पहिलो सेर हो । गजलको पहिलो सेर भन्नु गजलको जग नै हो । यो जगको चारसुर यस्तो बान्की परेको छ कि जहाबाट यस्तो दिवाल उठाईएको छ-
मिहेनत गरे पछि यही धर्तीमा सुन फल्छ
आफ्नो पौरख पसिनालाई स्वदेशमै छर्क दाई
गजलमा केवल अनुरोध र आह्वान मात्र पनि छैन वल्की आफ्नो माटोको महत्व पनि दर्शाईएको छ । सर्जकले हर्कदाइृ भनेर हामी विदेशीन तम्तयार भएर बसेकाहरुलाई विम्वीत गरेका छन भने हाम्रो अनुपस्तिथिमा हुने अभावलाई पनि उजागर गरेका छन र भन्छन-
यतै पालौ चौरीहरु यतै चराउ भेडीगोठ
तिमी विना सून्य हुन्छ लेक खर्क दाई
निर्णायक मण्डलबाट समेत कही कतै पनि खोटो नदेखिएको यस गजललाई सर्जक पथीक समिर खत्रीले यसरी छानो लगाएका छन-
यतै नाचौ सोरठीमा यतै गाऊ झ्याउरे पनि
विन्ती दश औला जोडी तिमी घर फर्क दाई ।

अन्त्यमा
यो लेख गजलहरुको चर्चा हुन सक्ला तर गजल माथिको विमर्श भने पक्कै हैन । एउटा अदक्ष दिमागबाट विमर्श पनि हुन सक्दैन । तर अव यस्ता विषय माथि विमर्श वा अन्तरकि्रया हुनु पर्छ र यसको शुरुवात पनि हामी बाटै हुनु पर्छ भन्ने आसयको अभिब्यक्ति चाही हो है ।

धन्यवाद

Monday, September 14, 2009

अनेसास मलेसिया द्धारा मोती जयन्ती तथा गजल प्रतियोगिता सम्पन्न

१३सेप्टम्बर२००९ आईतवारको दिन अनेसास मलेसियाले १४३ औ मोती जयन्तीको अवसरमा खुला गजल प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल दुतवास मलेसियाका प्रथम सचिव श्री हरी कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रतियोगिता युनिक एक्सचेन्जको तेश्रो तला स्थित हलमा भएको थियो ।
अनेसास मलेसियाको अध्यक्ष पदम दुःखी सम्बाहाम्फेको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगितामा श्री पथीक समिर खत्री सुश्री राधीका आले श्री मनोज विराली र श्री मोतीलाल भावुक क्रमशः प्रथम द्धितीय तृतीय र सान्त्वना भएका थिए । २५ प्रतिस्पर्धी गजललाई पछार्न सफल गजलका सर्जकहरुलाई प्रमुख अतिथीको हातबाट नगद प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
देवेन्द्र सुर्केली र टंक चन्दको संयोजकत्वमा सम्पन्न भएको सो प्रतियोगिताको पुरस्कार प्रायोजन नेपाल पृष्ठभूमि साप्ताहिक (प्रथम आरएम३००) श्रम साप्ताहिक (द्धितीयआर.एम.२००) श्री अभिलेख (तृतीयआर.एम.१०१) गरेको थियो भने ब्यापारीक समाज मलेसियाका अध्यक्ष श्री कर्मा गुरुङ्ग र किरात याख्खा छुम्मा सम्पर्क माच मलेसियाका अध्यक्ष धन वहादुर देवान बाट पनि नगद सहयोग गर्नु भएको थियो ।