Saturday, August 3, 2013

गफगाफ


 सा.सा.स.मा वि.वि.
–जीवन देवान गाउँले 
बस्नेमा(वायाँबाट) गनिन्द्र विवश, श्रीजन श्री, जीवन देवान गाउँले, मनि रार्इ गेाठाले, विश्वासदीप तिगेला र दीप दर्शन । उभिनेमा(बायाँबाट) दीलदुःखी जन्तरे, राजकुमार तेयुङ, मृदुल, दान रार्इ झरी, सेाम सुवेदी, मैालाश्री लिम्बू । 
१४जुलाई, आईतवार ! सा.सा.स.अन्तर्गत विशेष कार्यक्रमको दिन । हामी आयोजक अर्थात विश्व नेपाली साहित्य महासंघ मलेसिया अन्तर्गतका साथीहरु विहानबाटै ब्यस्त भयौ । कामहरु धेरै थिए । जस्तो : कार्यक्रम स्थलको ब्यवस्थापन गर्नु, सम्मान पत्र प्रिन्ट गर्नु, फ्रेम किन्नु, भानुको फोटो जोहो गर्नु, कार्यक्रमको ब्यानर कलेक्सन गर्नु आदी ।
१२बजे कार्यक्रम सुरु हुने समय तोकेका थियौ, सुचनामा । कार्यक्रममा सहभागीता जनाउन एस एण्ड बि कार्यलयको सभाहलमा साहित्य पे्रमी साथीहरुको भेला भटाभट हुदै थियो । तसर्थ घडीको काँटामा बाँधिएर चल्नु बाध्य थियौ । यताउता गर्दा गर्दै १२:३० भै सकेको थियो । १बजेबाट कार्यक्रम शुरु गर्ने अठोट लियौ र ब्यानर हलको भित्तोमा टाँग्यौ । जहा ठुला अक्षरमा लेखिएको थियो,– साहित्यिक सम्मान तथा अन्तरक्रिया(विधा ः केस्रा) कार्यक्रम २०७०, क्वालालम्पूर मलेसिया ।
२००औ भानु जयन्तीको साईत थियो । विश्व नेपाली साहित्य महासंघ चौथो स्थापना दिवसको अवसर थियो । र, हाम्रो निम्तोलाई स्विकार्दै उपस्थित हुनु भएको थियो, पर...पल्लोदेश बु्रनाईबाट विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिका नव निर्वाचित अध्यक्ष श्री विश्वासदीप तिगेला । त्यसैगरी मलेसियाली भुगोलको धेरैपर जोहोरबाट राज आङ्देम्बे सहयात्री, धेरैपरकै अर्को पाटो पेनाङबाट दीप दर्शन र अलिवर ईपोबाट मौलाश्री लिम्बू । 
१बज्यो, कार्यक्रम शुरुवात भएको घोषणा गर्नु भयो श्रीजन श्री ले । सभापती, प्रमुख अतिथि, अतिथि आसन ग्रहण सँगै विधिसंगत कार्यक्रम शुचारु भयो । पहिला भानुलाई सम्झिने कार्य भयो । माल्यर्पण गर्नलाई पुष्पगुच्छाको जोहो गर्न भुल गरिएछ । भानुभक्तको तस्विर सामु मनमनै शब्दगुच्छाहरु चढाउदै फगत झुकेर नमन मात्रै ग¥यौँ पालैपालो । 
गर्नु पर्ने हामी सँग दुईवटा कार्यक्रम थियो । ति माध्ये एउटा हो, साहित्यिक सम्मान कार्यक्रम । साहित्यिक सम्मान कार्यक्रम विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिको हो र मलेसिया शाखाले त्यसको चाँजोपाँजो मात्रै गर्देको थियो । विश्व केन्द्रिय समितिको आसन्न अधिवेशनबाट चुनिनु भएका अध्यक्ष विश्वासदीप तिगेलाबाट केही समय अगाडी यस्तो प्रस्ताव आए पछि शाखाको कर्तब्य सम्झेर कार्यक्रम ब्यवस्थापनको जिम्मा लिएका थियौ ।
सम्मानका लागि मलेसियामा स्थापीत भएर नेपाली गजलको विकास, विस्तार र प्रवर्दनमा लागिपर्दै नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिए वापत अनाममण्डली मलेसिया, नेपाली साहित्यको विकास, विस्तार र प्रवर्दनमा योगदान पु¥याउदै आएका विश्व नेपाली साहित्य महासंघ अन्तर्गत सदश्य संस्था उदाउदो तारा साहित्य समाज पेनाङ र नयन साहित्य समाज जोहोर लाई छानिएको थियो भने ब्याक्तिको रुपमा प्रवास(मलेसिया)मा रहेर नेपाली साहित्यमा एउटा अर्को साहित्यिक नव विधाः केस्रा प्रतिपादन गर्नु हुने प्रवर्तक मौलाश्री लिम्बू छानिनु भएको थियो । उहाहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि विश्वसदीप तिगेलाबाट सम्मान पत्र प्रदान गरियो । 
र, शुरु भयो अन्तरक्रिया विधाः केस्रा सम्बन्धी अर्को कार्यक्रम । विषय प्रवेश गर्नु पहिला साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज पुस्तक प्रमुख अतिथिकै बाहुलीबाट पर्दार्पण गरियो । त्यसपछि कार्यक्रमका वक्ताहरुबाट केस्रा विधा माथि धारण राख्नु र आफ्नो सृजना वाचन गर्नु थालियो । धारणा राख्ने क्रममा दीलदुःखी जन्तरे वहेका बक्ता साथीहरुबाट सहती धारणा आए । ‘धेरैले केस्रालाई गजल जस्तो देख्छन, त्यसरी जस्तो देखिने गरी नआउनु पथ्र्यो ।’ –जन्तरेले आफ्नो स्पष्ट मत राखे । प्रवर्तक मौलाश्रीको आग्रह थियो,– ‘केस्रालाई सतही रुपमा बुझेर यो र त्यो विधा सँग मिलाउनु खोज्नु न्याय संगत नहुने बरु केस्रा विधाको घोषणा तथा दस्तावेज पुस्तकलाई मिहिन अध्ययन गर्न अनुरोध गर्दछु ।’
केस्रा विधाको बारेमा प्रमुख अतिथिको धारणा यस्तो आयो,– ‘केस्रा प्रवासबाट नेपाली साहित्यलाई दिईएको उपहार हो । यो प्रतिपादन भएर नेपाली साहित्यमा प्रवेश भै सक्यो । अव यसलाई स्थापीत गर्नु हामी सबैको दायित्व हुनेछ । र, यसको लागि विश्व नेपाली साहित्य महासंघ कटिबद्ध हुनेछ ।’ प्रमुख अतिथिले यो भन्नु भयो,– ‘मलेसियाको क्वालालम्पूर आसपास कार्यक्षेत्र भएका नेपाली साहित्य प्रेमी साथीहरुबाट सुरुवात गरिएको यस सा.सा.स.अन्तरगतको यस कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिलाई समावेश गर्नु भएकोमा धन्यवाद ।’
करीव ४ बजे कार्यक्रम समापन भयो । सा.सा.स. अर्थात साप्ताहिक साहित्य सण्डे मा वि.वि. अर्थात विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समिति अध्यक्ष विश्वासदीप तिगेलालाई समावेश गर्न पाउदा हामीले एक प्रकारको गौरम्बीत ग¥यौ । उपस्थित साथीहरुबाट पनि कार्यक्रमको राम्रै चर्चा भयो । विशेष गरेर वाचन गरिएका कविता, गजल, केस्रा केन्द्रित । जस्तो :
.........
‘काठमाण्डुले भन्यो भाई कवि’
खिसी मिसिएको 
तिखो आवाज
कानमा ठोक्कियो 
मुटुमा चस्स घोच्यो 
म के सुनिरहेछु 
टक्क अडिए
अडिए छक्कमा
काठमाण्डुले भन्नै पर्ने 
काठमाण्डुले भनेन भने ...!
कवि नहोईने ?
कवि काठमाण्डुको पेवा हो ?
प्रश्नहरुको पासोमा 
म आफै झुण्डिन्छु तुरलुङ्ग । आफै पो छक्क परेछु ।
(–दीलदुःखी जन्तरे)
समाप्त 

Wednesday, July 24, 2013

कथा :


                                       सिकार 

पेशल माबुहाङ
अचानक–
‘हौ सिकार खेल्न जौँ विनोद मूला ! कति बस्छस घरमा गुम्सिएर ? यतिबेला तेरो स्कुल पनि त विदा छ । साला ! हामी भन्दा चार पाँच बर्ष कान्छा त हो स नी ! दौतारी मिलीहाल्छ नी ! मौकामा चौका हान्नु पर्छ । यसो पासो थाप्ने गोलीगठ्ठा चलाउने तरिकाहरु पनि त सिकिराख्नु प¥यो नी ! पछि एकै बाजी त अप्ठ्यारो पर्छ है । लौ है ! बन्दुकको पनि सफाई हुने, अनुभव पनि हुने । के खिया पारेर राख्नु ? सब यतिबेला नै हो क्या लाटा !’
कौतुहलता–
रमेशले यस्तो नसोचेको कुरा सुनाए पछि बिनोदको जीवनमा नयाँ हलचल पैदा हुन्छ । सोच्न बाध्य हुन्छ । उ पनि मान्छे नै प¥यो । अरु मान्छेलाई जस्तै उसलाई उत्सुकता नहुने कुरै भएन । भर्खर उत्तरवाल्य अवस्थाबाट यौवन अवस्थामा प्रवेश गर्दै गरेको केटो । प्राकृतिक रुपमा नै उत्तेजना आउने त छदैछ । उमंग, तरंग, जोसले करेण्ट लागे झै झड्का लाग्न थालेको महसुस गर्छ । मनसँग एकलाप गर्न थाल्छ,– ‘भर्खर चौध टेकिएको छ, ज्यानले धान्ला र ? कलिलो उमेर मै सिकार खेल्नु भनेको गोली बारुदसँग पौठेजोरी खेल्नु हो । खतरा पनि उतिकै । रोग सोग ... आ ! छोरा मान्छेले हारेस र हार खानु हुदैन । आँटौ भने पछि आँटौ ।’ साहस गर्छ रमेश । भक्त, केशर जस्तै खुङखार सिपालु सिकारी बन्ने निर्णय सँगै उसको अनुहार रातोपिरो भएको छ । डर, त्रास, कौतुहलता, लाज, शरमले । गुनगुनाउछ – पहिला चाखेर त हेरौ !
दुविधा–
कुरै कुरामा रमेशलाई भनेको कुरा सम्झन्छ । 
‘के गफ दिनु हुन्छ हौ दाई, तपाईहरुको सिकार त्यही भालु त हो नि, नजानेको हो र ? छ्या घिनलाग्दो ! के जानु तपाईहरु सँग सिकार खेल्नु ? पहिलो पल्ट स्र्टाटिङ मै साईत मात्र बिग्रिन्छ ।’
रमेश रिसले चुर भएर ‘हौ मु...जाँ...चि...तैले मलाई भालु माात्र मार्ने सिकारी देखिस ? मामुली ठानेको ? नपत्याएको ? पाँच बर्ष भयो बुझिस यो पेशामा लागेको,एस.एल.सी.मा खुस्किए यता । म त नयाँ नयाँ अनौठो अनौठो सिकारको खोजीमा हुन्छु । मार्न धेरै मेहनत गर्नु परोस तर खाँदा स्वादिलो, मिठो होस । नपत्याए भक्ते, केशरे, रामेहरुलाई सोध् ! हौ जाँठा ! जाँदैन भने नजान, कर पनि छैन । फुर्ती गर्छ ।’ 
यतिन्जेल उसलाई जाऊँ कि नजाऊँ नै छ ।
निर्णय–
सुनेको हुन्छ, –विनोदले प्यास चुस्छ । रमेश त यो गाउँकै एक नम्बरको सिकारी । जुनसुकै जंगल छिचोल्न नसकिने घनघोर किन नहोस गए पछि खाली हात फर्केको रेकर्ड छैन । पहिला निशाना लगाउनु प¥यो । जव निशानामा नजर प¥यो हण्ड्रेट परसेन्ट सिकार म¥यो । कल्पिन्छ, गुरु विना कोही सफल हुदैन । गुरु रमेशलाई नै बनाउछु । र, म पनि रमेश जतिकै सिपालु, रिपु हुन चाहन्छु । हो यार ! मौका चुकाउनु हुदैन । यस्तो मौका फेरी आउला तर चाँडो नआउनु सक्छ । फेरी एक्लै डर पनि हुन्छ  पहिलो पटक, पछि जे गरुला त्यो देखा जाएगा । अहिलेलाई वहाहरुसँग जान्छु । एक दुई तीन जान्छु । मेरो मन मस्तिष्कले जा भनिसक्यो । म जाने भएँ, म जान्छु । रमेश दाई...(केही च्यिाउछ) म जान्छु, तपाईसँग जान्छु । विश्वास्त हुन्छ ।
तयारी–
आज भन्दा चौध बर्ष अगाडी मेरो ब–आमाले कति दुःख कष्ट, दिनरात नभनी उकाली ओराली असिन पसिन भएर, कति दौडधुप गरेर नौ महिना पश्चात लाईसेन्स सहितको छोराको सुरक्षाको लागि भनेर थमाई दिनु भएको यो एकनाले बन्दुकको सदुपयोग त गर्नु प¥यो नी ! आमाले अझै भन्नु हुन्छ,– ‘नानी ! त्यो लाईसेन्स सहितको बन्दुक तेरो नाममा पास भएको दिन जीवनमा मैले पहिलो खुशी महसुस गरेको थे । तेरो बा त झन खुशीले ठाउँ छाडेर खुट्टा जमिनमै थिएन । गाउँभरी सुनाउदै हिड्नु हुन्थ्यो, मेरो सपना पुरा भयो छोराले लाईसेन्स सहितको बन्दुक पायो ।’ 
त्योबेलाको खुशी सम्झेर आमा अझै रुनुहुन्छ । बा–आमाले यतिको मरिहत्ते गरेर खुशी हुदै मलाई जिम्मा लगाउनु भएको चिज जान्ने बुझ्ने भईसके पछि पनि प्रयोग गर्न शुरु गरिन भने बा–आमाले के भुन्नु होला ? मानौः केही नभन्नु होला तर मेरा बा–आमाका खुशीको अर्थ नै रहेन नी ! यती पनि गरिन भने के वहाहरुको छोरा ? यो मेरो कर्तब्य पनि हो । नत्र नामर्द नै सावित होईन्छ । बेला सही छ । आँट केटा ! –शारिरिक र मानसिक रुपले नयारी हुन्छ ।
निश्कर्ष –
समयसँग चल्न जानिएन भने के को जिन्दगी ? के को मज्जा ? कहिले काँडा नै काँडा, कहिले फूलैफूल टेकेर हिड्नु पर्छ । कहिले अक्करे भीरको बाटो, कहिले समानन्तर सिधा बाटो । दुःख–सुख, मिलन–बिछोड, तल–माथि, यता–उता उत्तार चढाव आउनु नै जीवन सौन्दर्य हो । त्यसैले मेरो जीवन सौन्दर्यमा अलिकति पनि आँच आउन दिन्न । जे जे आईपर्छ भोग्दै जान्छु । यो भोगाईमा जीवनको रस हुन्छ । फेरी यी सव प्राकृतिक कुरा हुन । मलाई पनि रियाक्सन नगर्ने कुरा हुन्छ ? –दार्शनिक जस्तो दर्शन मनलाई सुनाएर निश्कर्ष निकाल्छ, –समयको माग हो मेरो माग होईन ।
भय–
सही समयमा सल्लाह त पाएकै हुँ । नयाँ ज्यान, नयाँ बन्दुक मज्जाले पड्कीने हो कि हैन अर्थात पड्किने हो कि हैन ! सपनामा त एकदुई पटक पड्काएकै हो तर त्यो त सपना थियो । यहा त विपनाको कुरा छ । पड्किएन भने फसाद । फेरी समयमा नै पड्काउन सकिएन भने झन आपत । त्यतिमात्र हो र ? सिकार उम्किन्छ, साथीहरुले भन्न थाल्छन्– ‘थुक्क नामर्द त्यति पनि नजानेको ? अव ई...खा !’ हात बनाएरै देखाउछन । ‘एक्सपेरियन्स भए पो दाईहरु पनि !’ के भन्नु, टेन्सन नै पो छ । तसर्थ विनोदको मनमा एक किसिमको भयले पिरोल्न छोडेको छैन ।
आवेग–
‘रमेश दाई ! कहिले पो जानु पर्ने सिकारमा ? म त यहा खपिनसक्नु भै सके त । के कुरा सुनाउनु भो सुनाउनु भो । न भोक लाग्छ न निन्द्रा ! होसहवास नै उडिसक्यो । यस्तो त कहिले भएको थिएन ।’ 
मेरो चालामाला देखेर बा–आमा पनि छक्क पर्नु हुन्छ,– ‘हैन आजभोली यल्लाई के भएको छ हँ ? पहिला यस्तो थिएन ।’ 
‘वहाहरु पनि चिन्तित भै सक्नु भो । दाई लु छिटो मिलाउनुहोस यो प्रोग्राम । नत्र म त पागल हुने सम्भावना पो देख्दैछु त । हर्ष, विस्मत, कौतुहलता, यौवन, उत्तेजना मिसिएर मेरो मन यति नमज्जाले भरिन्छ की वेलुनमा हावा धेरै भएर फूटे जस्तै हुन आँटिसके । मान्छे नै पड्किन आँटी सके ।’ –एक निमेश मै भनिसक्छ ।
सान्त्वना–
‘अस्ती त खुव फुर्ती लाउदै थिस त, म त्यस्तो भालु सिकार गर्ने मान्छेसँग जान्न भनेर नखरा गर्छ । जाने मन त रहेछ किन सन्किनु ? तै ठिकै छ जाने भएछस खुशी लाग्यो । तर, यसरी आतिएर कहा हुन्छ ? समय आउनु प¥यो । संयोग पर्नु प¥यो । त्यसै अतिएर हुन्छ ? हुन त मलाई पनि यस्तै भएको थियो जो अहिले तँलाई भएको छ, सन्ते दाईले सिकार खेल्नु जाँऊ भन्दा । सबैको उस्तै त रहेछ यौवन पत्तो पाएँ । सुन ! पारी गाउँमा मेला लाग्दैछ । परम्परा देखि नै लाग्दै आएको मेला हो । सालमा एक पल्ट लाग्छ । त्यहा जाने योजना हो । पशुपतिको दर्शन सिद्राको ब्यापार । कुरा बुझिनस् ? पोहोर साल क्या ! मज्जा भा को थ्यो । यसपाला पनि पोहोर भन्दा डबल रमाईलो गर्ने विचार छ । हेरौ के कसो हुने हो । औला भाँच्दै एक, दुई, तीन, चार, पाँच, छ, सात....ल सात दिन मात्र बाकी छ । मंगलबार, बुधवार, विहिवार, सुक्रवार, सनिवार, आईतवार, सोमवार...ल ल आउदो सोमवार । आईगो आईगो । नआत्ति घर जा ।’ –विनोदको आवेग रमेशले छेकथुन गर्ने प्रयास गर्छ ।
समस्या–
ब्याग्र प्रतिक्षा गरेको दिन त आयो । आउन त आयो तर पीर बोकेर आयो । हत्तेरीका बेकारमा आयो दिन । विनोद निधारमा हात राख्छ । नसोधी कतै नजाने भनिएको छ, उसलाई । जानु परे सबै नालीबेली सुनाएर मात्रै जानु पर्ने छुट थियो, त्यो पनि आफन्तकोमा मात्र । मुख्य कुरो पढाईलाई मध्य नजर राखेर उसलाई निगरानीमा राखेका थिए । छोरा बिग्रिन्छ कि भन्ने चिन्ता थियो बा–आमालाई । के गरु ? कसो गरु ? एकदम दोधार हुन्छ । कक्षा नौ मा नेपाली कितावमा पढेको उखान टुक्का ‘जहा ईच्छा त्यहा उपाय’ त्यो सम्झन्छ । साला जाउँ, भोली बा–आमाको गाली र धुलाई कति खाईन्छ भन्ने हिसाव नै छैन, नजाउँ सिकार खेल्ने रहर । बा–आमाको आँखा छलेर सुटुक्कै लुगाफाटो रमेशको कोठामा पु¥याउछ दिउसो नै । सिकार खेल्न जाने भने पछि जाने जाने । मनले जित्यो सम्भावित दुर्घटना, गाली पिटाई हा¥यो । लुगाफाटो रमेशको कोठामा आए पछि पनि उसलाई चैन छैन । गनगन गरिरहन्छ । टेन्सन नै हुने भो यो बैश पनि, कति पनि वसमा राख्न नसकिने रहेछ । म मा यत्रो हिम्मत आयो । बा–आमाले एकदिन त पिट्नु हुन्छ, गाली गर्नु हुन्छ । आखिर म वहाहरुकै सन्तान रगत माया गरिहाल्नु हुन्छ नी । एकदिन त टेन्सन । बाल मतलव । पल्लो घरमा हिडे जस्तो गरेर साँझ ६वजे भेट्ने जम्मा हुने सल्लाह बमोजिम निस्क्यो घरबाट, पीर यौवन उत्तेजना बोकेर ।
प्रस्थान–
रमेश, केशर, राम, भक्त, सन्ते, बले र विनोद बाटो लाग्छन ।
‘हौ रमेश दाई ! सुरक्षा त होलानी ?’ –केशर सुरक्षित पार्न खोज्छ सबैलाई । 
‘अरे यार, म तिमीहरु जस्तो कच्चा सिकारी हो र ? के के चाहिन्छ मलाई थाहा हुदैन ? मलाई सिकाउछ । नडराओ केटा हो, हिजो हेल्थपोष्टको ‘चाहिए जति लानुहोस’को बकास नै रित्याएको छु ।’
सबै गलल हाँसे, विनोद हाँस्न सकेन । कसरी हाँसोस ? बुझेकै छैन । नयाँ सिकारी न परो, अक्क न बक्क हुन्छ । त्यति गफ ठोक्दा ठोक्दै बाटो लागि सकेका हुन्छन । 
भक्त –‘(विनोदतिर ईङकित गर्दै) हौ केटा हो ! नयाँ सिकारी छ जान्दैन होला मोराले । पहिलो प्राथमिकता दिनु पर्छ । नयाँ पनि छ, नजान्ला, हतार गर्ला । चिथोर्लान फेरी ।’
‘किन नजान्नु सबैले गर्दै आएको तौर तरिकाहरु हुन प¥यो नी नत्र मज्जा नै आउदैन । सिक्नु पर्छ, हामीले पनि सिक्स्टी नाईन धेरै पछि जानेको हैन र केटा हो !’ –केशर थप्छ । 
‘हेर्दै खाईलाग्दो छ, जानिहाल्छ नि । के को पीर गर्छौ हौ केटा हो, हैन त विनोद ?’ –(जिस्काउदै) हो मा हो मिलाउछ राम । 
विनोद पनि यसपाला चाही हिम्मत नै गरेर बोल्छ,– ‘ट्राई गरिहेरौ न ।’ 
ठुलो हाँसो फैलिन्छ गलल ।
गन्तब्य–
नाथे डेढघण्टाको बाटो । हेला गर्दागर्दै पुगिहाल्छन एकघण्टा मै । जवानी जोसको हिडाईन परो ।
‘लौ है साथी हो कहा कहा के छ अवलोकन गरिराख्नु पर्छ । सजिलो गौडा हेरिराख्नु प¥यो नि उज्यालो हुदै । भरे फेरी समस्या पर्ला । हतार हुन्छ, त्यो बेला सिकार उम्किन्छ । अनि, थुक्क गर्नु पर्ला । एकफन्को मारिहालौ ।’ –रमेश साउती पारामा सम्झाउछ ।
सबैले विनोदलाई सम्झाउछन, –‘लौ केटा ! टाईम भो अव । नआतिनु । पहिला हाम्रो स्टाईल हेर्नु कसो कसो गर्नु पर्छ अनि बिस्तारै सिक्नु । आतिई चाहि नहाल नी । आवेगमा आउनु हुन्न । होसमा काम गर्नु पर्छ । सिकारले आक्रमण पनि गर्न सक्छ ।’
यति सम्झाएर केटाहरु लागे सिकारको खोजीमा । उनीहरु त परिसकेका सिकिसकेका, अप्ठ्यारो परेन । परो फसाद विनोदलाई । के गरु, कसो गरु, कता जाऊँ ? यता उता हे¥यो वाल्ला परेर । डर त्राससरी रुख झै उभिरहयो । शुरु कसरी गर्ने ? डर पनि लाग्छ जोस पनि लाग्छ । यसो गर्छु सोच्दासोच्दै उज्यालोको संकेत मिर्मिरे विहान देखा पर्न थाल्छ । रिसले म... साथीहरु ।
अधुरो– 
घर फर्किन सबै भेला हुन्छन । खाजापानी खाएर घर फर्किन्छन । विनोद रिसले आगो भएर बोल्छ,– ‘दाईहरुको गफ पनि देखियो । कत्रो आश देखाएर ल्यायौ यतिका लागि !’
‘नरिसान केटा ! कहिले काही यसतै हुन्छ । हातालाग्यो सून्य ।’ –रमेश सम्झाउन खोज्छ, –‘वल्ल वल्ल आफूले त फेला पारियो, अरु त तँ जस्तै भए नी ।’
‘त्यही तपाईले मारेकोलाई अनुभवको लागि भए पनि निशाना लगाएर गोली ठोक्थे नी !’ –आक्रोस पोख्छ विनोद ।
‘त्यतिबेला यादै भएन, विर्षिहाले ।’ –बुझ पचाउन खोज्छ रमेश ।
यो सम्वाद सुनेर गलल हाँस्छन अरु साथीहरु ।
आधाबाटो भयो, ला...अब पो झसंग हुन्छ, विनोद । अव कुन मुख देखाएर घर जानु ? पहिलो पटक घर छोडेर हिडेको । बा–आमाले कति पीर गर्नु भयो होला ? आज धुलाई र गाली कति खाईने हो ? कति सिर्कुना भाँचिने हो ? थाहा नै छैन । न काम भयो, न जानियो । उता खाली, यता गाली । बरवाद नै हुने भो ।
साथीहरुको हुलबाट निक्लेर अलि पर जान्छ र बन्दुक कक गर्छ । हावालाई निशाना बनाएर जोडले छुची तान्छ अनि चिच्याउछ,– बा–आमा ! तपाईहरुको छोरा पनि त निपुण सिकारी हुनु प¥यो नि !
बोली सक्दा नसक्दै बन्दुक पड्किन्छ – गड्याम्म ।
                          तेह्रथुम – बसन्तपुर 
                           हाल – मलेसिया
                            ०१६३६७९१५४

Wednesday, July 17, 2013

गफगाफ

                                                                  सासासको एक दिन
                                                                                                        –जीवन देवान गाउँले  
उभिने लहरमा क्रमशः वायाबाट अनार भट्ट, मनि रार्इ गेाठाले, राम रेप्चेाङ, गनिन्द्र विवश, राज अविरल यात्री र मनेाज विराली । बस्नेमा वायाबाट क्रमशः श्रीजन श्री, निश्चल परदेशी र जीवन देवान गाउँले         

९जून, आईतवार !
विहान क्वालालम्पूरको मुटु मानिने कोताराया स्थित पुडुराया बस पार्कमा हामी भेला हुदै थियौ । ९ बजे भेला भै सक्ने भनिए पनि कोही भेला भएका थिएनौ । ९ बजेर १० मिनेटमा म पुग्दा भाई शम्भु भण्डारी मोवाईलमा सोध्दै थिए,– ‘म बस पार्क भित्रै छु । तपाई कहा हुनुहुन्छ ?’
‘म मुख्य द्वारको अघिल्तिर उभिएर मनि दाईलाई कुरी रहेको छु ।’ भन्ने जानकारी गराउदै यतै आउनु भने । मैले दे’को लोकेशनमा शम्भु भाई आयो र हामी भेटियौ । शम्भुले नै सोध्यो,– ‘दाई खै त ?’
‘द गोर्खाजमा छु भनेर मलाई केही क्षण अघि कल गर्नु भा थ्यो ।’ भनि नसक्दै शम्भु आफैले चोर औला तेर्सायो र भन्यो,– उ दाई आईपुग्नु भो ।
निलो जिन्स सर्ट, हापपैण्ट, जालिदार स्याण्डल, अर्धआसिकी स्टाईल कपाल, डडल्नुमा खकनवाला झोला भिरेका मनि राई गोठालेले हामीलाई भेट्टाए । हामी तीन टाउका पुडुराया बस पार्क भित्र प्रवेश गयौ । प्रतिक्षालय कक्षमा बस्दै मैले भने,– ‘साथीहरुलाई यही पर्खौ ।’ 
‘हजुरहरु कहा हुनुहुन्छ ?’ सोध्दै नयाँ नम्बरवालाले आफ्नो परिचय दिए,– ‘म एन.आर.भाट्ट । प्लेट फर्म नं ११को प्रतिक्षलयमा छु ।’
‘ल म लिन आएँ ।’ भनेर प्रतिक्षाकक्षबाट फुत्त के निस्केको थिएँ, अर्का तीन टाउकाका समुह टुप्लुक्क देखा परे । ति तीन टाउका थिए, गनिन्द्र विवश, मनोज विराली र भिम स्नेही । तीन टाउकाले मलाई देखे, लगत्तै मनि दाईलाई पनि देखे । म सँग हात मिलाए, मनि दाई सँग गफिए । गफको सुरुवात मै दाईले सोधे,– ‘हन अज्ञात रोग लागेको मान्छे पनि आएछ त !’
आफूलाई लागेको बिमार बारे भिम स्नेहीले मनि दाईलाई पहिल्यै सुचित गराएको रहेछ । दाईले झोलाबाट बोतल निकाले । मिनी मिनिरल वाटरको बोतलमा स्याउको जुस रंगको झोल देखाउदै दाईले भने,– ‘भाई ! तिम्रो रोगको जडी औषधी हो यो भिखुमाको झोल ।’
अरुले पत्याए पत्याएनन् थाहा भएन तर भिखुमाको झोल भन्ने कुरा मैले पत्याईन । यतिबेला मनि दाईको अड्डाबाट बोतल अड्डासार भएर भिम स्नेहीको अड्डामा पुगिसकेको थियो । हातको बोतल खेलाउदै भिमले पत्यार गरेको नाटक रचे,– ‘दाई ! यो भिखुमाको झोल नै हो त ?’
मलाई थाहा थियो भिमले पत्याउदैन । पत्याएन पनि । तर, बाथको लक्षण देखिने रोगलाई अज्ञात रोगको संज्ञा दिएर बिराम गरेको कसुरस्वरुप मनि दाईको मजाकलाई एक घुट्को घुट्क्याई दियो । र, भन्यो,– ‘हो रै’छ ।’
हामी अर्थात म, मनि राई गोठाले, श्रीजन श्री र निश्चल परदेशी हौ साहित्यिक कार्यक्रमको सुत्रधार । मलेसियाको नेपाली साहित्य लेखनलाई चलायमान र प्रभावकारी बनाउने उदेश्यका साथ केही हप्ता देखि हामीले साप्ताहिक साहित्य सण्डे(सासास) नामक कार्यक्रम चलाई राखेका छौ । जस अन्तर्गत बितेको दुई सण्डे मलेसियाली नेपाली साहित्यमा मुक्तक लेखनको अवश्था तथा वाचन कार्यक्रम सम्पन्न गरि सकेका छौ । कार्यक्रमका नाम जुराउने पण्डित हुन मनि राई गोठाले । गेन्तिङ हाईल्यण्ड साहित्यिक भ्रमण नाम दिएर साप्ताहिक साहित्य सण्डे कार्यक्रमलाई निरन्तरता दिन यो हाप्ता हामी गेन्ति हाईल्यण्ड जान पुडुराया बसपार्कमा भेला हुदै थियौ ।
फेरी मोवाईल बज्यो । कल गर्ने एन.आर.भट्ट हुनुहुन्थ्यो । मैले मोवाईल रिसिभ गरे साथै सबैलाई मुभ हुने निर्देशन पनि गरेँ । प्लेटफर्म नं ११ मै भेटिए एन.आर.भट्ट । पहिला हामी तीन थियौ पछि तीन थपिए छ भयौ । छ मा एक थपिनु भो सात भयौ ।  यतिन्जेल ९:३० बजिसकेको थियो । हामी सातैजना गेन्तिङ हाईल्याण्ड टिकट काउन्टरमा गयौ ।
कति जनाका लागि किन्ने ? –टिकट काट्न पहिला छलफल भयो । ‘१०बजे भित्र आईपुग्छु’ –को तात्तातो एसएमएस गर्ने श्रीजन श्री आईपुग्ने पक्कापक्की थियो । राज अविरल यात्री र निश्चल परदेशीसँग बारम्बार सम्पर्क गर्नु हुने गनिन्द्र विवशले भन्नु भो,– ‘आईपुग्नै लाग्नु भो रे, उहाहरुको पनि टिकट लिदा भो ।’
टिकट काउन्टरमा गएर चेक गरे । बस १०ः३०मा छुट्ने सेड्युल रहेछ । ‘यहा पानी घनघोर दर्किरहेको छ, के गरौ ?’ भनेर केही समय अगाडी फोन गर्नु हुने राम रेप्चोङ आईपुग्ने हो या हैन टुङ्गो थिएन । मैले फोन गरेर सोधे,– ‘१०:३०मा बस छुट्ने रै’छ टिकट के गरौ ?’ ‘हुन्छ लिनुस ।’ भनेर राम रेप्चोङबाट जवाफ आए पछि टिकट लिनु पर्ने टाउको गनियो । जम्मा ११जना भईएछ जाने तर भेला भएका थियौ ७जना मात्रै । म नै लम्किएँ काउन्टर तर्फ र सोधे,– ‘भाडा कति हो ?’
‘केवुलकारको सहित प्रति ब्यक्ति आरएम१०:६०सेन ।’ भनेर काउन्टरको केटीले सोधी,– ‘कतिवटा दिऊँ ?’
‘११जना ।’ भनेर मैले आरएम११६:६०सेन दिएँ । टिकट दिदै काउन्टरको केटीले निर्देशन गरी,– ‘२नं प्लेटफर्ममा जानु ।’
हामी सातै जना २नं प्लेटफर्म तर्फ बढ्यौ । नआईपुगेका साथीहरुलाई पनि २नं प्लेटफर्ममा आउन भन्यौ । २नं प्लेटफर्मको प्रतिक्षालयमा राम्ररी बस्न नपाउदै राज अविरल यात्री र निश्चल परदेशी पनि आईपुगे । 
‘चर्पी कहा छ ?’ हालखवर सँग मिसाएर राजले सोधे । मैले भने,– ‘हिड्नुस म पुयाई दिन्छु ।’
हामी हिडेको देखेर शम्भुले सोधिहाल्यो,– ‘ट्वाईलेट हो ?’
‘जौ, जाने हो ?’ भन्दिए पछि शम्भुले पछ्यायो ।  
फर्किएर आउदा श्रीजन श्री आईपुगि सकेका रहेछन । गेन्तिङको जाडो छल्न उनले मोटो ज्याकेट भिरेका थिए । गफ गेन्तिङको जाडो कै हुदै थियो । कसले मनि दाईको पहिरन देखेर गिज्याएछ कुन्नी ! झोला भित्रको बोतल निकालेर दाईले भन्दिए,– ‘मेरो जाडो छल्ने तातो यहा छ ।’
अघिसम्म भिखुमाको झोल ठान्ने साथीहरुले जिल खाए । 
‘११जनाको ग्रुप तिमेरु नै हैन ?’ सोध्दै काउन्टरकै केटी आई र भनी,– ‘तल झर, १०बजेको बसमै जाने तिमेरु ।’
हामीलाई दिईएको समय भन्दा आधा घण्टा छिटो जान पाउनु खुशी कै कुरो थियो । तर राम रेप्चेाङ अझै आईपुग्नु भएको थिएन । हामीले भन्यौ,– ‘हाम्रो एक जना साथी आईपुगेको छैन ।’
‘नो प्रोबलम, तेरो साथीलाई २नं प्लेटफर्ममा जा भन, १०:३०को बसमा म चढाई पठाउछु ।’ भनी र टिकट अनि नाम मागी । RAM टिकटकेा पछाडी लेखेर हामीले छोड्यौ । श्रीजन श्रीले राम रेप्चोङलाई कल गरेर सबै प्रष्ट्याए । ‘जहा बसे पनि हुन्छ ।’ बसवालाले भने पछि हामी १०जना खाली र पायक पर्ने सिट खोज्दै जोडी बाधिएर बस्यौ । 
१०बज्यो, बस गुड्यो । बसले कोताराया छोडे पछि हासीमजाक शुरु भयो । मैले नै शुरु गरे,– ‘यो बसवालाहरुले नि नेपाली बुझ्दा रहेछन् । ९ बजे भेला भै सक्ने, १०बजेको बसमा हिड्ने फेसबुकमा हाम्रो सुचना देखेछन् । त्यही भएर १०:३०को टिकट बेचे पनि १०बजेकै बसमा चढाए । हामी मध्येको कोहीसँग फेसबुक एड भएको होला यिदेरको ।’
हासी मजाक त हो । तर ‘म सँग एड छ’ भन्ने मजाक कोही साथीले गरेनन ।
म र गनिन्द्र विवश जोडी बाधिएर बसेका थियौ । विवशको पहिलो यात्रा रहेछ गेन्तिङ । ‘बहुत जाडो हुन्छ ।’ –सुनेका रहेछन, गतिलै ज्याकेट पहिरीएका थिए ।  म त झण्डै ६/७ पटक पुगेको हुँला । हामीले गेन्तिङको जाडोको कुरा ग¥यौ । अलिकति ब्यावहारीक कुरा ग¥यौ । केही साहित्य सम्बन्धी कुरा ग¥यौ । डायस्पोरिक साहित्यमा हिजोआज इस्राईलको खुबै चर्चा हुन थालेको छ । विशेषत महिलाहरुको सहभागिता र सक्रियता बारे मै चर्चा ग¥यौ । हामी भन्दा पछिल्लो सिटमा बसेका साथीहरु श्रीजन श्री, निश्चल परदेशी, राज अविरल यात्री, मनोज विराली पनि भर्खरै मलेसिया प्रवेश भएको मिरा मन थापाको गजल संग्रह ‘माटो, मुटु र मन’ माथि टिप्पणी गर्दै थिए । देब्रे साईटको सिटमा बसेका मनि राई गोठाले भिम स्नेहीलाई सम्झाउदै थिए,– ‘बाथको बिमारीले माछा खानु हुदैन, गेडागुडी खानु हुदैन । तामा त झन खानै हुदैन ।’
खानु नहुने खानेकुराको लिष्ट लम्ब्याएर किन तर्साउनु भनेर मैले हतपत भन्दिएँ,– ‘भाई ! स्यालको मासु खानु ।’ खै कसले पो हो कुरो थप्यो,– हो हो स्यालको रक्सी खानु ।
‘राम जी हिडिसक्नु भयो रे !’ लगभग आधाबाटो कटिसकेका थियौ होला, श्रीजन श्री ले जानकारी गराए । केवुलकार चढ्ने ठाउँमा पर्खिने निधो भयो ।
‘झण्डै एकघण्टा नै लगाउदो रहेछ ।’ –बसबाट झर्दाझर्दै नाडीमा घडी बाध्ने साथीहरुले भने । राम रेप्चोङलाई पर्खिने भनेको ठाउँमा हामी आईपुगिसकेका थियौ । हामीसँग केही समय थियो । साथीहरुले क्यामेरा निकाले र क्लिक मार्न थाले । असली क्यामेरा भन्दा त मोवाईल क्यामेराको संख्या नै बढी देखियो ।
आधाघण्टा पश्चात राम रेप्चोङ आईपुगे । बसबाट झर्दाझर्दै मैले देखिहाले । हात हल्लाएर ईसारा गरे । ईसारा गरीरहेको मेरो हात देखेन छन् अलमलिएको जस्तो देखिए । जव देखे अनि अंगालो हाल्न आईपुगे । हामी पुरै ११जना भेला भयौ । केवुलकार चढ्नु पहिले ग्रुपिङ फोटो खिच्ने कुरो भयो । ग्रुपिङ भनेर के गर्नु ! एक जनाले त क्यामेरामा क्लिक मार्नु पथ्र्यो । फोटोमा १०जनाको मात्रै अनुहार निस्किने भयो । 
लिफ्ट चढेर चार तला माथि पुग्दा देखियो केवुलकार चढ्नेको लाईन । लाईन लामै थियो । लामो लाईनमा हामी ११जना थपिए पछि लामो त हुने नै भयो । तर केवुलकारको गेाण्डोलाले ६जना सम्म टिप्दो  रहेछ । हामी भन्दा अगाडीका भकाभक टिप्दै लाग्यो, हामी गेाण्डोला नजिक नजिक हुदै गयौँ ।  हामी ११जनाको लाईन चुडिएको थियो । बिचमा चाईनिजको ग्रुप मिसिए पछि म, राज अविरल यात्री, शम्भु भण्डारी, मनोज विराली, गनिन्द्र विवश र एन.आर.भट्ट अगाडी भयौ । मनि राई गोठाले, श्रीजन श्री, राम रेप्चोङ, भिम स्नेही र निश्चल परदेशीले चाईनिजको ग्रुपलाई विचमा घुस्न दिए र पछाडी परे । लाईनमा उभिरहेकै बेला मनि दाई मलाई हेर्दै हाँसे । किन हाँसे ? खास कारण थाहा भएन । तर, प्रसंग हाँस्नै पर्ने होला भनेर मैले हाँस्न सघाई दिएँ ।
‘यो चाईनिजहरुलाई अगाडी जान दिनु नि ! हामी सँगै जाउँला ।’ –मनि दाईले हामीलाई आग्रह गरे । दाईले भने जस्तै ग¥यौ । सँगै जाने भनेर के गर्नु ? गोण्डोलाले बोक्ने ६ जना मात्रै हो । हामीलाई फेरी छुट्टाई हाल्यो ।
गोण्डोला भित्र पसेको केही क्षणमै केवुकारले गति लियो । साथीहरु रोमन्चित भए, फोटो खिच्न थाले । भिडियो रेकर्ड गर्न थाले । राज अबिरल यात्रीले गजल वाचन गरेको भिडियो रेकर्ड गर्ने मनोज बिरालीले कार्यक्रम सञ्चालन गर्ने शैलीमा आफ्नो प्रस्तुति पनि रेकर्ड गराउदै थिए । उनले मलाई नि पछाडी फर्केर बोल्न भने । पछाडी फर्किदा पछिल्लो गोण्डोला भित्रका मान्छे तरक्कै देखियो ।‘उ मनि दाई’ भन्न नपाउदै साथीहरुले श्रीजन श्रीलाई नि देखेछन । सायद ! उनी गफ लगाउदै थिए, हामी मध्ये कै कसैले भन्यो,– ‘श्रीजन श्री हत नचलाई बोल्नै जान्दैन ।’ 
थुम्को उक्लदा सिधा उकालो, खोचमा झर्दा करलो करलो ओरालो, अनि पहाडको टुप्पो भेट्दा सिधा ठाडो लसक लसक गर्दै ठुलोघर भित्र प्रवेश गरे पछि केवुलकारको यात्रा सिद्धियो । हामी हाम्रो गन्तब्यमा आई पुगिसकेका थियौ । दृश्यलोकन गर्दै घुम्न थाल्यौ । म जस्ता पटक पटक पुगेकोलाई त गेन्तिङको सुन्दरताले खिचिरहेको थियो भने पहिलो पटक पुग्ने साथीहरु त लठ्ठिने नै भयो । साथिहरु गेन्तिङको सुन्दरतामा लठ्ठिदै गए ।
हाम्रो लक्ष्य घुम्नु मात्रै थिएन, साहित्य वाचन गर्नु पनि थियो । केही समय घुमघाममा बिताउछौ र खानपिन गर्छौ । त्यसपछि साहित्य वाचनको निम्ती स्थान चयन गर्छौ र चयन गरिएको स्थान तर्फ मोडिन्छौ ।
लहरै उभिएका धुपीको बुटाहरुलाई साची राखेर हामी कथा, लघुकथा, कविता, गजल, गीत, मुक्तक वाचन गर्छौ । तल खोँजबाट उड्दै आउने अनि हामीलाई छुदै जाने बादललाई हाम्रो सृजना सुनाई पठाउछौ । र, शरिरको छालालाई भेदन गर्दै मुटु कमाउने चिसो सिरेटोलाई भनी पठाउछौ,– ‘तैले जस्तै आज वाचन गरीएका हाम्रा सृजनाहरुले पनि मुटु कमाउने दम राखोस ।’
‘समुद्र दन्केपछि माथि पनि समिक्षा गरौ न !’ गनिन्द्र विवशबाट प्रस्ताव आउछ । ‘समुद्र दन्केपछि’ गजल संग्रह अनाममण्डली मलेसियाको संप्रति हो तसर्थ अध्यक्षको नाताले यस संग्रह माथि समिक्षा गराउनु दायित्व ठान्नु भएको हो कि ! सन्तुष्टी कम असन्तुष्टी बेसी मै संग्रहमाथिको समिक्षा सकिन्छ । 
बेला कति भयो ? –घाम हेरेर बताऊँ भने बादलले निलेको छ । नाडीमा घडी बाँध्ने साथीहरुले नै भने,– साडे चार भो ।
‘अबेला भएछ ।’ प्रायः सबैको अनुहार बोल्यो । हामीलाई हतारो भएर के हुन्छ ? टिकट काउन्टरवालाले १७:५०बजेको टिकट थमाई दिए पछि परि हालियो नि खिस्रिक्क !
१७:५०बजे टिकटमा लेखेर के गर्नु ! हामीलाई टिप्ने बस आईपुग्दा १८बजी सकेको थियो । तोकेको समय भन्दा ढिला किन ? भनेर निहु खोज्ने कुरो भएन । लुरुलुरु बसमा उग्लियौ । हामी बसेको केही बेरमै बसले केएलको बाटो समात्यो । हामीलाई बोकेको बस नागबेली सडकमाथि गुड्दै ओरालो झर्दै गर्दा बाहिरकेा वातावरणमा पानी दर्किरहेको थियो । 

                                                                                                   बोधे - ९, धनकुटा 
                                                                                               हाल : केएल मलेसिया

Tuesday, July 12, 2011

पुस्तक चर्चा - समग्रमा यात्रा भाग १


-जीवन देवान 'गाउँले'

यात्रा भाग १ जसलाई विश्वब्यापी साहित्य संगालो भनिएको छ- यात्रा साहित्य माच फाक्चामारा तेह्रथुम द्धारा प्रकाशित पत्रिका हो । जुन पत्रिकाको विमोचन मलेसियाको मुटु भनिने क्वालालम्पूर शहरमा १९जुन आईतवारको दिन भै सकेको छ । अनाम मण्डली मलेसियाको माचबाट सार्वजानिक गरिएको सो पत्रिकाको उद्देश्य भन्नु (मलेसियामा कार्यरत रहेका तेह्रथुम फाक्चामाराका साहित्य प्रेमीहरु द्धारा विश्वका विभिन्न कुना कुनामा छरिएर रहेका साहित्यकारहरुलाई एउटै मालामा उन्ने उद्देश्यले यस पत्रिकाको प्रकाशन गरेका छौ । -सम्पादकिय) रहेको छ ।
लहड भनौ या रहर ! जे भनेपनि एकप्रकारले साहित्यिक पत्रिका(विद्यागत/संगालो) प्रकाशन गर्ने होड नै चलेको छ मलेसियामा । त्यही हारमा पंक्तीबद्ध हुन आईपुगेको छ यात्रा भाग १ यतिबेला, विश्व ब्यापीकरणको कुम्लो कसेर । (…र विश्व ब्यापीकरण गर्दै डायस्पोरिक क्षेत्रमा पछिल्लो दशकमा देखिएका सशक्त साहित्यकार र नेपालका साहित्यकारहरुलाई समेत सामेल गरेका छौ । -सम्पादकिय)
यात्रा भाग १ पढिसकेपछि यी तथ्यहरुलाई नकार्न सकिदैन ः-
साहित्यिक संगालो यस अर्थमा ः- कविता बिद्या अन्तरगत - ९, गजल बिद्या अन्तरगत (लिम्बु भाषामा लेखिएका १ गजल सहित) - ८, गीत बिद्या अन्तरगत - ४, मुक्तक बिद्या (मैथीली भाषामा लेखिएको १ मुक्तक सहित) - ६, हाईकु तथा तांका बिद्या अन्तरगत -३, कथा / लद्युकथा बिद्या अन्तरगत - ५, निबन्ध-संस्मरण-नियात्रा बिद्या अन्तरगत - ३, चिठ्ठी लेखन बिद्या अन्तरगत - २, पुस्तक समिक्षा - १, आलेख - १, -संग्रहित गरिएको हुनाले ।
विश्वब्यापी यस अर्थमा ः- नेपालको प्रतिनिधित्व गर्दै मनु लोहरुङ्ग, शर्मिला खड्का दाहाल, निराजन बतास, प्रकाश आङ्गदेम्बे लगायत खगेन्द्र पन्धाक लिम्बु (थाईलेण्ड), उमा सुबेदी (ईज्रायल), विष्णुनन्द चाम्लिङ्ग (हङ्गकङ्ग), लोकेश याक्थुङ्गवा (िसंगापूर), अन्जु अन्जली (युके), भारती गौतम (अमेरिका), ईन्द्रा चाम्लिङ्ग (भारत), निराजन प्रभात लुईटेल (दोह कतार), कल्पना अवस्थी (क्यानडा), विनय विष्ट (साउदी), मौलश्री लिम्बु, श्रीजन श्री, मनि राई 'गोठाले', दिलिप राई 'सगर' आदी (मलेसिया) -को प्रतिनिधित्व हुनुले ।
डायस्पोरीक क्षेत्रमा पछिल्लो दशकमा देखिएका सशक्त साहित्यकारको सामेल यस अर्थमा ः- खगेन्द्र पन्धाक लिम्बु (सोक्पा हुँ - कविता), भारती गौतम (कामनाको कोठो - कथा), केदार संकेत (दुवईको परोनी - याात्रा सपर्शु) -को उपस्थिति हुनुले ।
नेपालका साहित्यकारहरुको सामेल यस अर्थमा ः- मनु लोहरुङ्ग (मृत वस्तुभित्रको अमृताकार - कविता), शर्मिला खड्का दाहाल (वास्तविकता - कथा), स्व.स्वप्निल स्मृति (कागु - कविता), विक्रम सुब्बा (बाध्यतावाद - निबन्ध) -को सहभागीता हुनुले ।
यतिथोक संकलन गरेर विश्वब्यापी साहित्यिक संगालो दावी गरिएको यात्रा भाग १ अहिले पाठकहरुको हातमा साहित्यिक पत्रिकाको रुपमा आईपुगेको छ र यसलाई सबैभन्दा बढी मलेसियाकै पाठकले पढ्ने छन् । किनभने यो स्वभाविक पनि हो कि पुस्तक तथा पत्र-पत्रिका जुन मुलुकमा प्रकाशित गरिन्छ पाठक पनि सोही मुलुकका बेसी हुन्छन ।
अक्सरगरी प्रवासमा रहेर पुस्तक तथा पत्र-पत्रिका प्रकाशन गर्ने प्रकाशकहरुले सम्बन्धित मुलुकका दुतवास प्रमुखको शुभकामना राख्ने गरेको बाक्लै पाईन्छ । अपवादका केही प्रकाशक होलान जसले त्यसरी दुतवास प्रमुखको शुभकामनालाई उति महत्व दिदैनन् । हुनतः शुभकामनाले पुस्तक पत्र- पत्रिकाको गरीमालाई धरातलबाट उचाल्छ या उचाल्दैन उचाले कतिको उचाई सम्म उचाल्छ त्यो एउटा सोच र तर्कको विषय होला । जे होस मलेसियाको हकमा भन्नु पर्दा दुतवास प्रमुखको शुभकामना सहितको पुस्तक प्रकाशन गर्नुलाई प्रकाशकहरु पुस्तकको प्रतिष्ठा नै मान्छन र एकहद सम्म यस्तो परिपाटी नै पनि बसेको छ । तर यात्रा भाग १ ले त्यो परिपाटीको उल्टो यात्रा आरम्भ गरेको भान दिन्छ । यद्धपीः यात्रा भाग १ को सौन्दर्यमा शुभकामनाको सुगन्ध नभेटिने भने हैन । वर घरदेशका कुलपती नेपाल प्रज्ञा प्रतिष्ठान वैरागी काईलाको शुभकामना लिपिक्क टाँसिएको छ ।
'दुईचार देशमा बसेका सर्जकहरुको सृजना भेला गर्दैमा विश्वब्यापी साहित्य संगालो भन्न मिल्छ ?'- यसो भनेर सम्पादकलाई कसैले औलो ठड्एछन । जवाफमा सम्पादकले भनेछन्- 'सात समुन्द्र काटेर परको देश जानेलाई मात्र परदेशी भनिदैन दुईचार माना चामल कुम्लो कसेर आह्रा काट्ना जाने, बेसाह गर्न परदेशीनेहरुलाई पनि परदेशी नै भन्छौ । त्यसोहुदा यात्रा भाग १ पनि विश्व ब्यापी साहित्य संगालो नै हो भन्ने मेरो दावा हो ।' यो दुई पात्रा विचको बार्तालाप यात्रा भाग १ का सम्पादक गनिन्द्र 'विवश'ले विमोचन कार्यक्रममा खुलासा गरेका हुन । अव यति नै कारणले यात्रा भाग १ लाई विश्व ब्यापि साहित्य संगालोको उपमा दिन सकिने कि नसकिने ? -को तिलक पाठकहरुको जिम्मामा आईपुगेको छ र असलमा सच्चा निर्णय दिन सक्ने पनि पाठक नै हुन । जसको लागि पाठकले यात्रा भाग १ लाई चाही पढ्नै पर्ने हुन्छ ।
पुस्तक ः- यात्रा भाग १
सम्पादक ः- गनिन्द्र विवश
कायकारी सम्पादक ः- भिम स्नेही लिम्बु
प्रकाशक ः- यात्रा साहित्य माच फाक्चामारा तेह्रथुम ।

Monday, December 27, 2010

लघुकथा: मायाको भाँडो र म

-जीवन देवान गाउँले

माया मलेसिया भित्रिनु र मेरो घर ब्यवहारमा दशा भित्रिनु एकैसाथ भयो । होला!उ मलेसिया भित्रिएपछि उसको घर ब्यवहार मजबुद भयो तर मेरो घर ब्यवहारको चाही पेच खुस्कियो र दुर्घटना हुने संकेत देखा पयो । अरु त अरु एक रथको दुई पंग्रा भनिने दम्पती सम्बन्धको एउटा पंग्रा पनि उछिटिउला झै लिखिर लिखिर हल्लिन थाल्यो ।
माया छिमेकी गाउँले हुन । उ सँग पारिवारीक नाता छैन तर हामी विच दाजुबहिनीको बोलाउने साईनो छ । उ मलेसिया भित्रिएको पुगनपुग एक साल भयो होला । कम्पनी के काम कस्तो तलव सेवा सुविधा कति मलाई थाहा छैन । तर बुझ्दा थाहा भएको हो कम्पनी - ईलेक्टोनिक्स काम - सामान प्याक गर्ने तलव - आर.एम.७०० देखि आर.एम.१००० सम्म आवस - उपलब्ध कम्पनी देखि होष्टेल सम्मको यातायात - सेवा सुविधा । बस ।
आर.एम.७०० देखि आर.एम.१००० सम्मको आम्दानीबाट यति समयमा मायाले गाउँमा गरेको प्रगती यस्तो छ- गाउँभन्दा अलिमाथि बजारमा घर बनाएकी छे, भात खानलाई कुलो लाग्ने खोलाखेती किनेकी छे । जुन प्रगती मैले तीन बर्ष बस्दा पनि गर्न सकेको छुईन । मायाको यो प्रगती नै हामी लोग्ने स्वास्नी विचको किचलोको विषय बनेको छ ।
आम्दानी र खर्चको सवालमा माया कति प्रष्ट छे ? त्यो मलाई थाहा हुने कुरो भएन तर आफ्नो आम्दानी र खर्चमा भने म प्रष्ट छु । आर.एम.१५०० मासिक तलब बुझे पछि महिनावरी हुने मेरो खर्च विवरण यस्तो छ- खाना खर्च आर.एम.२००, टेलिफोन खर्च आर.एम.३००, पकेट खर्च आर.एम.१५०, मसलन्द खर्च आर.एम.५० । बचेको आर.एम.८०० श्रीमतीको नाऊमा नेपाल पठाउने गरेको छु । र त्यो पैसाको हिसाव किताव पनि प्रष्ट छ रु.१०००० मासिक घरखर्च र बाँकी भैपरी आउने खर्च । भैपरी आउने भनेर छुट्टाएको रकम पनि वचत हुदैन । दुःख विमार, ईष्टमित्र, पाहुनापात, मराउ-पराउ, विहे कार्जे, दुःखकार्जे … एउटानएउटा कारणमा त्यो पनि खर्च हुन्छ । यसार्थः आम्दानी घटाउ खर्च बराबर सुन्य वचत ! छ भने प्रगती कसरी हुन्छ ?
मेरो आम्दानीको आय-ब्याय विवरण स्पष्ट हुदाहुदै पनि म माथि श्रीमती शंका गर्छे । बुझ्छु ! 'म यौन दुराचारी भएर फजुल खर्च गर्छु ।' श्रीमतीको शंका यही हो । स्पष्टीकरण दिदादिदा हैरान भएपछि हामी विच संवाद भन्दा विवाद वेसी हुन थालेको छ ।
म - पैसा पैसा भनेर भोकै बस्ने कुरा भएन !
श्रीमती - के माया चाही नखाई बस्छे
म - तिमेरलाई पनि फोन गर्नै पर् यो !
श्रीमती - मायाले पनि घरमा फोन गरीरहन्छे ।
म - तिमेरलाई पनि सबैथोक किनेरै खानु पर्ने !
श्रीमती - मायाको परिवारले पनि दोकान कै चामल किनेर खान्छन ।
म - छोराछोरीलाई पनि बोडङ्ग नै पढ्नु पर्ने !
श्रीमती - मायाका भाईबैनी पनि बोडिङ्ग नै पढ्छन ।
अन्ततः श्रीमतीको शंका अघि मेरो सत्यता निरीह हुन्छ । यही मौका छोपेर एकपटक श्रीमतीले यसो सम्म भनी- 'यो लोग्नेमान्छे जात ! जतै गएपनि केटी नभई नहुने । अव तिमी फर्क र घर सम्हाल म परदेश सम्हाल्छु ।'
म सँग काम गर्ने एकजना साथी छ उ पनि यसै भन्छ- 'मर्दको जाहीताही नामर्दको काहीनकाही । लंकामा सुन छ कान मेरो बुच्चै भन्या जस्तो श्रीमती पो नेपालमा छ तर मेरो मर्दागीनी त मसँगै छ नि । फेरी यो भाँडोको विशेषता पिसाप फेर्नु मात्रै पनि त हैन ।' अनि उ मदार्िङ्गनी सफा गर्न खर्च गरेरै आफुसँग भएको भाँडो प्रयोगमा ल्याउछ र भन्छ- 'फोगटमा त सार्वजानिक सौचालयमा पनि पिसाप फेर्न पाईदैन ।'
उ आफुसँग भएको भाँडोको प्रयोग राम्रैसँग गर्छ र तलव त्यसैमा सिध्याउछ । पछिल्लो समय एकवर्ष यता देखि उसको सम्बन्ध नेपाली केटीसँग छ । त्यो केटीको नाम मैया रे काम ईलेक्टोनिक्स कम्पनीमा । केटीको बारेमा मलाई थाहा भएको यती नै हो ।
एकदिन यस्तो संयोग पर् यो । सार्वजानिक विदाको दिन थियो । जिब्रोलाई फाष्टफुडको स्वाद चखाउन भनेर म के।एफ।सि। खादै बसिरहेको थिएँ । अपत्यारीलो लाग्ने गरी एकजोडी मेरो सामुन्य उभिन आईपुग्यो । जोडी मध्येको केटा त्यही साथी थियो जसलाई मैले नचिन्ने कुरै भएन । केटी थिई -माया उसलाई पनि चिने । एउटै टेवलमा बसेर के।एफ।सी। खाईन्जेल बातचित भएपछि उनीहरु म बाट छुट्टिए । त्यसपछि कता गए मलाई थाहा भएन ।
मायासित भेट भएपछि धेरै कुरा थाहा भयो । खास त उसको अदृश्य कमाई थाहा भयो । त्यही रात मैले श्रीमतीलाई भने- 'बुढी ! म पनि माया हुन जानेको भए पैसा कमाउने थिए तर म त भगवान बाटै ठगिएको छु । किनभने भगवानले मायालाई जस्तो कमाउने भाँडो मलाई दिएन ।'
मेरो कुरो श्रीमतीले बुझी या बुझीन तर भन्नलाई यति भनी - 'बुढो ! बरु भोकै बसौला तर खाँदा ईमानको कमाई खाउला र इज्वतको जिन्दगी बाँचौला ।'
त्यसदिन यताबाट हामी श्रीमान श्रीमती विच पुनः सम्वाद हुन थालेको छ ।

समाप्त

बोधे ९ धनकुटा
अचेल - मलेसिया
सम्पर्क ः ०१६३९१९५९०

Thursday, August 5, 2010

शंका

-भिम स्नेही लिम्बु

साक्षी टह टह जून
सुनसान रातको मन्द मुस्कान
छमछम नाचेथे ताराहरु सगरमा
जोडेको हामीले
दुई हृदय धर्तीमा
नभुल्न जनम जनम
नछुट्न जनम जनम ।

अन गरेर तिम्रो हृदयको ब्लुतुथ
तिम्रो मुटुको मेमोरीमा
मेरो मुटुको मेमोरीबाट
पि्रतीको गीतहरु सेण्ड गरेथे
मेमोरी फुल भरेथे
अटाएको जिबी भरी ।

कुन्नी अचेल किन
पि्रतीको गीत तिम्रो हृदयमा
ढुक…ढुक…ढुक…ढुकढुकी
बज्न छाडेको छ
सन्छु बजेको
केवल पराई भाकाको गीतहरु
कतै मेरो पि्रतीको गीत
डिलेट गरेर पो हो कि ?

सजाएको मेरो तस्वीर
तिम्रो नयनको स्क्रिन वालपेपरमा
देख्न छाडेको छु जो अचेल
कतै मैले भरेको
पि्रतीको गीतहरु
पि्रतीको तस्वीरहरु
हामीले खेलेको भिज्युअलहरु
फर्मेट पो गर् यौ कि ?
किनकी
डिलेट नहुने शंका
सेण्ड भएको छ मेरो हृदयमा ।

फाक्चामारा - ४, तेह्रथुम
हाल : केएल, मलेसिया

Thursday, July 22, 2010

विज्ञानभित्र कोरिएका कविता


-गोपीकृष्ण ढुंगाना
'झर्ना झर्न सकेन हो हिमचुली कालै बनेको किन ?
को हो भन्न भुलेर कोयल रुँदै ऐया भनेको किन ?
चौतारी पनि मौन खिन्न बटुवा छायाँ सुकेको किन ?
हावामा पनि प्राण छैन किन हो हावै दुखेको किन ?'
जीवन र जगतसँग सम्बन्धित हुन्छन् कवि र तिनका कविता । समाजका प्रत्येक घट्ना र दुर्घटना नै साहित्यका विषय हुन् । यही कुरोलाई पुष्टि गरेको छ माथिको छन्द कविताले अनि त्यसका सर्जक नवराज लम्सालले । जीवन र जगत्ले नसमेटेको विषय के होला ? सम्भवतः जीवन र जगत्सँग पार्यवाची बनेर आएको छ -विज्ञान । त्यसैले साहित्यिक मनहरुले पनि आफ्ना सिर्जनामा विज्ञानलाई समेट्ने गरेका छन् ।
भानुजयन्तीकै अवसरमा आयोजना गरिएको एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठान पुगेका स्रष्टाहरुले फरक धार पाए अर्थात विज्ञान कविता । १९७औ भानुजयन्तीका सन्दर्भमा नेपाल प्रज्ञाप्रतिष्ठान र त्रिभुवान विश्वविद्यालय प्राकृतिक विज्ञान संग्रहालयले संयुक्त रुपमा बुधबार राजधानीमा विज्ञान कवितागोष्ठी को आयोजना गरे । कार्यक्रममा कतिपयले उत्पत्तिलाई विपत्तिको संज्ञा दिए त कतिपयले प्रकृति र वातावरणलाई कवितामा चित्रण गरे । विज्ञान र साहित्यलाई कसरी सहयात्रा गराउने भन्ने गोष्ठीको एउटा पक्ष थियो भने समाजलाई साहित्य र विज्ञान दुवै आवश्यक भएकोले संगम आवश्यक छ भन्ने बोध गराउनु अर्को पक्ष थियो ।
गोष्ठीमा विज्ञान कविताको सन्दर्भमा एउटा कार्यपत्र प्रस्तुत भयो । डा.इशान गौतमले विज्ञान कवितालाई यसरी पुष्टि गरे,- 'विज्ञान कविताले आफ्नो विषय वैज्ञानिक मापनदेखि वैज्ञानिक प्रतीक, दीक् र काल, जीवविज्ञान, रसायनविज्ञानदेखि जलवायुविज्ञान, वातावरणविज्ञान, कम्प्युटरविज्ञान र अभियान्त्रिकी इन्जिनियरिङ सम्मबाट लिन वा उठान गर्न सक्छ ।'
कविलाई दर्शन विज्ञान र वातावरण अनि ऐतिहासिक घटनाबाट विच्छिन्न गर्न नसकिने बताउने गौतमले कार्यपत्रमा भनेका छन्,- 'विज्ञान कविताले विशिष्ट वैज्ञानिकलाई पनि सामान्यीकरण गर्नसक्छ गटेले टु इनफः टु द फिजिसिस्टमा गरेजस्तै । विज्ञान कविताले गीतादेखि सोनेट डामेटिक मोनोलगदेखि मुक्तक हाइकुजस्ता कयौ रुप वा प्रकारलाई उपयोग गर्न सक्छ ।' उनका अनुसार विज्ञानले सिर्जनात्मक गैरआख्यान, आख्यान र कविताका लागि सामाग्री प्रदान गर्छ र कहिलेकाही कवि पनि वैज्ञानिकझै अवलोकनकर्ता वा निरीक्षक हुन् । उनले भने, 'विज्ञान कविता एक सौन्दर्यात्मक अनुभव हुनसक्छ । यसले प्रकृतिलाई मानवीकरण गर्नसक्छ । साथै यो अर्थपूर्ण गहिरो र आलोचनात्मक पनि हुनसक्छ ।' कार्यक्रम साचालिका सन्ध्या पहाडीले बाँदरविशेषज्ञा डा.मुकेश चालिसेको नाम बोलाईन् । स्रोता एकछिन अलमल परे बाँदरविशेषज्ञ पनि कवि सबैको जिज्ञासा क्षणभरमै पूरा भयो जब उनले कविता वाचन गर्न थाले,
'चराहरु कराए
उज्यालो हुने भएको छ
तर अहिले अँध्यारै छ
नांगो डाँडोमाथिको एउटा खर्पे जुन
त्यो पनि रोइरहेछ… ।'
अधिकांशले यस शताब्दीका उपलब्धि र विनाश दुवैलाई कवितामा उनेका थिए । हास्यब्यंग्य क्षेत्रमा कलम चलाउने शैलेन्द्र सिम्खडा पनि के कम ? उनले सटिकरुपमा विज्ञान कविता सुनाए । उनले एटम बमको त्रासले विज्ञानले गाली खाएको र आविष्कारले साथ र घात दुवै दिने गरेको बताए । उनले कवितामार्फत भने,- 'राजा वीरेन्द्रलाई बाईपास सर्जरी गरेर बचाउने पनि विज्ञान अनि सपरिवारको जीवन समाप्त पार्ने पनि विज्ञान ।'
गोष्ठीमा वैज्ञानिक कवि विज्ञानका विद्यार्थी गरी २५ जनाको सहभागिता थियो । रामभरोस कापडीले 'मानिस र रोबोट', महेन्द्र गुरुङले 'प्रकृछौ', पुष्पकेशरी श्रेष्ठले 'म खपटे कीरा', माजुलले 'कसरी भन्नु त्यसलाई राम्रो गाउँ', डा.मदन कोइरालाले 'आजको मान्छे र जलवायु परिवर्तन', रामप्रसाद ज्ञावलीले 'छन्दमा पर्वत सुन्दरीको सम्बोधन', समालेचक खुमनारायण पौडेलले 'एक्काईसौ शताब्दी एउटा श्राप एउटा प्राप्ति' शीर्षकमा विज्ञान कविताका सुनाएका थिए । कविताका माध्यमबाट यस्ता वैज्ञानिक पक्षहरु प्रतिबिम्बित हुनुले विज्ञानको क्षेत्रमात्र होइन नेपाली साहित्यसमेत समृद्ध हुने देखिन्छ । विषयको उठान गरिएको लम्सालकै छन्द कविताको अन्तिम अंशले पनि कवि मनहरु विज्ञानको विकासमा खुसी र विनाशप्रति दुःखी बनेको पुष्टि गरेको छ ।
खास्या यान विमानमा घुमीघुमी आकाश छुन्छौ तर हे विज्ञान विकास छैन वशमा धर्ती भयो झन् पर ।

Saturday, July 10, 2010

गजल र काफिया

नेपाली माटोमा गजल रोपिएको सवासय अधिक वर्ष नाघिसकेको छ । मोति मण्डली देखि अनाम मण्डली सम्म आइपुग्दा गजलले धेरै द्रस्टा स्रष्टाहरु पाइसकेको छ । प्राथमिक कालका मोतिराम भट्ट लक्ष्मी दत्त पन्त, इन्दु नरदेव पाण्डे 'शुधा', गोपनाथ लोहनी, नाथु अजद हुसैन, अन्जानु पछि भिमनिधि तिवारी उपेन्द्र जिगर पछिका पुर्नउत्थानवादी ज्ञानुवाकर पौडेल हुदै ललिजन रावल, बुँद राना, घनश्याम न्यौपाने, मनु ब्राजाकी, रवी प्रााजल, सनत वस्थी श्रेष्ठ, 'प्रीया' पत्थर, प्रेम प्रकाश मल्लहरुबाट तन्किदै आधुनिक कालका धनराज गिरी कृष्ा क्षेत्री, प्रकाश आङदाम्बे, खगेन्द्र गिरी 'कोपिल', अनमोल मणी, पुष्प अधिकारी 'अाजली', शुरेस सुवेदी, घनश्याम 'पथिक', अाजु 'अाजुली', मायामितु न्यौपाने, ऋचा लुइटेल, बुद्धी सागर चापाई, शितल 'कादम्बीनी', गोवर्दन पूजा, सूर्य चापाई, भुवन बोहरा, टि.एन. जोशी, रामलाल, गोर्खे साइलो, ज्ञानु विद्रोही, रुपक बनबासी, पदम गौतम, जीत कार्की, स्वागत नेपाल, देवी नेपाल, रासा, निराजन बतास, विमला 'केयरलेस', लेखाराम सापकोटा, भुपेन्द्र ति_िम्सना, एकादेशको गगनराज, जोतारे धाइबा, बलराम दाहाल, गीता सापकोटा, अनुपमा, करारा, गीता सिह, अम्बीका िसंह, अाजु स्मारीका सिह, विष्णु बहादुर सिह, हेम बाबु लेखक, धिरज 'त्रीवेणी', खोलाघरे 'साइलो', अगीव बनेपाली, नारायण निरासी, रेणुका भट्ट, राधा कणेल, सप्रेम अर्चना, विभोर बराल, रवी भण्डारी, नारायणी देवकोटा, लोकेन्द्र बाजारा, बालकृष्ण लामिछाने, विवस बलिभद्र कोइराला, शेखर अस्तीत्व, स्वप्नील स्मृती, विपिन 'किरण' सम्म आइपुग्दा नेपाली गजलले धेरै आरोह अवरोहहरु पार गरिसकेको छ ।

अचेल संख्यात्मक र गुणत्मक दुवै हिसावले गजल सम्पन्न हुदै गइरहेको छ । यो सुखद कुरा हो गजलका निम्ति । साठीको दशकको उत्तराद्र्वसँगै गजलको लोकपि्रयता झन्झन् चुलिदैछ । रेडियो पत्र-पत्रिका र कुनै पनि साहित्यिक गोष्ठीहरुमा गजल बजेको, छापिएको र बाचन गरिएको छैन भने कार्यक्रम नै अधुरो उपुरो लाग्ने गर्दछ । यसर्थ यसो भन्न सकिन्छ गजलले सनैःसनैः नेपाली साहित्यमा जवर्जस्त उपस्थिती जनाउँदै छ/जनाएको छ ।
यो लेख विषेशतः काफियाका सन्दर्भमा केन्द्रित गर्न खोजिएको हो । हुन त 'म' समालोचक होइन पनि र गजलको समालोचना गर्ने हैसियत पनि छैन म'मा । र, पनि एउटा पाठकको हैसियतले केही सर्जकका गजलहरुका बारेमा टिप्पणी गर्न बसेको छु । हरेक सर्जकले रचना गर्दा आफ्नो रचनालाई कुनै न कुनै प्रतिक वा विम्वहरुका सहायताले कुनै न कुनै कुरालाई सङ्केत गरेका हुन्छन् । ताकि रचनाले पाठक एवम् स्रोताहरुको मन छोओस् र जीवन र जगतका हरेक पाटा र बाटाहरु मध्ये कुनै न कुनैको सही र सार्थक नेतृत्व गरोस् । र त्यसको निमित्त सर्जकले कुनै एउटा विधालाई अवलम्बन गर्नै पर्ने हुन्छ । र, आजका अधिकांस सर्जक स्रष्टा, द्रष्टा, नया र पुरानाहरुले आफ्नो मनको गाठो विसाउन 'गजल-चौतारी' रोज्ने गरेको देखिन्छ ।
गजल सास्त्रीय विधा हो । यो देख्न, सुन्न र पढ्नमा जति सजिलो महसुस हुन्छ, लेख्नमा त्यतिकै कठिन छ । 'रुद्र मिश्रले' भने जस्तै गजल लेखिदैन बरु निर्माण गरिन्छ । हुनपनि गजल निर्माण गर्दा गजलका भित्री र बाहिरी तत्व घटकहरुको सम्पूर्ण ज्ञान हुनु अत्यावश्यक छ । साहित्यका अन्य विधाहरु सामान्य विधागत ज्ञान भएर वा नभएर पनि लेख्न सकिन्छन् । किन्तु गजलका निमित्त सामान्य ज्ञानले पुग्दैन ।
अचेल घरदेश र परदेश जहा पनि गजल लेख्नेहरुको ओइरो लाग्न थालेको छ । यो ओइरो सँगै राम्रा र नराम्रा दुवै प्रवृत्तिहरु पनि भित्रिरहेका छन् । गजलका निमित्त नकारात्मक प्रवृत्ति आत्मघाती नै हुन्छ । तसर्थ यहा काफिया प्रयोगका सन्दर्भमा सकारात्मक र नकारत्मक दुवै प्रकृति/प्रवृत्ति को बारेमा कोट्याउने प्रयास गरिएको छ ।

उत्तरमा सेतो हिमाल, हासेको यो देश मेरो
डाफे मयूर मुनाल सँग, नाचेको यो देश मेरो

कहा छ र यस्तो संसार, ठाउठाउमा खोज्दा पनि
सयौ थुङ्गा फूलका माला, गाँसेको यो देश मेरो

वीर शहिद पुर्खा मेरा, भक्ति अमर लखनहरु
खुकुरीका धारले बैरी, मासेको यो देश मेरो

-रुवेन पुन / दीपााजिल

यो गजलमा आंशिक शब्द काफियाको सुन्दर प्रयोग गरिएको छ । आंशिक काफियाले गजलको लय चेतनालाई भङ्ग गर्छ भन्ने 'म'हरुलाई दरिलो थप्पड पनि हो यो । गजलको मतलाको दुवै 'मिसरामा' राखिएका क्रमशः 'हाँसेको/नाचेको' दोस्रो शेरमा प्रयुक्त 'गाँसको' तेस्रो शेरमा प्रयुक्त 'मासेको' वर्णगुच्छ तुकहरु नै काफिया हुन । हेरौ :-
- हासेको = ह् + आ + स् + ए + क् + ओ
अर्थात् हा + से + को = हासेको

- नाचेको = न् + आ + च् + ए + क् + ओ
अर्थात् ना + चे + को = नाचेको

दोस्रो शेरमा पर्युक्त-
- गासेको = ग् + आ + स् + ए + क् + ओ
अर्थात् गा + से + को = गासेको

तेस्रो शेरमा उल्लेखित
- मासेको = म् + आ + स् + ए + क् + ओ
अर्थात् मा + से + को = मासेको


माथिको सुत्र हेर्दा
हासेको वर्णगुच्छको
'हा' मा 'आकार' छ
'से' मा 'एकार' छ
'को' मा 'ओकार' छ
त्यसगरी हमकाफियामा प्रर्युक्त नाचेको वर्णगुच्छमा आएको
'ना' मा 'आकार' छ
'चे' मा 'एकार' छ
'को' मा 'ओकार' छ
त्यसगरी दोस्रो शेरको गासेको कफियामा
'गा' मा 'आकार' छ
'से' मा 'एकार' छ
'को' मा 'ओकार' छ
भन्ने तेस्रो शेरको मासेको को
'मा' मा 'आकार' छ
'से' मा 'एकार' छ
'को' मा 'ओकार' नै आएको छ ।
यसर्थ यो गजलमा काफियाको सार्थक प्रयोग गरिएको छ । तथापी कोट्याउदै जादा 'समापक' दोष भेटिन्छ र अन्य दोषहरु पनि भेटिन सक्छन् तर आज विशेषतः काफिया सम्बन्धि मात्र लेख केन्द्रित भएकाले अन्यतिर जानु असान्दार्भिक हुनसक्छ । अव अर्को गजलको उदाहरण हेरौं :-

मधेसी र पहाडेको बात नलगाउ
मान्छेवीच सानो ठूलो जात नलगाउ

अधिकार बराबर लिने दिने खेलमा
होस गरे साम्प्रदायिक मात नलगाउ

बल्ल तल्ल दशक पछि हाइ साचो भाछ
देशमा फेरि अर्को कुनै आपत नलगाऊ

-इन्द्र नारथुङगे (sahityaghar.com)

यो गजल भाव प्रधान्यताका हिसावले उत्कृष्ट छ । गजलको मतलामा प्रयुक्त 'बात/जात' पूर्ण काफिया हुन् भने दोस्रो शेरमा 'मात' काफिया आएको छ । त्यसैगरी अन्तिम शेरमा सर्जकले 'आपत' लाई काफियाका रुपमा छानेको देखिन्छ । यो गजल ६ वटा शेरमा आवद्ध थियो, यहा तीनवटा शेर मात्र लिइएको छ । अन्य तीनवटा शेरहरुमा 'खात, हात, साथ' जस्ता काफियाहरु राखिएको छ । हेरौं :-
- बात = ब् + आ + त
- जात = ज् + आ + त
- मात = म् + आ + त
- खात = ख् + आ + त
- हात = ह् + आ + त
- साथ = स् + आ + थ
- आपत = आ + प + त

माथि उल्लेखित बात, जात, मात, खात, हात, साथ, जस्ता काफियाका रुपमा आएका वर्णगुच्छहरु समस्वर युक्त छन् र सबैले आंत अर्थात् आंअ् आकार र अकारको भार बोकेका छन् भने 'आपत' काफिया (आ+अ+अ) आकार + अकार + अकारको रुपमा आएकाले वात, जात, जस्ता (आकार + अकार) बोकेका काफियाको हमकाफियाको रुपमा आउन मिल्न सक्दैन तसर्थ यहा पूर्णतः 'काफिया विचलन दोष' स्पष्ट रुपमा आएको छ । र, यसलाई सुधार्न खोज्दा पनि कसैगरी सुधार्न नसकिने अवस्था सर्जकले राखेका छन् । 'आपत' शब्दलाई 'आत' वा 'पात' बनाएर समस्वरयुक्त काफिया बनाएको खण्डमा पनि गजलको भाव र मर्म नै खल्वलिने अवस्थामा छ । साथै 'आपत' काफियाकै कारणले गजलमा यति, गति पनि खल्वलिएकाले 'लय भङ्ग दोष' स्पष्ट रुपमा देखा पर्छ । सर्जकले अलिकति ध्यान दिएर ६/६ वटा शेर भएको गजलमा अन्तिम अर्थात् 'आपत' काफिया प्रयोग गरेको शेर नै हटाइ दिएको भए 'काफिया विचलन दोष' खप्नु पर्ने थिएन । तर, यसले गजललाई फजल वा अगजल मात्र बनाएन बरु सर्जककै गजलकारितामा पनि प्रश्न चिन्ह खडा गर्न सक्छ । त्यति मात्र होइन गजलको उसो त यो गजल होइन र विशुद्ध फजल हो । किनकि काफिया विहिन वा विगि्रएको रचना गजल मानिदैन ।
त्यसै गरी पाचौ शेर/पंक्तिमा पर्युक्त 'साथ' काफियाले वात, जात, मात, हात, खात, जस्ता 'पूर्ण शब्द काफिया' को भार बोक्दैन । यदि सर्जकले 'आंशिक शब्द काफिया' प्रयोग गर्दा गजलको मतला खण्डमै ध्यान दिएको भए 'काफिया रखाइ दोष' आउने थिएन । किन्तु यो अक्षम्य दोष भने होइन । बडे-वेड गजलकारहरुका पनि यस्ता त्रुटीहरु जानेर वा नजानेर कालान्तर देखि आजसम्म आइनै रहेका छन् । यसो भन्दैमा हामीले पनि त्रुटी गर्नुपर्छ भन्न खोजेको चाहि होइन ।
कुनै पनि सर्जकले म कुन विधामा कलम चलाउँदै छु ? के का लागि लेख्दै छु ? अनि त्यो विधाका आधारभूत मूल्य मान्यताहरु के-के हुन ? र तिनलाई कहा-कहा र कसरी कसरी संयोजन राख्दै/गर्दै लैजाने ? भन्ने बारेमा गहनतम भएर नसोच्यो भने वा अल्पज्ञानकै आधारमा रचना गर्दा वा आवश्यक सावधानी नअपनाउदा वा भाव र विचारमा बग्दै जादा अन्यत्र ध्यान नदिदा वा सामान्य पढे सुनेकै भरमा रचना गर्दा वा अन्य कुनै कारणले यस्ता भुलहरु हुने गर्दछन् । किन्तु जे-जस्ता कारणले भएपनि 'काफिया विहिन' रचना गजल मानिदैनन् । गजल प्रति सामान्य चासो राख्ने पाठक एवम् श्रोता जो कोहीले पनि यस्ता दोषहरु छुट्याउन सक्ने क्षमता राख्दछन् ।
नेपाली गजलमा विस्तारै समालोचकहरु पनि जन्मिदैछन् । यो गजलका निम्ति सुखद पक्ष हो । किन्तु यो सँगसँगै विकृति पनि भित्रिरहेका छन् । आफ्नो अलिकति नजिकको छ भने उसको कमजोर रचनालाई (यहासम्म कि फजललाई समेत) बढाई चढाई सगरमाथाको चुचुरो बनाउने र अलिक टाढाको छ भने (त्यो क्षेत्र जाती लिङ्ग धर्म राजनीति जे पनि हुनसक्छ) राम्रो गजललाई पनि गलत व्याख्या/अपव्याख्या गरेर दोषी देखाउन खोज्ने प्रवृत्ति नेपाली गजलकै निम्ति हानिकारक हो ।
हुदा हुदा अचेल त आफै फजल लेख्ने फजलकारहरु अरुका गजलमा समालोचना लेख्दै (त्यो पनि उल्टो सुल्टो भट्याएर) ठूला र बरिष्ट बन्न खोज्दै स्वघोषित समालोचक बन्दैछन । दुई चारवटा गजल लेख्ने, व्याख्या गर्ने र सम्पादक बन्ने प्रवृत्तिले गाज्दै गयो भने स्वयं व्यक्ति र गजलकारिता ! दुवै धरापमा पर्ने निश्चित हुदा हुदै पनि अरुका खुट्टा तान्न नछोड्ने 'म'हरुले बेलामै नसोचे स्वयंका हात काटिन सक्छन् भनेर हेक्का सम्म राखेको देखिदैन ।
ए……स्वघोषित 'म'हरु गजल के हो ? किन लेखिन्छ ? के का लागि लेखिन्छ ? र, कसरी लेखिन्छ ? भन्ने तिर ध्यान देऊ । फजल लेख्दै गजलका 'राष्ट्रपति' समालोचक बन्ने धृष्टता गर् यौ भने तिमीहरुलाई आम पाठक स्रोता र सर्जकहरुले वहिष्कृत गर्ने छन् । आफु पनि फजल लेख्ने र गजल प्रतियोगिताका महान निर्णायक न्यायधिस बन्दै फजललाई नै पुरस्कृत गर्नेहरुलाई समेत पाठक एवम् सर्जकहरुले बहिस्कृत गर्दैछन्/गर्नेछन् ।
काफिया रहित 'टाउका विहिन शरिर जस्ता' गजल नामका फजल लेख्दै समालोचक बन्न खोज्नेहरु हो ! यदि समालोचक, व्याख्याता, अनुसन्धानदाता, गजल गुरु, बन्ने रहरै छ भने बाटो खुल्ला छ गजलमा निपूर्ण बन्दै सही सही व्याख्या समालोचना गर्न सक्छौ । हैन भने अकविता लेखेर कविताको ! अकथा लेखेर कथाको ! अगजल लेखेर गजलको ! समालोचना गर्ने अधिकार न मलाई छ न गालिव लाई, न मीरतकी मिर लाई थियो न ज्ञानुवाकरलाई, न लली घनु प्रााजल र देवीलाई छ न तिमीहरुलाई नै ।
यदि तिमीहरु गजललाई साचिक्कै माया गर्छौ भने आउ केही तिमीहरु सिकाउ केही हामी सिकाउछौं । हामी वीच भएका रहेका कमजोरी हटाउदै गजललाई वास्ताविक गजल बनाउन तिर अग्रसर हौ । हैन भने औषधी तितै हुन्छ खाए खाउ नखाए नखाउ । नखाए आफैं…॥

- श्रीजन श्री
अनाम मण्डली मलेसिया
०१०-५३३४१०६

Monday, February 8, 2010

गजल

-यदुराज राई

पाएर सबैथोकहरु तिमीलाई घुमाउनुको सौख छ म मा
बन्धनहरु भेला भई बैठक बसने चोक छ म मा

आज या त भोली मर्छु ठेगान छैन जिन्दगीको
ओखतीले छुदै नछुने त्यस्तो एउटा रोग छ म मा

विछोडको पीडा खप्न नसकी आँशु झरी जान्छ
बिछिप्त भई दुखेकै बेला भावना पोख् छ म मा

पिरतीको नाप तौलमा तिमी धार्नी म बिसौली
फेरी आज यस्तै गरी मन मुटुको जोख् छ म मा
-मलेसिया

Monday, February 1, 2010

गजल


-सन्तोष माबुहाङ्ग

बस्नुको त टुङ्गो छैन वासको कुरा नगर
जे मिल्छ त्यही खाउला गाँसको कुरा नगर

हामी आफै फस्या छौ अभावको दलदलमा
अरु नै डुबिरहेको भासको कुरा नगर

मजबुरी गरी खानेको त यस्तो हालत छ
अरुको घरमा बस्ने दासको कुरा नगर

स्वार्थ नै स्वार्थ भरिएको यो संसार भित्र
सहयोग मिल्छ भन्ने आसको कुरा नगर

ज्युदै छदा त यहाँ कसैले हेर्दैनन भने देखि
मरे पछि जे जे होस लासको कुरा नगर

बसन्तपुर, तेह्रथुम
अहिले- मलेसिया

कथा: सपना


-भिम स्नेही लिम्बु

एउटा आकर्षक बस्तुको गुणले मान्छेको अन्तरमनलाई कति मोहीत पार्दछ एउटै चेतनको शब्दले मानिसको मस्तिष्कमा कति प्रभाव पार्दछ एउटै भयले मान्छेको जिन्दगीलाई बारम्बार किन तसा्रई रहन्छ यो एउटा म पात्रले भयप्राद सपनाको दश्य देखे पछि भनेको हो । म ब्युँझेर यसरी लेखिरहेको छु ।
मैले घरको चुलोमा आगो ताप्न छोडेको तीन साल पुग्नै लाग्यो । त्यतिनै भयो गोठमा गाईबस्तुको गोबर नसोहोरेको । अनि घर पछाडीको धारामा स्नान नगरेको । आज गहिरो निन्द्राको सपनामा सबै सबै देखे । त्यो देउरालीको उकाली गोरेटो विच विचमा बर पीपलका जोडी बृक्षहरु । साँच्चै त्यो पल बिर्षेको छैन । त्यो बर पीपलको शितल बृक्षहरुमा सधै म अनि सपना घण्टौ बसेर प्रेमको शंवाद अनि दिल्लगी र एक अर्कामा ठेलाठेल गथ्र्यौ । त्यो कति आनन्दको कि्रडा थियो मात्र जिन्दगी भरीको अविश्मरणीय क्षण । हामी विच एउटै ब्यवहार बाँकी थियो जुन विवाह पछि लोग्ने स्वास्नीमा हुन्छ ।
सदा झै म त्यो दिन पनि गराँसे डाडाको बजार भर्न उकालो चढिरहेको ्थिए । उही स्थान उही बर पीपलका बृक्षहरुको फेदमै मेरो प्रतिक्षामा बसिरहेकी थिई 'सपना' । बोलाउदै उनको समिप जान मुस्किल भईरहेको थियो । किनभने उनी अति अब्यवस्थित पारामा बसेकी थिई । तर उनी ब्यवस्थित र सुरक्षीत ठान्थी की आफूलाई जवकी उनी निर्ठुक्क थिई । मैले ठाने जुन सुरक्षको आवरणले छोपेको छ मानव उत्पतीको पृथ्वी । उनको छेवैमा गएर सोधे- 'यति अव्यवस्थित किन बसेकी सपना यो बेला पराईले देखे भने के होला ?'
तव मुस्कुराएर सपना बोली,- 'हो ऋतु मैले कल्पना गर्न थालेको छु, जव तिमी मेरो सामु हुन्नौ म आफूलाई अति अब्यवस्थित र असुरक्षीत भएकी देख्छु । यी सब कुराहरुको तिमी संरक्षक बनन ल, ऋतु ! मेरो विन्ती छ ।' अप्ठ्यारो काईदामा बोले म- 'हत्तेरी तिमी सपना पनि ! मैले यो विषयमा कुरा गरेको हो र जसको सुरक्षामा म खटिएको छु कतै आक्रमणकारीहरुको आँखा लाग्ला भनेर पो त तिमीले कुरो बुझेनौ तिम्रो त्यो मेडी …।' हतपत सपनाले आफूले लगाएको मेडी हेरी तल निहुरीएर जहा मेडीको पछाडी पट्टीको भाग उनको चाकले थिचेकी थिई । तव पो रुन थाली सम्हालिन थाली । के सपनाले मेरो मनको परिक्षण गरेकी हो धेरै बर्ष पछि आज स्मृतिमा प्रश्न चिन्ह खडा भएको छ मेरो सामु ।
धेरै दिन पश्चात मैले सपनालाइृ भेटेर मलेसिया जाने निर्णय सुनाए । धन आर्जन गरेर जीवन उज्वल बनाउला हाम्रो विवाह पछि छोराछोरीलाई सुख सँगले पालौला पढाउला । सन्तान प्रतिको चिन्ता उनीसामु ब्याक्त गरे । तर उनी एकोहोरी रहेकी थिई । उनी रुदै यति मात्र बोली- 'खोले सिस्नु यही खाऔला, यहीको पाखा भित्तामा पाखुरा बजारौला, भाग्यमा जे छ त्यही भोगौला । के थाहा मलेसिया जानेहरुको भरोसा हुन्न भन्दछन ।' उनी झन डाँको छोडेर रुन थाली ।
म दोमन भए किनकी एकातिर विदेश गएर धन कमाईएला भन्ने ठुलो आकंक्षा अर्को तिर सपनाको विन्ती । विवाह पछि म सँग बसेर खोले सिस्नो खाएरै पनि उ स्वतन्त्र बाँच्छे भने सम्पन्नताको अनुभुती र कल्पना गर्दीनन भने विवाह गरे के भो त तर अस्ति मात्र किसनले सुजनासँग अनुरोध गरेको प्रश्नको स्मरण भयो 'सुजन तिमीले विवाह गरेपछि के ज्ञान पायौ वा कस्तो महसुस गर् यौ ?' प्रति उत्तरमा सुजन बोलेको थियो- 'प्रकृतिको विनास गर्न सकिन्छ तर निर्माण गर्न सकिन्दैन भन्ने ज्ञान पाँए ।'
सायद सुजनको छोरो भईसकेको अनुभुती होला त्यही भएर किसन मात्र मुसुमुसु हाँसिरहेको थियो । म त प्रकृतिपुजक बन्न रुचाउने ब्याक्ति हुँ । यसरी विनास विध्वांस गर्ने पट्टी मन नगए पछि पुन सपनालाई सान्त्वना र आश्वसानको मन छोडी राखेर राजधानीको मार्गतिर प्रस्थान गरे । जुनवेला म स्वयं अध्याँरोमा यात्रा गर्ने यात्री भएको थिएँ । म काहा पुग्छु के हुन्छु मेरो गन्तब्य कहा हो आधा यात्रा मै पो अवरुद्ध हुन्छु कि भन्ने भयले तसा्रई रहयो । जसो तसो मलेसिया आईपुगियो । तर केवल तीन चार महिना वित्न नपाउदै मेरो कान सम्म नराम्रो सन्देश आईपुग्यो 'सपनाले आत्माहत्या गरेर मरी' ।
म झस्किए । कुरा बुझ्दा उनलाई बलजफ्ती तीनचार जना पुरुषद्धारा बलात्कृत गरिएछ । त्यो बेला उनले बोलेकी याद आयो- 'हो ऋतु ! मैले कल्पना गर्न थालेकी छु जव तिमी मेरो सामु हुन्नौ म आफूलाई अति अब्यवस्थित र असुरक्षीत भएकी देख्छु ।'
म झण्डै लडे । थुचुक्कै बसे । विचरीले अन्तिम प्राण सम्म मलाई सम्झी होली । मलाई धिक्कारी होली । अव मेरो मन जिउने प्रवल आकंक्षाहरु सघर्ष गर्ने साहास आफन्तको माया आदी सबै उनको आत्माहत्याको सन्देश सँगै मरेर गए । हत्या भएर गए । म संवेदना शुन्य जिजिविशा सुन्य जिएको छु मुर्दा समान ।
निक्कै भयो गोविन्दराज भट्टराईको 'सुकरातका पाईला' उपन्यास पढिरहेको । उक्त उपन्यास भित्रका नायक अनन्तको ब्याथा ब्यवहार जीवन जस्तै मेरो जीवन रुपान्तरण भएको छ । दिलदुःखी जन्तरेले हिजो फोन गरेको थियो 'भाई सकेन' आज समाप्त गर्ने भनेपछि एउटा कृष्णविवर र बाँकी सुनसान शिर्षक पढिसिध्याएँ । पढिसकेपछि मलाई लाग्यो मैले यो पुस्तक नपढेको भए हुन्थ्यो ।
मलाई अनन्तले पिरोल्यो । अनन्तको अध्यारो जिन्दगीमा पूर्णिमा कहिल्यै नउदाउने गरेर डुब्यो । औषी जस्तो कालो रातमा अनन्त अदृश्य भयो । विलिन भयो । अव अनन्तको समाप्त हुदा ऋतुको महत्व र अस्तित्व नै रहयो कहा यस्तै सोच लिएर बिछ्यौनामा पल्टे । निन्द्रा भन्दा बढी उपन्यासले पिरोलेको थियो । के अनन्तको मार्ग मैले पनि पछ्याउनु पर्छ म झन कति पिरोलिएँ । कति खेर निदाएर सपना देख्न थाले । म सुतिरहेको थिए । अचानक मेरो सामु सपना प्रकट भई । म अझै सुतिनै रहेको थिएँ । सपनाले मेरो कपाल सुम्सुम्याई र बोली- 'उठ ऋतु ! यसरी बेवारीसे अवस्थामा यो सुनसान ठाउँमा तिमी एकैछिन पनि नसुत । हेर आज आफ्नो घर भन्दा धेरै टाढा देशमा तिमी नसुत । चाडै ब्युझन ऋतु म तिमीलाई मेरो बस्ने देशमा लैजाउला । उ पर हेर त मेरो बाटो आज तिमीलाई हिडाई दिउला त्यो बाटोमा । कति मजा आउछ त्यो बाटो हिड्दा कति शितल हुन्छ त्यहा यात्रा गर्दा ।'
मैले सपनाको आँखा चोरेर पर भनेको ठाउँतिर हेरे त्यहा एउटा विशल बृक्ष देखे । रुखको बोटमा बाटेको बाक्लो डोरी तुर्लङ्ग एकमान्छे भन्दा अलिक माथि झुण्डिएको थियो । उक्त डोरी रुखको टुप्पो सम्म मात्र देखिन्थ्यो ।
सपना त्यो डोरीबाट तलमाथि कति सजिलै यात्रा गरिरहेकी थिई । डराँए अनि मुण्टो फर्काए फेरी सपना मेरो छेवैमा बसेकी थिई । मैले उसको बाटोमा नजानलाई नक्कल गरे । एकछिन जोडले कामे सास फ्याले अन्त्यमा मुख बाँए । सपना घोप्टो परेर रुन थाली । मैले अन्तिम सास जानेबेला भने:
मेरो मृत लासलाई जति छोएपिन
फर्कन्न अव कहिल्यै अति रोएपनि
उ झन जोडले रुन थाली । उहीवेला अनन्त प्रकट भयो । देखियो । अनन्त मेरो सामुन्य आएर बोल्यो- 'नरोउ सपना ! ऋतु मरेको छैन' अनि मलाई भन्न थाल्यो अनन्तले,- 'ऋतु ! तिमीले सजाय भोग्नै पर्छ । तिम्रो कारणले सपनालाई कति पीडा भो अन्त्यमा तड्पी तड्पी मर्न आत्माहत्या गर्नु पर् यो । के तिमीले यो महसुस गरेको छौ एउटा नारीलाई साहारा दिन नसक्नेले नारी स्वतन्त्रता र प्रकृतिपुजकको नारा लायौ किन किन यो भावना आत्मामा पाल्यौ जव पुर्णिमाको निम्ती मैले प्राण त्यागे तव सपनाको लागि तिमीले प्राण त्याग्नु पर्छ भनेर मरेको नक्कल गरेको हो तिमीले सपना सँग प्रण गरेका सम्झौताहरु बिष्र्यौ सत्यको जित हुन्छ भन्ने थाहा पाउदा पाउदै असत्यको पछि नदौड । सत्यको ऐनालाई तिमीले मान्नु पर्छ ।'
सपना मलाई हेरिरहेकी थिई । अनन्त म नब्युझेकोमा रिसले आगो भएको थियो । अनन्तको हातमा लौरो थियो । त्यही लौरीले मेरो जोडी गोडामा हिर्कायो । म चिच्याएँ बल गरेर ऐया… । सँगै सुतेको रवीको खुट्टाले मेरो दुई गोडालाई थिचेको रहेछ । एक्कासी बल गरेर झट्कार्दा रवीको खुट्टो भित्तामा बजि्रन पुग्यो । म विपनामा छिचोल्ने गरी सपनामा कराएकोमा रवी तीन छक्क परेको थियो । सपनाले पिरोल्न सम्म पिरोल्यो । डरलाग्दो सपनाले मेरो सशरिर कामिरहेको थियो । छि ! कस्तो अशुभ सपना के संकेतिक अपसगुनको सपना हो यो त्यो मैले देखेको सपना पनि कुनै विभ्रान्ती भैदिए हुन्थ्यो भन्ने लाग्यो । उठेर ढोका उर्घादा नौलो विहानी मेरो स्वागतमा खुलिरहेको थियो ।

फाक्चामारा ४ तेह्रथुम
हाल मलेसिया
०१०२१८८०२४

Tuesday, January 26, 2010

एक्योरियम र मेरो देश



-देवेन्द्र सुर्केली

म घुम्छु
जताततै घुम्छु
आँखाले देखेको देश
र पाइलाले टेकेको जमिनमाथि
मैले नदेखेको
इश्वरहरुले छरेको ढुंगामाथि
खोला र समुन्द्रमाथि
लाग्छ मलाई
यो देश 'एक्योरिम' नै हो ।
यो देश मान्छेहरुले काँचको भाडामा पनी भरेर
भूरा छोडेर स्वतन्त्र जिउन दिएजस्तै
मैले नदेखेको इश्वरहरुले
विशाल भाडामाथि
ढुंगा माटो हावापानी भरेजस्तै ।

म घुमिरहन्छु मेरो नाक नठोक्किएसम्म
भुराहरु काँचको दिवारमा ठोक्किएजस्तै
म स्वतन्त्र छु
भुराहरु एक्योरियममा स्वतन्त्र रहेजस्तै
एक्योरियम जो हो -त्यो मेरो देश हो
हावापानी समिश्रण रहेको
एक्योरियम भित्र जे छ मेरो देशभित्र त्यही छ
वैज्ञानिक पद्दतिबाट जडान गरेर
क्रमशः अ_िक्सजन फाल्छ
र एक्योरियममा यस्तो हुन्छ
-भुराहरुको बेला भएपछि
मान्छेहरुले आहारा गर्छन्
त्यसैले मान्छेको पनि बेला भएपछि
मैले नदेखेको इश्वरले खोसेर लैजान्छ ।
फरक यति हो -
भुराहरु आफ्नो इश्वर देख्छन्
म मेरो इश्वरलाई देख्दिनँ ।

हाल- मलेसिया
प्रतिकि्रयाको लागि :-
desunone@yahoo.com

Friday, January 1, 2010

न्यू यिअर


-दिलदुःखी जन्तरे

झरेर पातहरु
नाङ्गो ईस्वीको गाछमा
मुना पलाएर
फेरी पातहरु
नुतन कोपिला पलाएर
फूल्यो न्यू यिअर
अत्तर फूलको सौन्दर्य
कसले सक्छ नकार्न
फूलको ईतिहाँस हेर्दा
आजसम्मको अभिलेखमा
ऐजेरु बनेर ईतर
फूल्न सक्दैन फूल सौन्दर्यले
जो न्यू यिअर नै किन नफूलोस
अक्सर ईस्वीको गाछमा
केवल न्यू यिअर मात्र फूल्छ
ब्यक्तिगत वासना छरेर
र हुन्छ सुघन्धित
दुई हजार दश बर्षे ईस्वीको गाछमा
फूल्दै आएको न्यू यिअर
लामो ईतिहाँस हुदा हुदै
ऐजेरु पत्रदल बनेर
कसङ्ग तङ्वे
न्हु दयाँ भिन्तुना
ल्होछार
ल्होसार
नयाँ बर्ष
अरु थुप्रै ऎजेरु बनेर
फूल्न ललायित छ
साम्रज्य रंग बनेर
अतिक्रमण अत्तर छरेर
संसारमा एउटा मात्र फूल भए जस्तो
अरु फूलको वासना नभए जस्तो
बेला
याम
समय
आए पछि
सबै फूलहरु फूल्छन
आफ्नै रंगले
अफ्नै ढंगले
गाछ अनसारले
न्यू यिअर मात्र फूल हैन ।

यतिबेला
फूलेको छ न्यू यिअर
यो याम
यो समय
यो बेला
त्यसैले फगत भन्नुपर्छ
सिर्फ ह्याप्पी न्यू यिअर ।

बसन्तपुर तेह्रथुम

Monday, December 28, 2009

माङ्गको आह्वान



-मनि राई गोठाले

फलाकेर,
मनलाई साक्षी राख्दै
अव बक्नु बागदाता
दि खन्याँएर
चुल्हाको ढुङ्गामा
ईतिहाँसलाई च्यात्नु
पाईतलाले कुल्चिएर
अनि बनाउनु
धुजा धुजा
कर्ममा कचुर हानेर
माटो नदिनु
तगारो भत्काएर बाटो नदिनु
सिलौटीमा
चोखिदैन हाम्रो रजस्वालाहरु
ए हाङ्ग र माङ्गका खुनहरु
च्यात्नु आकासलाई
चिथोर्नु पहाडहरु
आँधी भित्र कावा खाँदै खाँदै
सिहाँसन खोस्नु
अव त छोड्नै पर्छ
तमसुक भित्र ईश्वर थुक्नु ।

बटुलेर,
सिपहरु विनायो फूल बुट्टाबाट
अव खिल्नु क्रान्ति कपोर
चुल्ठिमा मिलाएर
सृष्टीको बैशमा
पातकी सुतकी च्यातेर
पाईतलाले रगड्नु मुर्दालाई जस्तै
आ-आफ्नै माटोमा
सिकुवाको सह बडालेर
बास नदिनु
आफ्नो काटेर गाँस नदिनु
ताम्रपत्रमा
किन कोरियो हाम्रो चिनारीहरु
ए हाङ्ग र माङ्गका खुनहरु
सल्काउनु आगोलाई
पोल्नु अग्राख कालो रातहरु
माटोमा डेग उभिएर
हुंकारले दहाड्नु स्वायत्त्ता
मुन्धुमले बाँधेर आफूलाई
छिनाउनु पर्छ ग्रह च्वाट्टै ।

उठाएर माटो,
शिरमाथि अभिषेक गर्दै
ठोक्नु विजयी मोहर धर्तीमा
खन्याएर घोषणा
ईतिहाँसलाई पसर्िनु
मुर्दा सभ्यतालाई दागबत्ति दिएर
कुरे फुकाउनु
च्यात्नु अन्त्येष्टीलाई झिनो झिनो पारेर
बाँध्नु चार किला आह्वानले
पूर्वको ढोका थुनेर
घाम नदिनु
गोडामा टोपी राखेर दाम नदिनु
हुकुम प्रमाङ्गीमा
कहिले फुलेन सपना गुँरास भएर
ए हाङ्ग र माङ्गका रगतहरु
च्यात्नु षडयन्त्रलाई विवेकी धारले
कोतर्नु आडम्बरहरु
शिरफूल चढाएर माटोलाई
वल्लो पल्लो
अनि माझको
सबै किरातहरु खोज्नु
धर्ती र आकास हराएका
सबै सबै किरातहरुलाई खोज्नु ।

हाम्रो आवाज साप्ताहिक पत्रिकाको तेश्रो बार्षिक उत्सव कार्यक्रममा वाचित कविता ।

Friday, December 25, 2009

अर्थ विहीनहरुको संयोगहरु



-भिम स्नेही लिम्बु

पाईला चाल्नु
नाघ्नु गृह संघार
अपेक्षीत स्वप्नको साकार
खोज्दै बाटोमा
नितान्त एक्लो यात्रामा
जल्दै… जल्दै
सफर केवल
एक धागोको मार्ग न हो
खस्नु कल्पनाको छाँगा छाँगामा
बग्नु मनको सरितामा
शेष रहन्छ उही
जिबुल्ले जोवनका
लाली सपनाहरु
पूवी सूर्य उदाएर
अस्ताउदा पश्चिममा
छाउछ निश्पट्टै निषाले
खोज्नु चाँदनीका रात
भेट्नु जुनकिरीका उज्याला
साहारा लिएर जुनकिरीको
हिड्दा हिड्दै हराएर
मेरो लक्ष्यहरु
हिड्दा लक्ष्यको खोजीमा
खोजे प्रत्येक संघर्षको ओढारमा
खोजे प्रत्येक षोडशीहरुमा
नभेट्दा सोधे जिजिविषालाई
जिन्दावादको साहस दिन्दा
रमाएँ उद्देश्यका
आयु खोज्दै
पल्टाए आयुका पन्ना पन्ना
छैन यही बेला जुनकिरी
म उही अँधेरीको संसारमा
हिडथे जुनकिरी कै खोजीमा
चम्किन थाले निल गगनमा
मधुरो प्रकाशका
ताराहरु
सर्वस्व ताराहरुको प्रकाशमा
हेर्छु आफ्नै भविश्यवाणी
बिलिन हुन्छन नक्षत्रहरु
हेर्छु बादल आकाशमा
टालिन्छ उल्टै आँखामा
पुनः आवृति हुन्छ
आवृति भैरहन्छ
उही बादल र ताराहरु
केही भएन जिन्दगी
प्रतिकुल समयको बाधाले
अचम्म फेरी यहाँ मानवहरु
बाँची रहेछन स्वतन्त्रै
मात्र म भोगी रहेछु
असमायीक भोगाईहरु
एक्लै … एक्लै
रात मारेर जादा
जन्मन्छ बिहानी
रुदै असिनामा अनि शीतमा
जिउछन सबै संसारको रितमा
बेग्लै संसार मैले पाउदा
जीवनका अर्थ खोज्दै
मैले भेटाएँ
जुनकिरीका उज्यालाहरु
उद्देश्यका आयुहरु
मधुरो प्रकाशका ताराहरु
केवल
अर्थहिनका संयोगहरु ।


फाक्चामारा ४ तेह्रथुम

Wednesday, December 16, 2009

सण्डे चौतारी : "समयको कसीमा घोटीएको मान्छे"


मोहनी लाग्ला है गाउलेको बोलीले डाडाखोला झरनाको गीतले
अल्झेर बगर भुलेर किनार सम्झनालाई विर्षनाको गीतले
....
एउटा साँझ तारे होटलको ११ औ तलामाथी रहेको रात्री क्लबमा मनै अनौठो-अनौठो पार्ने किसिमले यो गाना बज्यो । अनौठो ! नेपाली गीत हुनुमा हैन, अनौठो ! रात्री क्लबमा नेपाली गीत बज्नुमा हैन । हो त कल्पना नगरिएको कुरो हुनुको अनौठो हो । किनकी मलेसियाका तारे होटलहरुको क्लबमा नेपाली गीतले ठाउँ पाउनु एउटा कल्पना गर्नु सम्मको कुरो हो । किनभने ब्यावसायको हिसावले खोलिएका यस्ता क्लबहरुमा ग्राहकसँग गीतको कारोबार पनि हुन्छ नै । त्यसो हुदा ४ लाख नेपाली रहेको भनिएको मलेसियामा ४ प्रतिशत नेपालीको पनि हैसियत नहोला यस्ता क्लबहरुमा गएर मनोराजन लिने । त्यसैले यस्ता प्रकृतिका क्लबहरुमा ग्राहककै फर्माईसमा नेपाली गीत गाईन्छ भनेर सोच्नु कल्पना गनु जति कै हो । तर, ग्राहकहरुले नफुर्माउनु नै सही ! मौका पर्नासाथ यस्तै नेपाली गीत गाई दि'हाल्छन सेरा थामी र भन्छन 'आजाको साँझमा, यो गीत नेपाली दाजुहरुको नाममा ।'
पेसाले गायक सेरा थामी हिजोआज हरेक साँझ ग्राण्ड सिजन होटलको ११ औ तलामाथी रहेको प्लानेट मुम्बाई नामक क्लबमा हिन्दी गजल गाउदै गरेको अवश्थामा भेटिन्छन् । हुनत पहिला आउदा उनी गजल गाउन कै लागि भनेर चाहि आएका हैनन् रे । गु्रपका साथीहरुको लहड-लहडैमा आनन्द कार्कीलाई पछ्याउदै २००८ मा मलेसिया छिरेका थामी शुरुमा किबोर्ड बजाउथे रे । तर तीन महिने करार सम्झौतामा किबोर्ड बजाउदै गरेका थामीमाथि समयले यस्तरी फण्डुल मार् यो कि ! पछि उनले सोही क्लवमा गायकको नियुक्ति पाए । 'सम्झौता मुताविक हाम्रो करार अवधी सकिनलाई १४ दिन बाँकी रहदाको साँझ मैले एउटा हिन्दी गजल गाउने अवसर पाएँ त्यो बेला मेरो प्रस्तुतिबाट कष्टमर मात्र नभएर बोस समेत प्रभावित भएछ । पछि बोस आफैले म सँग गायकको लागि चासो राख्यो र २५ दिने परिक्षणकाल भनेर गाउने अनुमति दियो ।' आफ्नो गलाको सही पहिचान हुन सकेको क्षण स्मरण गर्दै थामीले भने- 'त्यो साँझ मैले मेहन्दी हसनको "दुनिया खुशी के प्यारमे जनत से कम नही" गजल गाएको थिए ।'
मलेसियाको नेपाली बजारमा उति सुनिने नाम हैन सेरा थामी । नाम मात्र हैन उनी उति देखा पनि परेको देखिदैनन् । सायद उनको कर्मक्षेत्रको परीधी एउटा क्लवको वरीपरी रिङ्गिने भएकोले पनि हुनसक्छ । तैपनि उनलाई दुख मनाउ रहेनछ । बरु क्लवमा गाउनुको महत्व अस्ती ६ डिसेम्बर आईतवारको दिन द खुकुरी रेष्टुरेन्टमा टुप्लुक्क भेटिएका बेला उनले खुलासा गरे-'मैले त्यही क्लवको स्टेजबाट ब्यापारी उद्योगपती मात्र नभएर बलिउडको कलाकारहरुलाई समेत आफ्नो स्वर सुनाएको छु ।'
सण्डेको दिन ब्यस्त बजार छोटो भेटको बसिबियालोमा उनको नीजि जीवनमाथि पनि कुराकानी भयो । दोलखा पुर्खौली थलो भएका चरिकोटे थामीले धर्तीमा पहिलो पाईला हाल्दा दार्जिलिङ्गको माटो टेकेका रहेछन । उनका पीता एम.वि.थामी सानोतिनो रोजगार गर्दै दार्जिलिङ्ग पुगेका रहेछन । जागिरे पतीको साथ लागेर हिडेकी माता कर्णमाया थामीले उनलाई पेटमा बोकेर दार्जिलिङ्ग पुयाएकी रहेछिन । जन्म दाजिलिङ्गमा भएपछि हिन्दी भाषा सँग उनको जन्मको सम्बन्ध गाँसियो । उनले बाल्यकाल पनि दार्जिलिङ्गको आँगनमै खेलेर विताए । जीवन र जिन्दगीको कखरा दार्जिलिङ्गकै पानी पिएर सिके । प्रमाण पत्र तह सम्मको पढाई पनि उनले दार्जिलिङ्ग बाटै छिचोले । दार्जिलिङ्गको हावापानीले उनलाई कलाकारको महत्वकांक्षा जागृत गरायो । त्यही महत्वकांक्षा बोकेर शास्त्रिय गुरु ज्यू पूर्ण राई बाबारी बाट डेढ बर्ष संगीत सिकी टोपले । तर उनलाई जव आत्मा-स्वबलम्बी हुनु पर्छ भन्ने बोध भो त्यसपछि उनी आफ्नो खुट्टामा उभिने कसरतमा लागे र नेपाल छिरे । नेपाल उनी पुर्खौली थलथलो भनेर मात्रै छिरेका हैनन् बल्की आफू उभिन सक्ने सम्भावना पनि नेपालमै देखेर छिरेका रहेछन ।
संघर्षका शुरुवती दिनहरु थामीले यसरी सुनाए- 'वि.सं. २०५० सालमा केही गरौ भनेर म नेपाल छिरे र ईलामको रक्से भन्ने ठाउँमा "गजुर मुखी ईलिस बोर्डिङ्ग" स्कुल खोले । प्रा.वि. तहको पढाई हुने यो बोर्डिङ्ग स्कुल मैले २ साल चलाए ।' उनकै अनुसार उनले खोलेको यो बोर्डिङ्ग राम्रै सँग चलेको थियो रे । हुनपनि सक्छ ! किनकी त्यो समय भनेको नेपालको ग्रामिण समाजमा पनि बोडिङ्गको प्रभावले उधुम मच्चाएको समय हो । अझ पूर्वतिरका बोर्डिङ्ग स्कुलहरुमा दार्जिलिङ्गको मास्टरलाई त पढाईको कसी नै मान्छन् । दार्जिलिङ्गे मास्टर छ भने अभिभावकलाई कन्भिन्स गराउन उती कसरत नै गर्नु पर्दैन । त्यसैले दार्जिलिङ्गको रहन-सहन, शिक्षा-दिक्षा पाएका थामीले खोलेको बोडिङ्ग स्कुलले पनि ब्यापकता पाएको थियो भन्नेमा शंका गर्ने कुरो भएन । तर पनि उनले २ बर्ष मात्र किन चलाए त ! भन्ने जिज्ञासा उठ्यो र सोधियो पनि । जवाफमा उनले भने- 'खासमा मलाई काठमाण्डौको भिडमा संघर्ष गर्नु थियो र आफुले खोलेको बोडिङ्ग स्कुल अरुलाई चलाउन दिएर २०५२ मा काठमाण्डौ आँएको हुँ ।'
काठमाण्डौ प्रवेश गरेपछि थामीको संघर्ष पुनः जिरोबाट शुरु भयो । "प्रमाण पत्र तहको सार्टिफिकेट, पूर्ण राई बाबारी ज्यू बाट डेढ बर्ष शास्त्रिय संगीत सिकेको शीप, दुई बर्ष आफ्नै बोडिङ्ग चलाउदाको अनुभव !' यीनै हतियार भिरेर उनी राजधानी पसेका थिए । त्यसैले उनले सर्टिफिकेटलाई नै ईस्तमल गर्दै शिक्षण पेसा शुरु गरे । उब्रेको समय संगीतकर्मी साथीहरुको हिमचिममा लगाए । संगीतकर्मी साथीभाई सँगको संगत उनको लागि कुरिङ ढुङ्गा सावित भयो जहा उनले दार्जिलिङ्ग छदै सिकेको आधाकल्चो संगीत ज्ञानलाई घोट्ने अवसर पाए अनि धार निकाल्दै गए र लाक्ने बनाए । तर उनले पुनहः गुरु थापेर औपचारिक संगीत चै सिकेनन् । त्यसपछि "आसा ईलिस बोडिङ्ग" स्कुलबाट शुरु भएको उनको शिक्षण पेसाले ब्यापकता पायो । उनी एकेडेमिक अध्यापन गराउने शिक्षक त थिए नै जव उनलाई आफुसँग भएको संगीतको सुर ताल अरुलाई पनि बाढ्न सक्छु भन्ने आँट आयो अनि उस्ताद बन्ने मनोकांक्षा बोकेर संगीत सिकाउन थाले । उनले आफुले काम गर्दै गरेको बोडिङ्ग स्कुलमा मात्रै आफुलाई सिमित राखेनन बल्की "भि.एस. निकेतन" "प्यारागन पब्लिक स्कुल" जस्ता नाम चलेका अन्य स्कुलहरुमा पनि पार्ट टाईम संगीत सिकाउन थाले । उबेलाको दिन सम्झिदै उनले भने- '१० बर्षको स्ट्रगल पछि बल्ल काठमाण्डौमा आफु पालिन र परिवार पाल्न सक्छु भन्ने बनाउन सके ।'
भनिन्छ, 'ईलामको चिया बगानको मनमोहकता देखेर मान्छेहरु लोभिन्छन्, चियाको सुरुप सँग स्वच्छन्दता साट्दछन ।' तर दार्जिलिङ्गबाट ईलाम आएका थामीले त यसका अलवा दिल पनि साटेछन् र चियाको बुटा-बुटाहरुमा लुकामारी खेल्दै दानु राई सँग प्रेम रोपेछन् । ६ बर्ष सम्म चलेको उनीहरुको प्रेमले अन्ततः २०५२ सालमा पूर्णता पाएको रहेछ । जातले राईको छोरी सँग थामीले बैवाहिक सम्बन्ध जोड्नु पुरातन समाजमा एउटा सांस्कृतिक क्रान्ति जतिकै हो । त्यही भएर अन्तरजातिय विवाह गर्नु पर्दाको बाधा ब्याबधान बारे जिज्ञासा राखियो । यस्तो जिज्ञासामा थामीले भने- 'विवाह मान्छेको नीजि जीवन सँग सम्बन्धित हुने भएकोले एकअर्काको मन हृदय महत्वपूर्ण हो । मन मिले पछि जात भन्ने कुरो गौण हुन्छ ।'
थामी दम्पती विच प्रेमको समिप्यता कति सम्म रहेछ भने २०५४ सालमै उनीहरुले पुत्र लाभ गरे । थामी दम्पतीले पुत्रलाभलाई प्रेमको उपहार मात्र ठानेनन् । बरु दम्पती विचको समिप्यताको प्रमाण माने र छोराको नाउँ जुराए "समिप" । प्रेममा सफल भएका थामीलाई पुत्रलाभ भएपछि लाग्यो अव सफलताको दिनहरु शुरु भयो । त्यसपछि उनले आफूलाई गीत संगीत क्षेत्रमा परिक्षण गराउन चाहे अनि आफ्नो एकल स्वरबद्ध एल्बम निकाले र नाम राखे "समिप" । यस एल्बमले उनलाई आफ्नो जन्मथलो तिर बढी चिनायो । एल्बमको सफलता बारे उनले थपे- 'समिप एल्बमको कारणले नै मैले मिरिक, सिलगुडि, दार्जिलिङ्गमा प्रोग्राम गर्न सफल भए । अहिले मेरो नयाँ एल्बम "भेटौ इृलाममा" बजारमा आएको छ । यसलाई पनि समिप एल्बमकै प्रतिफल मान्नु पर्छ ।'
विहे गरेकै साल कान्तीपुरी-नगरी हेलिएका थामीले संघर्षका खुड्किलाहरु एक पछि अर्को गर्दै उक्लन थालेपछि परिवारलाई पनि झिकाए । काठमाण्डौको महंगी, रासीन-पानी, नुन-भुटुन देखि लिएर हरेक चिज किनेरै गर्जो टार्नु पर्ने भए पनि उनले खुट्टा लरखराएनन् बरु परिआएका समस्यासँग संघर्ष गर्दै रहे र आर्थीकमा पनि आफूलाई बलियो बनाउदै लगे । यो यात्रामा श्रीमतीबाट पाएको साथ थामी खुलेरै प्रसंसा गर्छन् । परिवार बिग्रन र सप्रनमा आईमाईको हात हुन्छ भने झै आफ्नो परिवार सपि्रएको जस उनले श्रीमतीलाई दिए र भने- 'म त जुटाउने न हुँ, परिवारको सम्पूर्ण देखबाहाल र ब्यवस्थापनको जिम्मेवारी त श्रीमतीले नै सम्हालेकी छे । उनी कै आड भारोसाले अहिले म यो स्तरमा आईपुग्न सफल भएको छु । हुनत श्रीमती र श्रीमान विचको साथ र मायाको हिसाव किताव हुदैन यदी भैहालेछ भने पनि उनीबाट पाएको साथ र मायाको ऋण जन्मान्तर चुक्ता गर्न सक्दिन ।' दानु राई सँग लव गरेर प्रणय-सुत्रमा बाधिएका थामी भावुक भएर बोलिरहेका थिए- 'यदी मेरो हृदयमा माया भन्ने चिज साच्चिकै छ भने सबै भन्दा बढी माया म मेरी श्रीमतीलाई गर्छु ।'

काठमाण्डौ ब्यस्त शहरमा ब्यस्त जीवन विताउदै गरेका थामी र उनका ग्रुपको साथीहरु विच कुराकुरैमा "मलेसिया जाने ?" भन्ने कुरो चलेछ । सबै साथीहरुले "जाने भए जाउँ न त !" भन्न थालेछन् । प्रस्ताव लिएर पुगेका गायक आनन्द कार्कीले समेत "सेरा भाई ! जाउँ मलेसिया ।" भनेछन् । "जाउँ भने जाउँ नै त !" भनेकै भरमा किबोर्ड र गीतको नोटेशन बोकेर मलेसिया आएका थामी अहिले आठौ कन्ट्रयाकको दौरानसँगै प्लानेट मुम्बाईमा गजल गाउदै छन् । यो अवधीमा उनले नेपाली ग्रुप सँग मात्र हैन ईन्डियान ग्रुप सँग पनि काम गरिसकेका छन । दाम र नाम पनि कमाएका छन । यतैको कमाईले सबैभन्दा बढी माया लाग्ने श्रीमतीलाई मलेसिया ल्याएर घुमाई दिएछन् पनि । उनले आफ्नो बोसको पनि खुलेरै ईज्वत गरे- 'बोसले म र मेरो कलाको ईज्वत दियो, मैले पनि ईज्वत दिनेलाई ईज्वत गर्न जान्नु पर्छ ।'
थामीको संघर्षमय दिन र अहिलेको अवश्थामा एउटा अनौठो तालमेल देखिन्छ । जस्तोः कस्तुरी आफूसँगै बृन्दा बोकेर बासनाको खोजीमा भौतारिरहन्छ र आफ्नौ नाईटोबाट त्यो बासना पोखिई रहेको छ भन्ने भेउ पाउदैन । त्यस्तै थामी पनि भौतारिने क्रममा मास्टर बने, उस्ताद बने, यो बनि टोपले, त्यो बनि टोपले । तर प्लानेट मुम्बाईको स्टेजले उनको बृन्द कहा छ भन्ने देखाई दिएको छ र गाएरै परिवार पाल्न सक्छु भन्ने सम्मको विश्वासिलो बनाएको छ । त्यसोत दार्जिलिङ्ग छदाताकै संगीतको रस पसेका थामीले भविष्यमा गाएर जीवन चलाउन सक्छु भन्ने सोचेका थिएनन् रे । हुनसक्छ ! जन्मसँगै हिन्दी भाषा सँग साईनो गासिएका थामीले हिन्दी भाषासँग परंागत भएपनि हिन्दी गाना गाएर नै जीवन चलाउछु भन्ने पनि सोचेका थिएनन् होला । तर समय क्रमले यतिबेला उनले नसोचेको पुर् याई दिएको छ । त्यसैले सोचाई र लक्ष तय गरे असम्भव नहुदो रहेछ भनेर विश्वास पालेका थामीले ईण्डियान कलाकार "कैलास खेर" सँग प्रोग्राम गर्ने ईच्छा भएको खुलाए ।
कुराकानी कै क्रममा 'मेरो स्वर सुन्नु भा छ छैन ?' भन्ने सोधनी भयो, थामीबाट । जवाफमा भने- "तपाईले गाउने ठाउँमा जान आफ्नो औकात पुग्दैन, चेपचाप गर्ने साथी भेटे न जाने हो । एकपटक यस्तै चेपचाप पारेर लाने मान्छे भेटेर पुगेको हो । त्यतिबेला नै सुनेको हुँ । सबै गीत त याद भएन तर मोहनी लाग्ला है…। सुन्दा चै अनौठो खुशी लाग्यो ।" उनले शुरु देखि नै हाम्रो भलाकुसारी सुनी राखेका साथी पट्टि ईकित गर्दै भने- 'उहाँ सारहरु आउनु भा'को मौका मै हो नेपाली गीत गाउने । सधै हिन्दी र बंगाली गीत गाउनु पर्छ । कहिले काही मोका छोपेर नेपाली गीत गाउदा बढो आनन्द लाग्छ ।'
"छोरा मान्छेको कमाई र छोरी मान्छेको उमेर नसोध्नु" भन्ने पुरानो नेपाली आहान छ । तर मझौला कद गहुगोरो बर्णका थामीलाई उमेर सोधिएन बरु आहान अनुसार जो सोध्न नहुन्थ्यो त्यही सोधियो- "मासिक तलव चै कति छ नि ?"
सोध्न नहुने सवाल सोधिएकोले होला उनी शुरुमा फिस्स हाँसे र कुराकानीको विट मार्दै भने- 'आफ्नो तलव बाट सन्तुष्ट छु ।'

धन्यवाद